×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Monday 16 Falgun, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

हिमाली भियग्रा पछ्याउँदै

  • आइतबार ३० असार, २०७०
  • उत्तमबाबु श्रेष्ठ
  • Be the first to comment!
(0 votes)
हिमाली भियग्रा पछ्याउँदै
सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा तीन चिनिया महिला खेलाडीले १५ सय, तीन हजार र १० हजार मिटरको दौड प्रतियोगितामा विश्व रेकर्ड राखे। उनीहरूको आश्चर्यजनक प्रदर्शनमा प्रतिबन्धित औषधि सेवनको शंका गरिए पनि परीक्षणबाट पुष्टि हुन सकेन। पछि भेद खुल्यो, प्रशिक्षकले अभ्यासको क्रममा खेलाडीलाई यार्सागुम्बा खुवाउँदा रहेछन्। त्यसपछि यसको चर्चा, खोजी, र मूल्य आकाशियो।



nepali-patro-june
विश्वबजारमा बिक्री र मूल्यको चर्चाका कारण यार्सागुम्बालाई यौनशक्तिवर्द्धक जडिबुटीका रूपमा लिइन्छ। त्यसैले यसलाई ‘हिमालयन भियग्रा’ पनि भनिन्छ। चिनियाहरूले सताब्दीऔंदेखि यसलाई दम, खोकी, फोक्सो र मृगौलाको उपचारमा प्रयोग गरे पनि अन्य थुप्रै औषधिजन्य गुण हुने गरेको अनुसन्धानले पुष्टि गरिसकेको छ। 
सुनजस्तै महँगो
केही हप्तापहिले अमेरिकी दैनिक ‘वालस्ट्रिट जर्नल’ले यार्सागुम्बाको बजार मूल्य न्युयोर्कमा प्रति औंस एक हजार (प्रति केजी ३५ हजार) डलर पर्नेबारे समाचार छाप्यो। सोही समयमा उति नै तौलबराबर सुनको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १६ सय डलर थियो। यार्सागुम्बाको ठूलो विश्वबजार चीनमा यसको मूल्य झनै बढी पर्ने बताइन्छ। हाल चीनमा प्रति केजी यार्सागुम्बालाई ६० हजार अमेरिकी डलर (करिब ५५ लाख नेपाली रुपैंया) सम्म पर्छ। यसरी तुलना गर्दा यार्सागुम्बा विश्वकै सबैभन्दा मूल्यवान जैविक सम्पदा हो। तर विडम्बना सुनजस्तै बहुमूल्य जडिबुटी पाइने नेपालका उच्च पहाडी भेगका मानिस भने देशकै सबैभन्दा गरिब छन्। 
नेपालमा कहाँ पाइन्छ 
यार्सागुम्बा नेपालको २० उत्तरी जिल्लामा पाइनेे बताइए पनि मुख्यतः डोल्पा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, रुकुम, मुगु, गोरखा, धादिङ, मनाङलगायतका जिल्लाबाट संकलन गरिन्छ। हिमाली भेगको करिब ३८ सय मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा औसत वर्षा चार सय मिमि हुने घाँसे मैदानमा यार्सागुम्बा पाइन्छ। यो नेपालका साथै तिब्बत, भुटान र भारतका उत्तरी हिमाली राज्यमा पनि पाइन्छ। संकलनको हिसाबले नेपाल यार्सागुम्बा पाइने तिब्बतपछिकै दोस्रो ठूलो क्षेत्र हो। नेपालमा संकलन गरिने यार्सागुम्बा तिब्बत, हङकङ, सिंगापुर, जापान र अमेरिकासम्म पुग्छ। विशेषगरी चिनिया मूलका मानिस बस्ने विश्वका ठूला सहरका औषधि पसलमा यसको खरिद–बिक्री गरिन्छ। प्रशोधित र कच्चा दुवै तरिकाबाट यसको व्यापार हुन्छ।
मध्यरातमै निस्के यार्सा खोज्न
डोल्पाको माझफाल गाविसमा पर्ने रूपपाटनमा जेठ ११ गतेदेखि यार्सागुम्बाको संकलन सुरु हुने भएकोले गाँउका सबै मान्छे त्यता लागिसकेका रहेछन्। दिनभर हिँडेपछि साँझपख रोलाघाट पुगियो। रोलाघाटबाट बिहानै हिँडेर रूपपाटनको तारपारे क्याम्पमा पुग्दा झमक्कै साँझ पर्यो।। राति मान्छेको हल्लाले निद्राबाट ब्युँझिएपछि थाहा भयो, संकलनकर्ताहरू राति १२ बजे नै टर्चको उज्यालोमा यार्सागुम्बा खोज्न निस्किसकेका थिए। दिउँसो संकलन गर्न छोड्दा तँछाडमछाड, झै–झगडा हुने डरले स्थानीय संस्थाले राति छोड्ने गरेको रहेछ। 
इमान्दार संकलक
