×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 2 Poush, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

डा युवराज संग्रौला

डा युवराज संग्रौला

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

समाजवादको बाटो

  • विचार
सबैले महसुस गरेको कुरा हो, नेपाली समाजले तीव्र गतिमा पुराना मान्यताहरूलाई भत्काइरहेको छ। ३० वर्षअगाडिसम्म नेपाली समाजलाई गाँजेर बसेको 'सामन्तवादको अवस्था' अब पुँजीवादमा रूपान्तरित भइसकेको छ, भलै त्यो पुँजीवाद प्रगतिशील ढाँचाको नभई अपभ्रंसित, दलाली वा बोलीचालीको भाषामा भन्ने हो भने 'बनिया प्रवृत्ति'को रूपमा छ। त्यसलाई त्यस्तो विशेषण दिनुको कारण के हो भने यसको प्रकृति उत्पादनमूलक र रोजगारी प्रवर्द्धन गर्ने खालको होइन कमीसनखोरखालको छ।

अतुलनीय नयाँ संविधान

  • विचार
भारतलाई 'नेपालको संविधान'प्रति टीकाटिप्पणी गर्ने अधिकार छ कि छैन ? यो प्रश्नको उत्तर खोज्न नेपालका कानुनविद्हरूबीच छलफल चल्नुपर्ने हो । नेपाल सार्वभौम राष्ट्र हो । आफ्नो देशको संविधान कस्तो बनाउने भन्ने कुरा उसको आन्तरिक राजनीतिक मामिला हो ।

अन्तर्राष्ट्रिय कानुन समात

  • विचार
हालैको भूकम्पले नेपालमा परेको असरको जानकारी संसारलाई छ। झन् भारतलाई थाहा नहुने त कुरै भएन । भत्किएका अनगिन्ती आवास, सडक, पुलपुलेसा तथा स्कुल–कलेजहरूको पुनर्निर्माणको कार्य सुरु पनि हुन सकेको छैन। भूकम्पसँगै पीडितहरू मौसम र सरकारको अकर्मण्यताका सिकार बनेका छन्।

संविधान र विकासको बाटो

  • विचार
संविधान सभाबाट संविधान जारी गर्ने कार्यलाई संविधानवादका सिद्धान्तमा 'राज्य' सबल 'राष्ट्र राज्य' बन्ने एउटा गतिलो प्रक्रिया मानिन्छ। यस सन्दर्भमा संविधान निर्माण गर्ने प्रक्रियाका दुईवटा महत्वपूर्ण पक्ष हुन्छन्। १. प्रथमतः जनसाधारणले आफूमा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै निर्माण गर्छन्। यस प्रक्रियालाई 'वारेस' (डेपुटी) नियुक्त गर्ने प्रक्रिया भनिन्छ। २. 'डेपुटिज' हरूले आफूले निर्वाचनताका प्रस्तुत गरेका कार्यक्रमका आधारमा संविधान निर्माणमा आफ्ना 'निर्माता वा मतदाता' को प्रतिनिधित्व गर्दै निर्णय प्रक्रियामा भाग लिन्छन्।

नेपाली हुने कि नहुने?

  • विचार
विश्वको राजनीतिक इतिहासमा विचारधाराहीन आन्दोलनहरू हिंसामा रूपान्तरित भएका र लाखौं मानिसको ज्यान गएका घटना धेरै नै छन्। फ्रेन्च क्रान्तिको 'रोबेसपिएर' नायक रहेको आन्दोलन 'विचारधाराहीन आन्दोलनको प्रतिनिधि घटना हो।

आन्दोलन अपराधको पर्याय होइन

  • विचार
भारतको स्वतन्त्रता घोषणा हुने तयारी भइरहेको थियो। मुस्लिम लिगका नेता जिन्हा र इन्डियन कांग्रेसका नेता नेहरूबीच करिब करिब संवादहीनताको अवस्था थियो। उता एक जना ब्रिटिस वकिल हिन्दु र मुसलमान जनसंख्या हेर्दै 'भारत र पाकिस्तान विभाजनको रेखा कोरिरहेका थिए'। पन्जाबको विभाजन भइरहेको थियो। पाकिस्तानतिरको पन्जावमा हिन्दु र शिखहरूको आमहत्या भइरहेको थियो।

मसौदामा के थप्ने, के निकाल्ने?

  • विचार
विदेश जानलागेका एकजना भन्दै थिए – अब संविधानले सिँचाइ ल्याओस् र रोजगारीको व्यवस्था गरोस्, तब देशमै बसेर काम गरिन्छ। थुप्रै नेपाली भनिरहेका छन् 'बाबु वा आमा' का नामबाट नागरिकता पाउने व्यवस्था होस्। अर्काथरी भनिरहेका छन्- 'नेपाललाई हिन्दु राज्य घोषणा गरियोस्।'

पुनर्निर्माणमा छिमेकीको सहयोग

  • विचार
भारतीय विदेशमन्त्री सुषमा स्वराज सभाकक्षबाट राष्ट्रपतिलाई भेट्न गइन् र चिनियाँ विदेशमन्त्री भने टुँडिखेलमा बसिरहेका भूकम्पपीडितहरूलाई भेट्न गए। चिनियाँ विदेशमन्त्री वाङले पीडितहरूसँग कुराकानी गरे र 'नेपाल असल छिमेकी देश हो, हामी सहयोग गर्छौं, घर पनि बनाइदिन्छौँ' भने।

निसिद्ध घुसपैठ र हस्तक्षेप

  • विचार
संविधान निर्माण गर्नेमात्र होइन नेपालको राजनीतिक प्रक्रिया र प्रशासनिक व्यवस्थामाथिको 'घुसपैठलाई' समेत समूल अन्त्य गर्नुपर्ने समय आएको छ। सुरक्षा निकायका केही पदाधिकारी, कर्मचारीतन्त्रका केही सदस्य र केही पत्रकार एवं राजनीतिक नेताहरूले हालसालै लेखेका आत्मवृत्तान्तको अध्यननमात्रले पनि कुनकुन विदेशी संस्था र कुनकुन देश नेपालमा घुसपैठ गरिरहेका छन् र नेपाली राष्ट्रिय अखण्डताविरुद्ध सक्रिय रहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ।

पूर्वन्यायाधीशको मृत्युले उब्जाएका प्रश्नहरू

  • विचार
भूकम्पको त्रासदीसँग जुध्दाजुध्दै एउटा अप्रत्यासित घटना पनि भयो। पूर्वन्यायाधीश भरतराज उप्रेतीले देहत्याग गरेको समाचारले मर्माहत बनायो। अहिले सामाजिक सञ्जालमा अनेकौँ गहिरा र मर्मस्पर्शी भावनात्मक अभिव्यक्ति भेटिन्छन् उनका बारेमा। एक किसिमको प्रतिस्पर्धाजस्तो देखिन्छ उप्रेतीसँगको समिपता देखाउन। मरेपछि शोक मनाउँदै, मृतकप्रति भक्तिभाव देखाउन अत्यन्त दक्ष एवं 'हिपोक्रिटिकल' चरित्रले ग्रस्त समाज हो हाम्रो। उप्रेती मेरा पनि शिक्षक थिए। आफ्नो विषयमा उनी राम्रो दख्खल राख्थे।
Subscribe to this RSS feed