Wednesday 12 Shrawn, 2073 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

राजतन्त्र र बीपी

  • सोमबार १० भाद्र, २०७०
  • ज्ञानमणि नेपाल
  • Be the first to comment!
(0 votes)
नेपाल एकीकरण अभियानलाई बढाउँदै पूर्व टिष्टादेखि पश्चिम यमुनासम्म सीमा पुर्या एर विशाल नेपाल बनाउने वीर बहादुर शाह, दामोदर पाण्डेजस्ता सपुतलाई बिनाकारण देशद्रोह, राजद्रोह लाएर मार्ने पन्साउने प्रवृत्ति प्रारम्भ भएकै दिनदेखि, २४ वर्षका राजाले म बूढो भएँ भनेर डेढ वर्षका बालकलाई राजगद्दीमा राखेर जोगी भएको अभिनय गरेकै क्षणदेखि नेपालको दुर्दिन सुरु भएका हुन्।
nepali-patro-june
त्यसपछि राजाहरू काजी र मन्त्रीका वशमा परेर क्रमैले थापा, राणाजस्ता शासकका निगरानीमा रहन बाध्य भए। वि.सं. १८६३ देखि २००७ फागुनसम्म राजा नजरबन्दजस्तै थिए। नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र जनक्रान्ति सफल भएकै दिन राजाको पुनरोदय भयो। क्रान्ति नायक विश्वेश्वरप्रसाद कोइराला शक्तिशाली गृहमन्त्रीका रूपमा प्रकट भए। नेपालमा निरङ्कुश राणातन्त्र समाप्त भएर प्रजातन्त्र प्रादुर्भाव भयो। 
यो क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा भएको थियो। यो आन्दोलनको उठान सक्रिय समर्थन, सञ्चालन र निर्देशन मूलतः बीपीले नै गरेका थिए। बीपी असाधारण व्यक्ति थिए। उनीजस्ता राजनीतिक सुझबुझ, अदम्य उत्साह शक्ति भएका र जस्तोसुकै जोखिम उठाउन र दुःख कष्ट सहन सक्ने साहसी जननेता अरू थिएनन्। यसैले उनलाई प्रजातन्त्रप्रेमी नेपाली जनताले सधैँ सम्भि्करहन्छन्, श्रद्धा गर्छन्। अहिले बीपीको सान्दर्भिकता झन् बढेर आएको छ। बीपी प्रजातन्त्रका पर्याय हुन पुगे भन्दा हुन्छ। पहिले प्रजातन्त्रको विरोध राणा, राजा र उनको पक्षकाले गर्थे भने अहिले उग्र वामपन्थी विरोधमा लागेका छन्। त्यस कारण पनि प्रजातन्त्र पक्षकाले बीपीलाई र उनको सिद्धान्तलाई स्मरण गर्नु झन् आवश्यक भएको छ। 
राणा शासनमा बोल्ने, लेख्ने, पुस्तक प्रकाशन गर्ने स्वतन्त्रता थिएन। संघ संस्था खोल्न पाइँदैनथ्यो। त्यस अवस्थामा प्रजातन्त्रका पक्षमा जनमत बनाउन राजधानी आउँदा बीपी थुनामा परे। भोग्नुसम्म सास्ती भोग्दा पनि उनी हरेस खाएनन्। मोहन शमशेरको अचाक्लीबाट उम्कन आमरण अनशनबाहेक अर्को उपाय रहेन। सत्ताइस दिन अनशन बसेर मर्लान्त हुँदासम्म पनि राणा शासकको मन पग्लेन। आखिर भारतीय नेताहरूको दबाब थेग्न नसकेपछि र बीपी जेलैमा बित्ने भएपछि मात्र छुटे। माफी मगाउन मोहनशमशेरले भरमकदुर गर्दा उल्टै उनैलाई चुनौती दिएर गए। अहिंसात्मक आन्दोलनले राणा शासन ढल्दैन र प्रजातन्त्रका लागि हतियारै उठाउनुपर्छ भन्नेमा उनी दृढ भएर त्यसतर्फ लागे। 
