×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

15 Ashwin, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

नान्दी

  • आइतबार २९ बैशाख, २०७०
  • ध्रुवसत्य परियार
  • Be the first to comment!
(1 Vote)
नान्दी
उसले भयानक सपना देखेछ।

, एक रातका लागि मलाई किन्यो, २५ हजार रुपैयाँतिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।

खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो, विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्।

'तिमी को हौ? के गर्छ्यौ?'

उसको अनौठो व्यवहार देखेर सोध्छु। ऊ केही नबोली मलाई बोकिरहन्छ। मानौं, मलाई बोकेर थाक्दैन।

nepali-patro-june
पहिले त पागलजस्तो लागेको थियो। कुनै प्रसिद्ध देवीलाई जस्तै श्रद्धापूर्वक उसले मेरो पूजा गर्छ। तीनपटक त मेरो खुट्टामा ढोग्यो। मप्रतिको श्रद्धा र सम्मानदेखि स्वयं पागल बनें। हो स्त्रीहरू छिट्टै पग्लन्छन्।
ऊ किन यस्तो नाटक गरिरहेछम सशंकित हुन्छु। कमजोर आत्मविश्वास भएकाहरू नै अनावश्यक शंका गर्छन्। मेरो सशंकित अनुहार उसले सजिलै पढ्छ। भन्छअज्ञानी। 

पुरुषहरू स्त्रीलाई साँचो माया गरेको नाममा पनि झुटो बोल्छन्गोरीलाई पनि काली भनेर। अथवाअबुझ अर्थ लाग्ने नाम दिन्छन्– लाटीबेहोसी यस्तै।

तरऊ भन्छ– अज्ञानी। 

'म कसरी अज्ञानी भएँ?'

'तिमी यो ठानिरहेकी छौ– म कुनै त्यस्तो धनाढ्य व्यापारी होइनजसले आफ्नै जीवन खरिदबिक्रीको वस्तु सम्झेको होस्। म त्यो चारघन्टे ड्युटीमा बसेको पुलिस होइनजसले माथिको आदेश वा सनकको भरमा तिमीहरू जस्तालाई दुई मिनेट दख्खल पुर्‍याओस्। म त्यस्तो डन होइनजसले कर्मचारी थर्काएर टेन्डर पारोस्। म त्यस्तो अधिकृत होइनजो इतिहासका मिति घोकेर वा भनसुनका भरमा सरकारी जागिर खाएको होस्। तलबबाहेक कमिसनजस्तै स्वास्नी खोज्दै यहाँआएको होस्। रतिमीलाई शंका छ– म केही हुँ।

आकाश खस्छ कि भनेर चिन्ता गर्नु अज्ञान हो।

आफै खस्छु कि भनेर चिन्तन गर्नु ज्ञान हो।

हुँदै नभएको आकाश खस्दैन सानुशंका नगर।'

'भोठूला कुरा नगर।'

मलाई उसको कुराले रिस उठ्छ। लाछी। आफूले केही गर्न सक्ने होइनअरूको रिस गर्छ। उसले आफूलाई जे होइन भनेको छमलाई ऊ त्यही हुनुपरेको छ। जसले मलाई पैसामाथि सुताउन सकोस्।

मेरो आवेशलाई उसले केटाकेटीको रिस जस्तै लिन्छ।

'जाऊनुहाएर आऊ,' अभिभावकले झैं आदेश दिन्छ।

'कुनै पनि शृङ्गार नगर्नू। गरिबकी छोरी गाजल धेरै लाउँछे,' म बाथरुम छिर्दै गर्दा उसले भन्यो।

पानीले नै नुहाइरहेकी थिएँ। तरममाथि यिनै शब्द बर्सिरहेझैं लागिरहेथ्यो– गरिबकी छोरी गाजल धेरै लाउँछे।

म गरिबकी छोरी– नान्दी नेपाली। स्कुलमा हुने गायननृत्यकविता प्रतियोगितामा प्रायः प्रथम हुन्थें। गाउँमा धेरैले मेरो प्रतिभा र रूपको प्रशंसा गर्थे। भन्थेनान्दी नामुद कलाकार बन्छे। धेरैले सहानुभूति राख्थेसायद टुहुरी भनेर। सातौं सन्तान जन्माउन नसकेर आमा बितिन्। मैले पढेको सौतेनी आमा रिस गर्थिन्। अनेक दुःखसँगै एसएलसी कटाएँ। गायिकानायिकालेखिका बन्ने सपना बोकेर शहर आएँ। गाउँकै एउटी दिदीसँग बस्थें। उनी फुटपाथमा मकै पोलेर बेच्थिन्। बल्लतल्ल रेस्टुरेन्टमा गीत गाउने काम पाएँ। जस्तो सोच/लक्ष्य उस्तै काम। पहिले त के के न पाएजस्तो लागेको थियो।

