×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Monday 6 Kartik, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

राष्ट्रपति ओबामा नेपाल जालान्!

(0 votes)
यतिबेला अमेरिकामा बस्ने नेपाली राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमण गराउने प्रयासमा जुटेका छन्। राष्ट्रपति ओबामा भारतको गणतन्त्र दिवस (यही जनवरी २६, २०१५) मा मुख्य अतिथिका रूपमा भारत जाँदैछन्। उनी भारतको गणतन्त्र दिवसका प्रमुख अतिथि बन्ने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्। भारतका लागि ओबामा भ्रमण कीर्तिमानी हो, किनभने उनको यो दोस्रो भ्रमण हो। कुनै पनि अमेरिकी राष्ट्रपति पदमै रहँदा दुई पटक भारत गएको घटना यो पहिलो हो।
राजेश कोइराला

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
यसैबेला नेपालको भ्रमण गराउन सकिन्छ भन्ने नेपालीको मनसाय हो। यसका सम्भाव्यता केलाउन एकपटक विगत हेरौँ। कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले नेपाल भ्रमण गरेको इतिहास छैन। सन् १९९५ मा प्रथम महिला हिलारी क्लिन्टनले नेपाल भ्रमण गर्दा सुरक्षाका लागि नेपालले धेरै मेहनत गर्नुपरेको थियो। यो अमेरिकी प्रथम महिलाको पहिलो नेपाल भ्रमण थियो। राष्ट्रपति ओबामाको नेपाल भ्रमण हुने भयो भने यो धेरै राम्रो हुनेछ। तर, के भ्रमण सम्भव छ? 
पहिलो त सुरक्षाका कारण यो भ्रमण हुने सम्भावना देखिँदैन। केही साताअघि अस्ट्रेलियाको सिड्नी र पाकिस्तानको पेशावरमा भएका आतंककारी आक्रमणपछि अमेरिका आफैले दिल्ली वा आसपासका क्षेत्रमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कताको सूचना जारी गरेको छ। यो सूचना राष्ट्रपति ओबामाको जनवरी २५–२६ को भारत भ्रमणको पूर्वसन्ध्यामा जारी गरिएको छ। राष्ट्रपतिको भ्रमण हुने भनिएपछि तस्कर–ए–तोइबाले धम्की दिएको छ। राष्ट्रपति भ्रमणका लागि अमेरिकी सुरक्षा संयन्त्रले आफ्नो टोली दोस्रो पटक भारत पठाउन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 
भारतमा सुरक्षाका लागि यत्रो अभ्यास गर्नुपरेको छ भने नेपालमा के होला? अस्ट्रेलियाको सिड्नीस्थित इन्स्टिच्युट अफ इकोनोमिक्स एन्ड पिस (आइइपी) को अध्ययनबाट जारी गरिने आतंकवादी सूचकांकमा नेपाल अहिले २४ औँ स्थानमा छ, जबकि संस्थाको सबैभन्दा पुरानो यही सूचकांक (सन् २००२) मा १० औँ स्थानमा थियो। आन्तरिक आतंक त्यस्तो भयंकर नदेखिएको भए पनि आतंकवादी क्रियाकलापमा नेपाल नाका बनेका समाचारहरू अब नौला रहेनन्। 
भारतीय वायुसेवा प्राविधिकहरू भन्छन्, ‘जनवरीमा दिल्लीको मौसम अप्रत्याशित हुन्छ। यसै पनि तुवाँलो दिल्लीको अजात शत्रु बन्दै आएको छ। विमानस्थलमा राष्ट्रपति चढ्ने एयरफोर्स वानको विमान अवतरण गर्न कठिन हुनसक्छ।' काठमाडौँको विमानस्थलमा राष्ट्रपतिको एयरफोर्स वान उत्रेला? भ्रमणमा एउटा मात्र विमान रहँदैन। मौसमका कुरा परै राखौँ, प्रविधिले कति साथ देला? विमानस्थलको रनवे दुरूस्त त छ?
समयतालिका अर्को कारण हुनसक्छ। राष्ट्रपतिका धेरै भ्रमण, कार्यालयका काम, कंग्रेसको उपस्थिति आदि सबै समयअनुसार चल्छन्। यसका लागि अप्रत्याशित अवस्थाबाहेक धेरैअघि नै निर्धारण गर्ने काम हुन्छन्। नेपाल र नेपालीले राष्ट्रपति भ्रमणको आग्रह गर्दा समय समायोजन त्यति सजिलै होला जस्तो लाग्दैन, किनभने प्रधानमन्त्री सुशील कोइरालाले डिसेम्बर ८ मा औपचारिक आमन्त्रणपत्र अमेरिकी राजदूत पिटर डब्लु बोडीलाई बुझाएका हुन्। यता नेपाली टोली भ्रमणको लबिङका लागि डिसेम्बर २४ मा ह्वाइट हाउस पुगेको थियो। 
यी एकदमै साधारण विषयलाई हेर्ने हो भने भ्रमणका सम्भावना कम छन्। यस्तो प्रयासका लागि थोरै कूटनीतिक सुझबुझ आवश्यक हुन्छ। आन्तरिक मामिलामै अल्भि्कएको मुलुकले गएका एक दशकभन्दा बढी समय कूटनीतिक विकासको साटो सन्तुलनको कामबाहेक केही गरेको देखिँदैन। अर्कातिर अमेरिकामा नेपाली राजदूतको रिक्तता थप कारण हुनसक्छ। 
अर्को प्रश्नः किन गराउनु पर्योे, यो भ्रमण? यतिका वर्ष भयो, हामीले दुईटा चुनाव गराएर पनि संविधान बनाएका छैनौँ भनेर हिन्दी चलचित्र ‘शोले' मा गब्बरसिंहका जस्ता फोहोरी दाँत ङिच्च देखाउन? कि राष्ट्रपति ओबामाले ‘बुद्ध नेपालमा जन्मेका हुन्' भनेर भाषण गरिदिनुपर्योद? या त हामीले अझै सहयोगको आशा राखेका छौँ। त्यो पनि ह्वात्तै सहयोग बढ्ला भन्न सकिन्न। देशभित्रकै अवस्था सुधि्रएको बेला सहायता बढेका उदाहरणहरू २०४७ पछि दखिएका थिए। 
भ्रमण होस्, सबैको चाहना छ। एउटा सरकार प्रमुखका रूपमा प्रधानमन्त्री कोइरालाले आग्रह गर्नु, आग्रहलाई अमेरिकी सरकारसमक्ष राख्न राजदूत अमेरिका आउनु, अमेरिकी सरकारका निकायले सकारात्मक रूपमा लिनु आदि प्रक्रिया हुन्। प्रक्रियाहरूको परिणाम ‘हुन्छ' वा ‘हुँदैन' जे पनि हुनसक्छ। 

अमेरिकामा निस्कने ‘अक्षरिका' न्युजलेटरका सम्पादक

प्रतिक्रिया