Friday 14 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

सिरियामा सेनानी पाँच घन्टा बन्धक

  • बिहीबार २ जेष्ठ, २०७०
  • सुरेन्द्र पौडेल
  • Be the first to comment!
(0 votes)
काठमाडौं - संयुक्त राष्ट्रसंघ (युएन)को शान्ति मिसनमा खटिएका नेपाली सेनाका सेनानी उज्ज्वल केसीलाई सिरियाको सरकारविरोधी एक समूहले पाँच घन्टा बन्धक बनाई मुक्त गरेको छ। केसीसँगै फिनल्यान्ड र न्युजिल्यान्डका एक/एक जना सैनिक अधिकृतलाई सिरियाको सरकारविरोधी 'फ्रि सिरियन आर्मी' नामक एक समूहले बुधबार एकसाथ बन्धक बनाएको थियो।
nepali-patro-june
सेनानी केसीलाई बुधबार फ्रि सिरियन आर्मी समूहले बन्धक बनाई मुक्त गरेको नेपाली सेनाले पुष्टि गरेको छ। मुक्त भएका तीनै देशका सेना अहिले सुरक्षित स्थानमा रहेको सेनाले जनाएको छ। 
'नेपाली सेनाका सेनानी उज्ज्वल केसी लगायत तीन जना राष्ट्रसंघका पर्यवेक्षकलाई सिरियाली विद्रोही समूहले बन्धक बनाई मुक्त गरेको राष्ट्रसंघले जानकारी गराएको छ,' नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सुरेश शर्माले भने, 'करिब पाँच घन्टा बन्धक बनाएपछि उनीहरुलाई मुक्त गरिएको सूचना हामीले पाएका छौं।' 
इजरेलको जेरुसेलममा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघ युद्धविराम पर्यवेक्षण संगठन (युएनटिएसओ)मा पर्यवेक्षकका रुपमा रहेका सेनानी केसीलगायत तीन जनालाई बुधबार बिहान अपहरण गरी बन्धक बनाइएको थियो। 
प्रवक्ता शर्माका अनुसार इजरेल–सिरिया बोर्डर 'गोलान हाइट' स्थित पोस्टमा सुतिरहेका बेला उनीहरुलाई अपहरण गरिएको थियो। स्थानीय समयअनुसार बिहान २ बजे आफूहरुलाई फ्रि सिरियन आर्मी समूहको सेना बताउँदै केही व्यक्ति पोस्टमा छिरेका थिए। 
सिरिया सरकारविरोधी उक्त समूहले सेनानी केसीसहित तीन जनालाई अपहरण गरी पोस्टबाट करिब एक घन्टा पर लगेका थिए। उनीहरुले त्यहीँ करिब पाँच घन्टा बन्धक बनाएर राखेको शर्माले बताए। स्थानीय समयअनुसार बिहान साढे ६ बजेतिर मात्र उनीहरुलाई मुक्त गरिएको थियो। 
'मुक्त भएका सेनानी केसीसहित तीनै देशका सेना अहिले सुरक्षित स्थानमा पुगी आफ्नो जिम्मेवारी सम्हालिसकेको खबर पाएका छौं,' प्रवक्ता शर्माले भने। 
बन्धक बनाइएका तीनै देशका सेनाको साथमा रहेको ल्यापटप, राहदानी, क्यामरा, मोबाइल, घडीलगायत सम्पूर्ण व्यक्तिगत तथा संगठनका सामग्री फ्रि सिरियन आर्मी समूहले लुटेको थियो। राष्ट्रसंघको पर्यवेक्षक टोलीले हतियार लिएर अनुगमनमा निस्कन पाउँदैन।
इजरेल–सिरिया बोर्डरमा राष्ट्रसंघीय पर्यवेक्षक टोलीलाई अपहरणपछि बन्धक बनाइएको एकै सातामा यो दोस्रो घटना हो। आइतबार मात्र इजरेल–सिरिया बोर्डरमा चार जना राष्ट्रसंघका पर्यवेक्षकलाई बन्धक बनाई लुटिएको थियो। 
सन् १९४८ मा जेरुसेलममा स्थापना गरिएको संयुक्त राष्ट्रसंघ युद्ध वराम पर्यवेक्षण संगठन युएनको पहिलो मिसन हो। सुरुमा इजरेल–प्यालेस्टाइन युद्धविरामको अनुगमन गर्ने मात्र जिम्मेवारी संगठनले पाए पनि सन् १९४९ मा थप अरबका चार देश इजिप्ट, जोर्डन, लेबनन र सिरियाको अनुगमन गर्ने जिम्मा राष्ट्रसंघले दिएको थियो। 
जेरुसेलम मुख्यालय भएको संयुक्त राष्ट्रसंघ युद्धविराम पर्यवेक्षण संगठनमा अहिले अर्जेन्टिना, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, आयरल्यान्ड, इटाली, माल्वी, नेपाल, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, रुस, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, स्विडेन, स्जिट्जरल्यान्ड र अमेरिका गरी २४ देशका एक सय ५२ सैनिक पर्यवेक्षक छन्। नेपालका जम्मा तीन सैनिक पर्यवेक्षक त्यहाँ खटिएका छन्।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।