Friday 10 Bhadra, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

केदारनाथको शिर डोलेश्वर

(0 votes)
केदारनाथको शिर डोलेश्वर
डोलेश्वर महादेव भक्तपुरको सिपाडोल गाविसमा पर्छ। काठमाडौंबाट अरनिको राजमार्गमा करिब १५ किमि गएपछि भक्तपुरको जगाती भन्ने ठाउँ आउँछ, त्यहाँबाट करिब ४ किमि दक्षिण पूर्वमा डोलेश्वर मन्दिर छ। बाटो सानो र कच्ची हुँदा साना सवारी साधनलाई बर्सात्मा अलि गाह्रो हुनसक्छ। समग्रमा त्यहाँसम्म पुग्न त्यति गाह्रो छैन। सार्वजनिक सवारी साधनबाट जाँदा भने जगातीको केदारनाथ चोकबाट हिँड्नुपर्छ।
काठमाडौंका देवालय, शिवालयको धेरै प्रचार भइसक्दा पनि प्राचीन र अत्यन्त पवित्र डोलेश्वर पुण्य भूमिबारे धेरैलाई थाहा थिएन। यसो हुनुमा पनि कारण छ, किंवदन्तीअनुसार महाभारतको युद्धपछि पाण्डवहरू स्वर्ग जान लाग्दा केदारनाथको दर्शन गर्न गए, तर भगवानले आफ्ना सन्तान नाश गरेर आएका भनी उनीहरूलाई दर्शन दिन चाहनुभएन। भगवानले त्यसपछि राँगो रूप धारण गरी त्यहाँबाट भाग्न खोज्दा भीमले पुच्छर समाते, शिर भने उछिट्टियो। कलियुगमा गएर त्यो शिरबारे जानकारी हुने विश्वास भएअनुसार अहिले पत्ता लागेको मानिन्छ। त्यो शिर नै डोलेश्वर भएको मान्यता छ। त्यसैले यसलाई भारतको उत्तराखण्डस्थित केदारनाथजीको शिरोभाग पनि भनिन्छ। 
हालै भारतको उत्तराखण्डमा बाढीले धेरै भाग र मठ मन्दिर विनाश गर्दा पनि केदारनाथ मन्दिरलाई केहि भएन। जबसम्म भगवानको शिरको मन्दिरलाई केही हुन्न तबसम्म केदारनाथ मन्दिरलाई केही नहुने विश्वास लिइएको छ। यसै कारण पनि केदारनाथको पूजा नियमित नहुँदासम्म भक्तपुरको यही मन्दिरमा केदारनाथका मुख्य पुजारीको अनुरोधमा केदारनाथको नियमित पूजा भइरहेको छ। 
२००९ को अगस्टमा केदारनाथ पीठका मुख्य पुजारी श्री १००८ जगत गुरु भीमाशंकरले मन्दिरको मुख्य द्वारमा रहेको शिलालेख अनावरण गरी यो मन्दिर नै केदारनाथको शिर भएको पुष्टि गर्नुभएको थियो। त्यही बेला उहाँले मन्दिरमा रुद्राभिषेक पूजा सुरु गर्नुभएको थियो।
गुम्बज शैलीमा बनेको डोलेश्वर मन्दिर आकर्षक छ। यसलाई विमलेश्वर र सिपारे महादेव पनि भनिन्छ। मन्दिरभित्र सादा ठूलो शिवलिंग छ। छेउछाउमा धारा, घन्ट र अन्य कलात्मक वस्तु छन्। शिवरात्रि र बालाचतुर्दशीका अवसरमा यहाँ श्रद्धालुको भीड लाग्छ। साउन महिनाभर डोलेश्वरमा जल चढाउन भक्तहरूको घुइँचो हुन्छ। 
मन्दिरबाहिर फूलपाती र खाजा बेच्ने स–साना पसल छन्। मन्दिर परिसरमा धारा, भजन घर आदि छन्। धेरै भौतिक पूर्वाधारका काम हुन बाँकी छ। सरकारी र निजी स्तरमा गुरु योजनाअनुसार काम सुरु भइरहेको छ। 
अरनिको राजमार्गको केदारनाथ चोकबाट मन्दिरसम्म पुग्ने बाटो त्यति राम्रो नहुनु, ठाउँ–ठाउँमा दुई वटा सवारी सधान पास हुन गाह्रो हुनु, मन्दिरसम्म सार्वजनिक सवारी साधन नचल्नु अनि वरपर भौतिक पूर्वाधार विकासमा कमीले तीर्थयात्रीलाई असुविधा पुग्ने देखिन्छ। मन्दिरबारे जति प्रचार हुँदै जान्छ त्यति नै तीर्थयात्री संख्या बढ्ने भएकाले चाँडै पूर्वाधार विकासमा जोड दिन जरुरी देखिन्छ।