रेस्टुरेन्ट मालिक तलब दिने बेला सधैं लामो हात गर्थ्यो। मेरो अस्मिता मुठीमा लिन खोज्थ्यो। कोही नभएकीगरिबकी छोरी भनेपछि सबैले स्वास्नीकै रूपमै हेर्ने। अति भएपछि गाउन छाडें।

सँगै बस्ने दिदी पनि गाउँफर्किइन्। महँगीले बस्न नसकेर। एक्लै भएँ। आफैंले नकमाए भोकै पर्थें। 

रेस्टुरेन्टमै चिनेको एउटा दाइ थियो– काजी। निकै चिप्लो पारेर बोल्थ्यो। मेरो अफिस आऊकाम दिन्छुयति राम्री तिमी सस्तो रेस्टुरेन्टमा देखिनु हुँदैन भन्थ्यो। कागजी बिहे गरी तीन जनालाई नक्कली बहिनी बनाएर उसले अफिस चलाएको रहेछ। ट्राभल एजेन्सी वा यस्तै अर्को अफिस छ भन्थ्यो। म काम खोज्दै उसकोमा पुगें। उसको अफिसमा काम पाउन अनिवार्य योग्यता– रूप र जवानी। म गएकै दिन तीन जनालाई त अयोग्य भनी पठायो। मैले काम पाएँ– एक रात बिताएको दस हजार।

मेरो पहिलो ग्राहक नै बुझिनसक्नु छ। मैले नुहाएर आउँदा उसले पूजाका सामग्री तयार पारेको थियो। 

'के गर्न लागेको?'

'पूजा। तिमीलाई थाहा छैनहाम्रो समाजमा कुनै पनि शुभकार्य थाल्नुअघि पूजा गरिन्छ।'

पहिले त ऊ पागलजस्तो लागेको थियो। तरकुनै प्रसिद्ध देवीलाई जस्तै निकै श्रद्धापूर्वकसंयमित र स्वाभाविक भएर उसले मेरो पूजा गर्छ। म हेरेको हेर्‍यै हुन्छु। तीनपटक त मेरो खुट्टामा ढोग्यो। अनिउसको मप्रतिको श्रद्धा र सम्मानदेखि भने स्वयं पागल हुन पुगें। स्त्रीहरू कति छिट्टै पग्लन्छन्।

त्यो रात उसले यति रोचक र रोमाञ्चित बनाइदियो। जस्तोवर्षौंदेखि प्रतीक्षा गरेको सपनाको राजकुमारसँग सुहागरात मनाउँदैछु। स्त्रीसँग कसरी बोल्नेचल्नेजिस्कने ऊ माहिर लाग्थ्यो। हामीबीच धेरै कुरा भए।

मेरो धेरै अनुरोधपछि मात्र ऊ रहस्य खोल्छ

मैले सपना देखेंराजा भएको। घोडा चढी आफ्नै राज्यमा घुम्दाघुम्दै एउटा गरिब बस्तीमा पुग्छु। त्यहाँका भोकानांगाले मेरो श्रीपेचमा आगो लगाइदिन्छन्। हँसियाहथौडा लिएर मलाई लखेट्छन्। मेरो घोडा बेस्सरी कुदेर सम्भ्रान्तहरूको बस्तीमा पुग्छ। त्यहाँका सुकिलामुकिलाले मलाई बचाउन खोज्छन्। दुवै पक्षबीच घमासान युद्ध हुन्छ। के गरूँके नगरूँम असमञ्जसमा हुन्छु। अकस्मात मेरो चेत खुल्छयो सब सपना हो।

गरिबको छोरो गरिबकै पक्षमा लड्नुपर्छ। सपनामै होस्न्याय गर्नैपर्छ। म गरिबको पक्षमा उभिन्छु। तरकुनै षड्यन्त्र सम्झेर मलाई गरिबहरूले स्विकारेनन्। पछिसम्भ्रान्तहरूले स्विकार्ने कुरै भएन। दुवै पक्ष मिलेर मलाई लखेट्न थाल्छन्। मेरो घोडा वेगले कुदिरहेको हुन्छ। एउटा नदी तरेर बगरमा पुगेपछि घोडा बस्छ। म ब्युँझन्छु।

