Monday 7 Magh, 2075 |
Menu

नागरिक शनिबार

istl

उदयपुरगढीमा स्वागत

(1 Vote)
उदयपुरगढीमा स्वागत
उदयपुरगढी रमणीय छ। उदयपुरको पञ्चावती गाविस–१ मा अवस्थित गढी (१,३०० मिटर) बाट खुम्बु हिमाल, महाभारत र चुरे पर्वतका साथै तराईको दृश्य देखिन्छ। सूर्योदय र सूर्यास्त पनि सुन्दर देखिन्छ।


nepali-patro-june
गर्मी छल्न तराईबाट उकालिन्छन्। त्यहाँ वर्षैभरि शीतल हुन्छ। डाँडामा तीन सय वर्ष पुराना बरपीपल छन्। पहिले गढी उदयपुरको सदरमुकाम थियो। २०२८ सालमा गाईघाट सारियो। पुराना भवनका भग्नावशेष अझै छन्।

उदयपुर गढी संरक्षण विकास समाजका अध्यक्ष उद्धव मोतेका अनुसार गढी ऐतिहासिक थलो हो। त्यहाँ उहिल्यै सेनवंशी राजा उदयचन्द्रले शासन गरेका थिए। 'गढीको इतिहास खोजी हुँदै छ,' उनले भने, 'हामी पर्यटन विकास गर्न गुरुयोजना बनाउँदै छौं।'

गढीमा पञ्चावती मन्दिर छ। पञ्चावती दर्शनले मनमा सन्तोष मिल्छ। भगवतीको भाकल गर्दा मनोकांक्षा पूरा हुन्छ।

गढी संरक्षण गरी पर्यटन गन्तव्य बनाउन ०६९ समाज गठन गरिएको हो। गढी क्षेत्रमा खान/बस्न होटल तथा रेस्टुरेन्ट नभएकाले गाउँका महिलाले होमस्टे सुरु गरेका छन्। पञ्चावती सामुदायिक होमस्टेकी अध्यक्ष इन्द्रकुमारी राई भन्छिन्, 'गाउँमा आउने पाहुनालाई सजिलो होस् भनेर हामीले नौ घरमा होमस्टे चलाएका छौं।'

राई र क्षेत्रीका घरमा ०७० मंसिरदेखि होमस्टे सुरु भयो। उनीहरूले पाहुनाका लागि एक–एक कोठा छुट्याएका छन्। कोठामा दुई–दुई बेड छन्। व्यवस्थित चर्पी छ।

त्यसैले गाउँमा तालिम तथा गोष्ठी हुन थालेका छन्। सहभागीलाई होमस्टेमा बसाइन्छ। 'हामी उत्साहित छौं,' राईले भनिन्, 'हाम्रो गढी पर्यटन गाउँ बन्नेमा आशावादी छौं।'

उनीहरू दिल खोलेर पाहुनाको स्वागत गर्छन्। स्थानीय उत्पादन खुवाउँछन्। पाहुनाको मागअनुसार नाचगान देखाउँछन्। होमस्टेको खानपिन सस्तै छ।

गरिबी निवारण कोष काठमाडौं र स्थानीय विकास कोष उदयपुरको साझेदारीमा गढीमा सञ्चालित सृजनात्मक कार्यक्रमले उनीहरूलाई उक्साएको हो। उनीहरूलाई बन्दीपुर र ल्वाङघलेल घुमाइयो। कार्यक्रमले होमस्टे सञ्चालन गर्न एक लाख रुपैयाँ बीउ पुँजी सहयोग गरेको छ। 'महिलाले सांकृतिक कार्यक्रम गरेर कोष बढाएका छन्,' कार्यक्रमकी मोटिभेटर रञ्जिता पोखरेलले भनिन्, 'होमस्टे सञ्चालकहरू उत्साही देखिन्छन्।'

कसरी पुग्ने : उदयपुर सदरमुकाम गाईघाटबाट ४२ किमि उत्तर– पश्चिममा गढी। गढीसम्मै मोटर बाटो छ। कटारीबाट नेपालटार हुँदै पनि पुग्न सकिन्छ। नेपालटारबाट आठ किमि उकालो चढेपछि गढी। गाईघाटबाट नेपालटारसम्म गाडी चल्छ। नेपालटारबाट पदयात्रा।

