Thursday 4 Magh, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

बीपी विचारमा : मानवीय पक्ष

(0 votes)
बीपी जन्मशताब्दीका अवसरमा नेपाली कांग्रेसले बीपी विचार यात्रा सम्पन्न गरेको छ। यो यात्रामार्फत कांग्रेसले बीपीको विचारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने एउटा महŒवपूर्ण अवसर जुराएको छ।
विपुल पोख्रेल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
यस अर्थमा कांग्रेसको यो अभियान आफैमा महत्वपूर्ण बन्न पुगेको छ। बीपी विचारलाई 'गायत्री मन्त्र' झँै ठानी त्यो विचारको व्यापकतालाई संकुचन गर्ने प्रयास कांग्रेसीहरुबाटै हुँदै आएको भन्ने गुनासो चलिरहेको अवस्थामा अब बीपी विचारलाई समाजको पुँजीका रूपमा बहसमा ल्याउनका लागि भोलिका दिनमा कांग्रेस र बीपीका शुभेच्छुकहरु अग्रसर देखिने विश्वास गर्न सकिन्छ। यो विश्वास पूरा भयो भनेमात्र बीपी विचार यात्रा सम्पूर्णरूपमा सार्थक बनेको मानिनेछ।
नेपाली समाजको मिहिन अध्ययन गरी त्यसका आधारमा नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तनका लागि स्पष्ट सिद्धान्तमात्र होइन, त्यसका लागि आवश्यक रणनीति निर्माणका सन्दर्भमा बीपी विचार महŒवपूर्ण छ। यो विचार अझै अब्बलरूपमा रहँदै आएको छ। खासगरी लोकतन्त्रप्रतिको समर्पण र गरिबी उन्मूलनका लागि मानवीय मूल्यसहितको समाजवादी कार्यक्रम बीपी विचारको सार हुन्। लोकतन्त्रलाई सभ्य जीवन जीउने संस्कृतिका रूपमा बीपीले परिभाषित गरेका छन् भने गरिबी उन्मूलनको अभियानलाई कुनै राजनीतिक वादको फेरोभन्दा माथि उठाएर मानवीय मूल्यमा आधारित समाजवादी कार्यक्रमका रूपमा स्थापित गर्न खोजेका छन्। राष्ट्रियताका सन्दर्भमा उनको परिभाषा नेपाली भूगोलमा नौलो र व्यावहारिक हुन पुग्यो। बीपीका यी तीन पक्षमाथिको धारणा र दृष्टिकोणलाई नजरअन्दाज गर्ने हो भने हाम्रो समाज र मुलुकले सकारात्मक यात्रा थाल्न सक्दैन।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको बीपीको धारणा वा बीपी विचारको चर्चा धेरै भइसकेको छ। यो आलेखमा त्यसतर्फ चर्चा गरिएको छैन। यहाँ बीपीले संस्कारका रूपमा स्थापना गर्न चाहेको मूल्यमा आधारित राजनीतिबारे चर्चा गर्न खोजिएको छ। आजको पुस्तामा राजनीतिप्रति अत्यन्तै वितृष्णा देखिएको पाइन्छ। यो वितृष्णाको कारण खोज्दै तिनको निराकरणको उपायबारे सोधीखोजी गर्यौँे भने हामी बीपीले चाहेको मूल्यमा आधारित राजनीतिको परिधिभित्र प्रवेश गर्न सक्छौँ। मुलुक विधिबाट होइन, आदेशबाट चल्ने गरेको अनुभूति सबैले गरेका छन्। विधि र कानुनभन्दा बाहिर रहेर काम गर्नेहरुलाई समाजको ठालु ठान्ने संस्कृति छ। योग्यताको कदर कतै भएको अनुभव छैन। भनसुन र शक्तिको दबाबमा काम हुने अवस्थाको अनुभव सबै नागरिकले गरिरहेको अवस्था छ। विकास आवश्यकता, प्राथमिकता वा प्रक्रियाका आधारमा अगाडि बढेको