आफ्ना भारतीय साथी सङ्गाती गान्धीवादी नै भए पनि तिनलाई आफ्नो पक्षमा सहमत गराउनु उनको खुबी थियो। सामान्य लेखपढ, प्रकाशन गर्ने, संघ संस्था खोल्न पाइने अंग्रेजी राज्य भारतमा शान्तिपूर्ण आन्दोलन सफल भयो। राणाको जस्तो निरङ्कुश कट्टर तानाशाही शासन भएको नेपालमा गान्धीवादले काम गर्दैन। शान्ति पूर्ण जनआवाज उसले सुन्दैन। यसैले यस्ता देशमा सशस्त्र आन्दोलन अनिवार्य छ, बाध्यता हुन्छ, भन्ने बीपी को तर्कमा तिनीहरूसँग उत्तर थिएन। तर, भारतमा गान्धीवादी पार्टीका नेताको हातमा शासन भएकाले बीपीले तिनीहरूबाट सहानुभूति सिवाय प्रत्यक्ष सहायता पाएनन्। डिल्लीरमण रेग्मीजस्ता साथी र आफ्नै पार्टीका मातृकाप्रसाद कोइरालाजस्ता गान्धीवादी भनिने नेता उनको कुरामा सहमत नहुँदानहुँदै पनि राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेस मिलाएर नेपाली कांग्रेस बनाए। सुवर्ण शमशेर बीपीको सशस्त्र संघर्षको नीतिमा सहमत थिए। कांग्रेसको सम्मेलनमा सशस्त्र आन्दोलनको नीति पारित भइसके पछि बीपीको प्रयासले बर्मा हतियार दिन सहमत भयो र हतियार ल्याइयो पनि। यता गणेशमान सिंहको नेतृत्वको दल राजधानी गएर केही सैनिक हात लिएर विद्रोह गराउने प्रयत्नमा लाग्यो। सिंह बाटैमा पक्राउ भए। जेल परे। उता पूर्वसैनिक र नयाँ सैनिक भर्ना गर्ने तालिम दिने काम चल्दै थियो। यता राजा पनि उकुसमुकुसमा थिए। राणाका फन्दाबाट फुत्किने जोड जुक्ति लाइराखेकै थिए। राजालाई पनि सरिक पार्न सके आफ्नो आन्दोलन सशक्त बन्नेछ र राजा भारत गए वा भारतको निगरानीमा रहे भने हामीलाई ठूलो घाटा हुन्छ भन्ने उनको दूरदर्शी सोच थियो। पाल्पाका बडाहाकिमलाई हात लिएर त्यहाँ रहेका सैनिक पनि साथमा मिलाएर राजालाई त्यहीँ लगेर राख्ने योजना बीपीले बनाए। राजालाई निकालेर त्यहाँ कसरी लाने? त्यसका लागि पहिलो उपाय हेलिकप्टर लगेर राजा, राजपरिवारलाई टिपेर सोझै पाल्पा लगेर उतार्ने। दोस्रो, नारायणहिटीबाट कुनै जुक्तिले सुटुक्क एयरपोर्ट पुर्यापएर त्यहाँबाट सोझै परासीमा उतार्ने र पाल्पा लाने। तेस्रो आफ्ना मान्छे साथमा पठाएर रातारात गरी पाल्पाको इलाका पुर्यापउने। यसमा परासीमा सानो मैदान बनाएर त्यहाँ सानो हवाई जहाज उतार्ने योजना पनि भयो। तर प्राइवेट हेलिकप्टर पाइएन, सरकारी माग्दा दिइएन। दोस्रो र तेस्रो योजनामा समय लाग्ने हुँदा खतरापूर्ण थियो। राजालाई त्यत्रो जोखिम उठाउने आँट आएन। यस्तैमा पक्राउ परेका गणेशमान, सुन्दर राज र तोरणशमशेरलाई मृत्युदण्डको सजाय सुनाइयो। विसं १९९७ सालमा जस्तै यिनलाई मारेर, चारपाटा मुढेर प्रजातन्त्रवादीलाई तर्साउने मोहनशमशेरको मनसाय थियो। यसमा राजाको लालमोहर लाउन पर्थ्यो। 