×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Wednesday 3 Ashwin, 2075 |
Menu

नागरिक शनिबार

जुत्ता

(0 votes)
nepali-patro-june
सूर्य हिँड्ने

शताब्दीऔं पुरानो अप्ठेरो यात्रा हिँडेपछि

आफ्नो मरुभूमिको जस्तो आँखा बोकेको

अनुहार चाटेर

चुपचाप चुपचाप बसिरहेको छु म

भोलिको बाटोको प्रतीक्षामा,

कहिल्यै साथ छाडिन मैले

हिमालमा, पहाडमा, बेँसीमा, तराईमा

प्रेम, युद्घ, प्राप्तिमा,

एकनास

आफ्नो थाप्लोलाई

साइज साइजको पैताला बनाएर हिँडिरहेँ म,

हिँडिरहेँ म

सडकदेखि सदनसम्म

घरबारदेखि दरबारसम्म,

यति लामो यात्रा हिँडिसक्दा पनि

कहिल्यै भनिन मैले

आज म थाकेको छु,

उमेरभन्दा लामो यो यात्राबाट

म उपेक्षाको अग्निले पाकेको छु,

याद गर

तिम्रो प्रत्येक यात्रालाई मैले

आफू खिइनुको दुःख

च्यातिनुको पीडा

दुख्नुको व्याकरण भुलेरै

प्राप्ति प्रिय सफलताको

आँखाको ढोकामै पु¥याएको छु,

ए मेरो मान्छे !

कहाँ पुगेर टुंगिन्छ खै तिम्रो यात्रा !

भन

म तिम्रो यात्रालाई सफल बनाएर मात्रै

फुकाल्छु आफ्नो शिर

पैतालाको पहाड जस्तो बोझबाट,

र, पर्खिरहन्छु

एउटा यस्तो पर्खाइ

मानिसले जित्ने सपनाहरूको जंगलमा

घाम हराएझैं

चुपचाप बसिरहन्छु

जिजीविषाको मेलामा,

तयार गर्छु म आफ्नो थाप्लोलाई

अहंकार जस्तो मानिसका खुट्टाहरूका लागि,

किनकि

देखाउनु छ मैले हिँड्ने बाटोकै आँखामा उभिएर

भोलिको प्रिय यात्राका लागि

मेरै प्रतीक्षामा बसेको

लोभी मानिसको

मौसमी अनुहारलाई ।

Leave a comment

प्रिन्सटनमा डुलिरहने प्रेत-मान्छे

प्रिन्सटनमा डुलिरहने प्रेत-मान्छे

यहाँनेर सिधै एउटा प्रश्न सोध्न सकिन्छ- कि त कोही प्रेत हुनपर्ने, कि त मान्छे। कोही कसरी प्रेत–मान्छे हुन सक्छ? प्रेतको अवधारणा तब सुरु हुने न हो, जब वास्तविकताभन्दा अवास्तविकताप्रतिको विश्वास...

मूर्त–अमूर्त वानिरा

झर्दै बिछिइरहेछ भुइँभरि । वैशाख लाग्दै ढकमक्क मुस्कुराएको शिरिष, हाँगा छाडी असरल्ल छरिँदैछ । के झर्नु नै नियति हो ? झर्नु, सक्किनु अनि हराउनु ! अब कति दिन पो रहनु...

दार्जिलिङको सरगम

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास...

आर्यसमाजदेखि लिम्बुदलसम्म

आर्यसमाजदेखि लिम्बुदलसम्म

तीनजुरे पहाडबाट सोझै आएको हावा म्याङ्लुङ् बजारको डाँडामा पर्ने घरको छतमा आइपुग्छ। त्यहाँ आइपुग्नासाथ हावा र घाम एकासपसमा मिसिन्छन्। त्यो शीतकालको खुला आकाशबाट खसेको घामबाट अतिरिक्त ताप ग्रहण गर्ने संघर्ष...

‘मान्छे बस्ने ठाउँ छैन, अन्न कहाँ राख्नु!'

‘मान्छे बस्ने ठाउँ छैन, अन्न कहाँ राख्नु!'

पुराना टिनले बारेर बनाइएको छाप्रोमा अटाइ–नअटाई सामान राखिएको थियो। अगाडि खुला ठाउँमा छ वटा आलुका बोरा थिए। भुइँमा आलुको थुप्रो थियो। त्यही थुप्रोबाट कुहिएका आलु छानेर बोरामा राख्दै थिइन्, काठमाडौं...

फिलिली...

फिलिली...

सफलताको श्रेय लिने होडबाजी चल्छ– विफलताहरू बाटामै बेवारिसे छाडिन्छन्। आधा वर्ष लामो तराई–मधेस आन्दोलनको पटाक्षेप भएको छ। त्यस आन्दोलनको परिचय वा उल्लेख नेपाली राजनीतिक इतिहासको कुन पृष्ठमा हुने हो यसै...

तेह्र वर्षमै क्रान्तिमार्ग

तेह्र वर्षमै क्रान्तिमार्ग

२०२८ सालमा झापा जिल्ला कमिटीले गरेको सशस्त्र संघर्षको निर्णयले कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्यायो, त्यसको तरंगले गौरा प्रसाईंलाई पनि नराम्रोसँग हल्लायो। त्यो आन्दोलनमाथिको दमनबाट बच्न कयौं व्यक्ति भारत पसे। केहीले...

ऋणमा डुबेका घरधनी कार्यालय

ऋणमा डुबेका घरधनी कार्यालय

नेपाल औषधि लिमिटेडको बायाँतिरको भवनमा भू–सूचना अभिलेख कार्यालय भाडामा बसेको छ। दायाँतिर जिल्ला सरकारी वकिलको कार्यालय र शान्ति सचिवालय टाँसिएको छ। तीन वर्षदेखि बन्दजस्तै अवस्थामा रहेको औषधि लिमिटेडका कर्मचारीको अनुहारमा...