Tuesday 12 Baishak, 2074 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

पहिल्यै फाटेको थियो जुरे पहाड

(44 votes)
पहिल्यै फाटेको थियो जुरे पहाड
यसलाई संयोग नै भन्नुपर्छ, पहिरो जानु एक दिनअगाडि त्रिभुवन विश्वविद्यालय, भूगर्भ शास्त्र केन्द्रीय विभागबाट १५ विद्यार्थी र दुई प्राध्यापक अरनिको राजमार्गको स्थलगत अध्ययन गर्न गएका थियौं। रातको ३/४ बजेतिर बाह्रबिसेस्थित हामी बसेको होटलमा निकै होहल्ला भयो।
nepali-patro-june
बिहान ५ बजेमात्र थाहा भयो— जुरे गाउँआसपास भीषण पहिरोले सुनकोसी नदी थुनेको रहेछ। हामी पनि तुरुन्तै त्यतै लाग्यौं। अघिल्लो दिन जुरेको उत्तर—पश्चिमपट्टिको ठाडो पाखामा निकै डरलाग्दा धाँजा (चित्र १ ), त्यहाँबाट सडकसम्म बगेको लेदो र पानीको सर्वेक्षण गरेका थियौं। 
२०४४ सालमा हामीले अरनिको राजमार्गको अध्ययन गर्दा पनि त्यो स्थान अस्थीर छ भन्ने तथ्य देखाएको थियो। तर, झन्डै आठसय मिटर अग्लो, सातसय मिटर चौडा र दुईसय मिटरभन्दा बढी गहिरो धरती फाटेर ४.७ मापनको भूकम्पको धक्का दिने विनाशकारी पहिरोको उद्गमस्थल ती धाँजा बन्लान् भन्ने हामीले कल्पनासम्म गरेका थिएनौं।
पहिरो गएको बिहान हामी नदीवारि थियौं। पारिपट्टि भित्तोमा ठूलो आवाजसहित निरन्तर चट्टान खसिरहेको थियो। सुनकोसी पूर्णरुपमा थुनिएर परसम्मका गाउँ, घर, खेत, पाखा र जंगल डुब्दै थिए। रातको २.३० बजेदेखि सुरु भएको यो क्रम दिउँसो करिब ३ बजेसम्म चलिरह्यो। पहिराले बनाएको ताल तीन किलोमिटरभन्दा लामो र ५० मिटरभन्दा बढी गहिरो बनिसकेपछि नदी पहिरामाथिबाट बग्न थाल्यो। 

कारूणिक पक्ष
बिहान ९ बजेतिर हामी दाबीगाउँको सिरान पुग्दा पहिराले बगाएको चौडा बाँधमाथि ५/६ जना गाउँले पुरिएका आफन्त खोज्दै हुनुहुन्थ्यो। हामीलाई अनौठो र नरमाइलो लाग्यो। त्यो काम अत्यन्त जोखिमपूर्ण थियो। तर, मान्छेको माया न हो— खतराको वास्ता नगरी यताउति भौंतारिइरहनुभएको थियो। पहिरोमा पुरिएकाको मोबाइलबाट फोन आएको तथ्य हामीलाई पछिमात्र थाहा भयो। अफसोच, जसैजसै सुनकोसी पानीले बाँध भरिँदै गयो, ती निरीह प्राणीको जीवनरक्षा असम्भव बन्दै गयो। 
जुरे पहिरो (चित्र २) को किनारमा अवस्थित भत्किएका र चिरिएका घर–गोठबाट गाई कराएको आवाज अनवरत रुपमा हामीसम्म आइरहेको थियो। तर, त्यहाँ तिनीहरूलाई हेर्ने कोही बचेको थिएन। त्यो भीमकाय पहिराले ४–५ वटा गाउँ नै सखाप पारिसकेको थियो, १५६ जनाको ज्यान लिइसकेको थियो।
जसै थुनिएको नदीको सतह माथि उठ्न थाल्यो, बाँचेकाहरूले आफ्ना झिटी–गुन्टासहित सरसामान अग्लो ठाउँमा धमाधम ओसारेको दृश्य त्यत्तिकै मर्मस्पर्शी थियो। बासको खोजीमा कतिले रुखको छहारी भेट्टाए भने कतिले सानिमा जलविद्युत आयोजनाको थोत्रा पाइप (चित्र ३) सम्म फेला पारे। उक्त जलविद्युत आयोजनाको पावर हाउस भने पूर्ण रुपमा डुबिसकेको थियो। 

