Tuesday 11 Ashwin, 2073 |
Menu

नागरिक शनिबार

istl

वाल्मीकि आश्रम

(0 votes)
वाल्मीकि आश्रम
वाल्मीकि आश्रम। राममयणका रचयिता वाल्मीकिको साधना भूमि। नेपालका धार्मिक, पौराणिक तथा ऐतिहासिक स्थलमध्येको महत्वपूर्ण ठाउँ। चितवनको ठोरी गाविसमा पर्ने यो आश्रम जति लोकप्रिय छ, उत्ति नै उपेक्षित पनि।
आश्रम पुग्न पूर्व–पश्चिम राजमार्गको बर्दघाटबाट करिब २७ किमि दक्षिण नवलपरासीको त्रिवेणी हुँदै जानुपर्छ। त्रिवेणीबाट डुंगामा नारायणी नदी तरेर पूर्वतर्फ करिब एक घन्टा जंगलको बाटो हिँडेपछि वाल्मीकि आश्रम पुगिन्छ। बर्सात्को समयमा भने यो बाटोबाट आश्रम पुग्न सकिँदैन। अरू समयमा पनि जंगली जनावको डर रहन्छ। 
नारायणी नदीमा भारतीयपक्षले बनाएको पुल तरेर विहारको वाल्मीकि नगरबाट करिब सात किलोमिटर भारतीय जंगलको यात्रा गरेपछि आश्रम पुग्न सकिन्छ। तर, त्यताबाट हिँड्दा बाटोमा भारतीय सुरक्षाकर्मीबाट प्रशस्तै झमेला बेहोर्नुपर्छ। मध्य नेपालको चितवन जिल्लामा रहेर पनि यो पवित्र भूमिसम्म पुग्न कुनै स्थायी बाटो नहुनु दुःखद पक्ष हो; यो सुन्दा जो कोहीको पनि मन कुडिँन्छ। 

नेपाल र भारत दुवै देशका पुरातत्वविद्को संयुक्त टोलीले सन् १९६५ मा प्राचीन वाल्मीकि आश्रम यहीँ रहेको पत्ता लगाएका हुन्। यही स्थानमा यज्ञ गरेका वाल्मीकिले रामायणलगायत काव्य रचना गरेको भनाइ छ। लवकुशले जन्म लिएका, सीताले जीवनको अन्तिम समय व्यतीत गरेको तथा लव र कुशले यही स्थानमा शिक्षा लिएको किंवदन्ती पनि छ। यस्ता धार्मिक–ऐतिहासिक आधारमा वाल्मीकि आश्रम महत्वपूर्ण गन्तव्य बनेको छ। 

आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उनले पाताल प्रवेश गरेको स्थान छ। वरिपरि लव–कुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बाँधेको खम्बा, शिक्षा ग्रहण गरेको स्थान, पानी पिउने गरेको पुरानो इनार र अन्य पुरातात्विक धार्मिक वस्तु अवशेषका रूपमा छन्। संसारमा विरलै देखिने हनुमानले एउटा घुँडा टेकेको मूर्ति सीता मन्दिरबाहिर प्रतिष्ठापित छ। सीताले मसला पिस्ने गरेको सिलौटो पनि सुरक्षित राखिएको छ। ढुंगाको लौरोले महिलाले मसला पिसेमा पेटको रोग नहुने र उनीहरूले पकाएको खाना स्वादिस्ट हुने विश्वासले त्यहाँ पुग्ने महिला सिलौटोमा मसला पिस्न थालिहाल्छन्। तर, उचित संरक्षण अभावमा ती अवशेष लोप हुने स्थितिमा पुगेका छन्। 
नेपाल–भारत सीमानजिक पर्ने यस स्थानमा अन्य देवीदेवताका मठमन्दिर पनि छन्। पर्यटकीय दृष्टिले समेत यो स्थान महत्वपूर्ण छ। 
वाल्मीकि आश्रम उपेक्षित हुनुमा प्रचार–प्रसारको अभाव र विकट भौगोलिक अवस्था नै प्रमुख हुन्। आश्रम नवलपरासीको सुस्ता गाविसमा पर्ने सोना, नारायणी र तपसा नदीको संगम स्थलमा पर्ने प्रसिद्ध त्रिवेणीधामबाट नजिक छ। अझ चितवन राष्ट्रिय निकुञ्जभित्रको धार्मिक स्थान पनि। त्यहाँ पुग्न सहज बाटो नहुनु र बस्ने–खाने ठाउँको अभावले यात्रुलाई सास्ती हुनु स्वाभाविक हो। दैनिक हजारौको संख्यामा त्रिवेणी पुग्ने भक्तजनको सानो अंशमात्रलाई पनि यस पवित्र स्थानसम्म पुर्याउन सके धामको कायापलट हुने पक्का छ। 

