15 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

संसद् नियमावली विचार गरियोस् स्वीकृत

काठमाडौं- व्यवस्थापिका–संसद्ले नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७३ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यसअघि बैठकमा समितिका सभापति राधेश्याम अधिकारीले उक्त प्रस्ताव विचार गरियोस् भनी आज सदन समक्ष पेस गरेका थिए। 
Read more...

सर्वोच्चद्वारा ९ बुँदे सहमतिविरुद्धको रिट खारेज

काठमाडौं- नेकपा एमाले र एनेकपा माओवादीबीच भएको ९ बुँदे सहमति विरुद्ध दायर भएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ। दलहरुबीच भएको उक्त सहमति राजनीतिक दस्तावेज भएको भन्दै कामु प्रधानन्यायाधीश सुशीला कार्कीले पहिलो सुनुवाईमा खारेज हुने फैसला सुनाएकी हुन्।
Read more...

आयोग राजनीतिक सहमतिबाट निर्देशित हुँदैन : शान्तिमन्त्री

नेपालगन्ज- शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले नौ बुँदे सहमति एउटा राजनीतिक सहमति भएको बताएका छन्। उनले यसलाई कुनै आश्चर्यका रुपमा नलिन आग्रहसमेत गरेका छन्। स्थानीय शान्ति समिति बाँकेले शुक्रबार नेपालगन्जमा गरेको स्वागत तथा छलफल कार्यक्रममा उनले भने, 'पार्टीहरुबीच विभिन्न…
Read more...

चुनाब नभएसम्म यही सरकार : अाेली

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा अोलीले अर्को निर्वाचनबाट नयाँ सरकार निर्माण नभएसम्मका लागि यो सरकार रहने बताएका छन्। 'यो सरकार अस्थायी नै हो', विपक्षीतर्फ लक्ष्यित गर्दै उनले संसदमा भने, 'निर्वाचन गराएर अर्को सरकार परिवर्तन हुन्छ। त्यतिन्जेललाई सरकार अस्थायी हो।'
Read more...

नेपाल र गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं- नेपाल र पश्चिम अफ्रिकी मुलुक गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। गुएनासँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका एकसय ४३ देशमा विस्तार भएको छ। संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र गुएनाका स्थायी प्रतिनिधि एवम् राजदूतद्वय दुर्गाप्रसाद भट्टराई र मामादी…
Read more...

चीनको टिभीमा ‘जाउ है नेपाल’

काठमाडौं–नेपाल भ्रमणमा रहेका चीनका सञ्चारमन्त्री काई फुचाओले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार भेटवार्ता गरेका छन्।
Read more...

चिकित्सा शिक्षा नीतिकाे प्रस्तावित मस्यौदा प्रधानमन्त्रीलाई

काठमाडौं– चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय आयोगले डा. गोविन्द केसीसँगका सम्झौता र माथेमा प्रतिवेदनका कतिपय विषय पन्छाउँदै प्रस्तावित विधेयक मस्यौदा सरकारलाई बुझाएको छ । आयोगले सम्झौता र प्रतिवेदनमा निजी मेडिकल कलेजले असहमति व्यक्त गरेका विषय हटाएर मस्यौदा तयार पारेको हो ।
Read more...

एउटै काममा अायाेगकाे दोहोरो खर्च

काठमाडौं– द्वन्द्वकालीन घटनाको अनुसन्धान गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगले एउटै कामका लागि दुई टोली जिल्ला पठाएर दोहोरो खर्च गरिरहेको छ।
Read more...

भारतका प्रधानमन्त्री माेदी बुद्ध सम्मेलनमा नअाउने

काठमाडौं– भारतले बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन 'उपयुक्त' टोली पठाउने जनाएको छ।
Read more...

नौबुँदेपछि उजुरी घट्यो, नघटेकाे अायाेगकाे दाबी

दाङ– नेकपा एमाले र एमाओवादीबीच भएको नौबुँदे सहमतिपछि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा द्वन्द्वपीडितको उजुरी घटेको छ। दलहरूले पीडकलाई उम्काउने खालको सहमति गरेको भन्दै द्वन्द्वपीडित हच्किएका हुन्।
Read more...

यस्तो छ सरकारलाई मधेशी मोर्चाको जवाफ

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ता र सहमतिका लागि सरकारले पठाएको पत्रको जवाफ फर्काएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको पत्रमा लेखिएको छ 'सरकारसँग पटक–पटक गरेर ३६ वटा वार्ता भए पनि सरकारको तर्फबाट हाम्रा मुद्दा सम्बोधनतिर कहिल्यै गम्भीरता…
Read more...

अमेरिकाले सौर्य तथा जैविक ऊर्जा सहयोग गर्ने

काठमाडाैं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले अमेरिका र नेपालबीच विकास निर्माण तथा सुरक्षाको क्षेत्रमा सहयोग अझ अभिवृद्धि हुने अपेक्षा राखिएको बताएका छन्।
Read more...

मधेसलाई भारतीय चश्माले हेर्ने सरकार संघीयता विरोधीः शेखर कोइराला

पाँचथर–नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकार सघीयता विरोधी भएको र मधेसलाई भारतीय चश्माले हेर्ने गरेको आरोप लगाएका छन्।
Read more...

८३८ अर्बमा ५ वर्षभित्र पुनर्निर्माण सक्ने प्रमको उद्‍घोष

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माण ५ वर्षभित्र पूरा गर्ने बताएका छन्। भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले तयार गरेको पञ्च वर्षीय योजनाबारे बिहीबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
Read more...
Subscribe to this RSS feed