Tuesday 11 Ashwin, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

(0 votes)
जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए
म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट इतिहास संशोधन मण्डल र नयराज गुरुबारे थाहा पाइसकेको थिएँ ।
nepali-patro-june
म काठमाडौं आएपछि नेपाल र एसियाली अनुसन्धान केन्द्रका तात्कालिक कार्यकारी निर्देशक प्रा. डोरबहादुर विष्टज्यूले मलाई धनबज्र बज्राचार्यज्यूको निर्देशनमा रहेर अनुसन्धानात्मक काम गराउनुभयो । नेपाल र एसियाली अनुसन्धान केन्द्रमा नै प्राज्ञ ज्ञानमणि नेपालज्यूसँग मेरो परिचय भयो । त्यसपछि नयराज गुरुबारे धेरै कुरा जान्नबुझ्न पाएँ ।

म ओटु, सबलबहालमा उहाँलाई भेट्न गएँ । उहाँका जेठा छोरा महेशराज पन्तले संस्कृत भाषा बोलेर मेरो विषयमा कुरा गर्नुभएको मलाई असाध्यै रमाइलो र मिठो लाग्यो ।

विसं २०३६ वैशाखमा वीरगन्जको पिपरामठमा विश्व हिन्दु सम्मेलनको आयोजना गरिएको थियो । वाल्मीकि विद्यापीठका प्राध्यापकहरूसँग म पनि विश्व हिन्दु सम्मेलनमा भाग लिन वीरगन्ज गएँ । त्यही बेला नायब बडागुरुज्यू माधव भट्टराई र नयराज गुरुका कान्छा छोरा दिनेशराज पन्तसँग मेरो परिचय भयो । उहाँहरू दुईजनासँगको मेरो संगत अहिले पनि प्रगाढ छ । र, अझै पनि प्रगाढ नै रहिरहनेछ ।

त्यसपछि नयराज गुरु नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद्को सदस्य हुनुभयो । त्यसबेला प्रत्येक प्राज्ञ सदस्यले तीन–तीन महिनामा आ–आफ्नो विषयमा प्रवचन दिने चलन थियो । म नयराज गुरुको प्रवचन बडो चाख राखेर सुन्न जान्थेँ । मैले नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयको एमए परीक्षामा नेपालको एकीकरणमा गुरुङहरूको भूमिका विषयमा शोधपत्र लेखेको थिएँ । मेरो उक्त शोधपत्र तत्काल पुस्तकका रूपमा प्रकाशित भयो । पुस्तक प्रकाशित भएपछि म गुरुलाई पुस्तक चढाउन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गएँ ।

उहाँले 'पुस्तकको कुनै पाना पल्टाएर पढ्नुहोस्' भन्नुभयो । मैले पुस्तकको एउटा पाना पल्टाएर पढेँ । काजी नरसिंह गुरुङ सम्बन्धी उल्लेख भएको पाना रहेछ । त्यसपछि उहाँले मुसुक्क हाँसेर 'ठिक हो' भन्नुभयो ।

उहाँले अहिले ठमेल, त्रिदेवी मार्गमा रहेका तीनवटा देवल भएको जग्गा काजी नरसिंह गुरुङको हो भन्नुभयो । काजी नरसिंह गुरुङको खायल काजी अमरसिंह थापाले पाएपछि त्यस जग्गामा काजी अमरसिंहले ती तीन मन्दिर बनाएका हुन् ।

नयराज गुरुको जीवनी र आदर्शबाट आज हामीले धेरै कुरा सिक्न सक्नुपर्छ । उहाँका कृतिमा मलाई 'लिच्छवि सम्बत्को निर्णय' शीर्षक पुस्तक अतिप्रिय लाग्छ, किनभने म पनि ज्योतिषशास्त्रमा केही चासो राख्छु । यो पुस्तकलाई शिर–पुछारसम्म छिचोलेर पढ्न सक्ने शक्ति र सामथ्र्य मसँग छैन । तापनि यो पुस्तक ज्योतिष जगतका विज्ञ एवं जिज्ञासुहरूका लागि अतिउपयोगी छ ।

आद्य जगतगुरु शंकराचार्यले वेदान्त दर्शनको सिद्धान्तलाई आधा श्लोकमा टुंग्याइदिनुभएको छ । जस्तै–

श्लोकाद्र्धेन प्रवक्ष्यामि यदुक्तं ग्रन्थकोटिभिः ।

ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः ।।

यसैगरी नयराज गुरुले ज्योतिषशास्त्रको सायन एवं निरयण सिद्धान्तलाई दुइटा वाक्यमा अथ्र्याइदिनुभएको छ । उहाँका अनुसार आकासमा रहेका ग्रहहरूको अवस्थिति तथा आकासका ग्रहहरूको घटनासँग प्रत्यक्ष मिलेका संक्रान्ति सायनसंक्रान्ति र त्यस सम्बन्धमा ज्योतिषीहरूले गरेका गणना अर्थात् ग्रन्थबाट गणना गरेर ल्याइएका संक्रान्ति निरयणसंक्रान्ति हुन् । आजकाल सायन एवं निरयण अर्थात् आकासको ग्रह परिस्थिति र त्यस सम्बन्धमा ज्योतिषीहरूले गरेका गणनाको बीचमा २३–२४ दिनको अन्तर पर्दछ । अतः सायन र निरयण सिद्धान्तलाई ज्योतिष जगतले एउटा समस्याको रूपमा लिएको छ ।