गढीको मेनु

क्रसं विवरण परिमाण रुपैयाँ

१ मासुभात पेटभरि १५०

२. कोठा डबल बेड १५०

३. चिया कप १०

४. रक्सी बोतल ५०

५. मकैभटमास कचौरा ४०

६. दही कुरुवा ४०

७. कोदोको रोटी सेट ४०

सम्पर्क : इन्द्रकुमारी राई, ९८०५९०४८२०, उउद्धव मोते ९७४३००३७४०

आउनुस् है

इन्द्रकुमारी राई

अध्यक्ष, सामुदायिक होमस्टे

उदयपुर गढी घुम्ने पाहुनालाई सजिलो बनाउन र दुई–चार पैसा आम्दानी गर्न हामीले होमस्टे चलाएका हौं। बेलाबेलामा नेपाली आउँछन्। पाहुनाको स्वागत गर्न पाउँदा खुसी लाग्छ। बर्खामा कच्ची बाटोमा अप्ठ्यारो हुन्छ। गढीसम्म जीप र मोटरसाइकल आउँछन्।

Leave a comment

उस्तै–उस्तै व्यथा दुरुस्तै

उस्तै–उस्तै व्यथा दुरुस्तै

मकवानपुरमा हुर्किएकी एक ब्राह्मण गाउँले युवतीले आफूजस्तै अर्की युवतीलाई मन पराउन थालिन्। स्कुलमा सँगै पढ्ने दुवैको बानीव्यवहार युवकको जस्तै देखिन थाल्यो। लवाइखवाइ मात्र होइन घरमा पनि उनीहरू 'छोरोमान्छे'कै स्वभाव देखाउँथे।

सडक–समन्वयको अभाव

सार्वजनिक सवारीका लागि रूट परमिट जारी गर्ने काम यातायात व्यवस्था विभागले गर्छ। तर सुन्दै अचम्म, कुन रुटमा कस्ता गाडी चल्छन्, विभागलाई नै थाहा छैन। उपत्यकाभित्रका २४ रुटमध्ये धेरैमा विभागको जानकारीबेगर...

सिर्जनामा आशा

सिर्जनामा आशा

बुबाको शव झिक्दा आँखैअगाडि उनले निलो–कालो देखेका थिए। निस्पट्ट अँध्यारो, संसारै निलै‘कालो। चार घन्टाअघि आफूसँगै बारीमा आलुका बिरुवा उखेल्दै गरेका बुवाको शव निकाल्दा भक्तपुर दत्तात्रयका जीवन सुवाललाई रिंगटा चलिसकेको थियो। बारीबाट...

सामाजिक हिंसाले पछाडि

सामाजिक हिंसाले पछाडि

अछाम रिडीकोटकी १६ वर्षीया शर्मिला भुलको दुई वर्षअघि छाउपडी गोठमै मृत्यु भयो। गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन्। गोठभित्र धुवाँले निसास्सिएर मृत्यु भएको गाउँलेले अनुमान गरे...

प्याराडक्स जिन्दगी

हिउँद्को कुनै महिनाको एक साँझ।नयाँ सडक पीपलबोटछेउको भीड।गजलकार ललिजन रावलले परिचय गराइदिए– उहाँ विप्लव ढकाल, घर भोजपुर, हाल काठमाडौँ। अनि उहाँचाहिँ राजेन्द्र पराजुली, कोटेश्वर, काठमाडौँ। त्यसबखत रचनाको मुन्तिर ठेगाना लेख्ने...

ट्याम्के आउनुस् है

ट्याम्के आउनुस् है

प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, ट्याम्के। भोजपुर र खोटाङको संगमस्थल। ट्याम्के (३,०१० मिटर) बाट सर्वाेच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर लगायतका दर्जनौं हिमाल देखिन्छ। उदाउँदो र अस्ताउँदो सूर्य पनि। आकाश सफा...

खानपिनको कूटनीति

खानपिनको कूटनीति

केदारभक्त माथेमालाई चिनाउनुपर्दा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भन्ने गर्थे, ‘सुब्बा आदिभक्तका नाति'। र, सुब्बा आदिभक्तको नाम लिनेबित्तिकै भट्टराई भन्थे, ‘उहाँ मलाई ‘जोनी वाकर' चिनाउने मानिस।' त्यही भएर होला, मद्यपानलाई ‘जातैले पाएको' भन्न...

संघर्षशील युवतीको कथा

संघर्षशील युवतीको कथा

मञ्जरी अर्थात्, बोटबिरुवा, लहरा आदिमा पलाएको आँकुरो–मुजुरो वा कोपिला। उपन्यास ‘मञ्जरी' पनि नयाँ फूल वा पालुवाको रूपमा पाठकसमक्ष आएको छ।