Thursday 4 Magh, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

बीपी संग्रहालयबारे

(0 votes)
महामानव बीपी कोइरालाको नाममा स्थापित सुन्दरीजलस्थित संग्रहालयमा जान, त्यहीँ नेपालको प्रजातान्त्रिक इतिहास र आन्दोलनका स्रष्टाप्रति नतमस्तक हुन र आफूमा रहेको बीपी चिन्तनधाराप्रतिको अनुरागलाई अझ बलियो भएको महसुस गर्ने मेरो लामो समयदेखिको अभिलाषा भर्खरै पूरा गर्ने अवसर पाइयो।
नारायण सुवेदी

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
शक्ति र सत्ताको मात्र पूजा र चाकडी गर्ने परम्पराका धनी हामी नेपाली र त्यही संस्कार, संस्कृतिमा ढालिएको राज्य­व्यवस्था भएको हाम्रो मुलुकको कार्यपालिकाले होस् वा त्यसको नेतृत्व पंक्तिमा रहेको जुनसुकै पार्टी वा नेतागणले होस्, आफ्नो देशका गौरवगाथाका सर्जकहरूप्रति त्यही परम्परा निर्वाह गर्ने चलन त्यहाँ पनि देखियो। सुरक्षाको जिम्मेवारी दिनुलाई नै सरकारको ठूलो कृपा र योगदान मानिएला। माथि उल्लिखित परम्पराका पक्षपोषक तथा नवसिर्जन र योगदानलाई ‘न बाटो छोड्ने न चिन्तनबाट नै पाखा लगाउने प्रवृति भएका जुनसुकै पार्टीको सरकार आए पनि योभन्दा बढी अपेक्षा पो के गर्न सकिएला र? यसै मेलोमा बीपी संग्रहालय सुन्दरीजलको नाममा बाँकी जे/जस्तो त्यहाँ गरिएको भएको छ त्यसका लागि परशुराम पोख्रेल तधा सम्बद्ध समितिलाई हृदयदेखि नै धन्यवाद दिनु र यस पुनीत कार्यलाई अझ अघि बढाउन झनै प्रोत्साहन प्राप्त होस् भन्ने शुभेच्छाबाहेक के पो गर्न सकियो र?
यस प्रसङ्गमा विश्व प्रजातान्त्रिक इतिहासकै एउटा धरोहर यस संग्रहालयमा तल उल्लिखित कामहरू पनि गर्न, थप्न पाए यस धरोहरको गरिमा अझ बढ्ने थियो। र, हामी जस्ता बीपी विचारधाराका अनुयायीहरूको महामानव बीपीप्रतिको लगाव र भावना अरू वृद्धि हुने थियो भन्ने लागेको हुँदा यसै अनुरोधमार्फत सम्बन्धित पक्षलगायत सरोकार राख्ने सबैको ध्यानाकर्षण गर्न चाहान्छु।
१) सुन्दरीजल क्षेत्र पनि काठमाडौँ उपत्यकाका अन्य सबै क्षेत्र जस्तै तीव्र सहरीकरणको रहर वा मार (जे अर्थ लगाउँदा उचित हुन्छ) मा पर्दै गएको छ। स्पस्टै छ– सहरीकरणको मोह, मेलम्चीको प्रवेश भन्डारण व्यवस्थापनका कारण र पर्यटकीय व्यापारका कारण यो क्षेत्र आगामी थोरै समयभित्रै कंवि्र्कट­सिमेन्टको जालमय बन्नेछ। त्यो जालोभित्र यो संग्रहालय त्यसैको एउटा सानो अंश बन्न पुग्नेछ। अनि भविष्यका पिँढीले बुझ्नेछन् बीपी यस्तै सहरी चमकदमककै बीचमा बस्नुभएको रहेछ अथवा कमसेकम उहाँहरूको एकान्त काराबास भए पनि एउट निश्चित चौगिर्दाभित्रको कठोर मानसिक यातनामय बसाइ भए पनि त्यो चौगिर्दा बाहिर त रमाइलो संसारै त रहेछ नि।