'राजकाजको सर्वाधिकार तिमीहरू लिने तर जनता मार्ने काममा चाहिँ मलाई अघि सार्ने“ ' भनेर राजा त्रिभुवनले साफै इन्कार गरिदिए। चिफले राजालाई मुख छोडे र निस्कासन गर्नेसम्मको धम्की दिए भन्ने चर्चा चल्यो। नभन्दै तिहारको जुवाका हुमेलामा राजा सपरिवार सिकारमा नागार्जुन जाने भनेर दरबारबाट निस्केर भारतीय राजदूतकोमा पुगे। मोहनशमशेरले उनलाई राज्यच्युत गरी शिशु ज्ञानेन्द्रलाई गद्दीमा राखे। राणाले राजालाई रोक्न सकेसम्म गरे, केही लागेन। सोझै दिल्लीबाट प्लेन आएर लिएर गयो। उता नेपाली कांग्रेसले सशस्त्र आन्दोलन पनि सुरु गर्योय। 
राजा दिल्ली गएका दिन बीपीले विस्मात माने। अब हाम्रो हातबाट राजनीतिको लगाम खुस्कियो र दिल्लीले हाम्रो राजनीतिको लगाम लियो भनेका थिए उनले। उनको दूरदर्शिता यसमा पनि झल्किन्छ। साँच्च्ौ बिस्तारै दिल्ली नेपालको राजनीतिको शक्ति केन्द्र बन्यो पनि। कहिले घटीबढी हुँदै अहिले त झन् साह्रो बढेको छ। 
आन्दोलन देशव्यापी बनेपछि करिब दुई महिनापछि मोहन शमशेर सम्झौतामा आए। राणा र कांग्रेस सम्मिलित प्रजातन्त्री सरकार गठन गर्ने, संविधान सभाको चुनाव दुई वर्षभित्र गर्ने भन्ने मौखिक सहमति भयो। यसमा त्यसबेलाका नेता टंक्प्रसाद आचार्य, डिल्लीरमण रेग्मी, खड्गमान सिंहहरू दिल्ली दौडेर पुगे। हामी पुराना नेता हौ, मन्त्रिमण्डलमा स्थान पाउनुपर्छ भनेर नेहरूलाई सुमर्न थाले। 'यो मेरो समस्या होइन, तिमीहरू नै मिलाओ' भनेर नेहरूले पन्साइदिए। यो क्रम त्यसै बेलादेखि नेपालमा चलेको चल्यै छ। नेपाली नेता दिल्ली धाउने, त्यहाँका नेतालाई सुमार्ने क्रिया अहिले झन् बढेको छ। 
मन्त्रीमण्डल त बन्यो तर प्रजातान्त्रिक प्रक्रियाअनुसार प्रशासन चलाउने, ढङ्ग पुर्या उने प्रशासक पाइएन र बीपीले युपीका एकजना प्रशासकलाई ल्याए। अलिपछि यी राजाका सल्लाहकार हुन पुगेे। बीपीको सल्लाहकार पनि भारतीय नै थिए। राजदूत पनि बेला मौकामा हस्तक्षेप गर्न अघि सर्थे। यिनीहरूलाई बीपी भारतको जिल्लाको प्रशासन चलाएजस्तो यहाँ नगर भन्दै दुत्कार्थे र ती रुष्ट हुन्थे। प्रधानमन्त्री मोहनशमशेर र गृहमन्त्री बीपीको पनि मेल नहुँदा पनि ठाकठुक परिरहन्थ्यो। राणाका मान्छे पनि स्वभावतः उग्रविरोधमा उत्रने, अरू पार्टीका नेता पनि आफूले भाग नपाउदा रुष्ट भएर विरोधको आवाज उठाइरहने। राणाका रिसल्ला गुरिल्लाजस्तै सहर गाउँ हुँदो उत्पात मच्चाउने, खुकुरी नचाउँदै तर्साउने, मन्दिरका गजुर चोरिने, लुटपाट गर्ने। दोष जति गृहमन्त्री बीपीमै लाउने हुँदा अशान्ति बढ्यो। त्यसको जड ठानेर भरत शमशेरलाई गृहमन्त्रीले थुने। त्यसपछि खुकुरी दलको हुल आएर जेल फोरेर भरतशमशेरलाई निकाली सो दल बीपीको निवासभित्र पस्यो। गार्डको बन्दुक खोसेर कागतपत्र च्यात्दै काट्न खुकुरी उज्याउदा पनि बीपी कत्ति नडगी पेस्तोलले हान्दा ऊ त्यहीँ ढल्यो। अरू भर्यातङ्गबाट खुरमुरिदै भागे। बीपीको यो साहस अचम्मकै थियो। गणेशमान त्यहीँ थिए, उनले बीपीकी आमालाई लुकाएर राखे र आफू पनि छलिएर रहे। पछिसम्म पनि बीपीको यो साहसको उनी प्रशंसा गरिरहन्थे। 