अनौठो उडान 
बिहान करिब ६:३० बजेदेखि आकाशमा हेलिकप्टर देखिन थाले। ती हेलिकप्टर कम्तीमा ५०–६० पटक जुरेको पहिरो हुँदै कहिले उत्तरतिर त कहिले दक्षिणतिर उडिरहे। तिनीहरूले आकाशबाटै पहिरोको दृश्यावलोकन गरे, तल ओर्लने कष्ट गरेनन्। तिनीहरूको आवाजले वातावरणमा अझ धेरै तित्ततामात्र थप्यो तर उद्धारको कुनै पहल भएन। ती 'रमिते' हेलिकप्टर के गर्दै थिए? त्यहाँ के भइरहेको थियो? किन लाखौंलाख रुपैयाँ हावामा उडाइयो?

बाँध फुट्ने हल्ला र भविष्यवाणि 
झन्डै १ करोड ३५ लाख टन ढुंगा र धुलाको मुस्लोसहितको विशालकाय शैल स्खलन (रक एभालान्च) ले करिब २–३ मिनेटमै विभत्स ताण्डव मच्चायो। सुनकोसी जलविद्युत आयोजनाका दुईवटा ढोका बिगार्यो्, बिजुलीका तीनवटा टावर भाँच्यो र नदीमा ८–९ सय मिटर चौडा बाँध बनायो। दिउँसो हुँदा नहुँदै बाँध फुट्ने हल्ला इन्टरनेटमार्फत विश्वभर फैलियो। त्यो बेला भूपी शेरचनको 'यो हल्लैहल्लाको देश हो' भन्ने कविता कसैले पनि सम्भि्कन भ्याएनन्। 
बाँध फुट्ने/नफुट्ने कुराको निर्क्योल कसरी र के आधारमा गरियो, त्यो पाटो कतै उजागर भएन। बाँध फुटेर कोसी ब्यारेजसम्म नोक्सान हुने कुराले नेपाली तथा भारतीय समाचार माध्यमले समेत महŒवसाथ प्रचार गरे। तर, सामान्य सर्वेक्षणले समेत त्यो बाँधको पानी आधा घन्टामै पूरै रित्तिए पनि त्यसको असर दोलालघाटभन्दा तल नगन्य हुन्छ भन्ने देखाउँथ्यो।
त्यो होहल्ला र समाचार सम्प्रेषणको लुछाचुँडीमा कसैले पनि पीडितको घाउमा मल्हम लगाउने काम गरेनन्, बरु राजनीतिज्ञ, प्राविधिक र समाचारमाध्यमले त्यो परिदृश्यलाई भविष्यको भयावह जोखिमका रुपमा मूल्यांकन गर्न भ्याए
यसको ठीक विपरीत अर्काथरि प्राविधिक र विज्ञ देखापरे, जो त्यो बाँधबाट विद्युत उत्पादन गर्ने योजना बनाइरहेका थिए। 
झट्ट हेर्दा दुवै विचार एक अर्काका विपरीत लागे पनि दुवैमा केही समानता छ। त्यो हो– स्थलगत अध्ययनको कमी।
यी दुवैले थुप्रै प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ। जस्तै : जुरेको पहिरो निकट भविष्यमै फेरि झर्न सक्छ वा सक्दैन? उक्त बाँधको बनावट र त्यसमा थुप्रिएका चट्टानका टुक्रा तथा पहिरो खस्नुपहिलेको नदीको बगरमा रहेका बालुवा र ढुंगाको पत्रको अवस्था अब कस्तो छ? कति समयसम्ममा सुनकोसी र भोटेकोसीले ल्याउने ढुंगा र बालुवाले यो बाँध पुरिएला? इत्यादि।
त्यस्ता धेरै उदाहरण छन्, जहाँ एकपटक शैल स्खलन भएपछि फेरि केही दिन वा हप्तामा स्खलन भएको छ। संसारकै यस्ता बाँधको अध्ययनले के देखाएको छ भने पहिरोले बनाएका झन्डै २७ प्रतिशत बाँध एक दिनमै फुटेका छन्, करिब ४१ प्रतिशत बाँध एक साताभित्र फुटेका छन् भने केही वषर्ौंसम्म नफुटेका पनि छन्। अतः बाँधको समग्र प्राविधिक, सामाजिक, वातावरणीय र आर्थिक पक्षको अध्ययनबिना कुनै निर्क्योलमा पुग्न सकिँदैन, मिल्दैन। 

