Friday 24 Mangshir, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

पात्रसँग सोमरस

(0 votes)
राजन मुकारुङ, 'दमिनी भीर' का उपन्यासकार राजन मुकारुङ, 'दमिनी भीर' का उपन्यासकार
लेखनका लागि सबभन्दा पहिले कुनै विषयले छुनुपर्छ। त्यसपछि विषयमाथि दुईतीन दिन रन्थनिन्छु। लेखनको विषय कसरी समाउने, कस्तो शैली बनाउने, त्यसमै अभ्यास गर्छु। एउटा विषयमा धेरै शैली बन्न सक्छन्। आफंैलाई मन परेको शैलीबाट लेख्न सुरु गर्छु। 

पात्रहरूले बोलेका अन्तरसंवादलाई म राम्ररी सुन्छु। पात्रले वाक्यमा बोलेको लयात्मकतालाई समाउँछु। पात्रले त अनन्त बोल्छ, बोलेको वाक्यमध्ये मन छुने लिन्छु।

  
nepali-patro-june
'लक्षी र धौले कान्छा सधैंजसो बाझिरहन्थे। 'मार्दिन्छु त्यो मूर्दारलाई'– झगडा क्रममा धौले कान्छाले भनेको त्यही शब्दले मलाई छोयो। यसैबाट प्रभावित भएर 'दमिनी भीर' लेखेको हुँ।'
मानिसले समाजमा दिनहुँ भोगिरहेका विषय नै हुन् मेरा लेख्ने विषय। मानौं लोग्नेस्वास्नी झगडा गर्दैछन्। ती दुईले कुनै विषय उठाएर झगडा गरेका हुन्छन्। त्यसमध्ये कुन कुराले समाजलाई फाइदा पुग्छत्यही विषयलाई फराकिलो बनाउन घोत्लिन्छु। समाजलाई फाइदा पुग्ने विषय छान्छु। मैले प्रायः सीमान्तकृतउत्पीडनमा परेका वर्गसमुदायलैंगिक क्षेत्रका क्रियाकलापमाथि ध्यान दिइरहेको हुन्छु। उनीहरूबीचको घटनाक्रमले मलाई चाँडो छुन्छ। 

लेख्नलाई समय तालिका बनाउने बानी छैन। साथीभाइसँग भेटिन्छ। कुनै बेला जाँडपानी खाइन्छ। एक दिन खाएपछि तीन चार दिन असर पुग्छ। ह्याङमा भने म लेख्नै सक्दिन। एकदमै फ्रेस मुडमा लेख्न बस्छु।  

लेख्ने बेला एक सहयोगी पनि चाहिन्छ। चुरोट निभेमा आगो ल्याइदिनुपर्छ। सकियो भने अर्को प्याकेट ल्याउन पसल जाने सहयोगी चाहिन्छ। लेख्ने बेला मेरो छेउ कोही बोल्न पाउँदैनन्। चुरोट नखाई लेख्न सक्दिन। चुरोटलाइटरखैनी र पानी छेउमा हुन्छन्। त्यति भयो भने अर्को मान्छे चाहिँदैन। टेलिभिजनमोबाइल सबै बन्द हुन्छन्। छेउछाउ कोही आउन पाउँदैनन्। लेख्न थालेपछि बिहानको खाना खाँदिन। दिनमा १० घन्टा लगातार लेखेको छु। 

 पहिले कविता हातले उतार्थें। पछि मैले दुई वटा कृति कम्प्युटरमै लेखें। 'हेत्छाकुप्पार 'दमिनी भीरल्यापटपमै लेखेको थिएँ। हातले लेख्दा मन नपरेको गोलो लगाइन्छ। कम्प्युटरमा डिलिट गरिन्छ। हातैले लेखेको फाइदा हुँदो रहेछ। लेख्ने बेला मन नपरेको शब्द पछि मन पर्न सक्छ। त्यसलाई सुधार पनि गर्न सकिन्छ। कम्प्युटरमा डिलिट गरेको कुन शब्द हो पत्तै हुँदैन। एकपटक तीन हजार पाँच सय शब्द लेखेर मन नपरेकाले डिलिट गरेको छु। मलाई चित्त नबुझे तुरुन्त फालिदिने बानी छ। 

 कतिपय घटनाक्रम धेरैले गलत भनिराखेको विषय पनि मेरा लागि सही विषय हुनसक्छ। यो गलतै हो तआफैं प्रश्न गर्छु। मैले उसलाई धेरै सही देखेको हुन्छु। त्यसलाई सही बनाउन पनि लेखिएको हुन्छ। तरत्यो बेला नियोजित ढंगले लेखिन्छ। कहिले आममानिसका लागि लेखिन्छ। 

