Friday 14 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

हावा र घामकाे बिजुलीले उज्यालाे भयाे भाेर्लेनी

(0 votes)
नवलपरासी– पाँच किलोवाट क्षमताका दुईवटा पङ्खाबाट १० किलोवाट र १५ किलोवाटको सौर्य ऊर्जाको मिश्रित प्रणालीबाट उत्पादित विद्युत् यहँँका १३१ घरपरिवारमा वितरण गरिएको छ।
nepali-patro-june
हाल बत्ती बाल्नका लागि मात्र उपयोग गरिएकोमा अब सौर्य प्रणालीलाई पनि जोडेपछि गाउँलेहरुले अन्य विद्युतीय उपकरण सञ्चालन गर्नसक्ने केन्द्रका प्राविधिक अधिकृत प्रकाश अर्यालले बताए। परियोजनाबाट उत्पादित विद्युत् लाई १७ हजार एम्पिएर आवरको ब्याट्रीमा सङ्कलन गरी ३० केभीको ट्रान्सफर्मरमार्फत थ्री–फेजको लाइनबाट घरघरमा वितरण गरिएको छ। देशका अधिकांश डाँडामा मात्र नभएर गहिरा खोँचमा पनि प्रशस्त हावा चल्ने स्थानहरु रहेकाले वायु ऊर्जाको सम्भावना रहेको बताउँदै अर्याल भन्छन्, 'केन्द्रीय प्रसारण पु¥याउन नसकिने दुर्गम स्थानमा यस्ता प्रविधिको विस्तार गरी ऊर्जाको पहुँच पुर्याउन सकिन्छ।'

वायु र सौर्य ऊर्जाको सम्मिश्रण गरी विद्युत् उत्पादन गरिएको यो देशको दोस्रो परियोजना भएपनि सरकार र समुदायको लगानीमा निर्माण गरिएको भने पहिलो ठूलो योजना हो । यसअघि नवलपरासीको धौवाडी गाविसमा एसियाली विकास बैंकको सहयोगमा केन्द्रले देशकै पहिलो १२ किलोवाट क्षमताको वायु तथा सौर्यउर्जा परियोजना निर्माण गरेको थियो ।

यस परियोजनाको सफलताको आधारमा देशका अन्य सम्भाव्य स्थानमा सौर्य÷वायु मिश्रित प्रणाली निर्माण गर्न सकिने र तत्कालै अछाम, सुर्खेत, सिन्धुलीमा स्थापना गर्न कार्य थालनी भइसकेको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल बताउँछन्। गाउँ नजिकै प्राधिकरणको केन्द्रीय लाइनसमेत पुगेको र सो स्थानमा हावाको उच्च चाप रहेकाले थप विद्युत् उत्पादन गरी वरपरका गाउँमा पनि वितरण गर्ने र बढी भएको केन्द्रीय लाइनमा जोड्न सकिने सम्भावना रहेको उनकाे भनाइ छ।

केन्द्रीय प्रसारणको लाइन गाउँनजिकै आएपनि विद्युत् को उपयोगबाट वञ्चित रहेका भोर्लेनीवासी आफूलाई प्रकृतिले मात्र होइन, राज्यले पनि ठगेको अनुभव गर्दथे । गाउँमा सक्नेले साना क्षमताका सोलार राखेर घर उज्यालो बनाएपनि अधिकांशको गुजारा टुकी बालेर नै हुँदै आएको थियो । रातको समयमा प्रशस्त हावा चल्ने भएकाले टुकीबाट गाउँमा बर्सेनि आगलागीका घटना हुने गरेको स्थानीयबासी गोरखबहादुर केसी बताउनुहुन्छ ।

गाउँमा बिजुली आएपछि राति अबेरसम्म घरधन्दा गर्न सजिलो भएको अनुभव सुनाउँदै स्थानीय धनकुमारी तिमिल्सिना भन्नुहन्छ, "अहिले बिजुली आएपछि त स्वर्गै पुगेजस्तो भएको छ । घरमा टेलिभिजन हेरेर देश विदेशको समाचार देख्न पाइएको छ । 'मोबाइल चार्ज गर्न पहिले पल्लो गाउँमा जानुपर्ने समस्या पनि टरेको बताउँदै उहाँ कञ्चनपुरमा रहेका छोराबुहारीसँग मोबाइलबाट कुरा गर्न पाउँदा धेरै खुसी लागेको छ, भन्नुहुन्छ ।

समुदायले नै अपनत्व गरी परियोजनाको दिगो सञ्चालनका लागि गाउँलेले मासिक रु. ५०० महसुल निर्धारण गरेको सो परियोजनाका अध्यक्ष पद्मबहादुर घलानले जानकारी दिए। उनले छिटै सौर्य प्रणालीबाट पनि उत्पादित विद्युत् लाई गाउँका अन्य घरधुरीमा पनि विस्तार गरी देशकै नमुना गाउँको रुपमा विकास गर्न लागिएको बताए। गाउँलेहरुले यसपटकको तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको करिब डेढ लाख रुपैयाँबाट विद्युत् गृह निर्माण थालेका छन्। टर्वाइन, विद्युत् गृह र सौर्य प्रणाली राख्न करिब पाँच कट्ठा जमिन पनि अध्यक्ष घलानले निःशुल्क उपलब्ध गराउने बताए। रासस

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।