Sunday 2 Mangshir, 2075 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

'मेरो दोस्रो अम्मल कविता'

(0 votes)
'मेरो दोस्रो अम्मल कविता'
तराईमा जारी आन्दोलन त्यसमा पनि डेढ महिनादेखिको बन्दले थलिएको विराटनगर। नारा–जुलुस, झडप र ढुुंगामुढा छल्दै एउटा चिया पसलको तीन तलामाथिको छतमा जुट्यौं हामी। संयोग पनि कस्तो परेछ भने, अन्तर्वार्ता गर्न बसेकै दिन कवि सुमन पोखरेलको जन्मदिन परेछ। ठिक असोज ५ बाट उनले उमेरको ४७औं नदी पार गरे। उनलाई जन्मदिनको शुभकामना अर्पण गरेपछि सुरु भयो, अन्तरंग कुराकानी।

nepali-patro-june
कवि सुमन पोखरेलेको पुरानो थातथलो धनकुटाको कचिडे। जानकारहरू कचिडे भन्नासाथ पढेलेखेका, बुद्धिजीवीहरूको गाउँका नामले चिन्छन्। परिवारको विराटनगर बसाइँसराइपछि उनी यहीँ जन्मे, जेठो सन्तानको रूपमा। उनको परिवार समाजमा राम्रो परिवार मानिन्थ्यो। बुबा मुकुन्दप्रसाद पोखरेल पेसाले इन्जिनियर, आमा समाजशास्त्रमा बिए गरेकी। उनलाई पढ्न लेख्न समस्यै भएन। चाहिनेजति स्वतन्त्रता थियो। उनले त्यसको उपयोग गरे।

कखरा पढ्न उनी विराटनगरकै बालमन्दिरमा भर्ना भए। पछि तीन कक्षा पढ्न कचिडे पुगे, सरस्वती स्कुलमा नाम लेखाए। उनी राम्रै विद्यार्थीमा पर्थे, कक्षामा जहिल्यै फस्ट नहुने, सेकेन्ड पनि नहुने। आलापालो फस्ट–सेकेन्ड हुन्थे। उनी सानैदेखि फिरन्ते टाइपका परेछन्, एउटै स्कुलमा टिकेनन्। चार कक्षा पढ्न गाउँकै अर्कै स्कुलमा पसे। आठ कक्षा पढ्न विराटनगरै आइपुगे। भाइ–बहिनीले भेट्लान्–जित्लान् भन्ने थिएन, सबै एउटै कक्षामा पढ्थे।

कवि–लेखक बन्छु भन्ने सपना च्यापेर कवि बनेका होइनन्, सुमन। पारिवारिक माहोलले उनलाई अक्षरहरूसँग खेल्न सिकायो। उनको काव्यिक जिन्दगीको मुना घरकै आँगनबाट पलाएको हो। हजुरआमा खुबै अखबार पढ्ने। समाचारका शीर्षकबाहेक आँखाले अरू अक्षर छिचोल्न सक्दैन थिए। हजुरआमाका लागि उनी समाचार वाचकको काम गर्थे।

विराटगरबाटै एसलसी पास गरे सुमनले, २०४० सालमा। एसएलसीमा भने उनको फस्ट हुने पालो परेनछ, सकेन्ड डिभिजनमै चित्त बुझाए। उच्च शिक्षाका लागि मोरङ कलेज रोजे। आइएससी–बिएससी पास गरे। एमबिए गर्न काठमान्डू हानिए। 'शंकरदेव क्याम्पस पढ्दै गर्दा मन बरालिन थाल्यो, बिएलमा भर्ना भएँ। पछि अर्थशास्त्र पनि पढिहेरँ, तै पार लागेन,' उनी सुनाउँछन्, 'क्याम्पस धाउँथे, तर परीक्षा आउँदा फरार हुन्थेँ।'

