Monday 10 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

आफ्ना कार्यक्रममा अवरोध नगर्न मधेसी दललाई कांग्रेसको आग्रह

(0 votes)
काठमाडौं–नेपाली कांग्रेसले आफ्नो कार्यक्रममा कुनै अवरोध नगर्न आन्दोलनरत मधेसी दललाई आग्रह गरेको छ। आन्दोलतरत मधेसी दलहरुले अन्य राजनीतिक दलहरुलाई गतिविधि गर्न आवरोध पुर्याउँदै आएपछि कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि गाउँ, क्षेत्र र जिल्लाको कार्यक्रममा कुनै अवरोध नगर्ने आग्रह गरेको हो।
nepali-patro-june

माघ १५ गतेदेखि महाधिवेशनका लागि प्रतिनिधि छनोट कार्यक्रम गर्दै छ। ‘जिल्ला, क्षेत्र र गाउँका प्रतिनिधि छनोट सुरु हुँदैछ। त्यस्तो कार्यक्रममा कुनै प्रकारको अवरोध नगर्ने आन्दोलनरत मधेसी दलहरुलाई आग्रह गरिएको छ,’ केन्द्रीय सदस्य श्याम घिमिरेले भने, ‘सरकारलाई पनि आवश्यकता अनुसार सुरक्षा व्यवस्था काम गर्नका लागि आह्वान गरिएको छ।

स्थानीय प्रशासनलाई यसका लागि समन्वय गरिने छ।’ मधेसमा जारी संकटलाई ध्यान दिँदै कांग्रेसले आफ्नो प्रतिनिधि छनौटका कार्यतालिकासमेत परिमार्जन गरेको छ। माघ १५ गते एकै पटक गाउँको प्रतिनिधि छनोटका हुने पूर्व व्यवस्थालाई स्थानीय स्तरमा सहज हुने गरी तलमाथि गर्न छुट दिने निर्णयसमेत बैठकले गरेको छ।


 यसैबीच प्रदेश नम्बर २का केन्द्रीय सदस्य तथा सांसदहरुको संसदीय दलको बैठकमा भएको बैठकले पनि मधेशी मोर्चालाई कार्यक्रममा कुनै अवरोध नगर्ने आह्वान गरेको छ । बैठकले जिल्ला, क्षेत्र र गाउँका नेतृत्वलाई पनि कुनै प्रकारको द्वन्द्व सिर्जना नहुने गरी कार्यक्रम आयोजना गर्न आह्वान गरेको छ।

कांग्रेस केन्द्रीय सदस्य बिमलेन्द्र निधीको अग्रसतामा सो भेला आयोजना गरिएको थियो। आन्दोलरत मधेशी मोर्चाले संविधानमा जारी गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाएका छन् भने अन्य राजनीतिक दलहरुको कार्यक्रममा समेत अवरोध गर्दै आएका छन्। कांग्रेसले मधेसशको माग सम्बोधन गर्न संसदबाट संविधान संशोधन भएकोमा खुशी व्यक्त गरेको छ।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।