Tuesday 12 Baishak, 2074 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

'प्रकोप–नक्सालाई नटेर्दा अर्मलामा भ्वाङ'

(0 votes)
वरिष्ठ भूगर्भशास्त्री, खानी विभाग वरिष्ठ भूगर्भशास्त्री, खानी विभाग
प्रकोपको नक्सांकन सन् १९९६ बाट थालनी भएको हो। त्यसअघि पनि खानी विभागले परामर्श त दिन्थ्यो तर सरोकारवालाले भौगर्भिक अवस्था र प्रकोपबारे जानकारी माग गरे मात्र। सन् १९९८ देखि विभागले मुलुकका सहरी क्षेत्रको प्रकोप–नक्सा बनाउन आवश्यक ठान्यो। त्यसै बेला काठमाडौं र पोखरा उपत्यकाका नक्सा बनाइएका हुन्। 
nepali-patro-june
नक्सा बनाउने टोलीमा म पनि सदस्य थिएँ। हामीले पोखरा नगरपालिका र कास्की जिल्ला विकास समितिसँग छलफल गर्यौं । समुदायमा पनि परामर्श चलायौं। घर–भवनलगायत पूर्वाधार निर्माण प्रकोप–नक्सालाई ख्यालमा राखेर हुनुपर्ने र त्यसको जानकारी स्थानीय निकायमार्फत जनताको तहसम्म पुग्नुपर्ने हाम्रो मान्यता थियो। नक्सा तयार भएपछि हामीले सरकारी निकायका प्राविधिकलाई जानकारी गरायौं। नगरपालिकाले पनि एउटा प्रकोप–नक्सा भित्तामा झुन्ड्याएर राखेको थियो। अहिले छ कि छैन, थाहा छैन। त्यस बेला नगरपालिका इन्जिनियरले नक्सा पास गराउन आउनेलाई प्रकोपबारे पनि जानकारी गराउन थालेका थिए। 
नक्सामा पोखरामा कहाँकहाँ भ्वाङ पर्न सक्छ, कहाँ–कहाँ कस्तो खाले निर्माण गर्न सकिन्छ भन्ने प्राविधिक विवरण समेटिएका थिए। त्यसको १४ वर्षपछि कास्कीको अर्मलामा धमाधम जमिन भ्वाङ परेका समाचार आए। यसपालि पनि म खानी विभागका तर्फबाट स्थलगत अध्ययनमा गएँ। सरकारद्वारा गठित प्राविधिक टोलीको सदस्य हुने अवसर पनि पाएँ। पहिलेको नक्सांकनकै बेला हामीले अर्मलालाई बस्ती बसाउन नमिल्ने जोखिम क्षेत्र उल्लेख गरिसकेका थियौं। पानी जम्नेखालका बाली–नाली नलगाउन सुझाएका थियौं। तर, प्रकोप–नक्साअनुसार काम भएको पाइएन। अहिले आएर मलाई लागेको छ– हाम्रो अध्ययन र त्यसको निचोड जनस्तरसम्म पुग्नुअघि ठूलो खाडल रहेछ। प्रकोप–नक्साले औंल्याएको जोखिम जनस्तरसम्म पुगेकै रहेनछ। अर्मला सडकले जोडिएपछि त्यहाँका फराकिला फाँट घडेरी बनेछन्। पछिल्लो अध्ययनका क्रममा त्यहाँ बाटो बनाउँदा भौगर्भिक संवेदनशीलतालाई ध्यान नदिएको, मनलागी घर निर्माण भएको र पानी धेरै लाग्ने खेतीले प्रश्रय पाएको निचोड निकाल्यौं। जमिनको माथिल्लो तहमा सामान्य माटो देखिए पनि २–३ मिटर मुनि पानीमा घुल्ने खालको कमेरे माटो छ, त्यहाँ। खहरे थुनिने गरी भौतिक निर्माण गरिँदा पानी बग्न पाएन र भित्र छिरेर जमिनको तल्लो तह खियाउन थाल्यो। कमेरे माटोको लेदो विभिन्न स्थानबाट निस्किन थाल्यो। त्यसले तल्लो तह कमजोर हुँदा माथिल्लो तह धस्सिएर भ्वाङ परेको हाम्रो निष्कर्ष छ। 
पोखरा तालहरूले थुपारेको नजमेको माटो, जमेको तर चट्टान नभइसकेका चुनढुंगा र डाँडापाखातिर कम्तीमा ५० करोड वर्ष पुराना कडा चट्टानले बनेको छ। त्यहाँको अधिकांश भाग अन्नपूर्ण हिमालबाट सेतीले बगाएर ल्याएका चुनढुंगा थुप्रिएर बनेको मानिन्छ। 
