Thursday 9 Bhadra, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

पूर्वमा दुई चुम्लुङ

  • आइतबार २९ बैशाख, २०७०
  • मुनाराज शेर्मा
  • Be the first to comment!
(0 votes)
पूर्वमा दुई चुम्लुङ
दुई महिनाअघि झापाको काँकरभिट्टामा आयोजित कलासाहित्य उत्सवकै निरन्तरता झल्किने गरी पाँचथर सदरमुकाम फिदिममा अघिल्लो शुक्रबार दुईदिने पूर्वाञ्चलस्तरीय बृहत् साहित्य मेला आयोजना भयो। केन्द्र भत्काउने र समकेन्द्र बनाउने अभियानबीच मोफसलले आफ्नो शक्ति फेरि एकपल्ट प्रदर्शन गर्‍यो।



nepali-patro-june

नौलो साहित्यिक बिहान प्रतिष्ठानको आयोजनालाई नेपाल प्रज्ञा प्रतिष्ठानले सघायो। पूर्वाञ्चलका अधिक र काठमाडौंका थोरै स्रष्टाको यो जमघटले स्थानिकतालाई जोड दियोआफैं उठेर दौडियो। नेपाली साहित्यभाषाको सघन विमर्शले फिदिम गर्मियो। 

लिम्बूवानको बन्द छिचोल्दै पाँचथरमा भेला भएका लेखकहरूले फरक पुस्ताबीचको अन्तर मेट्न सघाउ पुर्‍याए। मेचीकोशीका साहित्यसेवीलाई सम्मान गरेर थालनी भएको महोत्सवमा आयोजक संस्थाले सन्त ज्ञानदिलदासको नाममा पुरस्कारसमेत घोषणा गर्‍यो।

लेखक प्रेम ओझाको नेतृत्वमा फिदिमे युवा लेखकले केही भिन्न शैलीको मेला आयोजना गरे। त्यहाँ साहित्यसंस्कृतिभाषावाङ्मय र सञ्चारमाथि बहस गरियो। अर्धऔपचारिक शैलीको चुम्लुङजहाँ सबै दर्शक वक्ता थिएसबै वक्ता दर्शक। 

प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीलगायत लेखक सहभागी महोत्सवमा प्राध्यापक टंकप्रसाद न्यौपानेले नेपाली भाषामाथिका समस्या र भ्रमबारे प्रष्ट पार्न माग गरे। नेपालका १ सय २५ मध्ये १ सय ११ भाषाको वक्ता संख्या १ प्रतिशत पनि नभएको उनले कार्यपत्रमा उल्लेख गरे। 'सरकारी भाषा नीति पनि भाषा लोप हुनुमा जिम्मेवार छ,' उनले भने, 'अन्तरभाषिक विवाहले समेत वक्ता संख्या घटाएको छ।विशेष भाषा नीति अघि सारे मातृभाषाहरूको विकास हुने उनको तर्क थियो।

प्राध्यापक न्यौपानेले मातृभाषीहरूको भाषिक बफादारी आवश्यक हुने जिकिर गरे। 'पछिल्लो जनगणनाले एउटै मातृभाषाभित्र थुप्रै भाषिका निर्माण गरिदियो,' उनले भने, 'लिम्बू भाषाको छथरे भाषिका यसको उदाहरण होमातृभाषीहरू हो सचेत बन्नूस्।'

न्यौपानेको कार्यपत्रमाथि सहभागीहरूले जमेर बहस गरेका थिए। पाँचथरको याङनाम बसेर बौद्धिक विमर्शमा शक्तिशाली हस्तक्षेप गरिरहेका लेखक थाम्सुहाङ पुष्प सुब्बाले नेपाली साहित्यमा लिम्बू भाषाको प्रभावबारे बोलेका थिए। आयामेली कवि वैरागी काइँलाथाम्सुहाङसँगै सृजनशील अराजकताउत्तरवर्ती सोचलगायत साहित्यिक आन्दोलनले  लिम्बू मिथकसाँस्कृतिक विम्ब प्रयोग गरेर साहित्य लेखे पनि समालोचकीय पहिचान पाउन नसकेको उनले बताए। 'जनजातीय भाषा संस्कृतिधर्मग्रन्थ र साहित्यको अध्ययन  आवश्यक छ,' उनले भने, 'समाज मिश्रित ढाँचामा रहेकाले लिम्बुभाषी क्षेत्रमा अरू जातिले समेत लिम्बू र नेपाली भाषा बोलेको पाइएको छ।'

