Sunday 4 Kartik, 2075 |
Menu

राजनीति

istl

उपराष्ट्रपति पुनसँग युन्नानका गभर्नरद्वारा भेट

(0 votes)
काठमाडौं-चीनको युन्नान प्रान्तीय जनसरकारका गभर्नर चेन हाओले शनिबार चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन्।

भेट अवसरमा दुई पक्षले नेपाल–चीन सहयोगबारे विचार आदानप्रदान भएकाे छ।

सो अवसरमा उपराष्ट्रपति पुनले युन्नान प्रान्तले आर्थिक विकासमा गरेको अप्रत्यासित उपलब्धिको प्रशंसा गर्दै व्यापार तथा आर्थिक सम्बन्ध सुदृढ गर्न चाइना साउथ एसिया एक्सपो आयोजना गरेकोमा प्रान्तीय सरकारलाई धन्यवाद दिए। उपराष्ट्रपति पुनले युन्नानका व्यवसायीलाई नेपालमा ऊर्जा र पूर्वाधारमा लगानी गर्न आमन्त्रण पनि गरे।

उनले संविधान जारी भएपछि नेपालमा लागानीमैत्री वातावरण बनेको पनि उल्लेख गरेका थिए। साथै उनले चीनले नेपालमा शान्ति प्रक्रियामा सहयोग गर्नका साथै गत वर्ष भूकम्पपश्चात् तत्काल सहायता पुर्याएको पनि उल्लेख गरे।

गभर्नर चेनले चीन सरकारले उनको भ्रमणलाई उच्च महत्व दिएको बताउँदै युन्नानले नेपालसँग ऊर्जा, पूर्वाधार, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आपसी लाभका लागि सहयोग गर्न चाहेको उल्लेख गरे।

दुवै पक्षले बेल्ट एण्ड रोड पहलकदमीमा सँगै काम गर्न र आपसी सम्बन्धका अन्य सम्भावना खोजी गर्ने कुरामा जोड दिएका थिए। भेटपछि उपराष्ट्रपति र नेपाली टोलीको सम्मानमा दिवा भोजको आयोजना गरिएको थियो।

नेपाली टोलीले युन्नानको ऊर्जा लगानी समूहको भ्रमण गरेको थियो भने कम्पनीले नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न तीव्र इच्छा जाहेर गरेको थियो। उपराष्ट्रपति पुन हिजो साँझ कुन्मिङ आइपुगेका हुन्। अाइतबार उनले कुन्मिङमा चाइना साउथ एसिया एक्सपोको उद्घाटनलगायतका कार्यक्रममा सम्बोधन गर्ने बेइजिङस्थित नेपाली राजदूतावासले एक विज्ञिप्त प्रकाशित गरी जनाएको छ। त्यसपछि उनीसँग चीनका उपप्रधानमन्त्री वाङ याङले पनि भेट गर्ने कार्यक्रम तय भएकाे छ। रासस

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।