Monday 10 Ashwin, 2073 |
Menu

राजनीति

istl

पूर्वसभासदको हत्यापछि राजमार्ग अवरुद्ध, आफन्त विह्वल (फोटो फिचर)

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • मिथिलेश यादव/जितेन्द्रकुमार झा
  • Be the first to comment!
(0 votes)
मियाँको हत्यापछि विह्वल आमा मियाँको हत्यापछि विह्वल आमा
सप्तरी – पूर्व सभासद शदरुल मियाँको हत्याले परिवार तथा आफन्त विह्वल छन्। आक्रोसित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने प्रहरीले तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालेको छ। धरानबाट ल्याएका कुकुरले अनुसन्धान थाले पनि आक्रोसित स्थानीयले गृहमन्त्री घटनास्थल आएर दोषीलाई कारवाही गर्ने वाचा नगरेसम्म आन्दोलन नरोक्ने भन्दै राजमार्ग अवरुद्ध पारिरहेका छन्।


nepali-patro-june

यसैगरी मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले घटनालाई कायरतापूर्ण भन्दै खस्कँदो सुरक्षास्थितिले सबैको जीवन खतरामा पारेको बताएका छन्। फेसबुकमार्पत् मियाँलाई सम्झिँदै उनले भनेका छन्- 'पूर्व सभासद सदरूल मियाको हत्या एक कायरतापूर्ण कार्य हुन्। सबैका प्रिय उनी धार्मिक विचारका थिए।'

 

2

हत्यापछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग

 

4

 

हत्या भएको स्थानमा भेला भएका स्थानीय

 

3

 

सुरक्षाकर्मीसँग आक्रोस पोख्दै आफन्त तथा गाउँले


सबै तस्विरः मिथिलेस यादव

सम्बन्धित लिङ्क

पूर्व सभासदको घाँटी काटेर हत्या

 

 

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।