×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Friday 11 Falgun, 2074 |
Menu

नागरिक शनिबार

istl

दामनदेखि बन्दीपुरसम्म

(1 Vote)
दामनदेखि बन्दीपुरसम्म
दाइ पहिलादेखि नै घुमफिरको सौखिन। आफूले कमाइ सुरु गरेसँगै देशभित्रका प्रसिद्ध ठाउँ घुम्दै आउनुअएको छ। कतिपय त दोहोरिई, तेहरिइसके। उहाँ एक्लै घुम्नुहुन्न। परिवारसहित घुम्नुहुन्छ। चैत महिना पारिवारिक घुमफिरको उपयुक्त याम भएझैं लाग्छ। अन्तिम परीक्षाको समाप्तिसँगै वर्ष दिनको पढाइबाट उन्मुक्त केटाकेटी, नयाँ वर्षको माहोल, कामकाजीले वर्षदिनभरिबाट बचाएर राखेको बिदा सदुपयोग गर्ने मौका आदि कारणले चैतलाई घुमफिरकै महिना भनिदिए हुन्छ।
nepali-patro-june
यसै मेसोमा हामी चैत अन्त्यमा घुमफिरमा निस्कियौं। घरबाहिरै बसेर चालु वर्षको बिदाइ र नयाँ वर्षको स्वागतका लागि चैत २८ गते बिहानै हामीले राजधानी छोड्यौं। दाइ, भाउज्यू, भदा, भदै, म र मेरी छोरी गरी ६ जनाको टोली। 
सुरुमा दामन पुग्ने योजनाअनुसार दाइले गाडी नौबिसेबाट सिमभञ्ज्याङतर्फ सोझ्याउनुभयो। फाट्टफुट्टमात्र हुँइकिने गाडीका कारण सडक शान्त र झन्डै एकलौटीझैं थियो। घुम्ती बाटोलाई केटाकेटीले सहजै आत्मसात गर्न सकेनन् र त्यसको प्रतिक्रिया पनि देखाउन थालिहाले। असहज स्थिति धेरै समय रहेन। पालुङ तरकारी खेतीका लागि प्रसिद्ध भूमि, त्यसैले सुख्खायामको रातो र जर्जर माटोलाई आफूभित्र लुकाएर तरकारीका हरिया पालुवा लगलगाउन थालिसकेका रहेछन्। वर्षा र सिँचाइ सुविधा नहुँदाको चुनौतीलाई समेत स्वीकारेर पालुङको परिचयलाई जीवन्त राख्न ती तरकारीका बिरुवा भएभरको शक्ति लगाएर तन्किरहेझैं भान भयो। 
गुराँस फुलेर रातै हुने त्यहाँको वनको चैते कान्ति भने खत्तम भइसकेको रहेछ। फाट्टफुट्टट रूखमा देखिएका दुई–चार थुंगा गुँरास हेरेर चित्त बुझाउनुको विकल्प थिएन, प्रकृतिको चक्र रोक्न कहाँ सकिन्थ्यो र! नयाँ वर्षको रौनक सुरु हुन अझै एक दिन बाँकी भएर होला पर्यटकहरूको आकर्षक गन्तव्य दामनमा त्यस्तो चहलपहल देखिएन। आगन्तुक आउने आशामा सडकतर्फ एकोहोरो आँखा बिछ्याइरहेझैं लाग्यो दामनले। 
दामनकै काखमा रात बिताउने योजना हाम्रो थिएन त्यसैले खाना खाइन्जेलको समयसम्म मात्र दामनसँग सामीप्यता गाँस्दै हामी अघि बढ्यौं। 
केटाकेटीलाई हेटौंडा बजार अवलोकन गराउँदै हामी चितवनतर्फ मोडियौं। हेटौंडा बजारभन्दा केही पर सडकभन्दा माथिको डाँडामा अवस्थित सहिद स्मृति पार्कमा पुगेर गाडी रोकियो। अघिल्लोपटक पुग्दा अव्यवस्थित र निर्माणाधीन अवस्थामा रहेको सहिद पार्कको काँचुली गज्जबसँगै फेरिएको रहेछ। धेरै व्यवस्थित, सुन्दर र विविधतायुक्त लाग्यो सहिद पार्क। 
आगन्तुकका साथै स्थानीय मानिसको समेत भीडभाड देखेपछि सहिद पार्क उपयुक्त र चर्चित गन्तव्य बनिसकेको कुरामा द्विविधा रहेन। साँझभन्दा अगावै सौराहा पुग्यौं। बस्ने ठाउँको प्रबन्धपछि सौराहा बजार र राप्ती किनारमा समय बितायौं। राप्तीको पानीमा आफ्नो प्रतिविम्ब डुबाउँदै अस्ताउने सूर्यलाई हेर्न धेरै मानिस त्यहाँ जम्मा भएका थिए। साँझ थारू समुदायको सांस्कृतिक कार्यक्रमले स्वदेशी र विदेशी सबै पाहुनालाई लठ्ठ वनायो। एउटै बाजामा दर्शक मन्त्रमुग्ध पार्ने गरी फरकफरक सांस्कृतिक स्वाद पस्कन सक्ने थारू कलाकारको पृथक खुबीको प्रसंशा गर्नैपर्छ। 
चैत २९ गते बिहान हात्ती चढेर सौराहा जंगल घुम्दाको अनुभूति उल्लेखनीय छ। एक घन्टा अवधिमा हात्तीको पिठ्युँमा बसेर जंगली जनावर हेर्दाको उत्सुकता तथा हात्तीको आचरण, व्यवहार र स्वभावबारे माहुते दाइले अवगत गराउनुभएको ज्ञान विशेष थियो मेरा लागि। 