पाइँदैन। पहुँचका आधारमा विकास योजनाहरु बन्ने गरेको अनुभव सबैलाई छ। यी सबै नकारात्मक कर्म अथवा विधिभन्दा बाहिर गएर समाज सञ्चालन गर्ने कामको नेतृत्व राजनीतिक नेताहरुले नै गर्दै आएका छन्। राजनीतिप्रतिको वितृष्णाको एउटा महŒवपूर्ण कारण हो यो प्रकारको प्रवृत्ति। नेपालको सन्दर्भमा बीपी कोइराला यस्तो प्रवृत्तिको विपक्षमा आफूलाई उभ्याउने एकमात्र नेता हो भन्दा हुन्छ। उहाँले भन्नुभएको छ– 'जनताको मुहारमा हाँसो र खुसी ल्याउनका लागि नै मेरो सम्पूर्ण प्रयत्न रहनेछ।' जनताको हाँसो र खुसीका लागि आफूले राजनीति गरेको भन्ने बीपीको कार्यशैली हेर्दासमेत हामी त्यो विचारको अनुशरण उहाँले गरेको पाउँछौँ। उहाँले विधिको शासनको पक्षमा आफूलाई उभ्याउँदै आउनुभयो। राणा शासकहरुलाई ललकार्दै उहाँले भनेको 'अब पुर्पुरामा लेखिने दिन गए' भन्ने भनाइको गहिराइमा पुगेर बीपीलाई चिन्न र बुझ्न सक्ने हो भने अहिले देखिएका र माथि चर्चा गरिएका विसंगत पक्षबाट हाम्रो समाज र मुलुकलाई जोगाउन सकिन्छ। नयाँ पुस्तामा मुलुक बचाउने र त्यसका लागि ऊर्जाशील हुने ताजगी त्यो विचारले दिनेछ।
आज समाज भ्रष्ट छ। राज्य प्रदत्त सेवामा जनताको विश्वास उठ्दै गएको छ। तथ्यांकमा देखाइने सरकारी विद्यालयमा विद्यार्थीहरु न्यून छन्, सरकारी स्वास्थ्य केन्द्रहरुमा बिरामीको चाप तुलनात्मकरूपमा न्युन छ। सरकारी लगानीका उत्पादन केन्द्रहरु बन्द छन् वा जीर्ण छन्। सरकार प्रदत्त सेवाबाट कसैको पनि गुजारा चल्ने अवस्था निर्माण हुन सकेको छैन। निजीकरणको अव्यवस्थित अभ्यासले समाजलाई भ्रष्ट र सेवाप्रदायक निकायलाई 'दलाल गृह' बनाउन मद्दत गरिरहेका छन्। एउटा डाक्टर, इन्जिनियरमात्र हैन, अफिसर बन्न पनि पैतृक सम्पत्ति बेच्न वा ऋण लिनुपर्ने अवस्था छ। ५० लाख तिरेर डाक्टर बनेको व्यक्तिले सरकारी तलवमा कति राम्रो स्वास्थ्य दिन चाहला? उसको प्राथमिकता लगानी उठाउने कुरा होला कि मानवीय सेवा होला? जनशक्ति उत्पादनमा राज्यको लगानी भएन भने व्यक्तिको श्रीसम्पत्ति सर्टिफिकेट ल्याउनमै सकियो भने त्यो जनशक्तिले 'कमाउ धन्दा' लाई अवश्य महŒव दिन्छ। त्यतिबेला समाजमा वा सेवाप्रदायक निकायका जिम्मेवार व्यक्तिहरुमा मानवीय मूल्य वा भावना एउटा 'अव्यावहारिक आदर्श' का रूपमा रहन पुग्छ। भौतिक पूर्वाधारको विकास गरिरहँदा र त्यसलाई आवश्यक जनशक्ति सहज र कम लगानीमा उत्पादन नहुँदा त्यो पूर्वाधार निर्माणको उद्देश्य पूरा हुन सक्दैन। आजको समाज भ्रष्ट बन्नु, राज्य प्रदत्त सेवामा स्तरीयता नहँुदा अविश्वास रहनु र शिक्षा स्वास्थ्य जस्ता राज्यको अनिवार्य दायित्वमा पर्ने क्षेत्रमा 'दलालतन्त्र' हावी हुनुको कारण भनेकै मानवीय मूल्य स्खलित हुनु हो। शिक्षा र स्वास्थ्यमा राज्यको लगानीभन्दा निजी लगानीको प्रभाव बढिरहँदा जनता गरिब हुन्छन्, राज्यको सेवा/सुविधा अभाव हुन्छ र समाजबाट मानवीय मूल्य स्खलित हुँदै जान्छ। हामी अहिले यसरी नै शिकार भइरहेका छौँ। बीपी कोइरालाले प्रष्टरूपमा भन्नुभएको छ, शिक्षा स्वास्थ्य, खानेपानी जस्ता आधारभूत कुराहरुमा राज्यको लगानी हुनुपर्छ। उहाँले हामीलाई चाहिने जनशक्ति पनि यहीँ उत्पादन गर्नुपर्छ भन्नुभएको छ। 