Monday 10 Shrawn, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

विदेशमा मैंचा र बौंचा

(1 Vote)
विदेशमा मैंचा र बौंचा
मैंचा व बौंचा। अर्थात्, केटा र केटी। 
नेवारी चाडपर्वमा केटाकेटीले लगाउने पहिरनलाई टिसर्टमा उतारेर विदेशसम्म पुर्‍याएका छन्, असनका बुकेश महर्जनले।
वेव र ग्राफिक्स डिजाइनिङका सौखिन २२ वर्षे बुकेशले साढे दुई वर्षदेखि सामाजिक सञ्जालमा नेवारी संस्कृति झल्कने पहिरनको स्केच राखेपछि साथीले टिसर्ट बनाउन सल्लाह दिएका थिए।


nepali-patro-june
उनीसँग सारीटीकापरम्परागत गहनाझुम्काऔंठीकल्ली (खुट्टामा लगाउने बाला) र बाजु (हातमा लगाउने बाला) का स्केच छन्। भादगाउँले टोपीटीकादौरा सुरुवालइस्टकोट र पटुकालाई पनि स्केचमै उतारेका छन्। 

दुई महिनाअघि सार्वजनिक गरिएका टिसर्ट विदेशमा रहेका उनका आफन्तमार्फत् अस्ट्रेलियाअमेरिकाबेलायत र अस्ट्रियासम्म पुगेका छन्। 'यति छिट्टै प्रचार होला भन्ने पत्यार लागेकै थिएन,' बुकेश भन्छन्, 'टिसर्टमार्फत भए पनि कलासंस्कृति चिनाउन पाएको छु।'

अहिलेसम्म एक हजार टिसर्ट बिकेको उनको दाबी छ। 'मैंचा व बौंचानामबाट खोलिएको फेसबुक पेजमा लाइक गर्नेको संख्या दुई हजार पुगेको छ। मैंचावबौंचा डट कममा टिसर्ट वा डिजाइन हेर्न सकिन्छ।

'फेसबुकमा पहिलोपटक स्केच पोस्ट गर्दा राम्रै कमेन्ट आएका थिए,' उनी भन्छन्, 'यसले संस्कृति पहिचानमा सघाउ पुर्‍याउनेछ।'

नेवार जातिमा महिनैपिच्छे चाड वा जात्रा भइरहन्छन्। उपत्यकाका तीन शहर काठमाडौंभक्तपुर र ललितपुरका गल्लीमा यस्ता जात्रा लिच्वीकालदेखि मनाउने गरिएको छ। 

बुकेशका टिसर्टमा इन्द्रजात्राबिस्केटहोलीचैते दसैंसेतो मच्छिन्द्रनाथरातो मच्छिन्द्रनाथजस्ता दर्जनांै पर्वमा लगाइने केटा र केटीको लुगाका चिह्न छन्। 'चाडपर्वमा लगाइने संस्कृति बोकेका अनेक कपडा हेर्दै रमाइलो लाग्थ्यो,' बुकेशले भने, 'हामी साना हँुदा देखिने कतिपय कपडा आजभोलि नदेख्दा लोप भएका हुन् कि भन्ने चिन्ता लाग्छ।'

काठमाडौंका रैथाने मानिने नेवारी ज्यापु समुदायको पहिरन जात्रा विशेषमा मात्रै देखिन्छ। 'आधुनिकीकरणले ज्यापुको संस्कृति र पहिरनमा फेरबदल ल्याउँदै छ,' संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, 'जात्रा वा चाड विशेषमा ती पुराना चिह्न अंकित लुगा लगाएरै संस्कृति धान्दै छन्।'

जोशीका अनुसार जात्राको सुरुवातसँगै यस्ता पहिरन लगाउन थालिएको हो। पुराना चित्रकलामूर्तिकलाबाट पनि यसको पहिचान प्रस्ट हुन्छ। 'जात्राका आफ्नै विशेषता छन्यी कहिलेदेखि आएभन्न गाह्रो छ,' जोशीले भने।

समय फेरिए पनि जात्राको महŒव भने उत्तिकै छ।  गुन्हुपुन्ही (गाइजात्राको ९ दिन)मोहनी (दसैं)स्वन्ती वा न्हुदँ (तिहार)माघे संक्रान्तीश्रीपञ्चमीसिलाचह्रे (शिवरात्रि)चैते दसैंपाँहाचह्रे (घोडेजात्रा)भोटोजात्राबुद्धजयन्तीजस्ता जात्रा र पर्वका कारण उपत्यकालाई जात्राको शहर भन्न रुचाउँछन् संस्कृतिविद् जोशी।