त्यस बेला दुईटा कुरामा बीपी चुके : बिजुली गारत राजदरवारमा सार्ने र युवराज महेद्रको राजीनामा फिर्ता गराउने। प्राइमिनिष्टर मोहनशम्शेर पहिलेकै रोबरबाफसँगै सिंहदरबारमै रहन्थे र क्याबिनेट बैठकमा आउँदा पनि आगेपिछे रिसल्ला लाएर गार्डको घेरामा आउँथे। उनीकहाँ बिजुली गारत थियो। यसलाई बाज पल्टन पनि भन्थे। यो पल्टन भीमसेन थापाले आफ्नो सुरक्षाका लागि माथवरसिंह थापाको नेतृत्वमा गठन गरेका थिए। पछि राणा प्राइमिनिष्टरको पनि यसैले सुरक्षा गर्थ्याे। यसैलाई हात लिएर वीरशमशेरले बडाबाबुलाई मारेर राज्य लिएका थिए। चन्द्रशमशेरले यसैलाई गुहुन्याएर दाजुलाई निकालेका थिए। जुद्धशमशेरले यसैको बलले रुद्रशमशेर र उनका सन्तानलाई निकालेका थिए। 'अब यसलाई राजाकहाँ राख्नुपर्छ ' भन्ने प्रस्ताव कांग्रेसबाट उठ्यो। यसमा मोहनशमशेरले 'बीपी बाबु! यो प्राइमिनिष्टरको सुरक्षाको लागि गठन भएको हो, यसलाई राजाकोमा लानुहुन्न, हामीले राजालाई दाह्रा नंग्रा झिकेको बाघजस्तो गरी थुनेर राखेका छौँ। अब उसलाई दाह्रा नंग्रा नलाइदिनुहोस्, हामीलाई खाने बाघले तपाईँलाई पनि खान्छ, बरू तपाईँ नै राख्नुहोस्' भनेका थिए। दुईतीन पल्ट भन्दा बीपीले माने पनि गणेशमानले सुन्नै चाहेनन्। 'यो बाघ जुँगे (मोहनशमशेर) को कुरा' भनेर हट्के। अरूले पनि त्यसैमा सही थापे। खुकुरी दलको काण्डपछि बिना सोची विचारी बिजुलीगारत राजदरबारमा सारियो। जुन दिनदेखि यसले राजाको सुरक्षा दिन थाल्यो भोलिपल्टैदेखि बीपी गणेशमानको राजासँगको भेटमा कठिनाइ भयो। पहिलेजस्तो सरासर राजा बसेको ठाउँमा जान मिलेन, एकाघ घन्टा त पर्खनैपर्ने भयो। यो बीपीले स्वयं स्वीकारेका थिए।
त्यस्तै युवराज महेन्द्रको आफ्नो सालीसँग प्रेमसम्बन्ध रहेछ र बिहे गर्ने कुरा चल्यो। राजा त्रिभुवनले सो कुरा सुन्नै चाहेनन्। जुनसुकै केटीसँग बिहे गर अथवा विदेशी केटीसँगै गर्दा पनि मेरो मञ्जुरी छ। जसले हामी लाई सय वर्ष बन्धनमा राख्यो तिनै राणाकी छोरीसँग बिहे गर्न मञ्जुरी दिन्न भनेपछि प्रेममा पागल भएर हो वा राणासँग मिलेर मै हुुकुम चलाउन सक्छु भन्ने राजनीतिक दाउले हो यो राजसी पद त्यागेेरै भए पनि नगरी बिहे नगरी छोड्दिन भनेर अड्डी लिएर युवराज महेन्द्रले राजीनामै पेस गरे। राजाले हुन्छ म अर्कै भाइलाई यो पद दिन्छु तेरो राजीनामा अहिलै स्वीकार्छु भनेपछि महेन्द्र आत्तिएर बीपीकोमा सहयोग याचना गर्न पुगे। र उनी पनि प्रजातन्त्री भएर गणेशमानलाई