Friday 12 Jestha, 2074 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

रिया बनिन् गिप्पी

  • आइतबार २९ बैशाख, २०७०
  • क्रान्ति पाण्डे
  • Be the first to comment!
(1 Vote)
रिया बनिन् गिप्पी

'जब म सानी थिँए मैले हिरोइन बन्ने सपना देख्थे। मलाई फिल्ममा हिरोइनको भूमिकाले सारै छुन्थ्यो। तर जब म अलि ठूली हुँदै गएँ मलाई यो मूर्खता शिवाय केही लागेन र शिक्षिका बन्ने अठोट गरेँ। स्कुले जीवनले मलाई साह्रै छुन्छ किनकी म आफू नै स्कुले जीवन बिताइराखेकी छु', केही दिन पहिलेको एक अर्न्तवार्तामा उनले भनिन्

nepali-patro-june
आजभोली बलिउडमा उनकै चर्चा परिचर्चा छ। नहोस् पनि किनकरन जोहर निर्मित फिल्म 'गिप्पी'मा उनले मुख्य भूमिका खेलेकी छिन्। जोहर निर्मित यो पहिलो बालबालिका केन्द्रित फिल्म हो।

हो उनी हुन् १४ वर्षीया रिया भिज। भारतको दिल्लीमा बस्दै आएकी उनी त्यहीँको माटेर डेई नामको स्कुलमा पढ्छिन्। उनकी आमाले एक एनजीओ चलाउँछिन् भने बुबा व्यापारी हुन्।

फिल्म गिप्पीको ट्र्रेलर रिलिज भएसँगै रियालाई खोजी निति गर्नेको संख्या पनि बढ्दै गएको छ। उनलाई ट्वीटरमा पछ्याउनेहरूको संख्या दिनानुदिन बढिरहेको छ।

गिप्पीको कथा सोनम नैरले लेखेकी हुन्। फिल्ममा मोटोपना घटाउन डाइटिंग गर्न नमान्ने १३ वर्षे केटी गुरप्रीत कौर (गिप्पी)को कथा छ। मोटो भएकै कारण साथीहरूबाट नरूचाइएकी निराश केटीको रूपमा रियाले गिप्पीको भूमिका खेलेकी छिन्। फिल्ममा किशोरावस्थामा आउने मानसिक र शारिरिक परिवर्तनलाई प्रस्तुत गरिएको छ। साथै किशोरावस्थामा पुगेका छोराछोरी आफ्ना बाबु आमासँग किन निराश हुन्छन् भन्ने कुरालाई फिल्ममा विनोदपूर्ण सरस शैलीमा उतारीएको छ। फिल्ममा रियालाई साथ दिन तहा शाहदिव्या दत्तजयाती मोदी र पंकज धिर लगायतका कलाकारहरूले साथ दिएका छन्।

रिया फुर्सदको समयमा पियानो बजाउन र पेन्टिंग गर्न मन पराउँछिन्। आफूले फिल्म खेल्ने कुरा कहिल्यै नसोचेको बताउने उनले हातमा आएको कामलाई त्यत्तिकै छोड्न नहुने बताउँछिन्। फिल्म खेल्नु अगाडी कहिल्यै क्यामेरा फेस नगरेकी उनी फिल्मको अडिसन र सुटिंगका क्रममा नर्भस भएकी थिइन्। 'तर सुटिंग युनिटको रमाइलो वातावरणका कारण पछि आफैँ सम्हालिन्थे', उनले अर्न्तवार्तामा भनेकी छिन्।

रिया वास्तवमा लजालु स्वभावकी छिन्। पारिवारिक जमघटमा लजाउने उनले फिल्म खेलेकै कारण आफ्नो लजाउने बानी हटेको बताएकी छिन्। स्कुलमा उनका साथीहरू पनि बढेका छन्।

रियाले भविष्यमा डेन्टिस्ट बन्ने लक्ष्य राखेकी  छिन्। आफूलाई बलिउडको उति साह्रो ठूलो फ्यान नभएको बताएता पनि इमरान खानरणविर कपुरपरिणीती चोपारा र आलिया भाट उनका मनपर्ने कलाकार हुन्।

आफ्नो अगाडी शररिको तौल र आकारको प्रश्न तेर्साइँदा उनी नर्भस हुन्छिन्। तर फिल्मकी गिप्पी जस्तो साथीहरूबाट नरूचाइएकी भने छैनिन् उनी। रमाइलो कुरा त के भने उनको माटो शरिरकै कारण उनलाई साथीभाइहरूले जिस्क्याउने आँट नै गर्नसक्दैनन्।