स्थानीय चलनअनुसार टोलटोलमा अलगअलग जात्रा मनाइन्छ। पाटन (ललितपुर जिल्लाको पुरानो नाम) मा मच्छिन्द्रनाथ जात्राकाठमाडौंमा सेतो मच्छिन्द्रनाथकीर्तिपुरमा सातगाउँले जात्राहाँडीगाउँजात्राखोकनामा सिखली जात्राफर्पिङ जात्रा यसका उदाहरण हुन्।

नेवारी संस्कृति झल्किने टिसर्टका परिकल्पनाकार बुकेश अन्य जातजातिको पर्वमा आधारित स्केचलाई समेत टिसर्टमा उतार्ने योजनामा छन्। 

Leave a comment

पतिकै पथमा

पतिकै पथमा

२०१८ सालमा भोजपुर, मानेभन्ज्याङमा जन्मेकी विद्या भण्डारी विवाहपूर्व पनि राजनीतिमा थिइन्। यद्यपि उनका लागि विशेष राजनीतिक अवसरको उदय भने पति मदन भण्डारी (तत्कालीन एमाले महासचिव) को दुर्घटनामा निधनपछिको परिस्थितिले गराएको...

हतारमा लेखिन्न कविता

हतारमा लेखिन्न कविता

चालीसको दशकदेखि कविता लेखनका क्षेत्रमा प्रवेश गरेका कवि श्रवण मुकारुङ नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पनि हुन्। समकालीन नेपाली कवितामा 'बिसे नगर्चीको बयान' उनको मास्टरपिस कविता हो। 'सुन रे...

जिन्दगी घामछायाँ

जिन्दगी घामछायाँ

भूकम्प गएको पनि सय दिन पुगिसक्यो। सिन्धुपाल्चोक र दोलखामा यसपालिको भूकम्पले अत्यधिक क्षति पुर्यादयो। धेरै दिनसम्म पीडितहरूका लागि खाने–सुत्ने ठेगानै भएन। अहिले पनि धेरै जना अभावमै जीवन बिताइरहेका छन् ।...

तातोपानी उपचार

तातोपानी उपचार

ढाडको नशा च्यापिएर काठमाडौंमा शल्यक्रिया गरेपछि हिँड्न नसकेका लेखफाँट, पर्वतका गिरिबहादुर पुन म्याग्दीको सिंगा तातोपानी कुण्डमा ११ दिन डुबुल्की मारेर गाउँ फर्केका छन्।बोकिएर कुण्ड पसेका उनी चौंथो दिनदेखि नै बच्चाले...

पहिलो र अन्तिम प्रेमीलाई

तिम्रो र मेरोजस्तैउहिले उहिले माई र तमोरको मायापिरती थ्यो' रे।

राताम्मे तुमेवा डाँडा

राताम्मे तुमेवा डाँडा

सोक्पा गाउँमा केटाकेटी गुराँसको फूल बोकेर खेलिरहेका थिए। घर नजिकैको ‰याम्म परेको रूखबाट गुराँस टिपेर उनीहरू फूल च्यात्दै शिरमा सिउरिँदै खेलिरहेका थिए। स्कुलमा पनि माला बनाएर खेल्ने गरेको उनीहरूले बताए।

साहसी सहाना

साहसी सहाना

सहाना बज्राचार्य बेलाबखत र्‍याम्पमा झुल्किन्छिन्। तर, आफूलाई मोडल नभन्न 'ह्विप' जारी गर्छिन्।उनी छाउपडी प्रथा उन्मूलनको अभियान बोकेर अछाम जिल्लाको दुर्गम गाउँ चहार्छिन्। किशोरीहरू भेला पारेर महिनावारीको भ्रमबारे परामर्श दिन्छिन्। तर,...

हस्तलिखित इतिहास

एउटा गाउँले मान्छे राजदूत कसरी हुन्छ?संयुक्त राष्ट्रसंघका लागि पूर्व–राजदूत डा. जयराज आचार्यको 'मेरो डायरी २०२५' पढ्दा मेरो मनमा यही प्रश्न आयो। पढ्दै जाँदा अनुभूतिका धेरै लहर उठे।