Tuesday 5 Ashad, 2075 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

सम्मानपूर्वक बाँच्न राजनीति

(0 votes)
सरिता गिरी सरिता गिरी
नेपाली राजनीतिमा सक्रिय सरिता गिरी बिहारको हाजिपुरमा जन्मिएकी हुन्। उतै स्कुल पढेकी गिरीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन्। ३५ वर्षअघि नेपाली नागरिक लक्ष्मण गिरीसँग विवाह भएपछि नेपाली राजनीतिमा उनको चासो बढ्न थाल्यो।
nepali-patro-june
२०३७ सालमा नेपाली नागरिकता प्राप्त गरेपछि राजनीति थालेकी गिरी अहिले सद्भावना पार्टी नेपालकी अध्यक्ष छिन् । 
उनका हजुरबुवा सन् १९२० देखि नै भारतीय स्वतन्त्रता संग्राममा लागेका थिए भने बुवा विजयबहादुर गिरी समाजवादी आन्दोलनका सहयोगी थिए। घरको राजनीतिक वातावरणबाट उनी प्रभावित भइन्।
२०४६ सालको आन्दोलनमा उनी नेपाली कांग्रेसको सदस्य थिइन्। तर, समाजलाई उनको सक्रियता निको लागेन। ‘लोग्नेले सबै थोक पुर्यातएकै छन्, किन राजनीति गर्नुपर्योय?' धेरैले यसो भन्थे। 
‘पार्टी र मेरो विचार नमिलेपछि कांग्रेस छाडेर सदभावनामा लागेँ,' उनले भनिन्, ‘सांस्कृतिक विविधतालाई सद्भावना पार्टीले बुझ्लाजस्तो लाग्यो।' उनका इन्जिनियर पतिले निरन्तर साथ दिइरहे। 
बाबुराम भट्टराईले नेतृत्व गरेको सरकारमा उनी श्रम तथा यातायात मन्त्री बनिन्। मन्त्रीको चार महिने अनुभव उनका लागि निकै रोचक बन्यो। ‘पहिले पार्टी खराब लाग्थ्यो। संसदमा पुगेपछि यो पनि खराब रहेछ भन्ने थाहा पाएँ,' उनी भन्छिन्।
सडकमा जनताको नाम लिएर आन्दोलन गर्नेहरु संसदमा पुगेपछि कर्मचारी, व्यापारी र उद्योगी समूहको चाकरीमा लागेको उनले देखिन्। 
राजनीतिमा लाग्दा समाजलाई नजिकबाट बुझिने उनी बताउँछिन्। ‘अधिकार र सम्मानपूर्वक बाँच्न राजनीतिमा आउनैपर्छ,' उनी भन्छिन्। अहिले उनी साहित्य र दर्शनको अध्ययनमा व्यस्त छिन्। अर्को वर्ष राजनीतिशास्त्रमा एमए पढ्ने उनको योजना छ।

Leave a comment

अनुभूतिका किनारामा

अनुभूतिका किनारामा

मैले कवितालाई हृदय धुने सत्यको रुपमा लिंदै आएको छु। समयलाई प्रकाश प्रदान गर्ने कविताको सत्यलाई आत्मसात गरिरहेको छु। रंगमञ्चमा उभ्याएर शिल्पीलाई उनको आराधनालाई सम्मान प्रकट गर्न समय रोजिरहेको छु।

कविताको भोक

कविताको भोक

कविताको आँखीझ्यालमा आफूलाई लगेर टाँस्ने हो भने हामी बाँचिरहेको पृथ्वीको खण्डमा एकथरी सपना घोलेर पिइरहेका छन्। निरर्थक हल्लाबीच आफ्नो अस्तित्वका लागि नाकको उचाइ देखाउने धमिलो उत्कट उत्कण्ठाका साथ अर्कोथरी लागिरहेका...

फेरिँदैछ बालापान

काठमाडौं– बाल्यकालमा गीर (लठ्ठीले बललाई हानेर खेलिने) खेलेर हुर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले अहिलेको लोकप्रिय क्रिकेटसम्म हेर्ने मौका पाए। विश्वभर चलिरहेको क्रिकेट त्यही गीर खेलको विकसित रूपझैं लाग्छ, उनलाई।

वायुयान संग्रहालय

वायुयान संग्रहालय

कैलालीमा एउटा पर्यटकीय प्रोडक्ट थपिएको छ, वायुयान संग्रहालय। क्याप्टेन बेद उप्रेतीले धनगढीको हसनपुरमा 'एयरक्राफ्ट म्युजियम' बनाएका हुन्। कस्मिक एयरको थोत्रो फोकर हन्ड्रेड जहाजलाई संग्रहालयको रूप दिइएको छ। जहाजभित्र राइट ब्रदर्सका...

प्रश्नहरू अझै रुमल्लिएकै छन्

प्रश्नहरू अझै रुमल्लिएकै छन्

एउटा अजंगको रूख छ। केही मान्छे जम्मा भएका छन्, अहिले त्यो रूख वरिपरि। तिनीहरू गम्भीर चिन्तनपछि एउटा निर्णयमा पुगेका छन् कि त्यस रूखलाई काट्नैपर्छ। रूख ढाल्ने बन्चरो, हँसियाजस्ता हतियार पनि...

अनशनको बटमलाइन

अनशनको बटमलाइन

काठमाडौं– सात दिनदेखि सातसूत्रीय माग राखेर अस्पतालमै आमरण अनशन बसिरहेका शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उठाएका मागमध्ये सुरुमा सबैभन्दा कम समर्थन पाएको मुद्दा थियो– डा. प्रकाश सायमीको पुनर्बहाली।...

मेच

मेच

भएरै पनि चार खुट्टाहिँड्न सक्तिनँ ममानिसहरूले अंकमाल गरेरनापेदेखिन् मेरा पुर्खाको छातीनिस्प्राण भएँ मर फेरियो जात पनिथाहा छैन–कोको आए र गएकोको बसे र छुट्टिएमलाई थाहा छ–मच्चिँदा–मच्चिँदै कलिलो बालकलेपाएथ्यो निर्दयी थप्पडर कठोर...

'शंकर' डाक्टर

'शंकर' डाक्टर

'दमक, बिर्तामोड र भद्रपुरको उपचारले मलाई बिसेक भएन, अब एकपटक शंकर दाक्दर (डाक्टर) कोमा जँचाउँदा पो निको हुन्थ्यो कि?,' गाह्रो मान्दै आमा बोल्नुभयो। घाँटी दुख्ने समस्याले उहाँलाई थला पारेको थियो।...