यो भयानक सपनाले मलाई धेरै दिन बिथोलिरह्यो। तरकसैलाई भनिनँ। केही दिनपछि फेरि सपना देखें। कुनै मन्दिर परिसरमा एउटी बूढीआमाले भनिन्, 'छोरातैंले देखेको सपनाको अर्थ गहिरो छ। अरूले अर्थ लगाएर हुँदैन। आफैंले बुन सक्नुपर्छ। यसको फल अशुभ छ। तँलाई ठूलो अनिष्ट पर्न सक्छ। तरतँभाग्यमानी छस्। अनिष्ट हुनुपूर्व नै लक्षण पाएको छस्। यस्तो सपना जोकोहीले देख्दैन। संकटमोचनको विधि छ तर सहज छैन। जुन म बताउँछु। दियो बालेर सेता फूलअक्षता र जलले आफ्नै आमाको योनीमा पूजा गर्नूकुनै मन्त्रोच्चारण गर्नु पर्दैन। मन स्थिर भई सम्पूर्ण रूपमा श्रद्धाभाव नआउँदासम्म पूजा गरिरहनू। अवश्य तेरो संकटमोचन हुनेछ।'

सदियौंदेखि शिवलिंगको पूजा गरिँदै आएको यो समाजजहाँबूढीआमाले बताएको संकटमोचन विधि सम्भवै छैन। अन्ततः चोरबाटो खोज्दै तिमीसँग आइपुगें।

'तिम्रो श्रीमती?'

मेरो बिहे भएको छैन। सानैदेखि मैले समानतालाई मन पराउँथें। एकोहोरो प्रेम गरेंदस वर्षभन्दा बढी। २०६४२८ चैतको दिन हातमा लालीगुराँस लिएर म उनको सामु उभिएँ। एउटा घुँडाले टेकेर। मलाई सहजै स्विकारिन्। छिट्टै बिहे गर्नेमा हामी वचनबद्ध थियौं। तरजातगोत्रदाइजोमा कुरा नमिलेर बिहे भाँडियो।

'तिमी सपनामाथि पनि विश्वास गर्छौ?'

तिमीले पनि सपना पालेकी थियौ। गायिकानायिकालेखिका बन्ने। तरतिमीले आफ्नै सपनामा विश्वास गर्दिनौ। आफ्नै सपनामाथि विश्वास नगर्नेहरू नै अरूको सपनाका लागि बिक्न पुग्छन्।

०००

किन किन ऊसँग बिताएको रात मेरो जीवनको घोर घुम्ती बन्यो। 

निर्णय गरेंअब मेहनत गरेर पढ्छु। लेखिका बनेरै छाड्छु। सडकमा मकै पोलेर बेच्छु। तरआफ्ना सपना बेच्दिनँ।

केही दिनपछि काजी दाइले फोन गर्‍यो, 'भरे आऊ। गाँठवाला इन्डियन छ। तिमीलाई टिप पनि दिन्छ।'

मैले नआउने बताएँ। 'फोटो र भिडियो हेरेर उसले तिमीलाई नै रोजेको छ। तिमी आउनैपर्छ। आइनौ भने,' उसले धम्की दियो।

भरे म गइनँ। राति १० बजेतिर मेरो डेरामा पुलिस आयो। देखेंइन्स्पेक्टर थापा। जसले रेस्टुरेन्टमा गाउँदा धेरैपटक मलाई जबर्जस्त गर्न खोजेको थियो। रेस्टुरेन्ट मालिकले पनि इन्स्पेक्टर सरको मन राखिदेऊ भन्थ्यो। सात जना पुलिसले मेरो कोठा छापा हान्छन्। इन्स्पेक्टर थापा रवाफिलो शैलीमा प्रस्तुत हुन्छ, 'विशेष सुराकीका आधारमा हामी आएका हौं। तैंले वेश्यावृत्ति र गाँजाचरेसको धन्दा गर्छेस्!'

केहीबेर कोठाका सामान यताउता छरेपछि उनीहरू गए। यताघरबेटीको चेतावनी, 'भोलि बिहान ६ बजे कोठामा साँचो लगाउँछु। त्यसअघि नै कोठा खाली गर्नू।'

भोलिपल्ट

पहिलोपटक शहर आउँदा लगाएर आएको कुर्तासुरुवाल लगाएँ। आँखामा धेरै गाजल दलें। गाउँबाटै ल्याएको झोला भिरेंचप्पल लगाएँ। रझिसमिसेमै कोठाबाट निस्कें।

रत्नपार्कतिर फुटपाथमा एउटी दिदीले पकाएको चिया पिउँदै थिएँ। उनी सोध्दै थिइन्, 'भर्खरै गाउँबाट आएको हो बहिनीकोही बिरामीलाई भेट्न आएको हौ कि?'

