Sunday 9 Shrawn, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

'पदेन सभासद्' को बयान

(1 Vote)
'पदेन सभासद्' को बयान
संविधान बनाउन दुई वर्षे लक्ष्य लिएर गठित संविधानसभाले दोब्बर समय खर्चिंदा पनि संविधान बनाउन सकेन। राष्ट्र्रको जीवनमा विरलै हुने यस्ता असफलताका कारणबारे जनताको चासो स्वाभाविक हो। 
nepali-patro-june
संविधान नबन्नुको कारण अर्को दलको नेता र पार्टीलाई देखाई नेताहरू आरोप– प्रत्यारोप गरिरहँदा जनता रनभुल्ल छन्। संविधानसभाभित्रका वास्तविक कथा थाहा पाउनु जनताको सुसुचित हुन पाउने मौलिक हक हो। संविधानसभाका गतिविधिलाई पत्रकारको हैसियतले नजिकबाट नियालेका राजेन्द्र फुयालको स्वतन्त्र विश्लेषणले सबैलाई सत्यसँग साक्षात्कार गराउने छ।
फुयाल संविधानसभाका स्वतन्त्र साक्षी हुन्। संविधानसभा, व्यवस्थापिका संसद र यिनका समितिमा निरन्तर उपस्थित भई रिपोर्टिङ गर्ने यी पत्रकार साथीहरूलाई हामी 'पदेन सभासद्' भनेर ठट्टासमेत गर्थ्यौं।
फुयालले संविधानसभा बहसको प्रारम्भदेखि निर्वाचनमार्फत् सभा गठनसम्मका आरोह–अवरोहलाई ऐतिहासिक विवेचनासहित लेखेका छन्। नेपालमा लिखित संविधानको थालनी र संविधानसभाको बहससँगै सुरु भए पनि संविधानसभाबाहिर आयोग, समिति र व्यक्तिहरूबाट जारी छ वटा संविधानको असफलतापछि संविधानसभा गठन भयो। पुस्तकमा संविधानसभा निर्वाचनको प्रयास र यसमा उत्पन्न गतिरोधबारे गरिएको विवेचनाले संविधानसभा जन्माउनका लागि मुलुकले प्रसव वेदना बेहोरेको स्मरण हुन्छ। संविधानसभा निर्वाचनमा भएको दलगत सहभागिता, दललाई प्राप्त परिणाम, संविधानसभाले खर्चेको समय, आर्थिकसम्बन्धी तथ्यांकले पुस्तकलाई रोचक बनाएको छ।
 २०६५ जेठ १५ गते दलहरूबीचको प्रतिबद्धताअनुरूप गणतन्त्र कार्यान्वयनपछि प्रारम्भ संविधानसभाको यात्रा बिस्तारै शिथिल बन्दै गयो। साना विषयमा पनि दलबीच हुने गरेका विवादका कारण संविधान निर्माण प्रक्रियालाई व्यवस्थित गर्न अनिवार्य कानुन संविधानसभा नियमावली बनाउन साढे पाँच महिना लागेको अनुभव पुस्तकमा समेटिएको छ। यो दलबीचको असमझदारीको ज्वलन्त उदाहरण हो। असमझदारी झांगिदै पछिल्लो समय संविधानसभा विघटनसमेत भयो। सभाभित्रका सबै समितिमा भएका छलफल, प्रस्तुत प्रतिवेदन, सहमति–असहमतिका विषयको पुस्तकमा संक्षेपीकरण गरिएको छ। समितिहरूका कामकारबाही असल र सफल देखिन्छन् भने समग्र सभाको व्यवस्थापन अव्यवस्थित र कमसल। संविधानसभाभित्र कार्यरत समितिका प्रतिवेदन प्रस्तुतिपछि विवादका विषयको पहिचान, विवाद समाधानका प्रयास सहमतिनजिक पुग्ने र आफैं टाढा भाग्ने चरित्रको प्रदर्शनका विषयलाई सरल ढंगले प्रस्तुत गरिएको छ।  
 संविधान पहिले वा शान्ति प्रक्रिया पहिले भन्ने विवाद संविधानसभाबाहिर र भित्र निकै चर्किएको विषय हो। सात दलबीच संविधान निर्माणपूर्व शान्ति प्रक्रिया पूरा गर्ने सहमति भएको थियो। २०६५ असार ११ गते भएको दलबीचको लिखित सहमतिले शान्ति प्रक्रिया छ महिनामा पूरा गर्ने निर्णय भयो तर यो विषय पछिसम्म विवादमा रहेकोले संविधान निर्माणमा समस्या आएको पुस्तकमा उल्लेख छ।