०००

कवितासँगको प्रेम कहिलेबाट सुरु भयो भन्नेबारे सुमन आफैंलाई पनि ठ्याक्कै थाहा छैन। उनी आदर्श स्कुलबाट पत्रिका चलाउँथे, ०३८ सालतिर। सायद त्यही बिन्दुदेखि नजिकिएका हुन्, कवितासँग। ०४० तिर उनलाई सम्भि्कनेगरी कविता लेखेको याद छ। केही कविता त्यति बेलै छपाए पनि। कवितामा लागेर छोराले पढाइ बिगार्छ भन्ने चिन्ताले बुबाआमालाई कहिल्यै पोलेन। बरु, ऊर्जा दिइरहन्थे लेख्नका लागि। 'मेरो लेखनको पहिलो प्रेरणा मेरो परिवार नै हो,' उनी भन्छन्, 'घरबाट हरेकपटक पत्र लेख्दा बुबाआमाले लेख्नचाहिँ नछाड्नू है भनेर सम्झाइरहुन्थ्यो।'

केशव रिजाल, नाताले उनका मामा। व्यवहारले दौंतरी। उमेरले एक वर्षको फरक, पढाइ सँगै। कुनै बेला यस्तो पनि जमाना थियो, सुमन र उनका मामा विराटनगर बजारलाई दिनैपिच्छे फन्को मार्थे, कविताका लोकल यायावर बनेर। हरेक दिन कुनै जक्सनमा दुई जना भेटिनु र समयतालिका बनाएर बरालिनु उनीहरूको दैनिकी थियो। अरू साथीभाइ भेट्ने, कविता सुनाउने, गफ चुट्ने र चुरोट तान्ने गौंडा बेग्लाबेग्लै थिए। ती सबै गौंडामा भेटिने साथीभाइ हुन्थे। ०५०/५१ तिरको त्यो समय सुमन खुबै 'मिस' गर्छन्।

दिवंगत कवि कृष्णभूषण बल विराटगरमै थिए। तर, उनी चिन्दैन थिए। ०५५/०५६ सालतिरको कुरा हो, सडकमा लुखुरलुखुर हिँडिरहेका बेला कसैले 'उः ती नै हुन् कृष्णभूषण भनेका' भन्दै रिक्सामा सवार व्यक्तिलाई देखायो। त्यसैताका परशु प्रधानसँग उनको चिनजान भयो। कवितासँगको संगत यसरी बढ्न थाल्यो कि, प्रधानले उनलाई कविता देखाउन अनुरोध गरे। सुमनले नाक खुम्च्याउँदै कविता देखाए। प्रधान पनि के कम, भर्खर कविता लेखिरहेको तन्नेरीलाई सिप हालेर फुर्क्याइदिए। तुरुन्तै उनको कवितासंग्रह छापियो, 'शून्य माटोको धड्कनभित्र'। किताबको घुम्टो कृष्णभूषणबाटै उघारियो।

सुमन मनका मर्जी लाग्छन्। कुनै पनि काम मन पर्दासम्म गर्ने। तर, बाध्यता वा अरू शीर्षकमा नगर्ने। जागिर र पैसाले उनको जीवनमा खासै महŒव राखेन। हातमा योग्यताका कागजात बोकेर जागिरको खोजीमा हैरान हुन्जेल भौंतारिएनन् पनि। बरु, सजिलै पाएको जागिरलाई पनि छुट्टाराम गरिदिए।

अरू त अरू, सरकारी जागिरलाई पनि उनले बाल दिएनन्। २७ वर्षको उमेरमा स्वास्थ्य मन्त्रालयअन्तर्गत सेक्सन अफिसरमा नाम निकालेका थिए, सुमनले। बिहान आठ बजेदेखि दिउँसो दुई बजेसम्म छ घन्टाको जागिर थियो उनको। पहिलो दिन कार्यालय गए, आठ नबजी कार्यालय पुगे। तर, कार्यालय १० बजेमात्रै खुल्यो। उनको दुई घन्टा जागिर घटिहाल्यो। अरू साथीभाइ १२ बजे कार्यालय पुग्थे, पछि उनलाई पनि त्यही बानी लाग्यो। जागिर दुई घन्टामा झर्योू। 'यस्तो जाबो जागिर के जागिर' भन्दै उनी जेलजस्तो लाग्ने साँघुरो कोठा, टेबुल–कुर्सी, कागजपत्र र हाकिमका राताराता आँखाको घेरा नाघेर हिँडे।

सुमन एक फिरन्ते कवि हुन्। एकै ठाउँमा बसिरहन नसक्ने, डुलिरहनुपर्ने। उनको हकमा पढाइ र जागिर पनि उस्तै बन्यो। उनलाई न कहिल्यै धेरै पढ्ने र ठूलो मान्छे हुने सपनाले सतायो, न सरकारी जागिरको मोहले अल्झायो। जे जसरी हुन्छ, आफ्नो मर्जीअनुसार जिन्दगी बाँचे, बाँचिरहेका छन्। 'त्यो सरकारी जागिर त मेरा लागि कुवासरह थियो, बढुवा भएर माथिल्लो तहमा जाने ठाउँ थिएन, न काममै मज्जा थियो,' उनी जागिरप्रतिको वितृष्णा सुनाउँछन्, 'त्यही जागिरमा झुन्डिइराखेको थिएँ भने म आजको म कहाँ हुन्थेँ र!'