Leave a comment

पीडामा विस्थापित महिला

महाभूकम्पबाट विस्थापन हुनेहरूको पीडा फरक छन् । यही फरक पीडा भोग्न बाध्य भीमढुंगा–५ गोरेगाउँकी कमला भट्टराई भने मासिक रक्तश्रावबाट चिन्तित छिन् । गएको मंगलबार फेरि आएको ठूलो पराकम्पनकै दिन उनको...

क्रिकेटर कविका सपना

क्रिकेटर कविका सपना

धुवाँको पनि धागो हुन्छ र? हुँदैन। फ्याट्टै जवाफ दिइहाल्नु कहिलेकाहीँ गलत हुन्छ। केहीबेर सोच्ने हो भने प्रश्नसँग सहमत हुने ठाउँ प्रशस्तै छन्। किनकि, निरज भट्टराईका हरेक कविताले सोच्न बाध्य गराउँछन्।

धौलागिरिमा... सके गुन तिरौंला नत्र फिरिमा

धौलागिरिमा... सके गुन तिरौंला नत्र फिरिमा

पहाडी भेकतिर जाँदा बिउँझने वित्तिकै झयालको पर्दा खोल्छु म। बाहिर हेर्छु, हिमाल खुल्यो कि भनेर। त्यो बिहान डाँडामाथि हिमाल टल्कियो। घाम उदाउन बाँकी नै थियो। बाहिर निस्कें क्यामेरा बोकेर।गुरिल्ला (शुरेन्द्र...

चुलोचौकोबाट निस्केर विद्रोह

चुलोचौकोबाट निस्केर विद्रोह

नेपाली महिला घरबाहिर कमै निस्कन्थे। राजनीतिमा, त्यो पनि भूमिगत। पूर्णकुमारी सुवेदीले यो चुनौती उठाइन् र पहिलो संविधानसभामा उपाध्यक्ष/उपसभामुखसम्म बन्न सफल बनिन्। महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता रहेको समाजबाट विद्रोह...

भीडभन्दा पर एउटा कवि

भीडभन्दा पर एउटा कवि

हल्लाको बजारबाट टाढा बसेर राष्ट्रका निम्ति कविताका बलिया सिँढी थप्दै गरेका, कविहरूको भिडमा लरतर नभेटिने, चलनचल्तीका मिडियाले फुर्सद मिलाएर नदेख्ने–नभेट्ने, पूर्वी पडाड खोटाङको एक विकट गाउँमा बसेर कविता कोलाजमा अलिकति...

ज्ञानको खोजी

ज्ञानको खोजी

शरीरलाई रिफ्रेस गर्न र केही सिक्न हामी घुमफिरमा निस्कन्छौं। भ्रमणको क्यालेन्डर बनाएको त छैन। तर, वर्षमा एकचोटि परिवारै लामो यात्रामा निस्कन्छौं। कामको सिलसिलामा पनि धेरैतिर पुगिन्छ। काठमाडौं, पोखरा, जनकपुर, मनकामना,...

जहानियाँ पुँजीवादको विपक्षमा

‘आँधीबेहरी जस्तै गरी आएको यो अर्थशास्त्रको किताब हो, द इकोनोमिस्टले थोमस पिकेटीको ‘क्यापिटल इन द ट्वेन्टी फस्ट सेन्चुरीलाई यसरी चिनाएको छ।

सुशीलदा'को डायरी

‘मनको बह कसैलाई नकह' भन्ने उखान नै छ। कहने साथी कोही नपाएपछि कहिलेकाहीँ डायरी लेख्ने इच्छा हुन्छ। आफैं लेख्यो, आफै पढ्यो, अनि खोपामा थन्क्यायो। ईश्वरले गरेको सबैभन्दा गजप डिस्कभरी सायद...