वास्तवमा बीपीलगायतका ती प्रजातन्त्रका योद्धाहरूलाई राजा महेन्द्रले त्यसबेला दूरस्थ, मानवबस्ती शून्यप्रायः र नित्तान्त एकांकी ठाउँमा रहेको सैनिक गृहमा एकान्त काराबासको अनिश्चित, अनिर्णित र अवैध क्रुर सजाय भोग्न पठाएका त हुन् नि। यदि बीपीको अन्तर्राष्ट्रिय छवि नहँुदो हो त उनी जनताको अत्याधिक बहुमतबाट अनुमोदित जननिर्वाचित प्रजातान्त्रिक सरकारका प्रथम प्रधान मन्त्री नहँुदा हुन्। र, राजकीय अधिकारबाहेक हरेक पक्षमा राजा महेन्द्रभन्दा कम हँुदा हुन् त उनको कारागरस्थल कि भद्रगोल जेल कि दूरस्थ बिकट जिल्लातिर निर्वासनै हुन्थ्यो होला। तर शान्ति सुरक्षा, जनताबाट हुन सक्ने आन्दोलन र दबाब तथा अन्तर्राष्ट्रिय चासोका कारण र अझ आफैँले गरिरहनुपर्ने निरन्तर निगरानी र अप्रत्यक्ष संवाद प्रयासका कारण पनि शायद यो ठाउँ भन्दा उपर्युक्त अरू ठाउँ थिएन होला। यसै कारणले नै यो कारागृह राजा महेन्द्रको छनोटमा मात्र नपरी उदारवादी भनिएका राजा वीरेन्द्रले पनि बीपी लाई थन्क्याउने र गलाउन उचित स्थल बनाएको।
यस्तो महत्वपूर्ण ठाउँको एउटा ठूलो क्षेत्रलाई नै सरकारले समयमै ध्यान दिएर संरक्षित क्षेत्रका रूपमा तत्कालीनरूपमै राख्न सकेको भए आज यसको गरिमा र महिमा नै कस्तो हुन्थ्यो होला! के अब यो सम्भव छ?
२ ) बीपी जस्ता महान् नेताको नाममा स्थापित संग्रहालयमा संग्रहित ऐतिहासिक, राजनीतिक वा व्यक्तिगत महत्व राख्ने वस्तुहरू ज्यादै थोरैमात्र छन्। उहाँसँग सम्बन्धित सम्पर्कित हजारौँ कार्यकर्ता, शुभेच्छुक­सहयोगी, सहयात्रीहरूसँग ती गौरवमय समयका केही न केही सम्झौटो, चिनो वा स्मरणीय सामग्री त अवश्यै होलान्। उहाँको पारिवारिक नालीबेली पनि निकै लामो सुनिन्छ। के उहाँहरूले यसमा योगदान पुर्यापउन सक्नुहुन्न र? संग्रहालय भनेपछि सात सालमा प्रयोग गरिएको तोप र ट्याङ्क, १५­१७ सालका केही चित्र अनि त्यहाँ बसुन्जेलका केही निजी सामग्रीहरुले मात्र माग पूरा गर्न सक्तैन। त्यहाँ आउने प्रत्येक व्यक्तिले बीपीसँग सम्बन्धित सानोभन्दा सानो कुरा पनि देख्न, बुझ्न र त्यसैको माध्यमबाट अनुभूत गर्न चाहन्छ। अहिलेसम्मको सत्प्रयासबाट त्यहाँ जे जति प्रदर्शित सामग्री छन्, त्यसबाट मात्रै आमदर्शकको समेत कौतुहलता, उत्सुकता र चाहना नमेटिने रहेछ। यसैले बीपी, केपी र जीएम तीनै जना आदरणीय नेताहरूसँग सम्बन्धित नातेदार, सहयात्री वा जोसुकैले पनि उहाँहरूसँग सम्बन्धित महत्वका जेसुकै सामग्री पनि त्यहाँ उपलब्ध गराइदिनुभए देशकै गौरव बढ्ने थियो। राष्ट्रको प्रजातन्त्रको इतिहास अक्षुण्ण रहने थियो र त्यो कालखण्ड देख्न/भोग्न नपरेको पिँढीले पनि अनुभूत गर्न पाउने थियो।
के २०१८­१९ सालकै सुन्दरीजल कारागृहको वातावरण र परिवेशमा २०१७ सालदेखि २०३९ सालसम्मको प्रजातान्त्रिक उठानबैठानको इतिहास बीपी आदि मूर्धन्य नेताहरुको अनुभूत सामीप्यमा मनन गर्दै अहिलेको जस्तो ‘पस्यो कि निस्कियो' को सट्टा घण्टौँ रम्न सकिने समय कहिल्यै आउला?

प्रतिक्रिया