×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 4 Shrawn, 2075 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

गिर्दो लगानी प्रतिबद्धता

(0 votes)
उद्योग विभागको नयाँ तथ्यांकले चालु आर्थिक वर्षमा स्वदेशी लगानी प्रतिबद्धताको निराशाजनक तस्बिर प्रस्तुत गरेको छ ।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
चालु आवको १० महिनामा ६८ अर्ब ७४ करोड ८० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ भने गत आवको सोही अवधिमा यस्तो प्रतिबद्धता एक खर्ब २४ अर्ब ६३ करोड थियो । यसरी एकै वर्षमा झण्डै ४५ प्रतिशतले लगानी प्रतिबद्धता घट्दा बहुअसर पर्ने अवस्था उत्पन्न भएको छ । उसै पनि नेपालमा विदेशी लगानी घट्ने क्रम विगत केही वर्षदेखि जारी छ । विगतमा प्रतिबद्धता जनाएका कतिपय लगानीकर्ता अहिले मोडिएर अन्यत्रै लगानी गर्न थालिसकेका छन् । त्यसमाथि स्वदेशी लगानीकर्तामा उत्पन्न यस्तो निराशाले विदेशी लगानीकर्ता झनै बिच्किने छन् । विदेशी लगानी प्रतिबद्धता त झनै भयावह छ । गत आवभन्दा यो आवमा वैदेशिक लगानी प्रतिबद्धता ८४ प्रतिशत घटेको छ । यस वर्ष हालसम्म त्यस्तो प्रतिबद्धता केवल १० अर्ब ४३ करोड रुपैयाँबराबरको आएको छ । यो अवस्थामा सुधार ल्याउन नसक्ने हो भने बेरोजगारी भयावह हुनुका साथै सरकारको राजस्व संकलनमा पनि गिरावट आउनेछ ।

स्वदेशी उद्योगीहरू लामो समयदेखि उत्पादनमूलक क्षेत्रमा कम लगानी गर्दै आएका छन् । अब तिनको ध्यान व्यापार (ट्रेडिङ) मा केन्द्रित हुन थालेको देखिन्छ । उद्योगधन्दा चलाउँदा अनेक कठिनाई बेहोर्नुपर्ने हुनाले तिनको ध्यान व्यापारतर्फ मोडिएको हो । उद्योग विभागकै १० महिनाको तथ्यांकले स्थापना भएकामध्ये उत्पादनमूलक उद्योग निकै कम रहेको देखाउँछ । चालु आवमा उत्पादनमूलक उद्योग केवल ७२ वटा दर्ता भएका छन् । अघिल्लो आवमा यो संख्या एक सय ६ वटा थियो । पछिल्ला पाँच वर्षमा उद्योग विभागमा १८ सय उद्योग दर्ता भएका छन् । यसमा सबैभन्दा बढी सेवा उद्योग छन् । चालु आवमा ऊर्जा, खनिज, निर्माणजस्ता रोजगारी सृजना गर्ने ठूला उद्योग दर्ताको अवस्था त झनै निराशाजनक छ । कम लगानीका धेरै उद्योग स्थापना भएकाले संख्या उतिसारो घटेको नदेखिए पनि लगानी अनुपात भने स्वाट्टै कम भएको छ । लगानी प्रतिबद्धता गरिएका सबै उद्योग सञ्चालनमा आउँछन् नै भन्ने छैन । नेपालको पछिल्लो अवस्थाले त कानुनी प्रक्रिया पूरा गरिसकेका कतिपय उद्योगसमेत सञ्चालनमा आउन सकेका छैनन् । तर पनि लगानी प्रतिबद्धता हुनु उद्योग स्थापनाको पहिलो खुट्किलो हो । प्रतिबद्धता जनाएका उद्योगीलाई लगानी सुरक्षाको निश्चितता गराउनु सरकारको जिम्मेवारी हो । आफ्नो लगानीको सुरक्षा नदेखेरै उद्योगीहरू प्रतिबद्धता जनाएर पनि उद्योग खोल्दैनन् भने विभिन्न कानुनी प्रक्रिया पूरा गरिसक्दा पनि तिनलाई उद्योग सञ्चालनमा ल्याउने जाँगर चल्दैन ।

स्वदेशी–विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न डराउनुको कारण उस्तै छन् । प्रमुख कुरो नेपालको राजनीतिक अस्थिरता हो । अतिरिक्त कारणमा झन्झटिलो कानुनी प्रक्रिया, ऊर्जा अभाव, विभिन्न नामका मजदुर युनियनका अवरोध तथा स्थानीयको अव्यावहारिक मागलगायत रहेका छन् । पछिल्ला कारणको निराकरण गर्न पनि राजनीतिक स्थिरता आवश्यक पर्छ । स्थिर तथा बलियो सरकार बन्न सक्दा उद्योग स्थापनाका निम्ति सरल तथा सहज कानुनी प्रक्रिया लागु हुन्छ । एकै वर्ष नपुग्दै फेरिने सरकार र नयाँ आउने सरकारले परिवर्तन गर्ने उद्योग नीतिले पनि लगानीकर्तालाई तर्साएको छ ।

लगानीमा निराशाजनक अवस्था देखिनुमा गत वर्षको भूकम्प र भारतीय नाकाबन्दीलाई सरकारी निकायले कारण मानेको छ । भारतीय नाकाबन्दी तथा तराई–मधेसको निरन्तरको आन्दोलनले लगानीकर्तालाई हतोत्साही पक्कै पनि बनाएको छ । तर, उद्योग स्थापना नहुनुमा भूकम्प कारण हुन सक्दैन । भूकम्पले विनाश गरेका भौतिक संरचना निर्माणको चरणमा मुलुक छ । त्यस्ता निर्माणका लागि उत्पादनमूलक उद्योग स्थापना हुनुपर्छ । अहिले कम्तीमा पनि ८ लाख वटा नयाँ घर बन्नुपर्ने अवस्था छ । अपवादलाई बिर्सने हो भने अधिकांश राजनीतिक दलको चेतना फेरिएको छ । बन्द, हड्ताल, चक्काजाम गरेर देश र जनतालाई हानि पार्नु हुन्न भन्ने चेत पलाएको छ । लामो समयदेखि आन्दोलनमा रहेका मधेस केन्द्रित दलले टुँडिखेलमा रिले अनशन बस्नु एउटा उदाहरण हो । यस्ता कुरालाई उद्योगी तथा लगानीकर्ताले बुझ्नुपर्छ । लगानीकर्तालाई आश्वस्त पार्ने काम सरकारको हो । उद्योगी–व्यापारीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि सक्रिय ढंगमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ ।

प्रतिक्रिया