फिल्म खेल्नु अगाडि उनलाई लागेको थियो फिल्म भनको रमाइलो खेल हो जहाँ कलाकारले आफ्नो नाच र हिँडाइको चाल देखाउँछन् र चर्चित पनि हुन्छन्। तर जब उनी आफैले फिल्ममा अभिनय गर्न पुगीन् उनले थाहा पाइन फिल्म खेल्नु चानचुने कुरा रहेनछ। यो फिल्म खेलेसँगै अरू राम्रा फिल्म पाएमा उनले अभिनय गर्ने बताएकी छिन्। 'तर त्यसले मेरो पढाइमा बाधा नपुर्‍याओस्', अर्न्तवार्तामा उनले भनेकी छिन्।

किशोरावस्थाकै कुरा गर्दा उनले यस समयमा सबैलाई सचेत हुन आग्रह गर्छिन्। 'यो उमेर भनेको पढाइमा आफै सजग हुने बेला हो। त्यसैले अभिभावकले ज्यादा प्रेसर दिनु हुँदैन। 'किशोरावस्थामा देखापर्ने मानसिक र शारीरिक परिवर्तनलाई सरल रूपमा हेर्नुपर्ने उनले सुझाउँछिन्। उनी आफ्नी आमा र दिदीलाई सबैभन्दा  नजिकको साथीका रूपमा लिन्छिन्।

एक्सन फिल्म मनपराउने रिया बास्केटबल खेल्न उत्तिकै रूचि राख्छिन्। फिल्मको पात्र अनुसार उनको अभिनय अत्यन्तै सुहाएको फिल्मकी लेखिका तथा निर्देशक सोनम नैरले बताएकी छिन्। उनको सुन्दर माटो शरिर र अभिनय हेर्न भने आगामी १० तारिखसम्म कुर्नैपर्ने हुन्छ।

एजेन्सीहरूको सहयोगमा 

Leave a comment

भालेश्वरमा केबुलकार

भालेश्वरमा केबुलकार

हरिया डाँडा बीचमा उपत्यका। माथिबाट देखिए सलाईका बट्टाजस्ता घरहरु। घरैघर, खाली ठाउँको कमी। उपत्यकालाई पहरा दिइरहेका डाँडाहरु! एउटा होइन, दुइटा होइन, दर्जनौं डाँडा। एक माथि अर्को खप्टेर बसेका। त्यहि हरिया...

विप्लवी हस्ताक्षर

कवि विप्लव ढकाल समसामयिक नेपाली कविता धाराका एक विप्लवी हस्ताक्षर हुन्। उनी तत्कालीन निर्दलीयताको विकल्पमा बहुदलीयता कायम गर्न तल्लीन नेपाली समाजको भ्रुण भएकाले होला, उनका कवितामा कुनै न कुनै रूपमा...

चिन्तन कि गन्थन

लेखकले आफ्ना सिर्जनालाई समाजले हेरिदेओस् भन्ने कि आफूले चाहिँ समाजलाई हेर्ने? कुन लेखकको दृष्टिकोण के हो भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। लेखकका कुनै पनि रचनाको प्रभाव र टिकाउपन कति छ...

तीजको चमकधमक

तीज नजिकिँदै जाँदा रातो सारी र कुर्तामा सजिएर आफन्त र साथीसंगीको निम्तोमा दर खान जाने महिलाको जमात सहरमा बाक्लिँदै गए पनि यस वर्ष सारी र कुर्ता व्यापारमा सुधार हुन सकेको...

देउताको घरमा भजन

देउताको घरमा भजन

आधुनिकताको आगमन पहिले सहरमा हुन्छ, अनिमात्र त्यो गाउँसम्म जान्छ। भक्तपुर सहर आधुनिकताको विविध आयामबाट अलग छैन अब। गीत–संगीतका नयाँनयाँ प्रयोगमा यहाँका युवाहरू रमाइरहेका छन्। तर पुरातन संस्कृति जोगाउने लोभले ती...

'मेरो दोस्रो अम्मल कविता'

'मेरो दोस्रो अम्मल कविता'

तराईमा जारी आन्दोलन त्यसमा पनि डेढ महिनादेखिको बन्दले थलिएको विराटनगर। नारा–जुलुस, झडप र ढुुंगामुढा छल्दै एउटा चिया पसलको तीन तलामाथिको छतमा जुट्यौं हामी। संयोग पनि कस्तो परेछ भने, अन्तर्वार्ता गर्न...

दार्जिलिङको सरगम

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास...

एकताको प्रतिक डेउडा

एकताको प्रतिक डेउडा

लोकसंस्कृति लोकजीवनको महत्वपूर्ण पाटो हो। सामाजिक मूल्यमान्यता, रीति, चालचलन, परम्परा, आस्था र विश्वासको समस्टीगत स्वरुपले लोकसंस्कृतिलाई मूर्त रुप दिएको हुन्छ। सुदूरपश्चिमाञ्चालका सन्दर्भमा पृथक पहिचान प्रदान गर्ने तत्व लोकसंस्कृति हो।