×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 21 Mangshir, 2073 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

दाइको बन्दुक

  • शुक्रबार २१ असार, २०७०
  • डा. सरोज धिताल
  • Be the first to comment!
(0 votes)
'पुरानो पुस्ताका नेताले ठाउँ छाड्दै छाड्दैनन्।
'बूढाहरु नयाँ पुस्तालाई हुर्कनै दिंदैनन्।
यस्तो गुनासो हाम्रोजस्तो देशका निम्ति पटक्कै नौलो हैन। एकपटक कुर्सीमा बसेपछि सकेसम्म त्यसमै टाँस्सिइरहने प्रवृित्त यस देशको राजनीतिमा मात्र हैन संघसंस्था, विद्यालय जताततै देखिन्छ। यस प्रवृित्तले कति नोक्सान गरिरहेको छ भन्ने लेखाजोखा भने गम्भीरतापूर्वक र व्यवस्थित ढङ्गले कसैले पनि गरेको देखिन्न। 
नयाँ पुस्ताको छट्पटीगुनासो र असन्तुष्टिमा मात्र यो समस्या अभिव्यक्त हुनेगरेको छ अहिलेसम्म। नेताहरुमा भने अभिभावकीय चेतको नितान्त अभाव र शासकीय लिप्साको प्रचुरता देखिन्छ। तिनमा असल बाबुआमा वा गुरुमा हुनुपर्ने सद्गुण हैनपुरातन संयुक्त परिवारका बाजेमा हुने हैकमवाद देखिन्छ। कुनै बेला त ती 'बाजे'हरू मालिक हुन्छन् र 'छोरानातितिनका नोकर। कसैकसैले नेतृत्वको पुस्तान्तरणको आवश्यकतालाई सैद्धान्तिक तहमा स्वीकार गरे पनि आफैँले कुर्सी छोड्नु पर्ने स्थिति आउँदा चाहिँ अनेक बहानाबाजी गर्न थाल्छन्। प्रत्यक्षअप्रत्यक्ष ढङ्गले आफ्नो महत्वलाई बढाइचढाइ गर्न थाल्छन्। सिर्जनात्मक क्षमता गुमाइसक्दा पनि आफूलाई अझै ऊर्जावान् र अपरिहार्य प्रमाणित गर्न लाग्छन्। आफू 'विशेषभएकोअरुभन्दा भिन्न भएको दाबी गर्छन् र गर्न लगाउँछन्।

यस्तो बेलामायस पृष्ठभूमिमायस देशको एउटा महत्वपूर्ण र ठूलो पार्टीका एकजना नेताले पदत्याग गरेको घोषणा गरेका छन्। यो समाचार चर्चाको विषय बन्नु स्वाभाविकै हो। 

यो पदत्यागका कारणमध्ये करिब प्रमुख कारणकै रुपमा डा. बाबुराम भट्टराईले नेतृत्वको पुस्तान्तरणको आवश्यकतालाई औंल्याएको सुनिदै छ। भट्टराईको पदत्यागले उनको पार्टीभित्र पनि सबैले देख्ने गरी नै हलचल ल्याइदिएको छ। त्यस पार्टीप्रति अरुको धारणाबाबुरामजी स्वयं प्रति विभिन्न समुदायका मानिसको आग्रहपूर्वाग्रहउनीबाटै विगतमा भएका सानाठूला गल्ती र अन्य विविध कारणले गर्दा थरीथरीका प्रतिक्रिया आउनु पनि स्वाभाविकै हो। सुरुसुरुमा यो 'पदत्याग'लाई कतिले घुर्की ठानेका थिए र त्यसै उँडाएका थिए। यसलाई आक्रोशअसन्तुष्टि र पराजयको अभिव्यक्तिमात्र मान्ने अझै पनि थोरै छैनन्। 

