Sunday 19 Mangshir, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

जावलाखेलले पूर्वाधारमा जोड दिने

(0 votes)
काठमाडौं- जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले आफ्नो प्रशिक्षण केन्द्रमा चेन्जिङ रुम तथा प्रशिक्षण हल निर्माण गर्ने निर्णय गरेको छ। केन्द्रको २१औं वार्षिक साधारण सभाले शनिबार भौतिक पूर्वाधार विकास गर्दै नयाँ खेलाडी, प्रशिक्षक र रेफ्री उत्पादनमा थप तिब्रताका साथ लाग्ने निर्णय गरेको महासचिव कुमारकेसीले जानकारुी गराए।

nepali-patro-june
'जावलाखेलले थुप्रै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको छ। अब हाम्रो लक्ष्य खेलाडीसँगै प्रशिक्षक र रेफ्री उत्पादनमा पनि जोड दिने हो,' केसीले नागरिकसँग भने, 'त्यसको लागी हामीले राखेपसँग सहयोगको लागी अनुरोध गरेका छौं। आगामी दिनमा हामीले 'ए' लेभलको प्रशिक्षक र अन्तर्राष्ट्रिय रेफ्री कोर्षका लागि पनि पहल गर्ने योजना बनाएका छौं।'

साधारण सभामा १ सय ४६ सदस्यको उपस्थिती थियो। २०२९ सालमा स्थापित जावलाखेल युथ क्लबअन्तर्गत २०५० बाट भलिबल प्रशिक्षण केन्द्रको सुरुआत गरिएको थियो। नेपालमा नियमित भलिबल प्रशिक्षण गराउने पुरानो संस्थामध्येको एक जावलाखेलबाट उत्पादितमध्ये हालसम्म ३० पुरुष र १४ महिलाले राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

प्रशिक्षण केन्द्रमा हाल ७० पुरुष र ३४ महिला खेलाडीले दैनिक प्रशिक्षण गरिरहेको महासचिव केसीले बताए।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।