बिहानको नास्तापछि चितवनलाई बाईबाई गर्दै हामी लाग्यौं लुम्बिनी । कपिलवस्तुको निकै फराकिलो परिसरमा निर्माण गरिएका बुद्धसम्बन्धी अनगिन्ती संरचनाको भ्रमणमा दिउँसोको घामले चुनौती दिइरहेको थियो। मायादेवी मन्दिरभित्र रहेको भग्नावशेष दरबारलाई वरिपरिबाट बनाइएको पक्की संरचनाले गम्लंग अंगालोमै कसेजस्तो। बुद्ध जन्मसम्बन्धी यावत चिजको स्पष्ट ऐतिहासिक प्रमाण लुम्बिनीमा हुँदाहुँदै बुद्धको जन्मलाई लिएर अहिले भारतले गर्दै आएको हल्लाबाजीको पछाडी को लाग्ला र? 
साथै जापान, चीन, थाइल्यान्ड, म्यान्मार, कोरियालगायतले बनाइरहेका विशाल र भव्य बौद्ध बिहारले पनि लुम्बिनीको गरिमा बढाउन र भारतको दाबीलाई निस्तेज बनाउन भूमिका निर्वाह गर्ने देखिन्छ। 
लुम्बिनीबाट हाम्रो यात्रा पाल्पातिर बढ्यो। उकालोभरि छरिएर फैलिएको पाल्पा बजार रमाइलो त थियो नै त्यसमाथि चिसो सिर्सिरे हावा चल्ने श्रीनगरको बतासेडाँडाले दिउँसो लुम्बिनीमा खेपेको गर्मीलाई अनुभूतीसमेत बाँकी नरहने गरी गायब गरिसकेको थियो। भौगोलिक दुरी टाढा नभए पनि नेपालको फरक मौसमी विशेषताको ज्वलन्त उदाहरण थियो त्यो। 
भोलिपल्ट चैत ३० गते पाल्पाको सबै बजार एक फन्को लगाएर पुनः श्रीनगर बतासेडाँडाको चिसो हावाको स्पर्शसँगै हाम्रो यात्रा पोखरा सोझियो। स्याङ्जाको गल्याङ पुगेपछि १७ किमिभित्र रहेको मिर्मी पुर्या उने उद्देश्यले दाइले गाडी त्यतातर्फ सोझ्याउनुभयो। 
कालीगण्डकी ए विद्युत परियोजनाको कारण थुनिएकी कालीले जति सुन्दरता दिइरहेकी थिइन् त्यति नै स्थानीय बासिन्दाको मुहारमा खुसी भरिदिएकी रहिछन्। उक्त परियोजनाका कारण मिर्मीको विकास र स्थानीयको समृद्धिमा धेरै टेवा मिलेको भन्दै स्थानीय परियोजनाप्रति निकै अनुगृहित रहेछन्। कालीगण्डकीको पानीमा सवारीरत स्टिमरहरूले आगन्तुकलाई मनोरञ्जन र स्थानीयको दैनन्दिन जीवनलाई सहज बनाइरहेका थिए। 
मिर्मीपछि हाम्रो यात्रा पोखरातर्फ लक्षित भयो। पोखराको दुई दिने बसाइमा डुल्ने र घुम्ने कुनै ठाउँ बाँकी रहेन। नयाँ वर्षको पहिलो घामको झुल्को हेर्न सराङ्कोटमा मान्छेको बाक्लो उपस्थिति थियो यसबाहेक नयाँ वर्षको प्रभाव पोखरामा राम्रै परेको थियो। होटल पाउन मुस्किल थियो भने फेवातालमा डुंगा पाउन उति नै गाह्रो। तालवाराहीसम्म जसोतसो पुगेर फर्किए पनि आफैले डुंगा लिएर मनले चाहे जति फेवातालमा सयर गर्ने मौका भीडको कारण सम्भव भएन। 
त्यसैले डुंगा सयरको आनन्द भोलिपल्ट बेगनास ताल पुगेरमात्र लिन पाइयो। वैशाख २ गते बिहान बेगनास तालको डुंगा सयरसँगै पाँच दिने भ्रमणलाई बिट मार्दै हाम्रो टोली काठमाडौं फर्कियो। तनहुँको डुम्रेमा आएपछि बन्दीपुरको दृश्यलाई पनि सरसर्ती कैद गर्न हामी त्यतातिर लाग्यौं। सडकको दुवैतर्फ लाइन लागेर उभिएका बन्दीपुर बजारका घर बजारभन्दा माथिको डाँडाँबाट निकै राम्रो देखिने रहेछ। 
बजारभित्र पैदल यात्रा गर्दा देखिएको सरसफाई, पाहुनाको स्वागतार्थ खडा गरिएका तामाका जलघडा, बन्दीपुर बजार हेर्दै तस्बिर स्केच गरिरहेका कुशल चित्रकार आदि विशेष लाग्यो बन्दीपुरको। पाँच दिने घुमाइको क्रममा प्रायः सबै ठाउँमा आयोजना गरिएका महोत्सव आकर्षण थिए। स्थानीय सामग्रीको प्रवर्द्धन, ठाउँको प्रचारप्रसार, मेलमिलाप र एकताको भावनामा अभिवृद्धिदेखि कलाकारका लागि कला देखाउने र कमाउने उचित थलोको रूपमा महोत्सवलाई हेरिने गरिएको छ। जे होस्, प्रत्येक ठाउँ आफ्नो हैसियत र ल्याकतअनुसार पाहुनालाई आकर्षित गर्न र आफ्नो नाम उजिल्याउन लागिपरेकै देखियो, घुमघामको अवधिभर।