यसका अतिरिक्त उहाँले यही सायन र निरयणकै आधारमा सुमतितन्त्रलाई विसं ६३३ देखि विसं ९३७ भित्रको कुनै समयमा नेपालमा रचना गरिएको मौलिक ज्योतिष ग्रन्थ हो भनेर प्रमाणित गरिदिनुभएको छ । यसरी नयराज गुरुको अथक प्रयासबाट एउटा नेपाली मौलिक ज्योतिष ग्रन्थको पत्ता लागेको छ ।

यसैगरी, उहाँले कालचक्रतन्त्रको विमलप्रभाटीकामा पनि अध्ययन गर्नुभएको छ । कालचक्रतन्त्र एउटा महŒवपूर्ण बौद्ध ग्रन्थ हो । कालचक्रतन्त्रमा ज्योतिषशास्त्रको पनि विवेचना गरिएको छ । कालचक्रतन्त्र मूल ग्रन्थ हो र विमलप्रभाचाहिँ यसको टीका हो । इसं १०२७ मा कश्मिरी पण्डित सोमनाथले तिब्बती भाषामा कालचक्रतन्त्रको अनुवाद गरेका थिए । त्यही समयदेखि तिब्बती ज्योतिषशास्त्रमा भारतीय ज्योतिषशास्त्रले प्रवेश पाई चिनियाँ ज्योतिषशास्त्र र भारतीय ज्योतिषशास्त्रको समन्वयबाट तिब्बती ज्योतिषशास्त्रको विकास भएको थियो ।

यसरी नयराज गुरुले इतिहासका अतिरिक्त ज्योतिष जगतमा अभूतपूर्व निर्णायक योगदान दिनुभएको छ । अतः उहाँ एउटा युगपुरुष तथा मूर्धन्य व्यक्तित्व हुनुहुन्छ ।

(लेखक नेपाल संस्कृत विश्वविद्यालय, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक हुन् ।)

Leave a comment

कलम भन्दा तरवार बलियो?

कलम भन्दा तरवार बलियो?

अंग्रेजी साहित्यमा एउटा भनाई सधैँ प्राथमिक्ताका साथ प्रयोग हुन्छ– 'तरवारभन्दा कलम बलियो।' यो भनाईका प्रणेता उपन्यासकार तथा नाटक लेखक इडवार्ड बुल्वेर हुन्। उनले सन् १८३९ मा आफ्नो ऐतिहासिक नाटक 'कार्डिनल...

असुरक्षाले खुम्चियो केन्द्र

असुरक्षाले खुम्चियो केन्द्र

लहान- असार २९ गते सिरहाका सम्पूर्ण गाविस सचिव तथा नगरपालिकाका अधिकृतलाई जिल्ला विकासमा भेला गराई पहिलो मस्यौदामा सुझाव संकलन गराएको भनिए पनि कतिपय गाविस सचिव बिहीबार (३१ गते) सम्म पनि...

काव्यिक पोखरा

काव्यिक पोखरा

केही वर्षअघि पोखरेली लेखक र कलाकार साहित्य, कला वा संगीतको प्रतिष्ठान पोखरामा ल्याउन भन्दै आन्दोलनमा थिए। देशमा गणतन्त्र आयो तर पोखरामा त्यस्तो कुनै प्रतिष्ठान आएन। शासनको शक्ति काठमाडौं खाल्डोबाट स्थानीय स्तरमा...

बानेश्वर टु यमलोक

बानेश्वर टु यमलोक

मध्य बानेश्वर। संविधानसभा भवन पश्चिमतिरको फुटपाथ। रेजरवायरले घेरेर सुरक्षित पारिएको घेराभित्र थोत्रो लुगा र झुत्रो कुम्लो लिएर बसेको छ, एउटा बूढो। केही कागज–कपडा छन् साथमा। न माग्ने भाँडो छ, न...

दुलहीझैं 'गुराँसको राजधानी'

दुलहीझैं 'गुराँसको राजधानी'

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा छ गुराँसको राजधानी— तिनजुरे–मिल्के–जलजले (टिएमजे)। नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन्, यहाँ। टिएमजेमा मात्रै २८ प्रजातिका।

भोटेताल्चा

भोटेताल्चा

आदिम बस्तीका सीमान्त गाउँहरूबाट खेदिएरशरणार्थीझैंभूगोलका डिलहरूबाट लखेटिँदैविस्थापित वृत्तमा फन्को मार्दैसहर पसेको छ अचेल भोटेताल्चाउहिले–उहिलेढोकामा हुन्थ्यो निरन्तरउतै घोप्टेमा लाग्थ्यो

के लेख्दैछ सुदूरपश्चिम

के लेख्दैछ सुदूरपश्चिम

पछिल्ला दिनमा जसरी नेपाली साहित्य जगत वाद, उपवाद अनि गुट उपगुटको पछ्यौरीले बेरिएको छ त्यस्तै वाद र गुट–उपगुटको भुमरीबाट अछुत रहन सकेको छैन सुदूरपश्चिमको साहित्य पनि। हिजोआज व्यक्तिगत स्वार्थको भर्याभङ...

नतानु त तानु लाग्ने हुक्का

नतानु त तानु लाग्ने हुक्का

हुक्काको हुइयाँ !!चुरोटको सर्को कहिल्यै नतानेका पछिल्लो पुस्ताका प्रायः युवाले हुक्का तानिसकेका छन्। खासमा हुक्का नेपाली संस्कृति वा पहिचान होइन। इतिहासअनुसार यसको उत्पति पाँच सय वर्षअघि पर्सियामा भएको हो। पछि...