जोखिमपूर्ण नक्सामा पर्ने क्षेत्रमा नजमेको कमेरे माटो छ। यहाँ पानी कम लाग्ने खेती मात्र गर्न सकिन्छ। अर्मला बेसी जोखिमपूर्ण रहेको नक्सांकनकै बेला औंल्याइएको हो। विस्तृत अध्ययनबिना कुनै निर्माण नगर्न सचेत गराइएको थियो। त्यसैलाई अटेरी गर्नुको परिणाम हो, अर्मलाको अहिलेको अवस्था। 
खानी विभागले प्रकोप नक्सा बनाउनु मात्रै पर्याप्त रहेनछ। अर्मला विपत्तिले यही सिकाउँछ। प्रकोप–नक्साको समुचित कार्यान्वयन नै मुख्य आवश्यकता रहेछ। बसोबास गर्ने, भौतिक निर्माण गर्ने क्षेत्रको भौगोलिक अवस्थितिबारे सम्पूर्ण जानकारी राख्नुपर्छ। त्यहाँका सम्भावित जोखिम, बालीनालीको सम्भाव्यता, बाटो र कुलोको सही व्यवस्थापन, पानीको यथोचित निकासबारे जनस्तरमा चासो र जिज्ञासा आवश्यक छ। स्थानीय निकायले यी जिज्ञासा मेटाउने गरी प्रचारात्मक कार्यक्रम बनाउनुपर्छ। स्थानीय निकायको तल्लो एकाइ गाविससम्म प्रकोप नक्सा बन्नुपर्छ र त्यसबारे जनतालाई राम्ररी बुझाउनुपर्छ। सामान्यतया बसोबास गर्ने ठाउँ हेर्दा पहिले बाढीपहिरोले दुःख दिएको छ/छैन भन्नेबारे जानकारी राख्नुपर्छ। पुरानो पहिरो वा खोलाको बगरमा पो घर बनाउँदै छु कि भन्नेतिर ध्यान दिन आवश्यक छ। 
अब घर निर्माण गर्नुअघि वास्तुशास्त्रीसँगजस्तै जग हाल्ने ठाउँ, जमिनको भूभौतिक अवस्थाबारे विज्ञसँग जानकारी लिने चलन बस्नुपर्छ। प्रकोप–नक्सा गाउँ, चोक वा नगरका विभिन्न स्थानमा पोस्टरजसरी राख्ने व्यवस्था गर्न सकिन्छ। स्थानीय निकाय चनाखो हुन सके गाउँलाई सम्भावित प्रकोपबाट जोगाउन सक्छ। गाउँगाउँको सुरु हुने यो सचेतनाले जिल्ला हुँदै क्रमशः मुलुकलाई प्रकोपबाट जोगाउन सक्छ। 
कम्तीमा जिल्ला तहमा प्रकोपबारे तालिमप्राप्त जनशक्ति हुन आवश्यक हुन्छ। प्रत्येक जिल्लामा एक जना तालिमप्राप्त भूगर्भशास्त्री, अर्थशास्त्री र इन्जिनियरजस्ता विज्ञको दरबन्दी राखियो भने प्राकृतिक प्रकोप जोखिम न्यूनीकरणमा ठूलो योगदान पुग्न सक्छ । 
खानी विभाग अहिले नेपालका प्रमुख सहरी क्षेत्रको प्रकोप–नक्सा बनाइरहेको छ। डेढ दशकअघि सुरु अभियानले आफ्नै रफ्तार कायम राखे पनि प्रकोप–नक्साले आवश्यकताअनुसार प्रयोजन पुष्टि गर्न सकेको छैन। विभागले काठमाडौं, बुटवल, भैरहवा, धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङ, विराटनगरलगायतको नक्सा बनाएको छ। नारायणगढको नक्सा तयारी अन्तिम अवस्थामा छ। नक्सामा माटोको भारवहन क्षमताजस्ता पक्षका आधारमा प्रकोपको अवस्था औंल्याइएको हुन्छ। जमिनभन्दा १० मिटरमुनिको माटोको भारवहन क्षमताको अध्ययन २–३ तलाका आवास निर्माणमा सहयोगी बन्न सक्छ । हाम्रा पनि कमजोरी छन्। नक्सा जनसाधारणले बुझ्ने भाषामा छैन। त्यो ठूलो स्केलमा छ। त्यसैले हामी नेपाली भाषामै प्रकोप–नक्साको विवरण लेख्ने सोचमा छौं। 
प्रकोप–नक्सा प्राविधिक पक्ष हो। त्यसको औचित्य कार्यान्वयनमा स्थानीय तह जिम्मेवार हुनुपर्छ। हामीले गरेका काम नक्सा बनेर भित्तामा झुन्डिनु मात्रैले अर्थ राख्दैन। जनस्तरसम्म प्रकोपको राम्रो जानकारी र प्रकोप नक्साका आधारमा बसोबास र भौतिक निर्माणको परिपाटी बसे मात्र त्यसले सार्थकता पाउँछ। स्थानीय निकायलाई यसप्रति संवेदनशील बनाउन सकिए विपद् व्यवस्थापनमा ठूलो उपलब्धि हासिल हुनेछ।