कवि मिश्र वैजयन्तीले लिम्बू भाषाको विकासमा श्रीजङ्गा र इमानसिंङ चेमजोङको भूमिका बिर्सन नहुने बताइन्। लेखक नारायण निरौला र तेजमान आङ्देम्बेले महोत्सवमा बोले। युवा लेखकको जमघट हेर्नलायक थियो। काठमाडौंबाट उपन्यासकार राजन मुकारुङकवि स्वर्गीय स्वप्निल स्मृतिदुतेन्द्र चाम्लिङ आए। मोरङबाट खेम नेपालीगण्डकीपुत्रलोचन रिजालमधु पोखरेलसुमन पोखरेल बद्रीविलास पोखरेलसुनसरीबाट हेमन यात्रीसुदीप पाखि्रनझापाबाट कृष्ण बरालअभागी थेग्ाुवाकेशव आचार्यटंक विकल्पलीला अनमोलज्योति भट्टराई र चुलाचुलीबाट विवश बलिभद्रसुन्दर कुरुपइलामबाट विमल वैद्यप्रकाश थाम्सुहाङलगायतको उपस्थिति थियो।

पहिलो दिन कार्यपत्र र औपचारिक सत्रमा सीमित भए पनि दोस्रो दिन महोत्सवको माहोल नै बदलियो। अन्तर्क्रियात्मक सत्र ताता बहसमा अनुदित भए। घरि वक्ताहरू नरम बोली गर्थेघरि चर्काचर्की। दर्शकहरूसमेत उनीहरूसँगै चर्कन्थेथामिन्थे। दोस्रो दिनको कार्यक्रम राति आठ बजेसम्म चल्योजहाँ ६० कविहरूले नेपालीलगायत विभिन्न भाषामा कविता पाठ गरे।

नेपाली भाषामा जनजातीय भाषाहरूको प्रभाव र लेखनमा तिनको प्रभावबारे छलफल गर्न प्राध्यापक न्यौपानेथाम्सुहाङ पुष्पतेजमान आङ्देम्बे र सुवास राई जुटे। 'साहित्यमा भाषाशीर्षक सत्रमा उनीहरूलाई युवा लेखक मदन मुर्च्छनाले अन्तर्क्रिया गराएका थिए। मातृभाषाहरूको आफ्नो लिपि हुँदाहुँदै पनि देवनागरीमा लेखे फरक नपर्नेबरु त्यसले भाषालाई बोधगम्य बनाउन सहयोग पुर्‍याउने निचोड सत्रमा निस्कियो। महत्वपूर्ण निष्कर्षहरू आउन थालेपछि दर्शकहरूले अभिलेखन गरिनुपर्ने माग गरे। आयोजकले तुरुन्तै सुन्यो।

नेपाली आख्यानमाथिको छलफलमा बद्रीविलास पोखरेलरविमान लमजेललोचन रिजाल र मिश्र वैजयन्तीलाई मोडरेटर दुर्गाराज भट्टराईले बहस गराए। धेरै लामो यात्रा पार नगर्दै नेपाली आख्यानमा विभिन्न प्रयोगहरू भइसकेको वक्ताहरूको भनाइ थियो। नवीन विचारहरूलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने आख्यानकारहरूले बताए।

तेस्रो सत्रमा मोडरेटर प्रेम ओझाले 'पत्रकारिता र साहित्यशीर्षकमा देवी क्षेत्री दुलाललक्ष्मी गौतम र लीला अनमोललाई बहस गराए। लेखक राजन मुकारुङथाम्सुहाङ पुष्पधर्मेन्द्रविक्रम नेम्वाङ र कृष्ण बराललाई साहित्यिक आन्दोलनबारे गणेश हाङसेमले अन्तर्क्रिया गराए। राजनले सृजनशील अराजकतावादबारे बोल्दै पहिचानका मुद्दालाई साहित्यका माध्यमबाट डेढ दशकअघि बढाउन खोज्दा संस्थापनले बेवास्ता गरेको मूल्य आज चुकाउनु परिरहेको जिकिर गरे। थाम्सुहाङ पुष्पले उत्तरवर्ती सोच र बरालले लीलालेखनबारे बोलेका थिए।

अन्तिम सत्रको कविता विमर्श सर्वाधिक चर्चित भयो। प्रकाश थाम्सुहाङले मोडरेट गरेको कविता सत्रमा देवेन्द्र शक्तेनविमल वैद्यमुनाराज शेर्मा र गण्डकी पुत्रले जवाफ दिए। प्रश्न गर्नेहरूले उल्टै जवाफ दिनुपरेको थियो। मञ्चमा बस्नेहरूचाहिँ प्रतिप्रश्न फ्याँकिरहेका थिए। गजललाई कविताकै उपविधा मान्नुपर्ने र गजल स्वायत्त विधा हो भन्नेहरुबीच चर्को विवाद भयो।

