×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Thursday 23 Mangshir, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

दिल्लीमा जोडिएको दिल

(1 Vote)
दिल्लीमा जोडिएको दिल
पर्यटन व्यवसायी योगेन्द्र शाक्य जति रसिक छन्, उनको जीवन उत्तिकै रोचक छ। 'समयमै मजा लुट्नुपर्छ' भन्ने मान्यतामा चलेका एस होटल्स एन्ड रिसोर्ट्सका कार्यकारी अध्यक्ष शाक्य व्यापारमै तल्लीन भए पनि यसलाई जीवन चलाउने माध्यमभन्दा माथि ठान्दैनन्। जुन ढंगले जीवन बिताएका छन्, त्यसैमा रमाइलो मान्छन्, पछुतो गर्दैनन्।
उनको जीवन मसलेदार फिल्मजस्तो छ। गीतसंगीतप्रेमसंघर्षरोमान्स र द्वन्द्व मिसिएको। फुर्सदको समयका लागि उनको कुनै योजना हुँदैन। 'परिवार र साथी भए समय कटाउन के चाहियो!राजधानीको एम्बेसडर छाउनी अपार्टमेन्ट होटलमा कुराकानी सुरु गर्दा उनी व्यापारी बन्नुअघिको जीवन बयान गर्न अघि सरे। 'सेन्ट जेभियर्स पढेकोहोस्टलमै बसियो। त्यतिबेलाका साथी परिवारकै सदस्यजस्तो लाग्छ,' कम्तीमा वर्षको एकचोटि देशविदेशमा रहेका साथीसँग जुट्दा उनलाई दसैं आएजस्तो लाग्छ। 

'त्यहाँ कुनै औपचारिकता हुँदैनबच्चा बेलाकै जस्तो व्यवहार हुन्छ। हाँसोठट्टामुख छाडाछाड सबै चल्छ,' सन् १९७० मा सिनियर क्याम्ब्रिज गरेका शाक्य स्कुलले धेरैथोक सिकाए पनि राजनीति नसिकाएकोमा पछुतो मान्छन्। उनलाई देश चलाउन राजनीति 'जान्नैपर्नेजस्तो लाग्छ। सहपाठीमध्ये प्रकाशमान सिंह (कांग्रेस नेता) मात्र राजनीतिमा होमिए। तैपनि बैंकर पृथ्वीबहादुर पाँडेमनोजबहादुर श्रेष्ठप्रदीपमान सिंहबुद्ध बस्नेतडा. ज्योति धाख्वासुवोध रानालगायत सहपाठीको उन्नतिलाई उनी सेन्ट जेभियर्सकै देन मान्छन्।  

'स्कुलमा हाम्रो जुन पारा थियोत्यो देख्नेले यसरी गरिखालान् भनेर कल्पनै गर्दैनथे,' स्कुल बंक गरेर सिनेमा हलदेखि बालाजुको पौडी पोखरी पुग्न उनीहरूलाई कसैले रोक्न सक्दैन थियो। अहिले सम्झँदा उनी आफूलाई 'एभरेजविद्यार्थीभन्दा बढी दाबी गर्दैनन्। 

औसत विद्यार्थीले 'एलिट स्कुल'मा भर्ना पायोचाहिँ कसरीकथा रोचक छ।  

उनको घरमा बंगाली नृत्य प्रशिक्षकले डेरा लिएका थिए। संगले रंग सर्‍यो। सानैदेखि नाच्न सिपालु भए उनी। कक्षा एकको प्रवेश परीक्षा नाचेरै पास गरे। अतिरिक्त क्रियाकलापलाई जोड दिने स्कुलमा उनको नृत्यले नम्बर पायो। भर्ना भएदेखि १० वर्षसम्म निरन्तरत नाचिरहे। किशोर कुमारको गीत 'छोटा सा घर होगा'मा उनी यति नाचेस्कुलका साथीसंगीले उनलाई गीतको बोलबाटै बोलाउन थाले। 

स्कुले पढाइ पूरा गरेसँगै उनले नृत्यबाट छुटकारा पाए। तरनृत्यबाट टाढिए पनि गीतसंगीतबाट किन टाढिन्थे! अमृत साइन्स क्याम्पसमा भर्ना हुनेबित्तिकै गायक बन्ने जोस चढ्यो। लिड गिटारिस्ट बन्न इच्छा देखाए तिलकबहादुर मालीले। बेसमा सघाउन श्याम मानन्धर तयार भए। रिदमको जिम्मेवारी पर्‍यो ओमविक्रम विष्टको भागमा। यति काम भएपछि जन्मियो 'ग्रिन स्लिभ्सब्यान्ड। 

