×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Wednesday 3 Ashwin, 2075 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

गृहिणीको सकस

(1 Vote)
गृहिणीको सकस
कोटेश्वर महादेवस्थानमा साताको एक दिनमात्रै उपत्यका खानेपानी लिमिटेडको ट्यांकरले पानी वितरण गर्छ। ट्यांकर पुग्नेबित्तिकै स्थानीय उपभोक्ता हातमा प्लास्टिकका जर्किन, जार, बाल्टिन, गाग्रो वा बोतल लिएर धुइरिइहाल्छन्।
nepali-patro-june
काकाकुल बनेका उनीहरूका लागि टोलमै आएको ट्यांकर भगवानजस्तो लाग्छ भने पानीचाहिँ अमृत। एक घरबराबर दुई भाँडा पानी थाप्ने नियम छ तर मौका छोप्नेहरू तानतान र लुछाचँुडी गर्न पछि हट्दैनन्। पालो मिचेको निहुँमा कहिलेकाहीँ झगडामात्रै पर्दैन गएको हप्ता त दुई महिलाबीच कुटाकुट नै भयो। 
भातभान्छा गर्न, भाँडा–कपडा धुन र घर सरसफाईमा गृहिणीको बढी भूमिका हुन्छ। आफ्नो सहजताका लागि पानीको जोहो गर्ने क्रममा यस्तै झगडा, कुटपीटजस्ता अनेक तनाव झेल्न उनीहरू बाध्य हुन्छन्। पानीकै कारण छिमेकीसँगको सम्बन्ध बिग्रिएका घटना पनि छन्। काठमाडौंमा पानीका स्रोत घट्दै जाँदा गृहिणीहरूको तनाव बढ्न थालेको छ। पानी आउँदा पनि चिन्ता नआउँदा पनि! 
कोटेश्वरकी उर्मिला थापा बाटा (बोल) मा धमिलो पानी लिएर कपडा धुन बसिन्। एकएक थोपा पानी जोगाउँदै कपडा पखालिसकेपछि त्यहीँ आइपुगिन्, छिमेकी लक्ष्मी बस्नेत। उर्मिलाले पखालेर उभारेको पानीमै लक्ष्मीले कपडा भिजाइन् र धुन थालिन्। ‘हप्तामा एक दिन आउने पानीले कति पुग्नु?' लक्ष्मीले दुखेसो सुनाइन्, ‘धमिलै भए पनि कपडा भिजाउन त पाइयो!'
नियमअनुसार हप्ताको दुई दिन धारामा पानी आउनुपर्छ। तर एक दिन मुस्किलले आउँछ, त्यही पनि धमिलो र लेदो मिसिएको। सुख्खा राजधानीका उपभोक्ता पानीको गुणस्तरमा ध्यान दिँदैनन्। जस्तो आयो ड्रम वा ट्यांकीमा जम्मा गर्योत राख्यो। मैलो पानीकै कारण कपडामा दाग देखिने र भाँडाकुँडामा कस बस्ने गरेको उर्मिला बताउँछिन्। ‘पानीले भाँडा नै यस्तो बनाइसक्यो,' छेउको पहेँलो खिया लागेको भाँडा तान्दै उनले भनिन्, ‘कहिले त बालुवा मिसिएको पानी थाप्नुपर्छ।' 
पानी आउने नियमित समय नभएकाले धेरैले रातिको निद्रा नै माया मार्नुपर्छ। ‘कहिले त रातको १२ बजे आउँछ। बिरामी भए पनि उठेर नगई धरै पाइन्न,' लक्ष्मीको गुनासो हो यो। पहिलेपहिले नजिकका ढुंगेधारा र खोलामा लुगा धुन जाने गरेको सम्झँदा उनलाई त्यही विगतले डोहोर्याकउँछ। ‘३३ वर्षअघि भक्तपुर नलिनचोकमा बिहे भएर जाँदा कम्मरसम्म आउने कुलो थियो,' उनी सुनाउँछिन्, ‘अहिले त्यहाँ कमिला कुद्छन्। पानी त एकादेशको कथाजस्तो भइसक्यो।' 
यी दुई प्रतिनिधि महिलाजस्तै पानीको हाहाकार भएका ठाउँका धेरैजसो महिला यस्तै कष्ट खेपिरहेका छन्। घरव्यवहारसँगै पानीको जोहो गर्नु उनीहरूका लागि चर्को समस्या बनिरहेको छ। डोकोमा बोतल, जार, गाग्री बोकेर घन्टौं पानीका लागि खर्चनु दैनिकीजत्तिकै बनेको उनीहरूका लागि। सफा पानीको अभावमा उर्मिलाले त साग किनेर नखाएको धेरै भइसकेको रहेछ। ‘बेच्न ल्याएका सागमा धेरै धुलो देखिन्छ,' उनी भन्छिन्, ‘धुनलाई एक बाल्टी चाहिन्छ। यो अभावमा कसरी पुर्यासउनु!' अहिले नै पानीको हाहाकार खेपिरहेकी उनी भविष्य सोचेर पनि चिन्तामा डुब्ने गर्छिन्। ‘छोरानातिका पालामा झन् के होला!' उनको झिनो आशा भने बाँचेकै छ, ‘मेलम्ची आउँछ भनेर घरअघि पाइप गाडेको तीन वर्ष भयो। तीनचार वर्षभित्रै आउँछ भन्ने सुनको छु।' 