फुयाल संविधानसभामा संविधान निर्माणको कामभन्दा सरकार गठनको विषयले प्राथमिकता पाएको मान्छन्। दलहरूबीच सत्ताका लागि भएका विभिन्न अभ्यासले आपसमा उत्पन्न कटुताको कारण संविधान निर्माणमा प्रत्यक्ष असर परेको उनको तर्क छ। अन्तरिम संविधानले सरकार गठन र सञ्चालन विधिको आधार राष्ट्रि्रय सहमति उल्लेख गरेको, संविधानसभामा कुनै पनि दलको बहुमत नभएको, सरकार परिवर्तनको खेल भइरहेको र संविधानसभाको म्याद थप गर्दा प्रत्येकपटक सरकार परिवर्तनका सर्त जोडिएको विषयलाई सूक्ष्म विवेचना गर्दै लेखकले 'संविधान सत्ताको सिकार बनेको' निष्कर्ष निकालेका छन।
 संविधानसभाको कार्यकालमा सांसद खरिद–बिक्रीका लागि विदेशीसँग रकम माग्नेदेखि आपराधिक क्रियाकलापमा स्वयं सांसद संलग्न भएका घटना उठाई राम्रा–नराम्रा पक्षको उजागर पुस्तकले गरेको छ। संविधान निर्माणको प्रयासमा भएको आर्थिक व्यय जनतामा निकै चासो र आलोचनाको विषय बनेको छ। लेखकले संविधानसभामा सरकारी, गैरसरकारी, दातृ संस्थाबाट भएको खर्चको विवरण यथासम्भव दिन खोजेका छन्। उपलब्ध विवरणबाट पाठकले पारदर्शी र अपारदर्शी पाटा केलाउन सक्नेछन्। लगानी र प्रतिफलको विवरणले यसबारेको भ्रम चिर्नसक्छ।
यो पुस्तक इतिहासको सहयोगी ग्रन्थ बनेको छ। संविधानसभाको पहिलो प्रयोग वा अभ्यास असफल भएपछि इतिहासको पाटो बनिसकेको छ। संविधानसभाको गतिविधिमा चासो राख्ने जोसुकैका लागि पुस्तक जीवित दस्तावेजका रूपमा रहेको छ। नेपालको संविधानसभाको अभ्यास र असफलता सर्वत्र अनुसन्धानको विषय बन्नेछ। त्यस्ता अनुसन्धानकर्ताका लागि यो पुस्तक सन्दर्भ सामग्री हुनेछ।
  संविधानसभा असफतलाको कथा बोकेको यो पुस्तकले संविधानसभा गठनदेखि अवसानसम्म भएका  गल्तीहरू केलाउन सफल छ। संविधानसभाबाट नै संविधान बनाउन अर्को संविधानसभाको तयारी भइरहेका बेला विगतका गल्ती केलाउन, तिनको निदान गर्न र त्यसबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ। भोलिको संविधानसभाले हिजोका गलत अभ्यासलाई न्युनीकरण गरेर जान सकेमात्र सफलता पाउन सकिन्छ ।
 दलहरूबीच असहमति रहेका मूलतः संघीयता र शासकीय स्वरूपबारे पनि सहमति भइसकेको अवस्थामा सहमतिबाट पछि हट्ने प्रवृतिका कारण संविधान निर्माण सम्पन्न हुन सकेन। संविधानसभाको अन्तिम क्षणमा संविधान जारी हुन नसकेको अवस्थामा नयाँ निर्वाचन र अन्य उपयुक्त विकल्पका लागि संवैधानिक व्यवस्थासमेत नगरी यसको अवसान भयो। रूपान्तरित संसद रहँदा आफ्नाविरुद्ध अविश्वास आउन सक्ने तत्कालीन सत्ताको डर र मनोविज्ञानका कारण पनि जटिलता थपिएको तर्फ फुयालले संकेत गरेका छन्। पुस्तकका केही विषयमा थप गहिराईसाथ प्रवेश गरेको भए हुन्थ्यो भन्ने पाठकमा लाग्न सक्छ। लेखकले आगामी संस्करणमा पूर्णता दिनेछन् भन्ने विश्वास छ।