Leave a comment

ज्ञानको खोजी

ज्ञानको खोजी

शरीरलाई रिफ्रेस गर्न र केही सिक्न हामी घुमफिरमा निस्कन्छौं। भ्रमणको क्यालेन्डर बनाएको त छैन। तर, वर्षमा एकचोटि परिवारै लामो यात्रामा निस्कन्छौं। कामको सिलसिलामा पनि धेरैतिर पुगिन्छ। काठमाडौं, पोखरा, जनकपुर, मनकामना,...

सक्कली शिरीषको पत्र

सक्कली शिरीषको पत्र

वासन्ती धर्म हो फुल्नु बीजका निम्ति फक्रँदैचल्छ प्रकृतिको चक्र सदाकै पथ लम्क"दै।।टेकी वैशाखको टेको वनपाखा रमाइलाचिल्ला प्वा"ख फि"जाएर मग्न छन् सुरमा चरा।।पहे"लो काइ"यो नीलो ज्याकरन्डा पनि फुलेशिरीष म फुले" राम्ररी...

यायावरको बयान

म छु। कोठामा मधुर डिमलाइट छ। रातको साढे एघार बजेको छ। तर, निद्रा छैन। साइकलमा विश्व घुम्न निस्केको एउटा जब्बर यायावर निदाउन दिँदैन। एउटा साइकलयात्रीले मलाई विश्वका अनेकौं भूभाग डुलाइरहेछ,...

क्रिसमस मुड अन

क्रिसमस मुड अन

काठमाडौं असनकी उपासना श्रेष्ठ क्रिसमस इभको प्रतीक्षामा छिन्। आउँदो शुक्रबार परेको क्रिसमस उनका लागि साथीहरूसँग 'आउटिङ' र 'ह्याङआउट'को राम्रो बहाना हो। 'पाँच वर्षदेखि म लगातार क्रिसमस इभ र क्रिसमसको दिन...

मध्यम वर्गीयका कथा

प्रज्वल पराजुलीको नयाँ उपन्यास 'ल्यान्ड ह्वेर आई फ्ली' पढ्दै गर्दा मैले आफ्नै बूढी हजुरआमा सम्झेको थिएँ। उपन्यासकी आमा पात्रले मलाई उनको सम्झना दिलायोे।

सालिक तोड्दा इतिहास मेटिन्छ

सालिक तोड्दा इतिहास मेटिन्छ

नेपालगन्ज– विश्वभर फैलिएको ब्रिटिस साम्राज्यलाई बेलायतमा सीमित गर्न महात्मा गान्धीले ठूलो भूमिका खेले। उनकै नेतृत्वमा भएको 'भारत छोडो' आन्दोलनले १९४७ मा ब्रिटिस शासकलाई भारतीय भूमि छाड्न बाध्य तुल्यायो। तर गत...

आवरण कथा : संवेदनाको दलाली

आवरण कथा : संवेदनाको दलाली

काठमाडौं– सञ्जित गिरी झन्डै तीन वर्षअघि नराम्ररी थला परे। घाँटीमा हाँडेजस्तो डल्लो आएर जँचाउन गएका थिए उनी। डाक्टरले सम्पूर्ण जाँचपछि रिपोर्ट दिए– एक्युट लिम्फोब्लास्टिक ल्युकिमिया (एएलएल)। अर्थात्, रक्तक्यान्सर। वीरगन्ज घर भई कुलेश्वर बस्ने...

एक सादगीको महाप्रयाण

एक सादगीको महाप्रयाण

एपिजे अब्दुल कलामले धरतीवासीका लागि कुनै अनौठो आविष्कार गरेका होइनन्। एक वैज्ञानिक हुन्, तर उल्लेख्य होइनन्। उनका कामले भारत देशमात्रको हितमा योगदान गरेको होला, समग्र विश्वकै लागि उनको योगदान केही...