Monday 10 Ashwin, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

फुकोका अनेक अनुहार

  • ४ जेष्ठ, २०७०
  • सिपी अर्याल/सरोज जी.सी.
  • Be the first to comment!
(1 Vote)
फुकोका अनेक अनुहार
'व्यक्तिगत रूपमा अहिलेसम्म मैले कोही बौद्धिक मानिस भेटेको छैन। उपन्यास लेख्नेहरू, बिरामीको हेरचाह गर्नेहरू, अर्थशास्त्रीहरू भेटें। पढाउनेहरू भेटें, पेन्ट गर्ने मानिस भेटें र केही पनि काम नगर्ने मानिस भेटें। बौद्धिक व्यक्तिहरू कहिल्यै भेटिनँ।विश्वविख्यात दार्शनिक मिसेल फुकोले कोही पनि मानिस बौद्धिक होइनन् भन्ने छनक दिँदै यस्तो भनिदिएपछि आफूलाई बौद्धिक भन्न रुचाउनेहरू उनीविरुद्ध जाइलागे। उनलाई दुर्व्यसनी, मनोरोगी, समलिंगी स्वपीडक र पागल भन्दै उनको खेदो खने।
nepali-patro-june
पेरिसका विश्वविद्यालयमा फुकोका प्रवचन अरस्तु र नित्सेका ज्ञान सिद्धान्तभन्दा फरक थिए। उनका लेक्चर आवरमा भीड लाग्थ्यो। दिक्क भएर उनले आफ्नो लेक्चर सबेरै गराए, बिहानै विद्यार्थीहरू उठेर नआउलान् भनेर। तर भीड के रोकियोस्! लाठीचार्ज नै गर्नुपर्ने!
फुकोका विचारले संसारलाई अभूतपूर्व गुन लगाएका छन्। यिनै फुको मानविकी तथा समाजशास्त्रअन्तर्गत हुने अनुसन्धानहरूमा सबैभन्दा धेरै पढिन्छन्। रिफरेन्सिङमा पनि यिनैको नाम अग्रपंक्तिमा आउँछ।

उनको योगदान प्रमुख गरी शक्ति (पावर) को व्याख्यामा रिङेको छ। सामान्य जीवनमा शक्तिले कसरी काम गर्छत्यसले ज्ञान (नलेज) र संकथन (डिस्कोर्स) लाई कसरी प्रभाव पारिरहेको हुन्छत्यसले सत्य कसरी निर्माण गर्छ र सामाजिक नियन्त्रण कसरी स्थापित हुन्छभन्ने व्याख्या गरेका छन्। मार्क्सेली विचारले उत्पादनको स्वरूपमाथि पकड भएका शासक वर्गमाझ शक्ति निहित हुन्छ भन्यो। महिलावादीहरूले पुरुषले मात्र शक्तिको उपभोग गर्छन् भने। 

शक्तिमाथिका परम्परागत विचार उल्ट्याउँदै फुकोले नयाँ विचार दिए। भने– 'शक्ति जहाँसुकै हुन्छ। यो दमनकारी नभएर सिर्जनशील हुन्छ। जो कोही व्यक्तिले निश्चित अवस्थामा शक्तिको प्रयोग गरिरहेको हुन्छ।'

फुकोका अनुसार शक्ति कुनै निश्चित तŒव वा व्यक्तिमा निहित हुँदैनत्यो अनियमित सञ्जाल (डिस्कर्सिभ नेटवर्क) मा हुन्छ। यस्ता विचारले बौद्धिक जगत्मा एकखालको भुइँचालो नै ल्याइदियो। फुकोको यो विचार पागलपनसामाजिक संकाय (सोसियल डिसिप्लिन)शारीरिक प्रतिमासत्य र यौनिकतामा लागु भएजसले उत्तरआधुनिक पाण्डुचित्र कोर्न विशेष सहयोग पुर्‍याए। फुकोका यस्ता विचार हामीमाझ तात्तातो बहसको विषय बन्ने उत्तरआधुनिकताका केन्द्र हुन्।