०००

सिधा हिसाबमा हेर्दा सुमन पोखरेल एक होलटाइमर कवि हुन्। भलै, देशका अरू होलटाइमर कविको सूचीमा उनको नाम चढिसकेको छैन होला। यद्यपि, उनी 'मोफसल'मात्रै नभएर देशकै कविताको एउटा अग्लो टाकुरा हुन् भन्न मन लाग्छ। अतः उनका नाममा यति झरिला शब्द खर्चिंदा अरू कविको दिमाग रन्थनिन पनि सक्छ, त्यो पनि ठिकै छ।

जीवनको यो छेउमा कविताबाहेक सुमनको अरू दैनिक कार्यसूची छैन। उनलाई १० बजे अफिस पुग्नुपर्दैन, हाकिमलाई कसरी खुसी बनाउने भन्ने चिन्ता त छँदै छैन। उनी जहाँ छन्, निर्बाध कवितामै छन्। कविताभन्दा पर उनलाई अलमल्याउने अरू अम्मल छैन। 'जीवन मेरो पहिलो अम्मल हो,' उनी कविताप्रतिको कन्पि्कडेन्स् सुनाउँछन्, 'कविता दोस्रो अम्मल हो, चिया–चुरोट तेस्रो।'

बहुभाषी कवि हुन्, उनी। उनी नेपाली कवितालाई अंग्रेजी, हिन्दी, उर्दू, बंगाली भाषामा अनुवाद गर्छन्। उर्दू र हिन्दीमा कविता लेख्छन्। अरू भाषामा पनि उनको दखल छ। उर्दूमा लेखिएका गजलको त पाण्डुलिपि नै तयार छ। उनले त्यसलाई जुनसुकै बेला प्रकाशनमा ल्याउन सक्छन्। अरू भाषा जान्दाको फाइदा उनले भरमग्दुर उठाएका छन्। नेपाली कविताको झ्यालबाट अरू भाषाका कविता नियाल्न सक्छन्। विश्व बजारमा कवितामा के लेखिँदैछ, ती कविताको स्वर कस्तो छ भनेर ठम्याउन सक्छन्।

०००

कतिपय कवि कविता यस्तो हुनुपर्छ र त्यस्तो हुनुहुँदैन भन्ने शीर्षकमा छलफल गर्छन्, चिया पसलमा। तर, सुमनको यसमा फरक मत छ। वास्तवमा कविता कस्तो हुनुपर्छ र कस्तो हुनुहुँदैन भन्नेबारे कुनै मानकै नहुने दाबी छ उनको। बरु, कविता भनेर लेखिएका सबै चिज कविता हुन्–होइनन्, कवितामा के लेखिएको छ भन्ने कुराचाहिँ मुख्य हुने मत छ उनको। 'हामीकहाँ कवितामाथि अनावश्यक केरकार गरिन्छ, त्यो आवश्यकै छैन,' उनी थप्छन्, 'जसले जे लेखे पनि नयाँ शैलीमा आउनुपर्यो , कवितामा आविष्कार हुनुपर्योर, ताकि मान्छेले धेरै पर पुगेर पनि कवितालाई फर्किएर हेरून्।'

सर्वत्र सुनिन्छ— नेपाली कविता विश्वबजारमा पुगेका छैनन्। अथवा, पुग्ने सामर्थ्य राख्दैनन्। यस्ता मरन्च्याँसे कुरा गरिरहँदा हामीकहाँ कविताको 'प्राक्टिस'चाहिँ कस्तो छ भनेर सोच्दैनौं। हामीलाई कवि र कवितामाथि जथाभावी टिप्पणी गर्ने फुर्सद छ, तर आफ्ना कमजोरी जानाजान छोप्छौं। धेरै टाढा नजाऔं, दक्षिण एसियालाई नै हेरौं। त्यहाँको लेखन, पठन, प्रकाशन र कवितामाथिको 'प्राक्टिस' यति भव्य छ, हामीकहाँ त्यस्तो असल संस्कार बसेकै छैन।

