Tuesday 11 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

सरकारको देश विकास बाहेक केही उद्देश्य छैनः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारको देश विकासबाहेक कुनै उद्देश्य नरहेको बताएका छन्। सोमबार प्रज्ञा प्रतिष्ठानमा नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
Read more...

सरकार वार्ताका लागि गम्भीर छैन: भण्डारी

महोत्तरी–राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले वार्ताको लागि सरकार गम्भीर नभएको बताएका छन्।
Read more...

पूर्वराजा र देउवालाई कारवाही माग गर्दै उजुरी

उदयपुर– सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ। १० वर्षे द्वन्द्वक्रममा भएका घटना छानबिन गर्न बनेको आयोगमा स्थानीय शान्ति समिति कार्यालयमार्फत उनीहरूविरुद्ध उजुरी परेको हो।
Read more...

पुनरावेदन अदालत हटाउने विधेयक संसदमा

काठमाडौं– सरकारले नयाँ संविधानअनुसार पुनरावेदन अदालत विस्थापित गरी उच्च अदालत गठनका लागि प्रक्रिया थालेको छ।
Read more...

प्रधान सेनापति फिल्ड फायरिङ निरीक्षणमा

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले धनुषाको भिमानस्थित आर्टिलरी फायरिङ रेञ्ज इलाकामा सञ्चालन भइरहेको सैन्य हवाई प्रतिरक्षा अभ्यास 'फिल्ड फायरिङ' को आइतबार निरीक्षण गरेका छन्। नेपाली सेनाको तालिमलाई प्रभावकारी र असरदार बनाउँदै सकल दर्जाको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यअनुरुप सैन्य अभ्यास सञ्चालन…
Read more...

नेपाल–भारत सन्धि, सम्झौता र सम्बन्ध समीक्षा गरिने

काठमाडौं– नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पहिलो बैठक असार २० र २१ गते काठमाडौंमा हुने भएको छ। बैठकमा नेपाल र भारतबीच हालसम्म भएका सन्धि–सम्झौता र सम्बन्धको समीक्षा हुनेछ।
Read more...

११ न्यायाधीशको नियुक्ति थप अन्यौलमा

काठमाडौं— सर्वोच्च अदालतको आफ्नै नजिर, निर्देशन र संसदीय सुनुवाइ समिति गठनमा संसदमा भइरहेको विलम्बका कारण न्यायाधीश नियुक्ति अन्यौलमा परेको छ ।
Read more...

भारतले सञ्चालन गर्न लागेको आइसिपी रोक्न कूटनीतिक पहल

काठमाडौं— वीरगन्ज–रक्सोल नाकाबाट हुने आयात–निर्यातलाई लक्षित गरी भारतले एकतर्फी सञ्चालनमा ल्याउन लागेको एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेकिङ पोस्ट–आइसिपी) तत्काल अघि नबढाउन सरकारले पहल थालेको छ। नेपालतर्फ संरचना निर्माण भइसकेपछि मात्र आइसिपी सञ्चालनमा ल्याउन कूटनीतिक तहबाट 'लबिङ' सुरु भएको हो।
Read more...

सद्भावना केन्द्रीय सदस्यले पार्टी त्यागिन्

जनकपुर–सद्भावना पार्टीले हालै केन्द्रीय सदस्यमा नियुक्त गरेको रंगीलादेवी साहले उक्त पद अस्वीकार गर्दै पार्टी समेत परित्याग गरेकी छन्।
Read more...

चार जनाको नाम बोकेर पौडेल बुढानिलकण्ठमा

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति सदस्यका लागि नेता रामचन्द्र पौडेलले चार जनाको नाम संसदीय दलका नेतालाई दिने भएका छन्।
Read more...

देशको ढुकुटीमा कांग्रेसले सम्पति जम्मा गरेको हो : देउवा

पोखरा—नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको ढुकुटीमा कांग्रेसले सम्पत्ति जम्मा गरेको दाबी गरेका छन्। सरकारले त्यही ढुकुटीको सम्पत्ति बजेटमार्फत् दुरुपयोग गर्न खोजेको उनको अारोप थियो।  
Read more...

गुरुङका परिवारसँग प्रधानमन्त्रीले भने–जे जे गर्नुपर्छ गर्छौं

काठमाडौं–ग्राण्डी अस्पतालमा अचेत वरिष्ट संगीतज्ञ अम्बर गुरुङलाई भेट्न प्रधानमन्त्री केपी ओली आइतबार अस्पताल पुगेका छन्। उनले गुरुङलाई अस्पतालको आइसियु कक्षमा पुगेर भेटेपछि चिकित्सकसँग उनको स्वास्थ्यको जानकारीसमेत लिए।
Read more...

राष्ट्रिय सरकार गठनका विषयमा प्रधानमन्त्री र दाहालबीच छलफल

काठमाडौं–सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले सहमतिको सरकार गठनका लागि आह्वान गरेको भोलिपल्ट प्रधानमन्त्री र अर्को सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्षबीच  भेटवार्ता भएको छ।
Read more...

कांग्रेसले जुटाएको बजेट एमालेले बाँड्योः देउवा

पोखरा–कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले मनलाग्दी तरिकाले बजेट बाँड्न थालेको आरोप लगाएका छन्। कार्यकर्ता पोस्नका लागि सरकारले मनलाग्दी तरिकाले बजेट वितरण गरेको उनले बताए।
Read more...
Subscribe to this RSS feed