भक्तपुर च्यामासिंहकी रत्नमाया कोजुलाई अरू कामभन्दा दिनरात पानीकै चिन्ताले गाँज्छ। नौ वर्षअघि घरनजिकै खनेको इनारमा पानी सुक्न थालिसकेको छ। ‘दैनिक दुई गाग्रीजति पानी जम्मा हुन्छ,' उनले सुनाइन्, ‘त्यही पनि आएन भने छिमेकीको धारामा पानी आउँदा गाग्री लिएर पुग्छु।' धारामा पानी आउन छोडेपछि र इनार सुक्दै गएपछि ट्यांकरको पानी किन्नुको विकल्प छैन। रत्नमायामात्रै होइन आम सर्वसाधारणको बाध्यता हो यो। ‘टोलवासी मिलेर ट्यांकरको पानी किन्दै आएको छौं,' उनी भन्छिन्, ‘एक ड्रम पानीको सय रुपैयाँ तिर्नुपर्छ। त्यही पनि भनेको समयमा ल्याइदिँदैन।'
नगरपालिकाले पनि ट्याङ्करबाट पानी वितरण त गर्छ तर पानी थाप्नेभन्दा झगडा गर्नेको बढी हुन्छन्। ठेलमठेल भीडमा पालो मिच्ने क्रममा कतिपय ठाउँमा त हात हालाहालसमेत हुने गरेको छ। ‘आफूले बढी पानी चलाउनु परेपछि थाप्न त जानैपर्योा,' रत्नमाया पीडा पोख्छिन्, ‘हामीजस्तो महिलालाई त्यहाँ पनि पानी भर्न गाह्रो हुन्छ।'
कोटेश्वर माधवथानकी सविता गौतम सात महिने छोरी बोकेरै पानी लिन मीनभवन पुग्छिन्। बिहानबेलुकी पानी कसरी जुटाउने भन्ने चिन्ताले नै उनलाई सताउँछ। ‘छिमेकीको इनारबाट मागेर ल्याउने गरेकी छु,' उनले सुनाइन्, ‘भाँडा र कपडा धुने पानी जम्मा गर्नै गाह्रो लाग्छ।' काठमाडौंका डेरावालका लागि पानीको झनै समस्या हुने उनको अनुभव छ। ‘धनीले त जारको पानी किन्छन्। हामीले दिनदिनै किनेर खान सक्ने कुरा भएन,' उनी भन्छिन्। 
भक्तपुर चाँगाथलकी जमुना आचार्य पानी थाप्न बाल्कोट पुग्दा धारामा रित्ता भाडा बोकेका महिलाको लाइन लागिसकेको हुन्छ। आफ्नो पालो आएपछि पानी तानेर भर्नुपर्छ। ‘बूढा बिरामी छन्। छोराछोरी स्कुल जान्छन्,' उनी भन्छिन्, ‘म एक्लै पानी तान्दा र बोक्दा हैरान छु।' पानी भरेपछि फेरि नाङ्लो व्यापार जाने चटारोले उनलाई उत्तिकै सताउँछ। 
जमिनमुनिको पानी तान्दातान्दा घट्टेकुलो बस्ने शोभा गौतम हैरान भइसकेकी छिन्। हप्तामा एकदिन आउने पानीले कति पुग्नु! शोभाका लागि पानीले निम्त्याएको समस्या अरू पनि छन्– अड्कलेको पानीले पुग्दैन। स्कुल जाने बच्चाले एकै दिनमा लुगा मैल्याउँछन्। धुनलाई पानी हुँदैन। फोहोर लुगा लगाएर स्कुल पठाउँदा सरले थर्काउँछन्। दिनभर घरधन्दा गरेर रातको समय पानीका लागि छुट्याउनुपर्दा काठमाडौंको बसाइ महँगो बन्दैछ उनका लागि। १० दिनमा एकपटक पानी आउने भएपछि रातभर जाग्राम बस्नुपर्ने बाध्यता पनि छ। राति छिमेकीहरू ‘पानी आयो' भन्दै चिच्चाउँछन्। ‘पानी आउँदा पनि नआउँदा पनि हामी महिलालाई नै बढी तनाव आइलाग्दो रहेछ,' शोभा भन्छिन्, ‘दिनभरि साबुन लगाएर लुगा राख्छु, रातभर धुन्छु। राति बच्चाको निद्रा बिथोलिएला भन्ने उस्तै पीर।'
गोल्फुटार बस्ने रूपा थापाको समस्या पनि अरूको भन्दा फरक छैन। ‘बाध्यताले काठमाडौं बस्न त आइयो तर सबैभन्दा ठूलो समस्या पानीकै छ,' रूपा भन्छिन्, ‘नानीको लुगा धुनै गाह्रो हुन्छ। जारको पानी किनेर खानुपरेको छ।' 
बरु खर्चै होओस्, असनकी नीरकुमारी श्रेष्ठले जारकै पानीबाट समस्या टार्दैछिन्। ‘१० दिनमा एकचोटी पानी आउँछ,' उनी भन्छिन्, ‘आफू सधैं घरमा बस्न पाइँदैन। कहिले त थाप्नै पाइँदैन।' उनी ५० रुपैयाँमा जारको पानी र २० रुपैयाँमा भाँडा र कपडा धुनका लागि पानी किनिरहेकी छिन्। साइकलमा घरघर पानी पुर्यायउने व्यापारीका कारण डोकोमा पानी बोक्नुपर्ने झन्झट त छैन तर खर्च र तनाव भने त्योभन्दा बढ्दा पीडादायी छ।