हाम्रो राजनीतिक परिप्रेक्ष्यमा पनि फुकोले भनेझैं प्रत्येक नेताले आफ्नै किसिमको सत्य निर्माण गर्छन् र त्यसलाई शक्ति प्राप्त गर्ने सिँढी बनाउँछन्। त्यसमा उनीहरू सफल भए एउटा संकथन निर्माण हुन्छ र आम मानिसहरूमा त्यसैअनुसारको ज्ञानले ठाउँ ओगट्छ।

डाक्टर बाले छोरो फुको पनि आफूजस्तै बनोस् भन्ने चाहेका थिए। तर बाको इच्छा नकार्दै उनी पेरिसको चर्चित पाठशालामा इतिहास पढ्न थाले। पछि आमाले कडा कानुन भएको रोमनक्याथोलिक विद्यालयमा भर्ना गरिदिइन्। त्यहाँ उनले रुचिकर समय बिताएनन्। मन नलागीनलागी भए पनि इतिहासदर्शनसंस्कृति र मानव सभ्यताका गह्रँुगा पुस्तकका पाना पल्टाउन थाले। संगत गुनाको फल भनेझैं गुरु लुइस अल्थुइसरको उठबसमा परेपछि फुकोको रुचि दर्शनशास्त्रमा बढ्न थाल्यो।

किताबी किरो भएर उनी पुस्तकालयमा घन्टौं बिताउन थाले। त्यहाँ दिनरात पढ्दै/चिन्तनमनन गर्दै बस्थेउता परिवार भने उनको खोजीमा धुइँपत्ताल गर्थ्यो। 'अर्डर अफ दि थिङ्सर 'दि बर्थ अफ दि क्लिनिककिताब लेखेपछि उनी संरचनावादतिर ढल्किए।

फुकोका अनौठा बानी थिए। एक्लै बस्न रुचाउनेकोहीसँग बोल्न मन नगर्नेरिसाहा र हिंसा मन पराउने प्रवृत्तिका। कलेज छात्रावासको कोठामा हिंसात्मक दृश्य पोखिएका पोस्टर टाँस्थे।

फुकोले आफूलाई अपराधी भन्न पनि भ्याएकारणचाहिँ प्रष्ट्याएनन्।

कुनै बेला आफ्ना सहपाठीलाई मार्न तरबार लिएर पनि दगुरे। एकपटक आत्महत्याको असफल प्रयास गरेपछि उनी मनोरोग अस्पतालमा भर्ना भए। डाक्टरहरूले त्यसको कारण बताए– समलैंगिकताबाट चरम उद्वेलित भएर उनले आत्महत्याको प्रयास गरेका हुन्। समलैंगिक हुनु फ्रान्सेली कानुनमा वैध भए पनि त्यो सामाजिक निषेध थियो।

फ्रान्समा समलैंगिकता निषेधित भएकोले उनी स्वीडेन गए। त्यहाँ गएर आफ्नो जीवनको महत्त्वपूर्ण खण्ड बाँचे। समलैंगिक सम्बन्धमा अनेकन मानिससँग बाँधिएरक्सी खाएर ढुन्मुनिँदै हिँडेड्रग्सको व्यापक प्रयोग गरे। अझ जगुआर नामक रेसिङ कारमा हुइँकिदै अनेकन हत्कन्डा मच्चाए। आफ्ना औंलाहरूमा तीखा काँटीले घोचेर बगिरहेको रगत हेर्दै आत्मानन्द प्राप्त पनि गरे! त्यसबाहेक स्वीडेनमै त हो उनले बौद्धिकताको चरम सीमा छुन सकेका। स्वीडेनको उप्सालास्थित पुस्तकालयमा उनी घन्टौं पढेर बसिदिन्थे। त्यहाँ उनले चिकित्साशास्त्र इतिहासको विशेष अध्ययन गरे।