'स्यान्टानाग्रुपको चर्चित गीत 'ब्ल्याक म्याजिक वुमनउनीहरूले खुब गाए। बोर्डिङ पढेको पुस्ता न पर्‍योअंग्रेजी गीतमात्र उनीहरूको छनोटमा पर्थ्यो। 'ओमविक्रम रागप्रति यति सिरियस कित्यो गीत पनि रागसहित गाउँथ्योहामी खुब उडाउँथ्यौं,' शाक्य सम्झन्छन्, 'उसले त्यसलाई सिग्नेचर स्टाइलकै रूपमा स्थापित गर्‍यो।

कलेजसँगै ब्यान्ड पनि सकियो। एउटा ओमविक्रम विष्टले त्यो प्रयत्नलाई जीवित राखे। बाँकी साथी विष्टको 'फ्यानबने । 'गीत गाउनु र हाहाहुहु गर्नुलाई त्यतिबेला एउटै दर्जा दिइन्थ्योतैपनि म त्यो काममा यति समर्पित थिएँ किजीवनमा टर्निङ प्वाइन्ट नआएको भए फिल्म र संगीतमा लाग्थें,' शाक्यसँग कुनैबेला गीत गाउँथें भनेर चिनाउने एउटा फोटो छ। हेर्नेले प्रतिक्रिया दिन्छन्, 'त्यतिबेला कपाल पनि रै'छ!

...

उनी विज्ञानको विद्यार्थी। मेकानिकल इन्जिनियरिङ पढ्न छानिए। ठमेलको काठमाडौं गेस्ट हाउस सामान्य लजको रूपमा विकास हुँदै थियो। उनी बुबा/काकालाई सघाउन त्यहाँ जान्थे। घर बन्दै थियोपर्खाल लगाउने विषयमा छिमेकीसँग झगडा पर्‍यो। भनाभन हुँदै गर्दा अर्कोघरको छतबाट हानेको ढुंगा उनको टाउकोमै लाग्यो। लामो समय उनी उठ्न सकेनन्। न्युरोका डाक्टरले भारतको भेलोर जाने सल्लाह दिए। 

अस्पतालमै भेटिएका दिल्लीका इन्जिनियरले उनको दिमागबाट इन्जिनियर बन्ने सपना उतारिदिए र होटल म्यानेजमेन्ट पढ्न सल्लाह दिए। 'होटल म्यानेजमेन्ट गरेकाले महिनाको २० हजार कामाउँछन्मजस्ता इन्जिनियरको पाँच हजार हुन्छ,' यो सुनेपछि उनको मन मोडियो। उपचार गर्न त्यति टाढा जानुपर्दा पिरोलिएको मनलाई नयाँ सम्भावनाले शान्त तुल्यायो। 'अस्पतालबाटै प्रोस्पेक्सटस मगाइयोभर्ना प्रक्रिया सुरु भयो,' तीनै व्यक्तिसँगको दोस्तीले अहिलेको जग बसेको बताउन उनी हिच्किचाउँदैनन्। 

नयाँ दिल्लीमा होटल म्यानेजमेन्टको पढाइ अन्तिम वर्षमा चल्दै थियोनेपालबाट बिन्दु शेरचन त्यही कलेज पढ्न पुगिन्। 'नेपाली केटी देख्दा नेपालको न्यास्रोमात्र मेटिएनमनै पो पग्लियो,' अब उनको जीवनले 'लभस्टोरी'को मोड लिन्छ। तीन वर्षको 'सेक्रेट लभजब 'ओपनगर्नुपर्ने अवस्था आउँछशाक्यलाई सजिलो हुँदैन। 

'नेवारमध्ये पनि शाक्य र बज्राचार्य बढी कट्टर हुन्छन्। मेरो परिवारमा म पहिलो व्यक्ति थिएँ अन्तरजातीय प्रेम गर्नेसुइँको पाउनेबित्तिकै पूरा परिवार खलबलियो,' प्रेम र परिवारको तारतम्य मिलाउन उनले ठूलै विद्रोह गर्नुपर्‍यो। 