असाधारण पहिरो 
जुरे स्खलन एउटा विशेष पहिरो हो, जसमा चट्टान तलतिर बेगले बत्तिएर भुइँमा बजि्रन्छ। सामान्यतया, त्यति माथिबाट चट्टान चोइटिएर तल आइपुग्दा त्यसको गति ६०—७० मिटर प्रतिसेकेन्ड हुन पुग्छ। त्यस्तो द्रूतगतिले घुम्दै तल झर्ने क्रममा सुनकोसीको साँघुरो खोंचमा थुनिएको हावा एक्कासि बाहिर निस्कन सक्तैन। फलत : तलतिर हावाको दबाब सिर्जना हुन्छ र चट्टानका टुक्रा हावामा तैरिँदै खोलाको एउटा छेउबाट अर्को छेउमा झन्डै सय मिटर माथिसम्म उडेर थुप्रिन पुगे। तिनीहरूले दाबीगाउँलाई क्षतविक्षत बनाए। धुलोको मुस्लोले खोलापारि झन्डै ६ सय मिटर माथिसम्म उडेर त्यहाँ भएका जंगल, खेत, घर र बारीलाई छोप्न पुग्यो। 
नेपालका हिमालपारिबाट आउने धेरैजसो नदीका गहिरो खोंचमा समय–समयमा यस्ता पहिरा झर्छन्। म्याग्दीको बारबाङमा दुईपटक सिँगै गाउँ पुर्ने यस्तैखाले पहिरो गएको थियो। त्यसैगरी कालीगण्डकीको तातोपानी बजारभन्दा तल र लेते भन्दा तल पनि यस्तै पहिरो खसेको थियो। मर्स्याङ्दीको तालबगर र तामाकोसीको बगरछापमा त्यस्तै पहिरोले बनेका बाँध विद्यमान छन्। सुनकोसीमै पनि बलेफीको करिब पाँच सय मिटर तलतिर अजंगको ढुंगाले बनेको बाँध फुटेर भीषण बाढी आएको तथ्य हाम्रासामु छ। 

अन्त्यमा,
हरेक वर्ष औसत तीन सय नेपालीको ज्यान बाढीपहिराले लिन्छ। २०५० सालको बाढीपहिरोमा झन्डै १५ सयजनाले ज्यान गुमाए। पोहोर दार्चुला र अहिले जुरे, पूर्वी नेपाल, सुर्खेत र बर्दियामा भएको धनजनको क्षतिले हाम्रो पूर्वतयारी, उद्धार र राहत कार्य कति अव्यवस्थित छ भन्ने तथ्य प्रस्ट्याउँछ। त्यसैले, हरेक वर्ष कतिजनाको ज्यान गयो भनी गन्नुको साटो त्यस्ता घटनाबाट बच्च र बचाउन एउटा सशक्त स्वतन्त्र निकाय गठन गर्नु आजको आवश्यकता हो। त्यस्ता संकटको दीर्घकालीन निवारणका लागि जोखिम पहिचान, भौगर्भिक अध्ययन र अनुसन्धान हुनु आवश्यक छ।
(त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्रका प्राध्यापक धिताल लामो समयदेखि प्रकोप अनुसन्धान र पहिरो रोकथाममा कार्यरत छन्)