Leave a comment

घाटका डाक्टर

घाटका डाक्टर

पशुपति आर्यघाटको छेवैमा छ– पशुपतिनाथ आर्यघाट सेवा केन्द्र। आर्यघाटमा ल्याइएको भौतिक शरीर जब खरानीमा परिणत हुँदै कालो धुवाँ बनेर उड्न थाल्छ, केन्द्र त्यहीँ धुवाँको भुमरीमा छोपिएझैं लाग्छ। हिन्दु धर्मावलम्बीहरूको पवित्र...

बानेश्वरमा सडक नाटक

बानेश्वरमा सडक नाटक

साहित्यमा झैं अभिनयप्रति पनि मेरो विशेष प्रेम र लगाव थियो, तर गाउँमा अभिनयको लागि कुनै मञ्चहरू उपलब्ध थिएनन्। एउटा पनि साहित्यिक संस्था स्थापना नभएको गाउँमा नाटकमा समर्पित संस्था नहुनु कुनै...

नारी दिवसमा पुरुषका कुरा

नारी दिवसमा पुरुषका कुरा

सन्दर्भ नारी दिवसको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको समालोचना तथा निबन्ध बिभाग अन्र्तगत प्राज्ञ ज्ञानु पाण्डेको संयोजनमा गत माघ २१ गते एक कार्यक्रम सम्पन्न भयो । जसमा दुई कार्यपत्रहरु थिए।

डलर पछ्याउँदै सात महिनामा अमेरिका

डलर पछ्याउँदै सात महिनामा अमेरिका

बेरोजगार नेपाली युवालाई डलर कमाउने सपना देखाएर दुई दर्जनभन्दा बढी मुलुक घुमाउँदै गैरकानुनी रूपमा अमेरिका लैजाने मानवतस्कर सञ्जालको खोजमूलक समाचारका लागि पौडेल पुरस्कृत भएका छन्। 'डब्लुएमएस (वर्ल्ड मिडिया समिट) ग्लोबल...

कलम बोक्ने जेम्स बन्ड!

कलम बोक्ने जेम्स बन्ड!

कहिले जर्मनी, कहिले फ्रान्स त कहिले स्विटजरल्यान्ड। उनको यात्रा देख्दा लाग्छ, उनी फिल्म दुनियाँका सबैभन्दा ग्ल्यामरस हिरो जेम्स बन्ड हुन्। जेम्सलाई झैं उनलाई पनि कहीँ जान रोकटोक छैन। अझ उनीसँग...

समय र लेखकको तस्बिर

झन्डै एक महिने अमेरिका बसाइमा धेरै ठाउँ घुमेँ। घुमेभन्दा कैयौं गुना धेरै ठाउँ घुम्न बाँकी रहे। धेरै पात्र भेटेँ। भेटेभन्दा कैयौं गुना पात्र भेट्न बाँकी रहे।तिनै धेरै पात्रमध्येका एक बालक...

नेपाली भर्सनको बुलफाइट

नेपाली भर्सनको बुलफाइट

स्पेन, फ्रान्स, पोर्तुगल, मेक्सिको, इक्वेडरलगायत देशमा हुने बुलफाइटका फुटेजहरू टेलिभिजनका पर्दामा बारम्बार देखिन्छन्। सृष्टिकै श्रेष्ठ प्राणी मान्छेले एउटा निरीह पशुमाथि धारिला तरबार बर्साएर क्रूरता र बर्बरता प्रदर्शन गर्ने यो खेलको...

मत्स्येन्द्रनाथसँग

मत्स्येन्द्रनाथसँग

सहरले अनेक अस्पष्टताहरूको मिश्रणमा कोलाजजस्तो आकृति धारण गरेको छ। आफू अनन्त पीडामा पिल्सिएर पनि दुनियाँलाई हँसाउने एउटा क्लासिक क्लाउनको दर्जा पाउनैपर्छ, मेरो सहरले।