Sunday 4 Bhadra, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

समृद्ध बन्दै रसुवा

(0 votes)
‘ओहो! रसुवा त नागार्जुन भन्दा पनि टाढा पर्दोरहेछ'– काठमाडौंका रैथाने भन्ने गर्थे। नागार्जुनबाट त रसुवा निकै टाढा पर्छ तर पनि काठमाडौंको मध्य सहरतिर बस्ने र कहिल्यै नागार्जुन नकटेकाहरूलाई रसुवा टाढा हैन, नागार्जुनै पनि टाढा हुँदोरहेछ।
प्रेमप्रसाद पौडेल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
डेरामा बसेका रसुवालीबीच कुरा हुँदा प्रायः यस्तै कुरा हुन्थे। यो लगभग बाह्र पन्ध्र वर्षअघिको स्मरण आज पनि मानसपटलमा आइरहेको छ। त्यति बेला हामीलाई पनि रसुवा अलि टाढै छ जस्तो लाग्थ्यो। बिहानै बस चढेपछि ढलपल ढलपल हुँदै बेलुकी बल्ल रसुवा पुगिन्थ्यो। बस यात्रा गर्दा थकानको निकै महसुस पनि हुन्थ्यो। दिनभरको यात्रापछि बसबाट ओर्लेर पाइला चाल्न कठिन पर्थ्यो। अझ भन्नैपर्दा थोरै बस संख्याका कारण बसको यात्रा कठिनाई पूर्ण नै थियो। बसभरि ठसाठस मान्छे, चाडपर्वका समयमा त सजाय पाएको जस्तै। अन्य समयमा पनि साथै लगिएको सामान जोगाएर घर पुर्यासउन सास्ती नै खेपिन्थ्यो। ‘वाग्मतीको कर्णाली' भएर रसुवाले परिचय दिइरहेको थियो। सदाबहार रसुवा ओहोरदोहोर गरिरहनेलाई बानी परेको थियो तापनि आगन्तुक बनेर रसुवा छिर्नेका लागि जेल सजाय जस्तै हुन्थ्यो।
तर दुई वर्षदेखि यातायातमा केही सहजता भएको छ। दशैं, तिहार र अन्य पर्वका समयमा बसको संख्या कम भएका कारण समस्यामा सुधार हुन सकेको छैन। तर राजधानी मात्र हैन देशका दूरदराजमा बसेका नेपालीले रसुवा सुन्न थालेका छन्, चिन्न थालेका छन्। त्यतिमात्र हैन एक पटक रसुवा जाउँ जस्तो धेरैलाई हुन्छ। रसुवा नाम सुन्नेबित्तिकै कतै कर्णालीतिरको गाउँ होला भन्ने ठान्नेहरूका लागि आज राजधानीबाट चारै घण्टामा जान सकिने वाग्मतीकै जिल्ला बनेको छ। यातायातमा केही सुधार हुनु रसुवा नजिकिँदै गर्नुको एउटा सूचक मात्र थियो। रसुवामा नयाँ मानिसको चहलपहल अहिले चर्चामा आएको चिलिमे मोडल पनि एउटा हो। विस्तारै नयाँ आगन्तुकको पाइला स्याफ्रुबेसीसम्म पुग्न
थाल्यो। त्योभन्दा अघिल्ला दिनमा नै गोसाईंकुण्ड धार्मिक पर्यटन, तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ र चिलिमेको औषधालय तातोपानी कुण्डका कारण पनि मानिसको आवागमन केही बाक्लेको भने थियो। भूमिगत सुरुङ मार्ग, नेपालीको डिजाइन, श्रम, सिप र लगानीका कारण रसुवा छिर्ने मानिसको संख्यामा उल्लेखनीय वृद्धि गराइदियो। त्योसँगै वि.सं २०६४/२०६५ बाट नै आन्दोलन मार्फत् प्रक्रियामा गएको उक्त कम्पनीको सेयर रसुवाली र आम नेपालीले प्राप्त गर्नु पनि रसुवाको समृद्धि थियो। यससँगै दर्जनभन्दा बढी जलविद्युत् निर्माण गर्न सक्ने क्षमता रसुवाले बोकेका कारण पनि रसुवा निकै चासो बनेको छ, धेरैको नजरमा छ।
सन् १८४९ मा तिब्बत र नेपालबीच युद्ध हुँदा नेपालीले युद्ध जितेर बनाएका रसुवागढी र त्यही गढीलाई आधार बनाएर गरेको ऐतिहाँसिक सन्धिका कारण पनि रसुवा आफ्नो परिचय स्थापित गराउन चाहन्थ्यो। लामो समयदेखि राष्ट्रिय योजनामा प्राथमिकतामा उल्लेख हुँदै आए पनि विकास निर्माण हुन नसकेको ‘स्याफ्रुबेसी–रसुवागढी' सडक मार्ग बनेपछि त आकस्मिकरूपमा नै देशका चर्चित मानिसको गन्तव्य बन्न थाल्यो रसुवा। रसुवागढी नाका र यससँग जोडिएका विविध विषय पुर्खासँगको इतिहास, अंशुबर्माकी छोरी भृकुटी घर माइती गर्दा यही बाटो प्रयोग गर्ने गरेको किंवदन्ती साथै चीन–भारत जोड्ने सबैभन्दा छोटो नाकाको रूपमा विकास हुन सक्ने सम्भावनाका कारण पनि पनि यो नाकाको विकाससँगै मानिसको आवागमन बढेको हो। धेरैले रसुवा चिन्न थालेका पनि हुन्।
जलविद्युत्, पर्यटन, रसुवागढी नाका तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका वरपर रहेका दुर्लभ पशुपन्छी, जैविक विविधता, जडीबुटी खेती, कृषि पर्यटन तथा उत्पादित वस्तुका बजारीकरणको माध्यमबाट रसुवाले अग्रगामी छलाङ मार्ने सम्भावना छ। यही सूचकहरूको इमानदारीपूर्वक कार्यान्वयन, सदुपयोग र प्रयासबाट रसुवा समृद्ध बन्नेछ र बनिरहेको पनि छ।

प्रतिक्रिया