×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Thursday 4 Magh, 2074 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

सार्कबाट घेरिँदा

(1 Vote)
सार्कबाट घेरिँदा
मेरो टाउकोको ठीकमाथि लगभग चार फुटको सार्क आइसकेको थियो। मैले दायाँतर्फ नजर घुमाएँ, अलि परबाट लगभग त्यत्तिकै ठूलो अर्को सार्क आइरहेको थियो। अनि बायाँतिर पनि त्यस्तै। म लगभग सार्कले घेरिएको अवस्थामा थिएँ। तस्बिर तथा फिल्ममा मात्र देखेको सार्क मैले पहिलोपटक नजिकैबाट, त्यो पनि तीनतीनवटा, हेर्न पाउँदा रोमाञ्च अनुभव भएको थियो।


nepali-patro-june
मेरोअगाडि जम्मा भएका हजारौं साना माछाले केहीबेरमै अजंगको आकार बनाए। टाउकोमाथि रहेको सार्कको ध्यान तिनै साना माछातिर जाला भन्ने सोचमा थिएँ, तर त्यो सार्कले आफ्नो सम्पूर्ण ध्यान मतर्फ केन्द्रित गर्दै थियो।
त्यत्तिकैमा हजारौं साना माछा मेरोअगाडि जम्मा भइरहेको देखें। केहीबेरमै उनीहरूले एउटा अजंगको आकार बनाए। समुद्रमा ससाना माछाले सार्कलगायत ठूला जलप्राणीबाट आफ्नो ज्यान जोगाउन एकै ठाउँ जम्मा भएर ठूलो आकार बनाउने गरेको सुनेको थिएँ। मेरो दायाँ र बायाँतर्फबाट आइरहेका सार्क नजिकै पुगिसकेका थिए। मेरो टाउकोमाथि रहेको सार्कको ध्यान मतर्फ नै थियो। 

साना माछा मेरो ठीकअगाडि जम्मा भएको देखेपछि टाउकोमाथि रहेको सार्कको ध्यान पनि उतै जाला भन्ने सोचमा थिएँ तर त्यसो भएन। त्यो सार्क मलाई नै हेरिरहेको थियो। मैले माथि हेरें। उसले पुच्छर अनौठो प्रकारले हल्लाउँदै आफ्नो पूर्ण ध्यान मतर्फ नै केन्द्रित गरेको जस्तो लाग्यो। मैले तलतिर हेरे। मेरा दुवै गोडा वरिपरि र मुन्तिर पनि साना/ठूला अनेकौं माछासँग दुई चार वटा सार्क स्वच्छन्द पारामा विचरण गरिरहेका थिए। 

मैले नजिकैका साथीहरू बोलाउन खोजें। अलि पर रहेका दिवाकरको ध्यान मतिर थिएन। त्यस्तै थकित जस्तो देखिएकी मनिता केही परको काठको टुल जस्तोमा बसेकी थिइन्। अनि चोपलाल भने समुद्री प्राणीहरूको अनौठो क्रियाकलाप पूर्णरूपमा क्यामेराको बन्धनमा बाँध्न तल्लीन थिए। उता सुनिल मजस्तै सार्क र अन्य माछाबाट घेरिएको देखें। उनको स्थिति पनि मजस्तै अनौठो थियो। कहिले आफ्ना वरिपरि जम्मा भएका समुद्री जीव हेर्थेकहिले हामी सबैतर्फ नजर घुमाउने गर्थे।

मैले आफ्नो दाहिने हात उठाएर टाउकोमाथि रहेको सार्कलाई छुने प्रयास गरे तर सम्भव भएन। किनभने बीचमा सिसाको पर्खाल थियो। सिसाको त्यो पर्खाल हाम्रो तलमाथि चारैतर्फ थियो। सिसाको पर्खालयता हामीहरू थियौं अनि उता ती समुद्री जीव। हामी वास्तवमा एउटा लगभग प्राकृतिक एक्वेरियमभित्र थियौं। 

२०६९ साल कात्तिकमा अमेरिकाको पोर्टल्यान्डमा समाचार संकलन गर्न गएको थिएँ म। त्यही अवसरमा त्यहाँ तेक्वान्दो स्कुल सञ्चालन गरेर बसेका नेपाली दिवाकर डान महर्जनले लगभग चारसाढे चार घन्टाको मोटर यात्राको दूरीमा रहेको न्यु पोर्टमा दुई दिन घुम्ने योजना बनाएका थिए। हामी त्यहीँ गएका थियौं। अनि न्यु पोर्ट पुगेको अर्को दिन त्यहाँबाट मोटरमा लगभग ३० मिनेटको दूरीमा रहेको ओरेगन कोस्ट एक्वेरियम घुम्न गएका थियौं। 

