Thursday 13 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

माग पूरा नभई सरकारमा जान्नौं : मधेसी

काठमाडौं- सरकार परिवर्तन गर्ने कांग्रेसको प्रस्तावमा समर्थन जनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना माग पूरा नभएसम्म सरकारमा नजाने जनाउ दिएको छ। संसद भवन बानेश्वरमा बसेको मोर्चा–कांग्रेस बैठकमा आफ्ना ११ बुँदे माग सम्बोधन नभएसम्म सरकारमा सामेल हुन नसक्ने जवाफ दिएको तराई…
Read more...

अभ्यासविपरीत बोलिन् राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक अभ्यासविपरीत आफ्नो आशन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छन्। सरकारले औपचारिक घोषणा गर्नुअगावै राष्ट्रपति भण्डारीले वैशाख २७ गतेबाट हुने आफ्नो भारत भ्रमणबारे सार्वजनिक गरेकी हुन्।
Read more...

जेठ १५ मा बजेट अनिश्चित

काठमाडौं- राजनीतिक दलबीच सत्तापरिवर्तनको खेलले समयमा बजेट ल्याउने योजना यस वर्ष पनि अनिश्चित बनेको छ। जेठ १५ मा सार्वजनिक गर्ने संवैधानिक व्यवस्थाअनुसार सरकार बजेट निर्माणमा जुटेका बेला सत्तापरिवर्तनको संकेत देखिएपछि बजेट तिथि अनिश्चित भएको हो।
Read more...

आन्तरिक छलफलपछि एमाआवोदी सत्तासाझेदार बैठकमा सामेल

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि जारी सत्ता साझेदार दलको बैठकमा केहीबेरअघि एमाओवादी पनि सामेल भएकाे छ।
Read more...

आफ्नो नेतृत्वमा सरकार बनाउन एमाओवादीले एमालेको धारणा लिने

काठमाडौं– एकीकृत नेकपा माओवादी स्थायी कमिटि बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने पार्टी पदाधिकारीको प्रस्तावलाई अनुमोदन गरेको छ।
Read more...

प्रधानमन्त्रीले डाकेको बैठकमा एमाओवादी अनुपस्थित

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सत्ता गठबन्धन दलको बैठकमा एमाओवादी अनुपस्थित भएपछि बैठक सुरु हुन सकेको छैन। ६ बजेका लागि बोलाइएको बैठकमा एमाओवादीबाहेकका दल भने उपस्थित छन्।
Read more...

किन लियो कांग्रेसले सांसदहरूको हस्ताक्षर ?

काठमाडौं–आवश्यकता अनुसार प्रयोग गर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हस्ताक्षर अभियान सुरु गरेको छ। कुनै प्रयोजन नखुलाई आवश्यकता अनुसार भन्दै कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर अभियान सुरु गरेको सांसद रामहरि खतिवडाले जानकारी दिए।
Read more...

'चीनसँगको सम्झौता कार्यान्वयन रोक्न सरकार ढाल्ने खेल'

काठमाडौं— एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै सरकार परिवर्तनका लागि अाह्वान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार समूहबाट त्यसप्रति टिकाटिप्पणी गर्ने काम सुरु भएको छ।
Read more...

निर्णय सच्याउन दाहाललाई कमल थापाको अाग्रह

रौतहट— राप्रपा नेपालका अध्यक्ष एवं सरकारका उप्रधानमन्त्री कमल थापाले एमाओवादी अध्यक्ष पुस्पकमल दाहालले आफ्नैं नेतृत्वमा सरकार गठन गर्न गरेको निर्णय र अडानलाई तत्काल सच्याउन आग्रह गरेका छन्।
Read more...

सरकार परिवर्तन गर्ने निर्णय पुर्नविचार गर्न दाहाललाई आग्रह

मकवानपुर–उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार परिवर्तन गर्ने निर्णय पुर्नविचार गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।
Read more...

दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दा आपत्ति छैनः राणा

काठमाडाैं-राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफूहरुको कुनै आपत्ति नरहने स्पष्ट पारेका छन्।
Read more...

वेवसाइट उद्घाटन गर्न गएका मन्त्री नै रिसाएपछि...

काठमाडौं– त्रिपुरेश्वरस्थित उद्योग विभागको माथिल्लो तल्लाको सानो हल। ड्यासमा उपस्थित उद्योग मन्त्री सोमप्रसाद पाण्डे, उद्योग सचिव सुर्यप्रसाद सिलवाल, उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेलगायत।
Read more...

एमाओवादीले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं–आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एमाओवादीले स्थायी कमिटीको बैठक बोलाएको छ। बुधबार दिउँसो चार बजे बोलाइएको स्थायी कमिटीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने विषयमा छलफल हुनेछ।
Read more...

ओली–दाहालबीच बालुवाटारमा छलफल

काठमाडौं— आफ्नो नेतृत्वमा सरकार गठनका लागि सार्वजनिक अाह्वान गरेसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा अाेलीसँग छलफल गरेका छन्। एमाले अध्यक्ष समेत रहेका ओलीलाई उनले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय सुनाएका थिए।
Read more...
Subscribe to this RSS feed