माझफालको पाँचवटा पाटनमा यार्सागुम्बा पाइए पनि यहाँको मुख्य तीन ठाउँ तारपारे, ओपा, बाघडाँडामा संकलनकर्ताको क्याम्प थियो। यार्सागुम्बा संकलन गर्न साना केटाकेटीदेखि बूढाबूढीसम्म आएका थिए। तीन महिनाका दुधे बच्चा बोकेका महिलाहरू र कतिपय गर्भवती पनि आएका थिए। वैदेशिक रोजगारमा कतार पुगेर आएका थुप्रै युवक र काठमाडौंमा पढ्ने डोल्पाका विद्यार्थी पनि भेटिए। प्लस टुका विद्यार्थीले दुई परीक्षाबीचको खाली समयलाई यार्सागुम्बा संकलनमा खर्चिएका थिए। 
क्यासिनोदेखि फिल्महलसम्म
यार्सा संकलक विभिन्न समूहमा बाँडिएर बसेका थिए। त्यहाँ क्यासिनो, भट्टी पसलदेखि फिल्म हलसम्म थियो। तास खेल्नकै लागि छुट्टै छाप्रो बनाइएका थिए, जसलाई कसैले क्यासिनो नामाकरण गरिदियो। त्यही क्यसिनोमा म्यारिज, काटपत्ति, फलाँससम्म चल्थ्यो। एक लाखसम्म हार–जीतका घटना दिनैजस्तो सुनियो। कहिलेकाहीँ मान्छेहरू लंगुरबुर्जाको खालमा झुम्मिन्थे। त्यहाँ सयभन्दा तलको नोट बिरलै देखिन्थ्यो। आठ–दस हजारसम्म लंगरबुर्जामा थापेको दृश्य जीवनमा पहिलोपटक त्यस्तो विकट पखेरामा देख्दा हामी एक–आपसमा मुखामुख गर्थ्यौं।
यार्सा संकलकलाई फिल्म देखाउन कसैले २१ इन्चको रंगीन टिभी, डेक र सोलार प्यानल फिट गरेको थियो। त्यसैमा नेपाली फिल्म र टेली सिरियल देखाइन्थ्यो। भिरालो जमिनमा त्रिपालले बारेको त्यो स्थानलाई स्थानीय 'फिल्म हल' भन्थे। एउटा फिल्म हेरेको प्रतिव्यक्ति दुई सय रुपैयाँ लिइन्थ्यो। भट्टी पसलमा बियरको बिक्री मूल्य पाँच सय थियो। लोकलको दुई सय ५०। साना–ठूलाको हातमा मोबाइल थियो। यार्सागुम्बा संकलन गरेर आएपछि बेलुकी लामो समयसम्म उनीहरू कुरा गरिरेहका भेटिन्थे। दिउँसोचाहिँ संकलन गर्दै मोबाइलमा भरिएको गीत सुन्थे। सोलारबाट मोबाइल चार्ज गरेको दुई सय तिर्नुपर्थ्यो। 
न्युयोर्कको चाइना टाउनमा प्रति औन्स एक हजार डलर पर्ने यार्सागुम्बा प्रतिगोटा तीन सय रुपैयाँमा बिक्री हुँदा पनि मान्छेहरू दंग थिए। डोल्पा जिल्ला वन कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लाबाट चार सय ७४ केजी यार्सागुम्बा ४७ लाख राजस्व तिरेर निकासी भएको रहेछ। डोल्पाबाट निकासी भएको यार्सागुम्बाको मूल्य न्युयोर्कको भाउमा हाल करिब एक अरब २९ करोड रुपैयाँ पर्ने रहेछ। डोल्पालाई न्युयोर्कसँग कहिले जोड्ने होला? 
घट्दै छ यार्सा
केही समययता डोल्पामा यसको संकलन घट्दो छ। संकलकहरूलाई यो स्रोत मासिने र जीविका नै धरापमा पर्ने पीरले सताएको छ। हाम्रो सर्वेक्षणअनुसार, सन् २००६ मा प्रतिव्यक्ति प्रति सिजन सरदर यार्सागुम्बा संकलन दुई सय ६७ गोटा हुन्थ्यो भने सन् २०१० मा उक्त संख्या घटेर एक सय २५ गोटामा सीमित हुन पुगेको छ। विगत पाँच वर्षको प्रतिव्यक्ति संकलनको अवस्था हेर्दा प्रतिसंकलनकर्ताले प्रतिवर्ष ३२ गोटाले कम यार्सागुम्बा पाइरहेका छन्। यसबाट एक संकलनकर्ताको आम्दानी विगत पाँच वर्षमा वार्षिक छ देखि नौ हजारसम्म कम भएको छ। संकलनकर्ता धेरै भएर प्रतिव्यक्ति संकलनमा ह्रास आएको पनि हुनसक्छ तर समग्र संकलन परिमाण नै कम भएको पाइएको छ। व्यापारीहरू माग बढी भएको तर आपूर्ति कम भएको बताउँछन्। अत्यधिक र अव्यवस्थित संकलन, समय अगावै गरिने संकलन, अधिक चरिचरन, यार्सागुम्बाका लागि चाहिने पुतली–झुसिल्किराको कमी, जलवायु वा भू–उपयोगमा आएको परिवर्तनको असरका कारण यसको संकलन घटेको हुनसक्छ। 
लेखक युनिभर्सिटी अफ म्यासेचुसेट्का पिएचडी शोधकर्ता र हार्वर्ड विश्वविद्यालयका अनुसन्धान सहायक हुन्।