त्यो एउटा विशाल एक्वेरियम थियोनिकै ठूलो क्षेत्रफल ओगटेको। त्यसभित्र पस्नासाथ समुद्रभित्र भएको अनुभव हुन्थ्यो। ठाउँठाउँमा सिसाको ठूलो हलजस्तो थियो। रप्रकृति कस्तो भने त्यहाँ हेर्न आउने दर्शक सिसाको घरभित्र अनि समुन्द्री जीव भने बाहिर आफ्नो प्राकृतिक वातावरणमा भएजस्तो। 

दिवाकरसँगै म अनि नेपाल ओलम्पिक कमिटीका सदस्य सुनिल राजकर्णिकारतेक्वान्दो खेलाडी मनिता सिंहयुकेबाट आएका अर्का तेक्वान्दो खेलाडी चोपलाल बन्जाडे प्राकृतिकजस्तै लाग्ने एक्वेरियम हेर्न आएका थियौं। 

एक्वेरियम हलभित्र छिर्ने मूल प्रवेशद्वारमै हामीले संयुक्त तस्बिर खिचाएका थियौं। तस्बिर लिनेले भनेका थिए– तिमीहरू फर्केर आउँदासम्म हामीले तस्बिर फ्रेममा राखेर तयार पारिसक्ने छौं।

प्रवेशद्वारभित्र छिर्नासाथ हामीलाई रहस्यमय नयाँ संसारमा आएको अनुभूति भएको थियो। समुद्री संसारजहाँ जलचरहरूको राज्य थियो। उनीहरू प्राकृतिक वातावरणमै जलमा विचरण गरिरहेको हेर्न पाउनु वास्तवमा निकै अनौठो र सुखद् अनुभव हुन पुगेको थियो। 

भित्र एक ठाउँमा समुद्रको सानो रूप देखाइएको थियो। जहाँ टेबल टेनिस बलजुत्ताटेनिस बल खाली सिसीजस्ता प्रयोग गरिसकिएका वस्तुहरू बग्दै गरेको देखिएका थिए। मैले त्यसको प्रयोजनका बारेमा जिज्ञासा राख्दा त्यहाँका एक अधिकारीले यो साना नानीहरूलाई नचाहिने सामानहरू झिकेर राख्नका लागि गरिएको व्यवस्था भएको बताए। 'यसले गर्दा नानीहरूमा फोहोर वस्तु जथाभावी फाल्न नहुने ज्ञान सानो उमेरबाटै हुन्छ'– उनको कुरा मलाई चित्त बुझेको थियो। 

त्यत्तिकैमा १५ जनाको एक समूह त्यहाँ आइपुग्यो। हामी चलचित्रको पर्दा जस्तो ठूलो सिसाअगाडि आइपुगेका थियौं। सिसापारि समुद्री जीवहरू निस्पि्कक्री घुमिरहेका थिए। अगाडि एउटा बेन्च थियो। त्यहीँ त्यो समूहका १४ जना नोटबुक र कलम लिएर बसे। अनि एक जना पाका उमेरका (उनी कुनै कलेजका प्रोफेसर भएको थाहा भयो) व्यक्तिले समुद्री जीवनबारे ती विद्यार्थीलाई जानकारी गराउन थाले।



त्यो एक्वेरियमलाई 'लिभिङ क्लासरुमका रूपमा जानिँदोरहेछ। त्यहाँ वर्षेनि ४० हजार विद्यार्थी समुद्री जीवनबारे जानकारी लिन आउँदा रहेछन्। त्यो एक्वेरियम समुद्री जीवको सुरक्षाका लागि महŒवपूर्ण मानिँदो रहेछ। त्यो अमेरिकाकै प्रमुख दस एक्वेरियमभित्र पर्दो रहेछ।

लगभग दुई घन्टा जतिको घुमाइ हामी सबैका लागि निकै जानकारीमूलक थियो। थरीथरीका रंगिन माछासमुद्रमा हुने वनस्पति अनि ती समुद्री जीवको स्वच्छन्द विचरण! त्यो एउटा बेग्लै संसार थियो हाम्रा लागि। एक्वेरियमको सिसामा छुँदा समुद्री जीवले रोकेर अनौठो पारामा हामीतिर हेर्ने गर्थे। 

त्यत्तिकैमा तीन जना गोताखोरको पोसाक लगाएकाहरू एक्वेरियमभित्र देखिए। उनीहरू पनि ती समुद्री जीवसँगै पानीमा विचरण गरिरहेका थिए। एक जनाले एक्वेरियम हेर्न आएका हामी सबैलाई हात हल्लाएर अभिवादन गरे। हामीले त्यसको जवाफ दियौं। उनीहरू एक्वेरियमलाई भित्रबाट सफा गर्न आएका रहेछन्। यसबाहेक समुद्री जीवलाई नजिकैबाट हेरचार गर्ने जिम्मा पनि उनीहरूको रहेछ। 