Leave a comment

परिवार जोड्दै मदिरा

परिवार जोड्दै मदिरा

'रहरै–रहरमा पिएँ, विवश भएर पिएँसुखमा पिएँ, दुःखमा पिएँपिउँदिनँ, पिउँदिनँ भन्दै पिएँ...मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँनाचेर पिएँ, हाँसेर पिएँएकान्तमा कहिलेकाहीँ रुँदै पिएँ...'

दाताकै आश

दाताकै आश

पुष्पा बस्नेतले जेलमा आमाबाबु रहेका दुई बच्चा लिएर पाल्न थाल्दा उनीसँग कुनै स्रोत थिएन। घर भाडा तिर्ने सात हजार नहुँदा चिन्ताले सताउँथ्यो। अहिले उनी सिएनएन हिरोबापत पाएको तीन करोड नगदलाई...

सक्कली शिरीषको पत्र

सक्कली शिरीषको पत्र

वासन्ती धर्म हो फुल्नु बीजका निम्ति फक्रँदैचल्छ प्रकृतिको चक्र सदाकै पथ लम्क"दै।।टेकी वैशाखको टेको वनपाखा रमाइलाचिल्ला प्वा"ख फि"जाएर मग्न छन् सुरमा चरा।।पहे"लो काइ"यो नीलो ज्याकरन्डा पनि फुलेशिरीष म फुले" राम्ररी...

वाग्मती मनोलग

वाग्मती मनोलग

ऊ टक्क अडियो।‘उता माथि नजाऔं!' उसले भन्यो, ‘बास बस्न बाँदरको लर्को होला।'मोबाइलको मधुरो उज्यालोले भुइँ नियाल्दै ऊ बस्यो। कोक र स्न्याक्स बोकेको प्लास्टिकको थैलो पनि दुबोमा बिसायो।

सदुपयोग कि दुरुपयोग

सदुपयोग कि दुरुपयोग

भूकम्प गएको तीन महिना बितिसकेको छ। हिजोआज 'त्रिपाल पाइएन' भन्नेहरू सायदै होलान्। त्रिपालभन्दा 'हाउस टेन्ट' बस्नका लागि अलिकति भए पनि राम्रो मानिन्छ। त्यसैले होला यस्ता टेन्ट धेरैजसो सरकारी कार्यालय र...

शोकले फेरेको जाजरकोट

शोकले फेरेको जाजरकोट

काठमाडौं-पाँच वर्षअघि मजकोट–७, जाजरकोटकी सरिता कार्कीले अकालमै आमा गुमाइन्।कारण थियो– झाडापखाला। हेलचेक्रयाइँ र अति सामान्य स्वास्थ्य समस्यामा उपचारै नपाएर रती कार्कीको ज्यान गुमेको थियो।सदरमुकाम खलंगाबाट दुई दिन पैदल हिँडेपछि पुगिने...

मिनेटमा कर्म नाप्दै

कलाकार गेहेन्द्रमान अमात्य ७७ वर्ष पुगे। तर उनको जोस, जाँगरले शरीरमा बुढ्यौली छिर्न दिएको छैन। उनी प्रायः खैरो रङको दौरा–सुरुवाल, कोट, ढाका टोपी, गलबन्दीमै भेटिन्छन्। काठमाडौं कालधारास्थित उनको घर पुग्दा...

दुई नेतृले उब्जाएको संकट

दुई नेतृले उब्जाएको संकट

ढाका, बंगलादेश- बंगलादेशको राजनीतिक अवस्थाबारे थाहा पाउने सबैभन्दा सजिलो तरिका भनेको ढाका शिक्षण अस्पतालको हाई केयर युनिटको भ्रमण हो। यो युनिटमा सडकमा भएका बम विस्फोटनका घाइतेहरूको उपचार गरिन्छ।