'विदेशमा पढेका र विदेशी माटो तथा हावापानीमा परीक्षण गरेका प्राविधिकहरु यहाँ आएर काम गर्दा सफल नहुन सक्छन्, त्यसैले हामीलाई आवश्यक जनशक्ति यही उत्पादन गर्नुपर्छ, यहीँको हावा, पानी र माटोमा उनीहरुले आफ्नो क्षमता परीक्षण गर्नुपर्छ' भन्ने बीपी भनाइको गहिराइमा जाने हो भने अहिलेको समाजले राज्य प्रदत्त सस्तो सेवामा कत्ति पनि चित्त नबुझाउने अवस्था अन्त्य गर्ने उपाय भेट्टाउन सक्छौँ। त्यतिबेला मात्र मानवीय मूल्यमा आधारित सेवा/सुविधा नागरिकलाई उपलब्ध गराउने संरचनाको विकास सम्भव हुनेछ।
जब लोकतन्त्रको मूल मर्म मर्छ र लोकतन्त्रलाई एउटा प्रक्रियाका रूपमा मात्र हेर्ने अवस्था आउँछ तब त्यो लोकतन्त्रले जनताको भावनाको सम्मान र आवश्यकता पूर्ति गर्न सक्दैन। लोकतन्त्रको मर्म भनेको सबै नागरिकले सम्मानको अनुभूतिका साथ आफूले चाहेको पेशा व्यवसाय गर्दै राष्ट्रलाई योगदान दिन सक्ने अवसर निर्माण हो। व्यक्ति व्यक्तिको सम्बन्धदेखि लिएर आफ्नो समाजमा मानवीय मूल्य स्थापित गर्ने अभियानलाई सघाउने पद्धति लोकतन्त्र हो। आज समाजमा कोरिएका अनावश्यक विभाजन र विभेदका रेखालाई क्रमशः मेटाउँदै सभ्य समाज निर्माणतर्फको यात्रा नै लोकतान्त्रिक अभियान हो। बीपीको चाहनाको लोकतन्त्र यस्तै जीवन्त लोकतन्त्र थियो, प्रक्रियामा सीमित लोकतन्त्र थिएन। आज कस्तो लोकतन्त्रको अभ्यास भइरहेको छ र त्यसलाई जीवन्त बनाइराख्न के गर्नुपर्छ भन्ने कुरामा गम्भीर हुनका लागि उत्प्रेरणा दिने विचार हो– बीपी विचार भनेको। यही उत्प्रेरणा नै अहिलेको पुस्ताका लागि अचुक अस्त्र हुनेछ जसले समाजमा सुधार ल्याउन, राज्यलाई आफ्नो आधारभूत दायित्व सम्झाउन, विधिमा आधारित राज्य स्थापना गर्न र मानवीय मूल्यलाई जीवनको अनिवार्य अंगका रूपमा स्थापित गर्न। बीपीको विचारमाथि बहस हुँदै गर्दा मानवीय मूल्यसहितको सभ्य समाज निर्माणको लक्ष्य भुल्नुहँुदैन। यो मूल्यको खोजी गरिरहँदा यहाँका सम्पूर्ण विभेद र विभाजनका रेखा मेटिएर जानेछन्। विभेद र विभाजनका रेखाबिहीन समाज बीपीको लक्ष्य हो।
विचार यात्राले बीपीको मूल्यमा आधारित राजनीति, मूल्यमा आधारित सामाजिक व्यवस्था, मूल्यमा आधारित शिक्षा र स्वास्थ्य नीति र मूल्यमा आधारित राष्ट्रियता तथा लोकतन्त्रको पक्षमा व्यापक बहसको थालनी गर्न सबैलाई प्रेरित गर्न सक्नुपर्दछ। जसले नयाँ पुस्तालाई देशका लागि योगदान दिने प्रेरणा प्रदान गर्नेछ। कांग्रेसको बीपी विचार यात्राको सन्दर्भ यहाँसम्म जोडिन पुग्यो भनेमात्र त्यो सार्थक ठहरिनेछ।

प्रतिक्रिया