'होदिदी। दाइलाई भेट्न आएको। इन्स्पेक्टर हुनुहुन्छ। आज उहाँको टाउकाको अप्रेसन छ।'

त्यहीबेला रेस्टुरेन्ट मालिकको फोन आयो। 'कहाँछौसञ्चै छौचटक्कै माया मार्‍यौ त! ठूलै प्रगति गर्‍यौ किअचेल यता पनि आउँदिनौं। भरे आऊ न रेस्टुरेन्टतिर। भेटघाट गरौं,' उसले यस्तै भाषा बोल्यो।

'दाइ पनि। बैनीले माया मारेकी छैन। भरे होइनअहिले नै आउँछे। बरु इन्स्पेक्टर सरको मन राख्न सकिनँ। उहाँरिसाउनु भएजस्तो छ। उहाँलाई पनि खबर गर्नूम छिटै आउँछु,' म उस्तै बनिदिएँ। जस्तोउसको उद्देश्य थियो।

भर्खरै दसैंतिहार सकिएको। काठमाडौं खाल्टोलाई बिस्तारै चिसोले छोप्न खोज्दै थियो। बिहानीपख। धमाधम सडक बढारिँदै थियो। कलेजट्युसन जानेमर्निङवाक गर्ने फटाफट हिँड्दै थिए। चिया पिएपछि सुस्तसुस्त सडकमा मैले उही अनौठो सपना देख्नेलाई फोन गरें। ऊ गाउँगएको रहेछ।

भन्दै थियो,

मैले फेरि सपनामा उनै बूढीआमा देखें। भनिन्, 'मैले तँलाई आफ्नै आमाको योनीमा पूजा गर्नू भनेकी थिएँ। तैंले चलाखी गरिस्। चलाखीले ज्ञान र शान्ति प्राप्त हुँदैन। तेरो बुद्धिले भ्याएसम्म जे गरिस्ठीकै गरिस्। मैले सम्पूर्ण श्रद्धाभावमा पूजा गर्नू भनेकी थिएँ। तरपूजा गर्दागर्दै तँएकपटक उत्तेजित भएको थिइस्। उत्तेजित अवस्थामा श्रद्धाभाव आउँदैन। पूजाको विधि पुगेन छोरा। केही छैनम अर्को सजिलो विधि बताउँछु। अबदेखि स्वतःस्फूर्त कुनै वृद्धाआमाको सेवा गरी बस्नू। सेवालाई कुनै बन्धन र सजायको रूपमा नलिनू। पुण्य सम्झेर सेवा गरिरहनू। अथाह सुखशान्ति र समृद्धि अवश्य प्राप्त गर्नेछस्।'

यताघरबाट आमाले पनि बारम्बार फोन गर्नुभयो। हरेक दिन सपनामा तँलाई नै देख्छु भनेर बोलाउनुभयो। त्यसैले म गाउँआएँ। अब केही गर्ने सोच्दैछु।

०००

ऊसँग फोनमा धेरै कुरा हुन सकेन। नेटवर्कले धोका दियो। मध्याह्नतिर म रेस्टुरेन्ट पुगें। इन्स्पेक्टर थापा विशेष कक्षमा बसेको रहेछ। उस्तै निर्दोष मुस्कान दिएँ। जस्तोशहर आएको सुरुसुरुमा मुस्काउँथें। ऊ मलाई लट्ठ परेर हेर्न थाल्छ।

शिरमा लगाउन वा देउरालीलाई चढाउन होस्एउटा फूल चुडाउँदा दिल दुख्थ्यो। एउटा अन्डा फुटाउँदा हात काम्थ्योजिउँदो चल्ला छ कि भनेर। होसाह्रै क्रूर बनेर मैले इन्स्पेक्टर थापाको हत्या गरें। मैले झोलामा खुकुरी लिएर गएकी थिएँ। उसको सामुन्ने उभिएर शिरमा प्रहार गरें।

त्यो रात कुमारित्व तोडिएपछि निकै रोएकी थिएँ। ऊ भन्दै थियो– 'यो आँसु। शिरमा ताज पहिरिँदै गरेकी सुन्दरीको आँसु। अनिभीरमा घाँस काट्दै गरेकीस्कुलकलेजको मुखै नदेखेकीहृदयभरि माया सँगालेर कुनै परदेशीको प्रतीक्षामा बसेकी दिलमायाको आँसु। सबैका आँसु नै हुन्। तरयिनीहरूले एकअर्काको आँसुलाई जान्दैनन्।'