एक्वेरियम बाहिर जमिनमा पनि बस्ने केही समुद्री जीवका लागि बास स्थान बनाइएको रहेछ। सबै समुद्री जीवलाई पूर्णरूपमा प्राकृतिक वातावरण उपलब्ध गराइएको थियो। एक्वेरियमको अवलोकन गर्न आउनेहरूबाट समुद्री जीवहरूलाई कुनै किसिमको अवरोध उत्पन्न नहोस् भन्नका लागि नै बीचमा निकै मोटो सिसाको पर्खाल बनाइएको थियो। 

हाम्रो लगभग साढे दुई घन्टाको घुमाइले पनि एक्वेरियम र त्यस वरिपरिको क्षेत्र पूर्णरूपमा भ्याउन सकेनौं। फर्कने बेला काउन्टरमा एक युवती हामीले खिचाएको तस्बिर फ्रेममा राखेर पर्खिरहेकी थिइन्। हामी सबैले चिनोका रूपमा तस्बिर लियौं र न्यु पोर्ट फर्कियौं।

Leave a comment

नेपथ्य कालाबाङ

नेपथ्य कालाबाङ

नेपथ्य भनेको त्यस्तो ठाउँ हो, जुन बाहिरी संसारबाट देखिन्न। बाहिरी संसार भने नेपथ्यबाट प्रस्टै देखिन्छ। पोखरा उपत्यकालाई मुख्य संसार मानेर हेर्ने हो भने कास्कीको कालाबाङ गाउँलाई नेपथ्य भनिदिए हुन्छ- जहाँबाट...

विम्ली आफैं बोली

विम्ली आफैं बोली

'बुवा विम्लीको पेनको निभ भाँचियो!' मैले भन्दिनुपर्ने। 'बुवा विम्लीको कापी छैन!' मैले जानकारी दिनुपर्ने! 'बुवा विम्लीको चप्पल चुँडियो!' मैले सिफारिस गर्दिनुपर्ने, 'उसलाई जाली भाको चप्पल चाहियो रे!''बुवा विम्ली यसपालि पनि...

क्रिकेटको सहर

क्रिकेटको सहर

कैलाली- धनगढी विमानस्थलबाट बाहिरिनेवित्तिकै एउटा होर्डिङ बोर्डले आगन्तुकलाई अभिवादन गर्छ, 'क्रिकेटको शहर धनगढीमा तपाईलाई स्वागत छ।' सुदूर पश्चिमको राजधानी मानिने कैलाली जिल्लाको यो नगरपालिका सडकमार्ग हुँदै पुग्नेलाई पनि विभिन्न व्यापारिक...

सलाम गुलजार साहब!

सलाम गुलजार साहब!

'कुनै पनि सम्बन्ध तत्काल अन्त्य हुँदैन, न त यो मर्छ। यो फरक अर्थमा बद्लिन्छ मात्र।'गुलजार यसै भन्थे, सम्बन्धका बारेमा।गुलजारको अनेकसित अनेक सम्बन्ध छन्, ती सम्बन्धको आ–आफ्नै अर्थ छ। नायिका मीनाकुमारीसितको...

फिलिली...

फिलिली...

सफलताको श्रेय लिने होडबाजी चल्छ– विफलताहरू बाटामै बेवारिसे छाडिन्छन्। आधा वर्ष लामो तराई–मधेस आन्दोलनको पटाक्षेप भएको छ। त्यस आन्दोलनको परिचय वा उल्लेख नेपाली राजनीतिक इतिहासको कुन पृष्ठमा हुने हो यसै...

पोस्टकार्ड

‘ओई काली! कति'टा भयो तेरो पोस्काड्?'किशोरवयको खुड्किला टेक्दै गरेकी मलाई वैशाखको पहिलो साता मुस्तफाले सोधेको थियो।‘उन्तालिस्।'‘अरे बाप रे! कत्ति बेसी! अम्ता बचनको कति'टा छ, काली?'‘ग्यारह। हेर् मुस्तफा, मलाई ‘काली' नभन्...

धराने दादा कविहरू

धराने दादा कविहरू

धरानको अमरहाटमा म एकाएक हराएँ। झन्डै एक घन्टा ल्वारल्वार हिँडेपछि। त्यो पनि बम दाइकै गेटमा पुगेर। दुइटा गेट रैछन् घडेरीको दुईपट्टिबाट। कताबाट छिर्ने– अलमलमा परेँ। र, त्यहाँ हराएँ।

क्यान्सर नै मृत्यु होइन!

आफू वा आफ्नो परिवारमा कसैलाई क्यान्सर भयो भन्ने थाहा पाउँदा जो कोहीको पनि सातो जान्छ। मानौँ क्यान्सर नै मृत्यु हो। यो धारणामा परिवर्तन ल्याउनु जरुरी छ। यो 'मृत्यु घोषणा' होइन।...