सन् १९६६ मा फुको ट्युनिसियामा गएर प्राध्यापन गर्न थालेट्युनिस विश्वविद्यालयमा। त्यहाँ उनले नित्सेडेकार्ट्स पढाए। त्यसबेलासम्म फुको एउटा सार्वजनिक व्यक्तित्व भइसकेका थिए। ट्युनिसियामा बस्दा त्यहाँको संस्कृतिबाट धेरै प्रभावित भए।

फुकोका धेरै तस्बिरहरू हेर्दा उनी मुडुलो टाउकोमा देखिन्छन्। उनी बस्ने ट्युनिसियाको गाउँमा प्रत्येक दिन दाह्री खौरिएजस्तै कपाल पनि खौरनुपर्थ्यो। त्यही संस्कार मान्दै फुको दैनिकजसो आफ्नो कपाल खौरन्थे। त्यहाँ बस्दा पनि फुकोले आफ्नो जिन्दगीको पूर्ण उपभोग गरे। उनी सार्वजनिक छवी बोकेका विद्वान कहलिए। त्यहीँ बस्दा उनको उग्रस्वभावले धेरैलाई चिढ्याएको थियो। कारणतः उनी केही युवाद्वारा नराम्ररी पिटिए। त्यस घटनाले उनलाई ट्युनिसियाबाट पेरिस फर्कायो।

पेरिस गएर उनी अझ चर्चित भए। त्यहाँका विश्वविद्यालयमा प्रवचन दिन थाले जुन अरस्तु र नित्सेले दिएका ज्ञानका सिद्धान्तभन्दा बिलकुल फरक थिए। उनका लेक्चर आवरमा यति भीडभाड हुन थाल्योत्यसले फुकोलाई दिक्दार बनायो। एक्लै आफूमात्र बोलिरहनुपर्ने। त्यस्तो भीडबाट प्रश्नहरूको माग पनि गर्न नसकिने। दिक्क भएर उनले आफ्नो लेक्चर सबेरै गराएत्यति बिहानै विद्यार्थीहरू उठेर नआउलान् भनेर। तर भीड के रोकियोस्! लाठीचार्ज नै गर्नुपर्ने!

जीवनका पछिल्ला कालमा उनले दार्शनिकहरूले पत्रकारिता लेखन पनि गर्नुपर्छ भन्ने ठाने। त्यसैअनुसार उनका लेखहरू पत्रिकामा निरन्तर प्रकाशित भए, 'मिसेल फुको इन्भेस्टिगेट्सनामक स्तम्भमा।

आफ्नो एउटा चर्चित पुस्तक 'आर्किएलजी अफ नलेजमा फुकोले ग्रिकरोमनकालको ज्ञानसम्बन्धी अवधारणालाई प्रश्न गरेका छन् जसले ज्ञानलाई गणितीय विज्ञानका रूपमा मात्र व्याख्या गर्छ। इतिहास केवल घटनाहरूको क्रमिकता हो भन्ने धारणालाई फुकोले उल्ट्याए र भनेसिलसिला नमिलेको कालखण्ड नै इतिहास हो। यसमा पनि खाडल र अभाव हुन्छ। यो अनियमित आकस्मिकता पनि हो।

फुकोले भाषालाई गौण ठाने। मानिसको स्वरूपमा जोड दिए। प्राचीन ग्रिक ज्ञानले मानिसबारे दिएको परिभाषालाई आफ्नै ढंगमा व्याख्या गर्दै भनेमानिस आफैंमा सैद्धान्तिक अवधारणा होइन। आफ्नो सांसारिक अवस्थालाई पूर्णरूपमा भोग गर्दै आफू भएर बाँच्नु नै मानिस हुनु हो भने। प्राचीन ज्ञान र अस्तित्ववादी विश्लेषक हाइडेगरसार्त्रडेकार्ट्स र नित्सेले दिएका विचारहरूबाट अलग्गिएर उनले नलेज (ज्ञान)ल्यांग्वेज (भाषा) र म्यान (मानव) सम्बन्धी आफ्नै धारणा विकास गरे। नित्सेले 'डेथ अफ गडको घोषणा गरेजस्तै फुकोले 'डेथ अफ म्यानभने। त्यो भन्नाले ग्रिको रोमन समाजले मानवबारे गरेको परम्परागत व्याख्याको अन्त्य भयो भन्नु थियो।