के हो यार्सागुम्बा

तिब्बती भाषामा यार्चागुन्वु अर्थात् ‘वर्षायाममा घाँस, हिउँदमा किरा’ भनिए तापनि तिब्बती भाषाको शाब्दिक अर्थजस्तो यार्सागुम्बा ‘घाँस’ र ‘किरा’ भने होइन। वैज्ञानिक वर्गीकरणमा ढुसी वर्गमा राखिएको र वैज्ञानिक भाषामा 'ओफिकोर्डिसेप्स साइनेन्सिस' भनिने यार्सागुम्बा ढुसी र झुसिल्किराको मिश्रित रूप हो। बजारमा पाइने यार्सागुम्बाको आधा भाग झुसिल्किराको मृत शरीर हो, आधा भाग झुसिल्किरालाई संक्रमित गर्ने ढुसीको डाँठ। 
यसको मूल्यमात्रै आकर्षक छैन, यसको जीवनचक्र पनि निकै रोचक छ। अहिलेसम्मको वैज्ञानिक अनुसार, ‘लेपिडेप्टेरा’ जातको पुतलीको लार्भा वा झुसिल्किरा 'ओफिकोर्डिसेप्स साइनेन्सिस' भनिने परजीवी ढुसीको विजाणुको सम्पर्कमा आएपछि संक्रमित हुन्छन्। माटोमुनि बस्ने संक्रमित झुसिल्किराको शरीरभित्र ढुसीको रेशादार शरीर बढ्दै जान्छ र बिस्तारै त्यो मर्छ। मरेको झुसिल्किराको टाउकोपट्टिबाट ढुसीको विजाणु उत्पादन गर्ने डाँठ पलाउन थाल्छ र त्यो जमिनमाथि आउँछ। यो प्रक्रिया वातावरणको तापक्रम औसत एक डिग्री बराबर भएपछि अर्थात् हिउँ पग्लिएपछि सुरु हुन्छ। सोही समयमा संकलन गर्ने मानिसले जमिनभन्दा माथि आएको करिब एकदेखि चार इन्चसम्मको स्पोरेन्जियमलाई देखेपछि त्यसैसँग जोडिएको जमिनमुनि गाडिएको झुसिल्किरासहित उखेलेर संकलन गर्छन्। त्यसलाई सफा र ओभानो पारेर बिक्री गर्छन्।