Leave a comment

भरपर्दो अभिभावक

भरपर्दो अभिभावक

चितवनको काव्य बाटिकामा एउटा विशाल वृक्ष टाढैबाट चिनिने गरी खडा भएझै लाग्दछ। त्यो विशाल वृक्षको नाम एलबि क्षेत्री हो। निर्वतमान सहप्राध्यापक एवं वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व प्रमुख क्षेत्री, कवि डाँडा...

आफ्नै पोसाकमा फुरुङ्ग

आफ्नै पोसाकमा फुरुङ्ग

ललितपुर सुनाकोठीकी अन्जली मोक्तान चौबन्दी चोलो र गाउन लगाएर ल्होछार पर्व मनाउन पाउँदा दंग थिइन्। गत बुधबार उनी आमा र काकीहरूसँगै टुँडिखेलमा आयोजित सोनाम ल्होछारमा आएकी थिइन्। तामाङ पोसाक रातो...

मौन आवाजहरु...

मौन आवाजहरु...

सधैँ शान्त, धैर्य र कोमल देखिन्छिन् उनी । शंकासम्म पनि लाग्दैन त्यो शालिनता भित्र उठिरहेको होला अनेकन असन्तुष्टि र बितृष्णाका छालहरु भनी । तर जब उपेक्षित, हेला गरिएका, सीमान्त पात्रहरु...

फुटबल मैदानमा धक्कामुक्का

फुटबल मैदानमा धक्कामुक्का

'फुटबल चेस होइन, खेलदौरान अलिअलि धक्कामुक्का स्वाभाविक हो।'विश्वभर फुटबलमा सबैले बुझेको तथ्य यही हो।फुटबलमा शारीरिक भिडन्तलाई एक हदसम्म रोमाञ्च मान्ने धेरै छन्। त्यसैले सामान्य झगडा, मुक्कामुक्की, खराब ट्याकल मैदानमा हुने...

पहाडी सर्दार

पहाडी सर्दार

लखनऊ-अढाइ मिटर सेतो रङको पट्का, सात मिटर हल्का पहेँलो रङको पगरी । झुस्स दाह्री पालेका । ‘सर्दार’ उनलाई बोलाउने नाम । स्वभावैले उनलाई देख्ने सबैले पञ्जाबी ठान्छन् । उनीसँग जान्ने...

चिठीमा जीवित प्रेमकथा

चिठीमा जीवित प्रेमकथा

धेरै प्रेमकथा जस्तै यो पनि चिठीबाटै सुरु भएको थियो। छ वर्षअघि। लरेन फ्लेसमनले आफ्नो मामाघरको हजुरबुबाको खाटछेउ एउटा किताब फेला पारिन्। भित्र कैयौं प्रेमपत्रहरू जतनसाथ राखिएको थियो। सबै पत्र हजुरबुबाले दोस्रो...

सडक भरोसा

सडक भरोसा

दृश्य १ समय : बिहीबार, अपराह्न ३ बजेस्थान : राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बनस्थली१५ वर्षीया कौशिका ठकुरीको डायलाइसिस गर्ने पालो छ। तर, उनी आइपुगेकी छैनन्। अस्पतालमा सोधपुछ गरेपछि थाहा भयो,...

एकल महिलालाई रातो बस्त्र

समाजलाई अग्रदिशातर्फ डोहोर्या्उन चेतनामूलक कार्यक्रम गरी तीज मनाउँदै आएका इलामेली महिलाले यसपल्ट पनि त्यो क्रमलाई निरन्तरता दिँदैछन्।