बाबुरामजी र उनको पार्टीको आलोचना गर्नुपर्ने धेरै कारण होलान्। सान्दर्भिक र विवेकसम्मत किसिमले तिनको आलोचना गर्नै पर्छ। तर भिन्न धारणा हुँदैमा उनले गरेको जेमा पनि खोटै खोज्नेकेही राम्रै गरे पनि उँडाइदिने जस्ता कार्य भने लोकतान्त्रिक संस्कारभित्र नपर्ने विषय हुन्। बाबुरामजीको यो निर्णयका पछाडि जेसुकैजतिसुकैजस्तासुकै अन्य कारण र आशय लुकेका भए पनितीमध्येको एउटा आशय नयाँ पुस्ताका निम्ति हुर्किने ठाउँ (स्पेस) छोड्नु रहेछ भनेयही एउटा सुन्दर आशयका लागि पनिउनलाई दिल खोलेर धन्यवाद भन्नुपर्छ। राजनीतिक नेतृत्वको संस्कारमा यो अत्यन्त सकारात्मक मोड हो। र यो सकारात्मकताको संक्रमण अन्य पार्टीमा पनि भयो भने त्यसले देशमा ठूलै परिवर्तन ल्याउन सक्छ। 

तर अरु केही कुरा पनि छन्।

पाका नेताले आफूभन्दा पछिल्लो पुस्ताका कसैलाई कुर्सी छोडिदिनु र आफ्नो पगरी कान्छालाई लगाइदिनु मात्रै सबै भने हैन। छोराछोरीको जन्मदिनमा बाबुआमाले उपहार दिने औपचारिकता पूरा गर्नु र छोराछोरीलाई साँच्चै प्रेम गर्नुको बीचमा ठूलो अन्तर हुन्छ। अघिल्लो पुस्ताको जिम्मेवारी भनेको अभिभावकको जिम्मेवारी होगुरुको जिम्मेवारी हो। असल गुरु त्यो हो जो 'फलो मीमात्र भन्दैन। असल गुरुले त शिष्यभित्र लुकेको सकारात्मक ऊर्जाको उद्घाटन गरिदिन्छ। त्यस ऊर्जाको सिर्जनात्मक उपयोगलाई प्रोत्साहित गर्छ। आफूले बनाएको गोरेटोलाई फराकिलो राजमार्ग बनाएर दगुर्न प्रेरित गर्छ,  आफूले प्राप्त गर्नसकेको उचाईभन्दा धेरै माथिसम्म उाड्ने हौसला दिन्छ। असल अभिभावक त्यो हो जो छोराछोरीलाई आफ्ना अतृप्त सपनाको भारी बोकाउँदैन। असल अभिभावकले त सन्तानलाई आफ्नै युगको सपना देख्ने उनीहरूकै अन्तर्दृष्टिको खोल छोडाइदिन्छ। ती सपना साकार पार्ने वाहनको साँचो देखाइदिन्छ। 

तर्कहीन अनुयायी बनाउनु र गुरु हुनुमा फरक छ। 'बिँडो थामिदिनेसन्तानको चाहना राख्नु र असल अभिभावक हुनुमा फरक छ। 'मैले गरेको कुरा गलत हुन सत्तै्कन’ भन्ने मानिस न त असल गुरु हुन सक्छन असल अभिभावक नै।  

बाबुरामजीले ठाउँमात्रै छोडेर पुग्दैन। ठाउँमात्र छोड्ने, 'पदत्यागमात्र गर्ने त अन्य पार्टीमा उहिल्यै भइसकेका छन्! केही नौलो कुरा हुँदैन यो। प्रश्न त के भने साँच्चै असल अभिभावक र गुरु हुन तयार छन् त उनी?  यही प्रश्न अरु पार्टीका वरिष्ठलाई पनि हो। यो कठिन तर पवित्र र महान् काम – असल अभिभावक र गुरु हुने काम ­ गर्न तयार नेता कति छन् आजका पार्टीमा

कतै लुकेर बसेका छन् त्यस्ता नेता भनेकतै चुपचाप नयाँ पुस्ता हुर्काउँदैछन् त्यस्ता गुरुहरू भने ती आदरणीय छन्। प्रतिबद्धताइमान्दारी र सदाशय हुने हो भने नेता साँच्चैका अभिभावक हुन नसक्ने हैनन्। यो सम्भव छ। तर यी तीन गुण छैनन् भने चाहिँ पुस्तान्तरणको चर्चा एउटा नाटकमात्र हुन पुग्छ ­ एउटा यस्तो नाटकजस्को मञ्चन भयावह र खतरनाक हुनसक्छ।

यी पंक्ति लेखिरहँदा म एक जना अमेरीकी किशोरको सत्यकथा सम्झिरहेको छु ­ स्कट पेकको एउटा किताबमा पढेको थिएँ कुनै बेला। 