Leave a comment

लाहुरे सहरको गैरलाहुरे

लाहुरे सहरको गैरलाहुरे

म नेपालको यस्तो समुदायको सदस्य हुँ, जसलाई पहिले मतुवाली भनेर चिनिन्थ्यो, अहिले जनजाति भनिन्छ। त्यस समुदायलाई अंग्रेजहरूले ‘मार्सल रेस' वा ‘लडाकु जाति' भनेर खुट्याएका थिए र आफ्नो फौजमा भर्ती लिने...

बिरामीमाथि खुलेआम 'लुट'

बिरामीमाथि खुलेआम 'लुट'

– बाथरुममा लडेर घाइते भएकी चञ्चलादेवी साहलाई जेठ पहिलो साता बल्खुस्थित बयोधा अस्पताल भर्ना गरियो। आकस्मिक कक्षमा राखिएकी उनलाई अस्पतालले पछि आइसियुमा सार्योस। आइसियुमा सार्नुअघि श्रीमान शत्रुघ्नलाई वार्डमा राख्ने कि...

पूर्वाधारमा स्वदेशी लगानी सम्भव

२०६२/०६३को जनआन्दोलनपछि समावेशी आर्थिक विकासको मुद्दा हुनुपर्ने बहसले प्राथमिकता पाएको छ। मुलुकको समावेशी आर्थिक विकासका लागि राज्यले प्राथमिकता तोक्नुपर्छ। पूर्वाधार क्षेत्रको विकासबाट मात्रै यो सम्भव छ।

दामनदेखि बन्दीपुरसम्म

दामनदेखि बन्दीपुरसम्म

दाइ पहिलादेखि नै घुमफिरको सौखिन। आफूले कमाइ सुरु गरेसँगै देशभित्रका प्रसिद्ध ठाउँ घुम्दै आउनुअएको छ। कतिपय त दोहोरिई, तेहरिइसके। उहाँ एक्लै घुम्नुहुन्न। परिवारसहित घुम्नुहुन्छ। चैत महिना पारिवारिक घुमफिरको उपयुक्त याम...

भरथेग गर्छ बायो-डिजेलले

भरथेग गर्छ बायो-डिजेलले

सन् १९३१ देखि ब्राजिलले पेट्रोलमा इथाइल अल्कोहल मिसाएर गाडी चलाउन थालेको थियो। ८० को दशकमा औद्योगिक स्तरमा उत्पादन गरेर इथानोलको शक्तिशाली राष्ट्र भइसक्यो। अल्कोहलबाट गाडी चल्न थालिसके। अमेरिकाले मकैबाट निर्मित...

क्षितिज हेर्दै किनारामा उभिएर

जेसुकै लेख्न परे पनि नहडबडाउने। नआत्तिने स्वभाव। बडो धैर्यका साथ खिपेर अक्षर लेख्ने अनि कसैको चियोचर्चो र खुराफाती गर्न पटक्कै नरुचाउने। साँच्चै अक्षर जस्तै सफा र दामी मनका पनि चित्रकार...

नदी किनारको रूख

नदी किनारको रूख

‘बुहारी खै त?' ‘छैन।'‘नातीनातिना खै त?'‘बुहारीसँगै छन्!'मनमायाका आँखा मदनका अनुहारमा गाडिए। दुवैबीच मौनता निकै बेर मडारियो। मदनका कुरा मनमायालाई कताकति जेरीजस्तो रहस्यमय लाग्यो।

भयावह मृत्युको कारक धूमपान

धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट प्रत्येक ६ सेकेन्डमा एउटा मान्छेले ज्यान गुमाउछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर आश्चर्य मान्नुपर्दैन किनकि हरेक वर्ष लगभग ६० लाख मान्छे यस्ता पदार्थकै सेवनबाट...