अमेरिकामा बस्ने र नेपालमा बस्ने दुवै मान्छे हुन्। त्यहाँ बस्नेको मनोविज्ञानभाषासंस्कृतिपहिचान फरक छ। यस्ता कुराबाट म उत्तेजित हुन्छ। साहित्यकारका बीचमा कहिलेकाहीँ म फरक पनि हुन्छु। 

'दमिनी भीरधेरै वाक्य लेखेपछि आएको शब्द हो। यो उपन्यास लेख्न मलाई एउटै वाक्यले छोएको थियो। त्यसको लागि चार महिना रन्थनिएँ। 'दमिनी भीरको शैलीको लागि लक्षी र धौले कान्छा पात्र सधैंजसो बाझिरहन्थे। त्यही झगडाको बेला धौले कान्छाले 'मार्दिन्छु त्यो मूर्दारलाईभन्यो। त्यो शब्दले मलाई छोयो। त्यही वाक्यबाट प्रभावित भएर उपन्यास लेखेको थिएँ।  

लेखेपछि एकैपटक सक्ने बानी छैन। लेख्ने क्रममा नयाँ पात्र थपिन सक्छ। फेरि त्यो पात्र समाजमा छ कि छैन म खोज्न हिँड्छु। समाजमा भएका वास्तविक पात्रलाई लेख्छु। उनीहरूसँग खेल्नेखानेउठबस गर्ने गर्छु। पात्रका मनका कुरा भन्न लगाउन 'दमिनी भीर'मा रक्सी खुवाएको छु। उनीहरूका कथा लेख्न अगाडि नै जानकारी दिन्छु। नाम परिवर्तन गरेर लेख्छु भनेर अनुमति लिन्छु। 

प्रस्तुति :  भाषा शर्मा

Leave a comment

हाइकिङ काठमाडौं

हाइकिङ काठमाडौं

निलो आकाश, चिसो बतास, चराको चिरबिर र गाउँले मुस्कान। पसिना चुहाउँदै उकाली–ओराली। काठमाडौं उपत्यकाको चारैतिर रमाइला डाँडा छन्। जता चढे पनि हुन्छ। स्वस्थ हुन दिनमा ४५ मिनेट हिँड्नुपर्छ। महिनाको एकपटक...

सत्ता परिक्रमामा अल्झेको संस्कृति

'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका...

आफ्नो मान्छे

आफ्नो मान्छे

‘तपाईं वुमन एड्भोकेट किरण शर्मा होइन! आइ नो यु। म सिर्जना कडरिया, चेयर पर्सन अफ द वुमन राइट्स एन्ड वेलफेर अर्गनाइजेसन। भेटेर खुसी लाग्यो।'

विप्लवी हस्ताक्षर

कवि विप्लव ढकाल समसामयिक नेपाली कविता धाराका एक विप्लवी हस्ताक्षर हुन्। उनी तत्कालीन निर्दलीयताको विकल्पमा बहुदलीयता कायम गर्न तल्लीन नेपाली समाजको भ्रुण भएकाले होला, उनका कवितामा कुनै न कुनै रूपमा...

सपनाको उडान भर्दै

सपनाको उडान भर्दै

उनी हवाइजहाज उडाउँछन्। नेपालमा होइन इन्डोनेशियामा। त्यहाँको लायन एयरका प्रशिक्षक पाइलट भएकाले अरु पाइलटलाई सिकाउँछन्। लायन एयरको छातामुनि ५ सय भन्दा बढी पाइलट र चार हजार बढी एयर होस्टेज छन्।

लठ्ठी फेरियो, सजाय फेरिएन

लठ्ठी फेरियो, सजाय फेरिएन

‘मेरो विचारमा शारीरिक सजाय कहिल्यै पनि उचित हुँदैन। सामान्य किसिमको सजायले हानि कम गर्ला तर फाइदा त गर्दै–गर्दैन। निर्मम सजायले मानिसलाई निर्दयी र पशु बनाउँछ।'

मुटुमा नेपाल बोकेर

मुटुमा नेपाल बोकेर

बुद्ध जन्मभूमि लुम्बिनीको यात्रामा निस्कँदा आश्रय उत्साहित थियो। पोखरादेखि छुटेको बस गल्याङ कटेपछि आकाशबाट पानी बर्सियो। गाडी झ्याम्पट परेछ, भित्रै चुहिन थाल्यो। अघिल्लो सिटमा बसेका विदेशीले एउटा मगमा पानी थापे।...

कुकुर-अधिकार

कुकुर-अधिकार

मलाई लाग्छ, संसारमा नेता र कुकुर एउटै समस्याबाट पीडित हुन्छन्। उनीहरूका साझा समस्या हुन्— घा"टी। नेता र कुकुरलाई घा"टीस"ग सम्बन्धित अनेक रोगले च्याप्छन् भनिन्छ। किनकि, प्राणी जगत्का यी दुवै प्राणी...