लिएर दरबार पुगे। राजाले बुझिहाले र राजीनामा पत्र गोजीबाट आधी देखाउँदै निस्के। ' सरकार! प्रजातन्त्रमा युवराजको प्रेम सम्बन्धलाई टुटाइदिनुभएन' भनेर मात्र के भनेका थिए राजा रिसाएर 'तिमीहरू त्यसको वकालत गर्न आएका मलाई मानव अधिकारको पाठ सिकाउन। लौ लैजाओ, त्यसको राजीनामा, सम्भि्कराख, यो मेरो छोरो हो, मैले राम्ररी चिनेको छु, तिमीहरूले के चिनेका छौ? यसले तिमीहरूको रगतका आँसु खसाल्नेछ' भने। बाबुको विरोधमै महेन्द्रले बिहे गरे। पछि छोराहरूको पनि राणाकै छोरीहरूसँग बिहा गराए। राजा महाराजाको मनोविज्ञान बीपीले बुझ्दै वुझेनन् त भन्न नमिल्ला। भावी राजालाई उपकार गर्दा प्रजातन्त्रको भविष्य राम्रोहोला भनिठाने हुनन्। राजा, राजपरिवारभित्रको घरायसी मामलामा बाहिरकाले हात घुसाउनु एक त सान, सम्मान, मर्यादाको खिलाफै मानिन्थ्यो। अर्को प्रजातन्त्री भावना अहिले ठूला नेता हौँ भन्नेका दिमागमा त घुसेको छैन भने त्यसबेलाको दरबारमा कसरी पाच्य हुन्थ्यो र? त्यसको प्रतिकूल असर पर्योस नै! न महेन्द्र अनुकूल बने न उनका रानी, न स्वयं राजा त्रिभुवन। ऊनी त झन् रिसाए। सय वर्षदेखि अधिकारविहीन बनाउने, आफैँलाई गद्दीच्युत गर्नेसम्मको अपमान गर्ने शक्तिसँगै सम्बन्ध बाँध्नु राजाको अन्तर्मनमा सहि नसक्नु पीडा हुने नै भयो। प्रजातन्त्रका प्रतीक बीपी, गणेशमानप्रतिको उनको आदर प्रेम, सम्मान, सत्कारको भाव पनि टुट्यो। स्वयं राजसंस्था पनि बलियो बनिसकेकै थियो। अब बिस्तारै बीपी, उनको पार्टी कांग्रेस पनि दरबारको अप्रिय बन्दै गए। महेन्द्रले त झन् राणा शासनकै प्रतिरूप पद्मशम्शेरको पञ्चायती प्रथा अपनाएर एकतन्त्री शासन चलाउने अभिलासा लिएर दुई तिहाइ बहुमतले जितेर सर्वसम्मत प्रधानमन्त्री भएका बीपी कोइरालालाई सैन्यबलले हटाएर स्वयं शासन गर्न लागे। राणाले सय वर्ष शासन गरे भने म पनि यिनकै सहयोगले पचास वर्ष शासन चलाउन सक्छु भन्ने हिम्मत लिएर। बीपी कोइरालाका बाबु पनि सपरिवार राणा शासकबाट निर्वासित परमपीडित नै थिए, बीपी पनि २००७ सम्म निर्वासनमै रहे। आन्दोलनकै उद्देश्यले आउँदा उनले राणाको कठोर जेलनेल भोग्नुपर्यो । क्रान्तिपछि गृहमन्त्री, प्रधानमन्त्री भए पनि मुस्किलले सबा दुई वर्ष जति शासन सत्तामा रहेपनि धेरै वर्ष जेलमा र निर्वासनमै जीवन बिताउन बाध्य भए। 
सय वर्षदेखि राजकाज चलाउँदै आएका राणा शासक मोहन शमशेरका वाक्य पनि अनुभूतिजन्य नै ठहरे। त्यस्तै शाह राजा त्रिभुवनको पनि वचन यथार्थ बन्यो। संवैधानिक राजतन्त्र र प्रजातन्त्र सँगै लिएर जान खोज्ने एक्काईसौं शताब्दीको राजनीतिमा एकमात्र जननेता भन्न सुहाउने व्यक्तिको जीवन देश र जनताको योगदानमा लाग्नै नपाई वा नदिई व्यतीत भयो।

प्रतिक्रिया