Tuesday 11 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

राष्ट्रियता र प्रजातन्त्रको रक्षार्थ एकता भएको हो : थापा

(0 votes)
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर थापाले दुई पार्टीबीच एकीकरणको मुख्य उद्देश्य राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्ने भएको बताएका छन्। राप्रपा र राजपको ऐतिहासिक एकता महाधिवेशन समापन कार्यक्रममा उनले पार्टी–पार्टीबीच गठबन्धन गर्दै जानु राष्ट्रको आवश्यकता भएको र यसले सङ्गठनलाई समेत बलियो बनाउने विचार व्यक्त गरे। 

nepali-patro-june
अध्यक्ष थापाले मङि्सरको पहिलो साता चुनाव हुने भएकाले देशव्यापीरुपमा निर्वाचनको अभियान सुरु गर्न समेत सबै नेता तथा कार्यकर्तामा आह्‍वान गरे। उनले भने, 'संविधान सभा निर्वाचनको विकल्प छैन, निर्वाचन हुने सन्देश लिएर सबै जना जिल्ला जिल्लामा जानुस्, निर्वाचन गर्नुपर्छ, राष्ट्रवादी शक्तिलाई विजयी गराउनुपर्छ।”
राप्रपा उच्चस्तरीय समितिका सदस्य पशुपतिशम्शेर जबराले तीन वर्षको प्रयासपछि दुई पार्टीबीच एकता भएको बताउँदै संविधानसभा निर्वाचनमा पार्टीलाई बलियो बनाउनका लागि अभियानका रुपमा लाग्नुपर्ने बताउनुभयो। समितिका सदस्य लोकेन्द्रबहादुर चन्दले राष्ट्रको चुनौतीलाई मुकाबिला गर्न एकता भएको हो भन्दै 'ठूला दलले जनता र संविधानको उपहास गरेकाले' राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने यसको मुख्य उद्देश्य रहेको विचार व्यक्त गरे। 
समिति सदस्य डा प्रकाशचन्द्र चोहनीले दुई पार्टीबीचको एकताले नेतृत्व र दृष्टिकोणमा शक्ति प्रदान गर्नेछ भन्दै निर्वाचनमा अन्य दलसँग प्रतिस्पर्धा गर्नका लागि समेत यसले सहयोग पुर्‍याउने बताए। यसैबीच यही जेठ ३ गतेदेखि सुरु भएको एकता महाधिवेशनमा केन्द्रीय सदस्यका लागि सोमबार सम्पन्न भएको मतदानको मत गणना पनि सुरु भएको छ। 

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।