विदेशतिर कविता छाप्ने निश्चित आधार हुन्छन्। कविबाट कविता मागिन्छन्। प्राप्त कवितामाथि चरण–चरणमा सम्पादक टिमले विमर्श गर्छ। वाचन गर्छ। तबमात्रै कविता छाप्ने–नछाप्ने टुंगो लाग्छ। त्यस मामिलामा सम्पादक स्वतन्त्र र अधिकारसम्पन्न हुन्छ। छापे सकिहाल्यो, नछापे यस कारणले नछापिने भो भनेर 'भद्र रेस्पोन्स' गरिन्छ। तर, हामीकहाँ त्यस्तो छैन। जस्तोसुकै होस्, हामीकहाँ मागेपछि छाप्नैपर्छ। नत्र, 'धेरै कुरा' बिग्रन्छन्।

माने पनि–नमाने पनि हाम्रो कविताको बजारै अव्यवस्थित छ। कवि हदै निरंकुश छन्। कविता छाप्ने सम्पादक प्रभावमा कविता छाप्छन्। कुनै कविता छाप्नुअघि त्यो कविले कुनै बेला मधुशालामा दारुपानी खाएको बिल तिर्योप कि तिरेन, कतै भेट्दा नमस्ते ठोक्यो कि ठोकेन, ऊबाट कुनै स्वार्थ पूरा गर्न सकिएला कि नसकिएला भन्ने कुरा मापदण्ड बनिदिन्छन्। 'हामीकहाँ राम्रा कविता अत्यन्तै थोरै छापिन्छन््,' सुमन तितो यथार्थ बोल्छन्, 'फाल्तु सम्बन्ध र वैयक्तिक कुरा बढी छापिन्छन्, कविताका नाममा गैरकविताले बजार पिट्छन्।'

हामीकहाँ कविकै कारण कविताको गुणस्तर कायम हुन नसकेको गम्भीर आरोप छ सुमनको। यदि कवितामाथि कसैबाट खतरा छ भने त्यो कविहरूबाटै छ। कविता छाप्ने सम्पादकहरूबाटै छ। असलमा कवि र कविता छाप्ने सम्पादक जिम्मेवार नहुँदासम्म कविताको गुणस्तर बढ्ने कुरा गफमात्रै हुने तर्क छ उनको। 'हाम्रा कविलाई मलामी बढाउनुछ, उनीहरू पछाडि ठूलो पुच्छर बनाएर हिँड्न चाहन्छन्,' सुमन कविको उपस्थितिमाथि खरो टिप्पणी गर्छन्, 'यहाँ कविताकै खुट्टी टेकेर हिँड्ने कवि भेट्टाउन मुस्किल छ।'

०००

समकालीन नेपाली कविता पुरानै ट्रेन्डबाट अघि बढिरहेको छ। यद्यपि, कविताका मुद्दा र प्रवृत्ति केही बदलिएका छन्। तर, कवितालाई नयाँ ट्रेन्डमा हिँडाउन यति नै पर्याप्त भने छैन। कवितामा जे हुनुपर्ने त्यही कुरा कविताबाट अलग्गिएको छ। समकालीन कविताले बोकेको मुद्दा हेर्ने हो भने ती राजनीतिद्वारा प्रशिक्षित कविता बढी छन्। त्यस्ता कवितामा कविताको असली भाषा र सौन्दर्य छोपिएको छ। 'अहिलेका कवितालाई राजनीतिले लिड गरेको छ,' सुमन भन्छन्, 'यी उत्पादनमूलक कविता हुन्, यिनीहरूको आयु लामो हुँदैन।'

सुमन एक उन्नत कवि त हुँदै हुन्, उनी कुशल अनुवादक पनि। अहिले देशभित्रभन्दा देशबाहिर उनको कविताको दायरा फैलिँदै गइरहेको छ। लेखनभन्दा अनुवादमा बढी समय खर्चन्छन् उनी। अनुवादमा अहिले पनि उनी खास काम गर्दैछन्। अरू भाषाबाट नेपालीमा अनुदित कवितासंग्रह प्रकाशनको अन्तिम तयारीमा जुटेका छन् उनी।