बबी — १५ वर्षको केटो। उसको दाइ स्टुवार्टले आत्महत्या गरेको हुन्छ राइफलले आफ्नै टाउकोमा गोली हानेर। त्यसपछिका केही दिनसम्म त बबीले  आफूलाई सम्हालिरहेकै हुन्छ। तर बिस्तारै स्कूलमा उसको पढाइ बिग्रिन थाल्छ। अनि थाहा पाइने गरी उसमा निराशा (डिप्रेशन) उत्पन्न हुन्छ। क्रिसमस नजिकिँदै गर्दा उसको डिप्रेसन झन् चर्को हुन्छ। बाबुआमासँग बोल्नै छोड्छ। क्रिसमसपछि त उसको हालत झनै खराब हुन्छ। कुनै बेलाको राम्रो विद्यार्थीअनुशासित र सुशील केटो बबीले एकदिन अर्काको गाडी चोर्छ। कहिल्यै गाडी चलाएको थिएन उसले। दुर्घटना हुन्छ। अनि पुलिसले समात्छ। सानो उमेरको भएकाले बाबुआमाको जिम्मा लगाउँछ र तुरुन्तै मनोरोग विशेषज्ञका लैजान आदेश दिन्छ। 

त्यसरी त्यो किशोर – बबी ­ डा. स्कट पेककहाँ आइपुगेको रहेछ। बबीसँग कुराकानीका क्रममा एउटा भयावह तथ्यको उद्घाटन हुँदा हजारौं मानसिक रोगीलाई बेहोरीसकेका ती डाक्टर बेसरी तर्सिन्छन्। 

क्रिसमसका बेलामा 'के उपहार दिउँ तँलाई?' भनेर बाबुआमाले बबीलाईसोधेका रहेछन्। उसले टेनिस र्‍याकेटको रहर गरेको रहेछ। तर बाबुआमाले उसलाई उपहारमा दिएछन् अर्कै वस्तु ­ एउटा बन्दुक। उसको दाइकोजस्तो मात्र हैन – त्यही नै बन्दुक। आत्महत्या गर्न प्रयोग गरेको स्टुवार्टको उही बन्दुक!

विस्मितआक्रोशित डाक्टरले बबीका बाबुआमालाई सोधेछन् – 'किन त्यही बन्दुक दिनु भयो उसलाई’ भनेर। बाबुको उत्तर थियो 'यो उमेरको एक जना ठिटाका लागि त्यसभन्दा आकर्षक उपहार अरु के हुन सक्थ्यो?’ तर्सिएका डाक्टरले अझै छक्क परेर सोधेछन् – जुन बन्दुकले ठूलो छोराले आत्महत्या गर्‍योत्यही बन्दुक सानोलाई दिँदा उसको मनमा के प्रभाव पर्‍यो होलासोच्नु भएन?’ आमाको उत्तर थियो – 'तपाईंहरु जस्तो पढेलेखेको बुद्धिजीवी हैनौं हामीत्यति धेरै सोच्न कहाँ सक्छौं र! अनि अरु उपहार किन्न धेरै पैसा खर्च गर्नुभन्दा घरैमा भएको वस्तु किन नदिने?’

राजनीतिमा पुस्तान्तरण आवश्यक छ। स्वाभाविकरूपमा नयाँ पुस्ताको नेतृत्व स्थापित हुँदैजाने सिलसिला सुरु हुनै पर्छ। नयाँ पुस्तामा अन्तर्निहित ऊर्जा उद्घाटित हुनै पर्छ। र यस कामको सुरुआत बाबुरामजीबाट एनेकपा (माओवादी) भित्र भयो भने उहाँप्रति सबैले आभार व्यक्त गर्नुपर्छ। तरनयाँ पुस्ताले उहाँबाट उत्तराधिकारमा पाउने कुरा के हुन्छपुरानो पुस्ताबाट नयाँ पुस्ताले पाउने उपहार के हुन्छ

त्यो उपहारत्यो पुर्ख्यौली सम्पत्ति पनि बबीले पाएजस्तो ­ दाइको बन्दुक ­ भएछ भने त्यो भयावह हुनेमात्र हैनत्यसले त बर्बादै पार्नेछ। सत्यानाशै हुनेछ।

गाह्रो छ साँच्चैको नेता हुन! असाध्य गाह्रो छ साँच्चैको गुरु र अभिभावक हुन। 

प्रतिक्रिया