रविमान लमजेलले पूर्वाञ्चलको साहित्य र स्रष्टाबारे अनुसन्धानमूलक कार्यपत्र पेश गरे। महोत्सवमा कतै चित्रकला सजाइएका थिए। कतै पुस्तक प्रदर्शनी। साझा प्रकाशनलगायत विभिन्न संस्थाले किताब बिक्री तथा प्रदर्शनका लागि राखेका थिए। महोत्सवमा पूर्वका विभिन्न पर्यटकीय स्थलको तस्बिर प्रदर्शनीसमेत भयो।

एकेडेमीका कुलपति वैरागी काइँलाको जिल्ला पाँचथरले थुप्रै प्रतिभाशाली लेखक जन्माएको छ। पाँचथर अहिले पनि सृजना र सक्रियता दुवैमा अब्बल छ भन्ने उदाहरण महोत्सवले पुष्टि गरेको छ।

Leave a comment

नीलो रङकी चरी

'मृत्यूको घोषणा' पश्चिमा दर्शन र साहित्यमा नौलो कुरा होइन। उन्नाइसौं शताब्दीको अन्त्यमा जर्मन दार्शनिक नित्सेले ईश्वर मृत्यूको घोषणा गरे। बीसौं शताब्दीको उत्तरार्धमा फ्रेन्च दार्शनिक रोलाँ बार्थले लेखकको मृत्यूको उद्घोष गरे...

नानीहरूका सहारा

नानीहरूका सहारा

दैनिक चार घन्टा पैदल दुरी तय गरेर उनी विद्यालय जान्थे। कक्षा ९ मा पढ्दै गर्दा उनको कम्मरमा अचानक समस्या आइलाग्यो। बिरामी परे। कम्मरमुनिको भाग चल्ने छाडेपछि स्कुल यात्रा ठप्प रोकियो।...

क्रिसमसमा रमाइलो

क्रिसमसमा रमाइलो

विश्वमा मनाइने क्रिसमस हामीले पनि रमाइलो गर्दै मनायौं। त्यस दिन फरक हाँसो, जाँगर, स्फुर्ति र जिज्ञासा थियो। कार्यक्रममा एकपछि अर्को गर्दै स्वागत गीत, आइ.एम.लिटिल स्टार, जिङ्गलबेल, वाकावाका र नेपाली नृत्य...

न उपकरण न विशेषज्ञ

न उपकरण न विशेषज्ञ

पोखरा-अस्पताल जाने किन? स्वास्थ्यमा केही गडबडी भयो भने उपचार गर्न। तर, के रोग लाग्यो भनेर थाहै भएन भने कसरी होला उपचार? सामान्य ज्वरोखरो वा अरू केही रोगव्याधिबारे त लक्षणकै आधारमा...

भवनमात्र भव्य

भवनमात्र भव्य

वीरगन्ज– १४ वर्षअघि वीरगन्ज, भेडियाहीमा नेसनल मेडिकल कलेज स्थापना हुँदा यस क्षेत्रका बासिन्दामा छुट्टै उत्साह थियो। भव्य संरचनासहितको अस्पताल खुलेपछि घरआँगनमै भरपर्दो स्वास्थ्य सेवा पाउनेमा उनीहरू ढुक्क थिए।

अन्नपूर्ण पदयात्राः आँखामा नेपाल

अन्नपूर्ण पदयात्राः आँखामा नेपाल

राउन्ड अन्नपूर्ण पदमार्गमा बर्सेनि हजारौं विदेशी पदयात्रा गर्छन। लमजुङको बेंसीसहरबाट मनाङ, थोराङ–ला, मुक्तिनाथ, जोमसोम, तातोपानी, पुनहिल हुँदै वीरेठाँटीसम्मको यात्रा। कोही–कोही बेनीतिर पनि निस्कन्छन्। बेंसीसहरबाट मनाङ सदरमुकाम चामेसम्म र बेनीबाट मुक्तिनाथसम्म...

धरावासीको आपत्तिजनक अभिव्यक्ति

धरावासीको आपत्तिजनक अभिव्यक्ति

फागुन २९ गते शनिबारको नागरिक अक्षरमा कृष्ण धरावासीको 'नारी दिवसमा पुरुषका कुरा' शीर्षक लेख छापिएको छ। जीवनभरि नारी संवेदना र उनीहरुका पीडा लेख्ने लेखकका रुपमा आफूलाई चिनाउने धरावासीले यो पटक...

रंगिन पोखरा

रंगिन पोखरा

कुमारी माछापुच्छे्र हिमालको आँगन पोखरामा पर्यटक रमाउने धेरै चिज छन्। धौलागिरि, अन्नपूर्ण माछापुच्छे्र लगायतका हिमाल। फेवा, बेगनास, रूपा लगायतका ताल। भद्रकाली, विन्ध्यवासिनी, विश्व शान्ति स्तुप, तालवाराही लगायतका धार्मिक सम्पदा। गुप्तेश्वर,...