भन्नेहरू भन्छन्— हामीकहाँ अनुवादको भर हुँदैन। अनुवादमा कुशल हातहरू छैनन्। अनुवाद गरिएका कविता कुनै न कुनै रूपमा लंगडो बनिदिन्छन्। कति अनुवादक अनुवादका नाममा कवितालाई जोक्स बनाइदिन्छन्, कतिले कविताकै हुर्मत लिइदिन्छन्। त्यसले अनुवादप्रतिको विश्वासमै पहिरो चलाइदिन्छ। 'कविताको अनुवाद गर्नु भनेको शब्द विनिमय गर्नुमात्रै होइन,' सुमन भन्छन्, 'यो भावानुवाद हो, कविताको दृश्य र संगीतलाई अर्को भाषामा निर्माण गर्नु हो।'

कवि सुमन पोखरेल थुप्रै विदेशी कवि/अनुवादकसँग जोडिएका छन्। उनीहरूसँग निरन्तर संवादमा छन्। कविताका पक्षमा मिलेर सँगै काम गरिरहेका छन्। त्यसो त विदेशी पत्रपत्रिका र प्रतिष्ठित काव्य पोर्टलहरूमा उनका कविता पनि छापिइरहेका छन्। अहिलेसम्म ३० भन्दा बढी कविता/अनुवाद विभिन्न देशका पत्रपत्रिकामा प्रकाशित छन्। कविताले विदेशी सम्पादकसँग उनलाई जोडिदिएको छ। त्यो नेटवर्क बढ्दो छ। सार्कस्तरीय कवि गोष्ठीमै उनी आठपटक सहभागी भइसके। दुईपटक त अवार्ड नै पड्काए।

नेपाली कविता कमजोर छन् भन्नेसँग सुमनको मत मिल्दैन। उनका बुझाइमा सार्कस्तरीय कविताको अवस्था हेर्ने हो भने नेपाली कविता अब्बल छन्। यहाँको आख्यानले बाहिरको आख्यानसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाउन अझै धेरै समय लाग्ने भए पनि कविता त्यो अवस्थामा पुगिसकेको जिकिर छ उनको। यत्ति हो, यहाँका कवितालाई विश्वबजारमा लैजान आवश्यक छ। त्यसको माध्यम भनेको अनुवादै हो।

कविताको गुणस्तर कसरी नाप्ने? के आधारमा श्रेणी छुट्याउने? कस्ता कवितालाई राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तका मान्ने? कवितामा केके भयो भने विश्वस्तरका हुन्छन्? यी सबाल सुमनका लागि वाहियात हुन्। यसमा उनको विचारणीय तर्क छ। यहाँको राजनीतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक पहिचान विश्वसामु पुगेको छ कि छैन, अथवा हाम्रो देशको भौगोलिक, प्राकृतिक विविधताबारे विश्व कति जानकार छ भन्ने कुराले यो विषय निर्भर गर्ने धारणा राख्छन् उनी। 'कविता विश्वस्तरीय हुने र नहुने भन्ने कुरै हुँदैन,' सुमन भन्छन्, 'अन्तरदेशीय पहिचान र यसको आपसी विनिमय कस्तो छ भन्ने कुराले कविताको परिधि निर्भर गर्ने हो।'

विराटनगरमा एउटा अघोषित अभियान छ, 'सिर्जनविन्दु'। इटहरी बस्दा जन्माएको अभियान अहिले उनीसँगै विराटगर सर्योत। विराटनगरमा कवि–लेखक गफिने आधा दर्जनजति चिया पसल छन्, जहाँ चोक फेरीफेरी कवि–लेखक जुट्छन्। र, कवितामाथि छलफल चलाउँछन्। कवि सीमा आभास, ज्योति जंगलदेखि नयाँ पुस्ताका धिरज राई, अर्जुन ढुंगाना, दीपक शम्चुजस्ता तन्नेरी कवि अभियानका पहरेदार बनेका छन्।