यौनिकताबारे फुकोका विचारले विद्वानहरूलाई चकित बनाएको छ। ग्रिकहरूले यौनलाई आवश्यक तत्त्व माने जुन लुकिछिपी हुनुपर्थ्यो। स्वर्गानुभूति प्राप्त गरी जीवनलाई भोग गर्ने एउटा माध्यम माने। यस विचारलाई फुकोले 'एस्थेटिक्स अफ दि सेल्फनामकरण गरे।

उनी कुनै याममा कम्युनिस्ट भएफ्रेन्च कम्युनिष्ट पार्टीको सदस्य भएर। तर त्यसको कट्टर कार्यकर्ता भएनन्। कुनै याममा कम्युनिस्टका निन्दक पनि भए, 'यहुदी र समलिंगीलाई विभेद गरियोभन्दै। आफ्नो समलैंगिकतालाई फुको संलग्न पार्टीले स्वीकार्न सकेनसो पार्टीले यहुदीहरूको पनि घोर विरोध गर्थ्यो। त्यो उनलाई चित्त बुझेन। पार्टी राजनीतिलाई बिदावारी गरेपछि फुकोको जिन्दगी अझ फराकिलो भयो। त्यसपछि उनी साइकियाट्री र साइकोलोजीको अनुसन्धान र अध्यापनमा लागे।

पागलपनबारे फुकोका गहकिला अनुसन्धानहरू आए। आफ्नो विद्यावारिधि पनि पागलपनको अध्ययनबारे नै गरे जहाँ उनले पागलपनको अवधारणा तीन चरणबाट गुजि्रएको बताए– रिनेसा एज (पुनर्जागरण काल)क्लासिकल एज (प्राचीन काल) र मोडर्न एज (आधुनिक काल)।

फुको यस्तो समयमा जन्मिए जुनबेला ज्ञानलाई नै मनुष्य अस्तित्वको प्रमुख तŒव ठानिन्थ्यो। अज्ञानीहरूको अस्तित्व मनन गरिँदैनथ्यो। त्यो युग प्रतिस्पर्धात्मक थियो। धेरैभन्दा धेरै कुराको ज्ञान हुनु नै त्यसबेला महŒवपूर्ण मानिन्थ्यो। फुको पनि युगअनुसारकै थिए। चार वर्षमै विद्यालय जान थालेका उनी हुर्कंदै गए। एकलकाँटे स्वभाव उतिबेलैदेखि उनमा टाँसियो। उनको तीक्ष्ण बुद्धिलाई कसले भेट्न सक्नु!

बालक फुकोलाई उनका डाक्टर बाले एकपटक अस्पताल लगे। त्यहाँ एक बिरामीको खुट्टा चिरिँदै थियो। उनको मस्तिष्क बलियो होस् र डराउने खालको मन नहोस् भनेर फुकोलाई त्यो दृश्य हेर्न लगाइयो। यसैगरी एउटा घरमा दशकौंदेखि एक महिला थुनिएकी थिइन्। उनी बारम्बार चिच्याउँथिन्– पीडा र क्रोधले। ती महिलाको चित्कार सुनेर फुकोले आनन्द लिए। त्यसैले उनी त्यो घरको बाटो बारम्बार हिँड्ने गर्थे। यस्ता घटनाको प्रभाव फुकोलाई जीवनभर परिरह्यो। त्यो प्रभाव उनका लेखनीहरूमा स्पष्ट देख्न सकिन्छ।