प्रेमत्यो पनि थाकखोलाकी थकाल्नीसँग! सुन्नेले जिब्रो निकाले। सबैभन्दा बढी विरोध त उनका बाबुले गरे। 'प्रेम छोड्ने कि परिवार?' यो प्रश्नले धेरै टाउको दुखाएको उनी बताउँछन्। '३२ वर्षअघिको समाजमा प्रेम गर्नु सजिलो थिएन,' अन्धो प्रेमको बयान गर्न थाले उनी। 

'आफ्ना सबै इच्छा पूरा गरिदिने परिवारलाई मैले चिढ्याउनै हुँदैनथ्योत्यतिधेरै मनपरेकी केटीलाई कसरी धोका दिनुयो विरोधाभासले साह्रै सतायो,' त्यतिबेला उनले 'बेस्ट टिचर इज इनसाइड युभन्ने उक्तिको साहारा लिए। उनीभित्रको शिक्षकले भन्यो, 'आफूलाई दुःखी तुल्याएर परिवारलाई खुसी बनाउन सकिँदैन। बिहे बिन्दुसँगै गर्नुपर्छ।उनले त्यसै गरेसुरुमा आफू खुसी हुनेपरिवारलाई बिस्तारै खुसी बनाउने। 'बिन्दुले मेरो कट्टर बुबाको पनि मन जितिन्उनी छिट्टै परिवारको आत्मीय बनिन्,' उनलाई आफ्नो निर्णय क्षमताप्रति भरोसा जाग्दै गयो। 

परिवारलाई छोरो थाकखोला पस्ला भन्ने डर थियोबिन्दु नेवारी बोल्न थालिन्। नेवारी भाषामात्र बोल्ने सासूसँग घुलमिल हुन सघायो। भन्छामा थकाली खनाको प्रवेश भएनबिन्दुले नेवारी पक्वानमा आफूलाई दक्ष सावित गरिन्। दुई सन्तान जन्माएपछि परिवारमा अन्तर्जातीय द्वन्द्व पूरै समाप्त भयो। 

शाक्यकी छोरी पर्मिताले अमेरिकामा मास्टर्स गरिन्। छोराले पनि त्यहींबाट ग्राजुयट गरे। दुवै नेपाल फर्केर परिवारको व्यापारमा हात बढाएका छन्। छोरी एस होटल्समा मार्केटिङ हेर्छिन्छोरो प्रोडक्ट डेभलपमेन्टको काम गर्छन्। आफूले नेतृत्व गरेको व्यवसायमा शाक्यलाई श्रीमतीले अपरेसन डाइरेक्टरको भूमिकाबाट सघाएकी छिन्। 

'सिंगो परिवारसँगै काम गर्दा मनोटोनस हुँदैन?'

उनले यसको फाइदाबेफाइदा दुवै बताए। 

'व्यापारको स्ट्रेन्थ बढ्छ। म राम्री विदेशी केटीसँग याम्मिएँ भने पनि श्रीमतीले आँखा तर्दिनन्शंका गर्दिनन्। उनलाई व्यापारको मर्म थाहा छ,' उनले झेलेको बेफाइदा हो, 'अफिसदेखि बेडरुमसम्म गर्ने कुरा एउटै हुन्छ। घरमा पनि बोस बन्न खोज्दा कहिलेकाहीं ठाकठुक पर्छ।काम र घरमा भिन्नता देखाउन नसक्दा उनलाई छोराछोरीले पनि कचकच गर्छन्। 

केही वर्षअघिसम्म फुर्सदमा परिवारसँगै घुम्न खुब रुचाउँथे। वर्षले ५९ काट्योत्यसमा रुचि घट्दै गएको छ। 'छ जना बहिनी छन्फुर्सदमा उनीहरूसँगै पूजाआजामा निस्कन्छु। घरमै रमाइलो गर्छुराजधानीमा राम्रा मल्टिप्लेक्स बनेपछि फिल्म पनि फुर्सद कटाउने माध्यम बनेको छ,' उमेरसँगै मनोरञ्जनको परिभाषा फेरिँदै गएको उनले महसुस गरेका छन्। 'युवा छँदा डिस्को गइयोबार धाइयोकेटी जिस्क्याइयो,' ती ठाउँ बिरानो भयो भन्छन् शाक्य, 'अहिले डिस्को गए के भन्लान्! रेस्टुरेन्टमा पनि छोराछोरीको गु्रप भेटिन सक्छ।'