सुमन रङ र कुचीसँग पनि खेल्छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। उनको आर्ट ग्यालरी विकिपिडियामा सजिलै भेट्टाउन सकिन्छ। त्यसो त समुन रंगकर्मी पनि हुन्। विराटनगरमा गुरुकुलको स्थापनादेखि नै उनी त्यससँग जोडिए। कविता मञ्चन गरे/गराए, थुप्रै कविलाई रंगमञ्चमा उतारे। अहिले उनी कवितासँग घरजम गरिरहेका छन्, बाँकी चिजसँग उनको प्रेम छँदै छ।

Leave a comment

पोस्टकार्ड

‘ओई काली! कति'टा भयो तेरो पोस्काड्?'किशोरवयको खुड्किला टेक्दै गरेकी मलाई वैशाखको पहिलो साता मुस्तफाले सोधेको थियो।‘उन्तालिस्।'‘अरे बाप रे! कत्ति बेसी! अम्ता बचनको कति'टा छ, काली?'‘ग्यारह। हेर् मुस्तफा, मलाई ‘काली' नभन्...

जात्रापुर... भक्तपुर

जात्रापुर... भक्तपुर

भक्तपुर– बाल्यकालमा हजुरबुबाको बुई चढेर सिन्दुरेजात्रा हेर्न निस्किएका मध्यपुरथिमि नगरपालिकाका बालकृष्ण श्रेष्ठले यसपालि यही जात्रामा आफैं ‘चिराग' बोके। हजुरबुबा, बुबा हुँदै बलिरहेको यो चिरागको उज्यालो यस वर्षदेखि उनको हातमा सर्‍यो।...

इतिहाससँगै आत्मश्लाघा

लेखकद्वय सिडोनी स्मिथ र जुलिया वाट्सनले उनीहरूको पुस्तक 'रिडिङ अटोबायोग्राफी : अ गाइड फर इन्टरप्रेटिङ लाइफ न्यारेटिभ्स'को एपेन्डिक्समा सूचीबद्ध गरेका जीवनी लेखनका प्रमुख ५२ विधामध्ये 'आत्मलेखन' अर्थात् 'आत्मकथा' एक हो।

मिलान कुन्देराको 'ठट्टा'

तपाईंले असाध्यै प्रेम गरेकी केटी १५ वर्षपछि एक्कासि भेटिई भने कस्तो होला? त्यो पनि सैलुनमा तपाईंकै सेवा गरिरहेको स्थितिमा? मिलान कुन्देराको उपन्यास 'जोक' यस्तै पे्रममय हार्दिक वर्णनबाट अगाडि बढ्छ। यो,...

कवि खोज्दै जाँदा

कवि खोज्दै जाँदा

भदौरे झरीले काठमाडौंका अफरोड भिजाइरहेछ। आकाशमा मौसम रोइरहेछ, जमिनमा कवि। एक चर्चित (भनूँ, लोकप्रिय) कविको कांग्रेस प्रवेशले काठमाडौंका कविकुना अझै गर्मिंदा छन्। कोही खुसी छन्, कोही रोइरहेछन्। अखबारमा यो खबर पुरानो...

गुणस्तरीय शिक्षाका तगारा

गुणस्तरीय शिक्षाका तगारा

सामुदायिक स्कुलका शिक्षकको जागिर पक्का छ। तलब सुविधा राम्रो छ। पेन्सन निश्चित छ। ९५ प्रतिशत शिक्षक तालिम प्राप्त छन्। निजी स्कुलमा कहिले जागिर जान्छ टुंगो छैन। पर्याप्त तालिम छैन। तलब...

भीम तुलाधरको नयाँ आयाम

भीम तुलाधरको नयाँ आयाम

क्यासेटको बजारमा बाढी आउँदा गायक भीम तुलाधर डंुगा खियाउँदै थिए। बाढी बिस्तारै सुक्दै गयो। तुलाधरको डुंगा पनि नचल्ने अवस्थामा पुग्यो। त्यसैले उनी अहिले अलमलमा छन्– प्रविधिको विकासले गायक गायिकालाई राम्रो...

आफ्नै आचरणको सिकार

राति ८:१५ बजे सिमसिम पानी परिरहेको छ। सहिदगेटबाट कीर्तिपुर जाने बा२ख १४३७ नम्बरको माइक्रोबसमा १६ जना अटाउने क्षमता भए पनि ३५ जना कोचिएका छन्। गर्मी र गन्धले खपिसक्नु छैन। त्यसमाथि...