Leave a comment

लक्ष्य सरकारी जागिर

काठमाडौं शंखरदेव क्याम्पसअगाडि विद्यार्थीको हुल प्रायः टुट्दैन । कोही क्याम्पस पढ्छन् त कोही विभिन्न इन्स्टिच्युट । बाहिर हुने होहल्ला र विद्यार्थी गफभन्दा पर गल्लीभित्र रहेको एपेक्स इस्न्टिच्युटले भने सरकारी जागिरे...

धराने दादा कविहरू

धराने दादा कविहरू

धरानको अमरहाटमा म एकाएक हराएँ। झन्डै एक घन्टा ल्वारल्वार हिँडेपछि। त्यो पनि बम दाइकै गेटमा पुगेर। दुइटा गेट रैछन् घडेरीको दुईपट्टिबाट। कताबाट छिर्ने– अलमलमा परेँ। र, त्यहाँ हराएँ।

पत्तै नपाई पैसा गायब

पत्तै नपाई पैसा गायब

पहिले पैसा लुट्न भौतिक आक्रमण गर्नुपर्थ्यो, अहिले कोठामै बसेर अपराधीले संसारभरको पैसा लुट्न सक्छ। पहिले एकजनाले अपराध गर्दा पीडित हुने एक–दुईजना मात्रै हुन्थे। अहिले हजारौं पीडित हुन्छन्। अपराध गर्नलाई ठूलो...

सपनाको अस्थिपञ्जर

सपनाको अस्थिपञ्जर

अचेल मेरा सपनाहरु धूमिल हुँदै गइरहेका छन्। सपनाको शिखर–वृत्तमा उल्लासमय ढंगले रमाउनेहरुका लागि यो जति दुःखद्, निर्मम र कटु विषय अरु केही पनि हुन सक्दैन।

एक्लो विश्वनाथ

एक्लो विश्वनाथ

विश्व–संसार। नाथ– मालिक। विश्वनाथ– संसारको मालिक। तर संसार उसको होइन; न कहिल्यै हुन्छ; न कहिल्यै भयो। जहाँ टेक्छ उही उसको संसार। जहाँ फूल फुल्छन् उहीं उसको मुस्कान। संसारको मालिक विश्वनाथ...

जोखिम व्यवस्थापनका निरुत्तरित प्रश्न

जोखिम व्यवस्थापनका निरुत्तरित प्रश्न

विश्वकै कान्छो पर्वतमालाको मध्य भागमा अवस्थित नेपालले पर्वत बन्ने र खिइने प्रक्रिया, मौसमी प्रभावसाथै भौगर्भिक प्रक्रियाको संयुक्त असर भोग्नुपरेको छ। त्यसमाथि आर्थिक–राजनीतिक गतिशीलताको अवरोध र तज्जन्य गरिबी, भोक, अशिक्षाको प्रभावले...

पहिलो र अन्तिम प्रेमीलाई

तिम्रो र मेरोजस्तैउहिले उहिले माई र तमोरको मायापिरती थ्यो' रे।

पर्यटकलाई पारिवारिक माया

पर्यटकलाई पारिवारिक माया

मुलुकभर होमस्टेको लहर चलेको छ। पर्यटकलाई गाउँलेकै भान्छामा खानपिन गराएर घरमा बसाइन्छ। त्यसैले होटलभन्दा सस्तो हुन्छ। मायालु वातावरण पाइन्छ।