एकातिर सीताको जन्मस्थल जनकपुरको महिमा देश–विदेशमा फैलिरहेको अहिलेको स्थितिमा उनै सीताले आफ्नो मानवचोला विसर्जन गरी धरतीमा समाहित भएको यो पवित्र भूमिलाई सबैले जनकपुरसँगै जोडेर हेर्नु जरुरी छ। जबसम्म यहाँ रहेको सीताको पाताल प्रवेश स्थलको दर्शन गरिन्न, तबसम्म जनकपुर, अयोध्या, रामेश्वरमलगायत सीतारामसँग सम्बन्धित स्थानको दर्शन पूरा हुन सक्दैन।

Leave a comment

वार्द्धक्य दर्पण

वार्द्धक्य दर्पण

वृद्धका शारीरिक–मानसिक अवस्था, तिनका वेदना र चाहना सन्तानले त्यही उमेरमा नपुगी बुझ्दैनन्। उनीहरू जब त्यस उमेरमा पुग्छन्, अनिमात्रै आमा–बाबुको पीडा बोध गर्छन्। चाहना बुझेपछि मात्रै उनीहरूको सेवा कसरी गर्नुपर्छ भन्नेबारे...

पर्यटकलाई पारिवारिक माया

पर्यटकलाई पारिवारिक माया

मुलुकभर होमस्टेको लहर चलेको छ। पर्यटकलाई गाउँलेकै भान्छामा खानपिन गराएर घरमा बसाइन्छ। त्यसैले होटलभन्दा सस्तो हुन्छ। मायालु वातावरण पाइन्छ।

झरी र प्रेम

झरी र प्रेम

साउनको झरीलाई लिएर धेरै गीतहरू लेखिएका छन्, गाइएका छन्। साहित्यमा पनि मनसुने–साउन त्यत्तिकै पढ्न पाइन्छ। दीपक जंगमले लेखेको र नारायणगोपालले गाएको यो कालजयी गीतले पनि साउनलाई सधैं सम्झाइरहन्छ-

खुकुरी

किन–किन पुष्पा दिदी मलाई मन पराउनुहुन्न।उहाँ अत्यन्त भलाद्मी देखिनुहुन्छ। रूपरङ र बोली पनि मिठो छ। जब उहाँ क्याम्पस छिर्नुहुन्छ, अघिपछि दर्जन केटी देखिन थाल्छन्।– ‘पुष्पा दिदी, स्ववियुले हामीलाई कहिले पिकनिक...

समयअगावै शीतलहर, भरपर्दो तयारी छैन

समयअगावै शीतलहर, भरपर्दो तयारी छैन

राजविराज-सामान्यतया पुस दोस्रो साताबाट सुरु हुने शीतलहरले यसपालि सप्तरीलाई तीन साताअघि नै सताएको छ। पछिल्ला तथ्यांक हेर्दा शीतलहरकै कारण जिल्लामा प्रतिवर्ष कम्तीमा दुई दर्जनले ज्यान गुमाउने गरेका छन्।

५८०

५८०

''आजदेखि तिम्रो नाम ५८०।'' मोटो कालो फ्रेम भएको चश्मा, सेतो कपाल र छोटो कदका छत्रराज शाक्य सरले मलाई २०५२ फाल्गुण महिनामा बूढानीलकण्ठ स्कूलको विशाल चौर अगाडि भनेका ती शब्दहरु आजै...

जाडोको खान्की

जाडोको खान्की

हामीले जाडो, गर्मी वास्ता नगरी जथाभावी खाइरहेका हुन्छौं। यसरी खानु उचित नभएको र मौसम अनुसारको खाना खानुपर्ने पोषणविद्हरुको सुझाव छ। जाडोमा शरीरलाई अन्य मौसममा भन्दा बढी शक्तिको आवश्यक पर्ने भएकोले...

अप्ठ्यारो मान्छेसँग पाँच साल

अप्ठ्यारो मान्छेसँग पाँच साल

एकदम बेस्वादको थियो पोहोरको दसैं। आमाविनाको त्यो पहिलो दसैं थियो मेरो। कुनै रौनक थिएन, उमंग थिएन, उत्साह थिएन। चाडबाडमा आँगनमा बाउआमा नहुनु– दुःखका केही भयानक रूपमध्ये एक हो।