Wednesday 3 Ashwin, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

नेपाल-चीन संयन्त्र बैठक ८ गते

(0 votes)
काठमाडौं- नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक असार ८ गते काठमाडौंमा हुने भएको छ। तीन वर्षपछि हुन लागेको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणक्रममा भएका सम्झौतासहित विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
nepali-patro-june
'केही वर्ष रोकिए पनि यो नियमित बैठक हो, यसमा प्रधानमन्त्री ओलीको चीन भ्रमणक्रममा भएका सम्झौतासहित सबै विषयमा छलफल हुनेछ,' स्रोतले भन्यो, 'बैठकमा नेपाल–चीनबीच भएका सम्झौताको प्रभावकारी कार्यान्वयनबारे छलफल हुने छ।' संयन्त्रको बैठक प्रत्येक वर्ष हुने व्यवस्था छ।

प्रधानमन्त्री ओलीले चैतमा चीन भ्रमणक्रममा पारवहन, स्वतन्त्र व्यापारसहित सम्झौता गरेका थिए। पारहवन सम्झौताले चीनतर्फको समुद्रीमार्ग प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्न नेपालका लागि बाटो खुलेको छ। त्यसैगरी दस बुँदे सहमतिमा उत्तरतर्फका नाका खोल्ने, तेल तथा ग्यास अन्वेषणलगायत विषय छन्। त्यसमा पोखरामा क्षेत्रीय विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएको थियो।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शंकर वैरागीले गर्नेछन् भने चिनियाँ टोलीको नेतृत्व त्यहाँका सहायक परराष्ट्रमन्त्रीले गर्नेछन्।

एसिया मामिलासम्बन्धी सहायक मन्त्री कोङ सुआनयोउ असार ७ गते नेपाल आइपुग्ने छन्। बैठकमा असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी जिनपिङबाट हुने भनिएको नेपाल भ्रमणको विषयमा समेत चर्चा हुने अपेक्षा गरिएको छ। दसौं बैठक चीनको राजधानी बेइजिङ भएको थियो।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।