पुस्तकप्रति उनको उति प्रेम छैन। व्यापारमा कामलाग्ने चिज भने खोजीखोजी पढ्छन्। इन्टरनेटले पुस्तकको आवश्यकता घटाएको छ। उपन्यास उनको प्राथमिकतामा पर्दैन। 'दिनको सुरुवात पत्रिका पढेर हुन्छएक्सरसाइज पनि त्यति गरिँदैन,' उनको दैनिकी यस्तो छ, 'नौ बजेअघि नै मेनेजरहरुलाई फोन गर्छु१० बजेसम्म अपडेट हुन्छु। दिनभर अफिसको काममा व्यस्तसाँझ दैनिकजसो पार्टी पर्छ१२ नबजी सुत्ने बानी छैन।'

Leave a comment

कलिलैमा विदेशी भाषा

कलिलैमा विदेशी भाषा

आकांक्षा जोशी चाँदबाग स्कुल बाँसबारी कक्षा छ मा पढ्छिन्। त्यहाँ एक विषय चाइनिज भाषा पढाइन्छ। अन्य साथीहरूसँगै उनी पनि चाइनिज भाषा पढिरहेछिन्।‘चाइनिज भाषा सिक्दा कस्तो लाग्छ?'  उत्तर दिइन्, ‘रमाइलै लाग्छ।' आफूले...

आँसुले ल्याएको सफलता

आँसुले ल्याएको सफलता

'मेरो जीवनमा सबै कुरा छिटोछिटो भयो,' लिली थापाले मधुर आवाजमा भनिन्। १३ वर्षमै एसएलसी सकेकी उनी २८ वर्षमै तीन छोराकी आमा बनिन्। खुसीको आगमन जति छिटो भयो त्यत्ति नै छिटो उनका...

मौन आवाजहरु...

मौन आवाजहरु...

सधैँ शान्त, धैर्य र कोमल देखिन्छिन् उनी । शंकासम्म पनि लाग्दैन त्यो शालिनता भित्र उठिरहेको होला अनेकन असन्तुष्टि र बितृष्णाका छालहरु भनी । तर जब उपेक्षित, हेला गरिएका, सीमान्त पात्रहरु...

मेहनतको मेहन्दी

मेहनतको मेहन्दी

साउन सकिनै लागेको छ। महिलाहरू हातमा हरिया चुरा, गलामा पोते, हत्केलामा मेहन्दी लगाएर सजिँदै छन्। उनलाई भने अझै 'मध्य असार' छ। रामेछाप ओख्रेनीकी भक्तकुमारी मगर राजधानीमा आएको १२ वर्ष भयो।...

जीवनभर रङको सहारा

जीवनभर रङको सहारा

घरका भित्ताभरि सुन्दर चित्र झुन्डिएका छन्। कोठाभित्रको दराज किताबै किताबले भरिएको छ। कोठाको एकछेउमा गितार, अर्कोतिर क्यानभास। त्यही क्यानभासमा रङ मिसाउँदै छन्, कलाकार टेकवीर मुखिया।

भूमि जोडे, भावना तोडे पृथ्वीले

कीर्तिपुरका नेवाःहरुमा पृथ्वीनारायण शाहको आक्रमणसँग जोडिएको एउटा ज्वलन्त सामुदायिक प्रचलन (अलिखित इतिहास) कायम छ, जुन पृथ्वीनारायण र उनको राज्य निर्माणका पक्षधरहरुले भन्दै र भनाउँदै आएको भन्दा फरक लाग्छ। गोर्खालीले कीर्तिपुरमा...

पीडामाथि धोकाधडी

पीडामाथि धोकाधडी

काठमाडौं- स्थान : सोल्टी होटलको सभाकक्षमिति : असार १०, बिहानको ९:३० बजे(राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सहभागी हजारौं पाहुना। उत्साह, उमंग र परिवर्तन शंखघोषको माहोल। विदेशी पाहुनाको सदभाव र सहयोगको ओइरो, अनि...

नतानु त तानु लाग्ने हुक्का

नतानु त तानु लाग्ने हुक्का

हुक्काको हुइयाँ !!चुरोटको सर्को कहिल्यै नतानेका पछिल्लो पुस्ताका प्रायः युवाले हुक्का तानिसकेका छन्। खासमा हुक्का नेपाली संस्कृति वा पहिचान होइन। इतिहासअनुसार यसको उत्पति पाँच सय वर्षअघि पर्सियामा भएको हो। पछि...