आफूलाई लागेका उत्तरसंरचनावादी र उत्तरआधुनिकतावादीको बिल्ला हटाउन उनले चाहेका थिए। तर अझै पनि मानिसहरूले टेरेका छैनन्। उनले आफूलाई आधुनिकतावादी सिद्धान्तका समालोचकमात्र भन्न रुचाए। जति काम गरे त्योभन्दा थोरै श्रेय लिन खोजे। हामीकहाँ हुने बौद्धिक संस्कारको ठ्याक्कै उल्टो! इतिहासविद्उत्तरसंरचनावादीउत्तरआधुनिकतावादी हुँदै अन्त्यमा उनले आफूलाई आधुनिकतावादीमा मात्र सीमित राख्न चाहे। यसको कारण आधुनिकतावाद नै त्यसपछिका दर्शनका मूल हुन् भन्ने लागेर हुन सक्छ।

फुकोको आत्मकथा लेखक डिडियर एरिबनले उनलाई 'जटिल र बहुरूपी पात्रभनेका छन्। हुन पनि फुको उस्तै थिए। कुनै पनि विषयको अथाह ज्ञान उनीमा थियो अनि स्वभावचाहिँ उग्र। उमेर बित्दै जाँदा उनको व्यक्तित्वमा पनि व्यापक उतारचढाव आए। युवा अवस्थामा 'स्वपीडकफुको जीवनको मध्यकालतिर त्यसभन्दा भिन्दै भएप्रफुल्ल खालका। उनले भनेका पनि छन्मानिसको चरित्र सधैं एकै किसिमको हुँदैनपरिवर्तनशील हुन्छ। अरूसँग छलफल गर्दा व्यक्तिको चरित्र छताछुल्ल हुन्छ। फेरि जीवनको उत्तरार्द्धमा उनलाई व्यक्तिगत र बौद्धिकताको संकट पर्‍यो। गतिलो बौद्धिक खुराक विश्वलाई दिइसकेका थिएतर आफू भने पूरै सन्तुष्ट थिएनन्त्यसपछि केभन्नेमा पनि उनलाई द्विविधा रह्यो।

फुकोले त्यहीबीचमा गम्भीर खालको कार दुर्घटना भोग्नुपर्‍यो। कार दुर्घटनाले फुकोलाई दुःखी होइन खुसी पो तुल्यायो! सो दुर्घटनाले उनलाई मृत्युको भयबाट दूर राखिदियो जुन उनको जीवनको सबैभन्दा 'सुन्दर स्मृतिरहन गयो। यसप्रकार फरकफरक किसिमका जिन्दगी एकैपटक जिउन सक्ने अद्भूत क्षमता फुकोमा थियोमानिस र परिस्थितिअनुसार उनले व्यवहार गर्न सक्थे। उनी बहुरूपी विद्वान थिए।

सन् १९२६ मा फ्रान्समा जन्मिएर ५८ वर्ष बाँचेका फुकोको एड्स रोगको कारण मृत्यु भएको मानिन्छ। यद्यपिउनको मृत्युको कारण एड्स रोग हो/होइन भन्नेबारे फरकफरक मत पाइन्छन्।

दर्शन र मनोविज्ञान विषयमा स्नातकोत्तर गरेका फुकोका त्यसैखालका सिद्धान्त र विचारहरू वास्तवमै जटिल र बुझ्न नसकिने खालका छन्। केही विचार वर्णनात्मक छन्वस्तुहरूको ऐतिहासिकता मात्र उल्लेख गर्ने। फुकोले के भन्न खोजेका थिएठ्याक्कै बुझ्नु पर्ने के होत्यो फेला पार्नै गाह्रो हुन्छ। फुकोप्रेमी धेरैलाई यस्तै लाग्न सक्छ। अभि सुवेदीको विचारमा, 'फुकोजस्ता बुझ्न जटिल दार्शनिकहरूको कुरालाई सजिलो ढंगमा बुझाउने यत्न नेपालका विद्वानहरूले गर्नुपर्छ।'