यो कठघरामा उभिएर म कुनै पश्चाताप र क्षमायाचना गर्दिनँ। मलाई यो अदालतको जस्तोसुकै फैसला मञ्जुर छ। सजाय भोग्नुअघि एकपटक उनै आमालाई भेट्न चाहन्छु। जुन आमाको सन्तानको सपनाले मेरा सपनाको हत्या हुनबाट जोगाएको छ। एकपटक म उनै आमाको स्पर्श चाहन्छु।

Leave a comment

जीवनको लय

जीवनको लय

भूकम्पीय जोखिमका दृष्टिले खतरामा रहेको काठमाडौंमा ठूलो भूकम्प आएको खण्डमा अकल्पनीय क्षति हुने विज्ञहरूले अनुमान गरेका थिए। वैशाख १२ गतेको महाभूकम्पले काठमाडौंसँगै धेरै जिल्लामा हजारौंको ज्यान लियो। करोडौं भौतिक धनसम्पत्ति...

उपहारको प्रहार

जिन्दगीमा जितौरी, उपहार अनि पुरस्कार पाउने र अरूबाट अनुगृहीत भएर रमाउने बहार यदाकदामात्र आउँदो रहेछ। दैवको खटन भन्ने कि मतिबुद्धिको विघटन! जे भन्दा पनि हुने रै'छ त्यो खेलालाई। महाभूकम्पले सर्वनाश...

चाबीचालकका कथा

फर्पिङ, सेतीदेवीका राजनप्रसाद श्रेष्ठले केयुकेएलमा चाबीचालकको काम गर्न थालेको पाँच वर्ष भयो। तर, पानीको संकट बढ्दै जाँदा यही जागिर उनका लागि निल्नु न ओकल्नु बनेको छ।

एडभेन्चर हिलिङ

एडभेन्चर हिलिङ

नेपालमा छाँगावरोहण खेलले बिस्तारै गति लिँदैछ। हिमाल चढ्नुलाई पर्वतारोहण भनेझैं झरना(छाँगा)बाट ओर्लिनुलाई छाँगावरोहण (क्यानोनिङ) भनिन्छ। झरनाको शीरमा अँकुश गाडिन्छ। त्यसमा डोरी अड्काइन्छ। डोरी समातेर पानीमा रुझ्दै सुस्तरी झरनाको फेदमा पुगिन्छ...

मितेरीले जोडेको समाज

मितेरीले जोडेको समाज

दाङ- सतवरिया–९ अमिलियाका गुमानसिंह डाँगीकी छ वर्षीया नातिनी बिनाको दुई वर्षअघि मृत्यु भयो। उनको मृत्युले गुमानसिंहको परिवार जति दुख्यो उति नै पीडामा रह्यो स्थानीय जलवीर चौधरीको परिवार। हिन्दु परम्पराअनुसार गुमानसिंहको...

अन्तर्राष्ट्रिय अवसरको खाँचो

अन्तर्राष्ट्रिय अवसरको खाँचो

काठमाडौं-दुई वर्षअघि इन्डियन प्रिमियर लिग (आइपिएल) मा शक्ति गौचनको ‘ट्रायल' यात्रा निकै चर्चित रह्यो। ट्वान्टी–२० विश्वकप छनोटमा जगमगाउदो प्रदर्शनपछि नेपाली क्रिकेटका लोकप्रिय खेलाडी शक्ति राजस्थान रोयल्सको सम्पर्कमा पुगेका थिए।

कता जाने, कहाँ पुग्ने?

कता जाने, कहाँ पुग्ने?

काठमाडौं– सिन्धुपाल्चोक, तातोपानीबाट काठमाडौंका लागि सामान ओसार्दा बाह्रबिसेका सागर लामाले आम नेपालीको अन्योलपूर्ण भविष्य मात्र नियालेनन्, वर्ष दिनअघि नै त्यसलाई चित्र र शब्दका सहायताले आफ्नो ट्रकको 'बडी' मा उतारेका थिए।

घामको झुल्को

घामको झुल्को

प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ लाई पर्यटकीय केन्द्र बनाउन दशकदेखि सक्रिय अन्तुवासी अचेल सन्तोषको सास फेर्दै छन्। सात वर्षसम्म हरेक मंसिरमा महोत्सव गर्दै, विकास निर्माणमा जुट्दै र प्रचारमा समय खर्चिंदै आएका...