Wednesday 3 Ashwin, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

न्यायाधीशका नाममा असुली

(0 votes)
काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही (वादी) कृष्णकुमारी ढकालले अन्तिम पेसीमा जितहारको सुनिश्चितता हुन्छ कि हुन्न भन्ने शंका व्यक्त गर्दै अधिकारीलाई जवाफ फर्काउँछिन्।

nepali-patro-june
'मैले नै कुरा गरेको हो, नारायण श्रीमानमार्फत कुरा पुगिसकेको छ,' अधिकारी विश्वस्त पार्दै थप्छन्, 'एकजना पदमराज भट्ट भन्ने न्यायाधीश हुनुहुन्छ क्या त्यहाँ, म घरमा गएको थिएँ, श्रीमानलाई त नारायण शाहले विपक्षीबाट भनेको रहेछ, मैले रियल कुरो बताएको छु, मेरा ६ जना रेडी छन्, नहटाऊ।'

'यताबाट १० लाख दिए मिल्छ भन्छन्, म ढुक्क हौं?' वादी ढकालले मुद्दा मिलाउन आफूलाई अन्यले गरेको अफर सुनाइन्। 'दिदी हजुर, चिन्ता नलिबक्सियोस्, म सबै मिलाउँछु,' अधिकारी ढकाललाई आश्वस्त पार्छन्।

पुनरावेदन अदालत पाटनमा चेक अनादरसम्बन्धी मुद्दाका अधिवक्ता र वादीबीच अन्तिम पेसीअघि भएको संवाद हो, यो। संवादमा अधिवक्ताले पुनरावेदन अदालत पाटनका न्यायाधीश चण्डीराज ढकाल र पदमराज भट्टको नाम लिँदै मुद्दा मिलाउने आश्वासन दिइरहेका छन्। नागरिकलाई प्राप्त संवादको अडियो रेकर्डमा विपक्षीले समेत नारायण शाह नामका व्यक्तिमार्फत न्यायाधीशसँग कुरा गरेको उल्लेख छ।

प्रहरीले संवादका पहिलो पक्ष रहेका डिफेन्स ल फर्मका सञ्चालक अधिवक्ता सञ्जयराज अधिकारीलाई मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा बिहीबार पक्रेको छ। अधिकारी अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। अधिकारी र ढकालबीच भएको अडियो संवादका कारण पुनरावेदन अदालत पाटन र न्यायाधीश विवादमा आएका छन्। सर्वोच्च अदालत प्रश्ाासनले न्यायालयमा हुने भ्रष्टाचारविरुद्ध कारबाही अभियान थालेको समयमा न्यायाधीशलाई नै मुछेर गम्भीर घटना सार्वजनिक भएको हो।

पुनरावेदन अदालत पाटनका स्रेस्तेदार नारायण पन्थीले अदालतभित्रका धेरै गतिविधि र व्यक्तिका विषयमा भन्न नसकिने बताए। उनले प्रहरी कारबाहीका विषयमा अनभिज्ञता देखाउँदै केही गल्ती भएरै प्रहरीले कारबाही गरेको हुनुपर्ने बताए। उनले न्यायालयमा भएका केही विकृतिलाई खुला सडकमा मोलमोलाइको माध्यम बनाएको बताए। 'केही नभई प्रहरीले कारबाही गरेन, केही छैन भन्न सक्ने अवस्था पनि रहेन,' पन्थीले भने।

प्रहरीले पुनरावेदन अदालत पाटनमा चलेको वादी कृष्णकुमारी ढकाल र प्रतिवादी हितकुमारी खड्काको मुद्दामा बिचौलियासहितको भूमिकामा रहेका अधिकारीलाई पक्रेको हो। मुद्दाका झगडिया ढकाल र खड्काबीच घर खरिद विषयमा उत्पन्न लेनदेनमा भएको चेक अनादरको घटनामा काठमाडौं जिल्ला अदालतको फैसलापछि पुनरावेदन पाटनमा मुद्दा पुगेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले न्यायाधीशको नाम लिएर मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीलाई ठगी गरेको आरोपमा एकजना कानुन व्यवसायी पक्राउ गरेको जानकारी दिएका हुन्। उनका अनुसार सेवाग्राहीले दिएको रकम र संवादको प्रमाणसहित प्रहरीले कारबाही थालेको हो।

महाशाखाका अनुसार पक्राउ परेका अधिवक्ता अधिकारीले चेक अनादर मुद्दा मिलाइदिन कृष्णकुमारी ढकालबाट एकलाख २५ हजार लिएका थिए। अदालतका सम्मानित न्यायाधीश समेतलाई दिनुपर्ने भन्दै उनले ढकालसँग पाँच लाख रुपैयाँ माग गरेका थिए। तर ढकालको विपक्षमा मुद्दाको फैसला भएपछि उनी आफू ठगिएको उजुरी लिएर महाशाखा पुगेकी थिइन्।

'सबै प्रमाण हाम्रो हितमा थियो, जिल्लाबाट हारियो, सबैले पैसा नखुवाई हुँदैन भने हामी पनि त्यतै लागियो,' ढकालले बिहीबार नागरिकसँग भनिन्। उनका अनुसार बालुवाटारको घर खरिदपछि बिक्रेताका परिवारका सदस्यले उत्पन्न गरेको विवादका कारण घटना भएको हो। 'घटना विषयमा मुख्य बिक्रेताको कुनै आपत्ति छैन, दुई श्रीमतीमध्ये एकले किचलो गरिन्,' ढकालले थपिन्।

नेपाल बार एसोसिएसनले भने घटना विषयमा बार र बार काउन्सिलमा औपचारिक जानकारी आएपछि मात्र आधिकारिक अभिव्यक्ति सार्वजनिक गर्ने जनाएको छ।

महाशाखाले घटनाको प्रमाणका रुपमा वादी ढकाल र अधिकारीबीच विभिन्न न्यायाधीशको नाम लिएर मोबाइलमा भएको संवाद र ढकालले आइएमई गरी पठाएको एक लाख भौचर भएको जनाएको छ। महाशाखाले अधिकारीले तेह्रथुमका केशव उप्रेतीलाई समेत नक्कली जग्गाको बैना गरी दुई लाख ठगेको जनाएको छ।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।