हाम्रा विश्वविद्यालयका भित्तामा फुकोका सिद्धान्त गुन्जायमान हुन्छन् तर तिनलाई बुझ्न विद्यार्थीहरूलाई खुब कठिन हुन्छ। फुको दर्शनको नेपाली राजनीतिकसांस्कृतिक तथा सामाजिक परिप्रेक्ष्यमा मिल्ने गरी व्याख्या हुन सके उनको योगदान नेपाली परिवेशमा पनि सही सावित हुन सक्थ्यो। 

Leave a comment

स्मार्ट सिटीको सपना

स्मार्ट सिटीको सपना

काठमाडौं- धुलोको नामोनिसान छैन। स्वच्छ र हरियाली वातावरण। चौबिसै घन्टा विद्युत र पानीको आपूर्ति। फराकिला सडक। भव्य आकाशेपुल। आकर्षक पार्क। ठाउँठाउँमा सफा सार्वजनिक शौचालय। व्यवस्थित र सुरक्षित भवन। हरेक क्षेत्रमा...

दशक ६० को सौन्दर्य

दशक ६० को सौन्दर्य

काठमाडौं– मदन पुरस्कार विजेता राजन मुकारुङलाई जुनसुकै साहित्य–सभा सम्मेलनमा गए पनि एकैनासका विषय सोधिँदोरहेछ– आञ्चलिक लेखन, सीमान्तकृत लेखन र साँस्कृतिक पहिचान।

घाम र माम

घाम र माम

बझाङ सदरमुकाम चैनपुरमा रोकिराखेको ट्रकमुनि यी महिलाले शीतल तापिरहेका होइनन्। उनीहरूका आशातीत आँखामा एउटा प्रतीक्षा झल्किन्छ। प्रतीक्षा अरू केहीको होइन, ट्रकबाट झर्ने सामानको हो। नुनतेल, चामल र खित्रिङमित्रिङ बोकेर पल्लो...

बागमती यसरी बन्यो ढलमती

बागमती यसरी बन्यो ढलमती

काठमाडौं– शिवपुरी बागद्वारको मुहानबाट छङछङाउँदै उपत्यका फालहाल्ने बागमती पहिले प्राकृत बागमती नै थियो, अहिलेजस्तो ढलमती थिएन। तीस महिनाभित्र बागमतीलाई त्यही अवस्थामा फर्काउने अभियानमा सहभागी सर्वसाधारणको साझा प्रश्न छ : बागमती कसरी...

रोमान्टिक रङ

रोमान्टिक रङ

पाँच वर्षअघि गोजी साइजको पुस्तक निकालेर कथा–लेखनमा प्रवेश गरेकी आन्विका गिरी पाठकद्वारा रुचाइएकी युवा कथाकार हुन्। सानो आकारको 'कम्युनिस्ट' कथा संग्रहमा संकलित पाँच पृष्ठ लामो 'हिरोहोन्डा' कथाको वैचारिक शक्ति र...

दुवै धर्ममा समभाव

दुवै धर्ममा समभाव

नेपालगन्ज- हिन्दू समुदायकी गंगा सुनार र मुस्लिम समुदायका सराफत अलि खाँले आफ्नो प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा बदले। बर्दिया तारातालकी गंगा र नेपालगन्ज–७ निवासी सराफतबीच १९ वर्ष अघि जोडिएको बैबाहिक सम्बन्ध...

पेशा, पैसा र प्यास

पेशा, पैसा र प्यास

मेरो जीवन एकदमै सरल थियो। अरूहरूले चाहिँ निकै समृद्ध देख्थे। अफिस आयो, गयो। साथीभाइ भेट्यो। परिवारसँग समय बितायो। मेरो जीवनको खास भन्नु केही थिएन। नेगेटिभ हिसाबमा पनि पोजेटिभ हिसाबमा पनि।

झुमाको मुन्धुम संगीत

झुमाको मुन्धुम संगीत

आधारभूत रुपमा नेपाली गीत–संगीत रैथाने लोक संगीत (एथ्नोम्यूजिक) नै हो । परम्परामा 'आधुनिक' वा 'सुगम संगीत' थिएन । मन्दिरमा 'भजन' (भारतको सा, रे, ग, म, प, ध, नी, सा मा...