Tuesday 21 Mangshir, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

दिनहुँ नेताको ताँती

(0 votes)
नेपालगन्ज - एकीकृत माओवादीका महासचिव पोष्टबहादुर बोगटी, पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेत, नेतृ हिसिला यमीलगायत नेता फर्केको दुई दिन बित्न नपाउँदै सोमबार सोही पार्टीका संगठन विभाग प्रमुख कृष्णबहादुर महरा र पोलिटब्युरो सदस्य नवराज सुवेदी नेपालगन्ज आए।
nepali-patro-june
महराले नेपालगन्जमा आगामी चुनावमा आफ्नो पार्टी विजयी हुने दावी गरिरहँदा कांग्रेस नेता गगन थापा रुकुममा आफ्नो पार्टीले बहुमत ल्याउने बताइरहेका थिए। मुगु पुगेका महासचिव बोगटी राजधानी फर्कंदा दुई दिन बाँके, बर्दियाका पार्टीका आन्तरिक प्रशिक्षणमा सहभागी भएझैँ संगठन विभाग प्रमुख महरा पनि मंगलबार नेपालगन्ज र कोहलपुरमा आयोजना गरिएका कार्यकर्ता भेटघाट तथा आन्तरिक प्रशिक्षणमा सहभागी हुँदै दाङतर्फ लागे। दाङमा पनि उनको कार्यकर्ता भेटघाट र आन्तरिक प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ। 
पहिलो संविधानसभा निर्वाचनपछि धेरैजसो राजधानीमा बस्ने नेता दोस्रो संविधानसभा चुनावी चर्चासँगै पश्चिम क्षेत्रमा आउने क्रम बढेको छ। एक महिनायता पश्चिम क्षेत्रमा कांग्रेस, एमाले, एकीकृत माओवादी, नेकपा–माओवादीका शीर्षस्थ नेता पुगेर विभिन्न कार्यक्रममा सहभागी भएका छन्। चार ठूला दलबाहेक राप्रपा नेपालका अध्यक्ष कमल थापा र सद्भावनाका राजेन्द्र महतो पनि नेपालगन्ज, कोहलपुर, बुटवललगायतका स्थानमा आयोजना गरिएका आमसभा र कार्यकर्ता भेटघाटमा व्यस्त रहे। 
विगतमा एक/दुई दिनका लागि आउने नेताहरू यतिखेर जिल्लामा लामो समयसम्म बस्ने गरेका छन्। जेठ सुरुतिर नेपालगन्ज आएका राप्रपा नेपालका अध्यक्ष थापा जेठ ६ गते मात्र बुटवल हुँदै फर्के। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चीनको भ्रमणलगत्तै गत वैशाख ९ गते बर्दियामा पुगी आमसभामा सहभागी भएपछि पश्चिम क्षेत्रमा नेताहरूको ताँती लाग्न थालेको हो। वैशाख ९ गते नै दाहालसँगै कांग्रेस सभापति सुशील कोइराला नेपालगन्ज आएका थिए। दाहाल बर्दियाको गुलरिया र सानोश्रीमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बाँकेको विकट क्षेत्र मानिने राप्तीपारिको बैजापुर गाउँमा कार्यकर्ता भेट्दै थिए। जेठ १ गते नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य महेन्द्रनगर पुगेर ३३ दलको मेची–महाकाली अभियानमा सामेल भए। उनी राजधानी फर्केलगत्तै सोही पार्टी सचिव नेत्रविक्रम चन्द नेपालगन्ज हुँदै दाङ पुगे। तीन दिन यहाँ बिताएका चन्द जेठ ५ गते काठमाडौं फर्के। चन्द फर्केकै दिन एमाले अध्यक्ष झलनाथ खनाल, सचिव शंकर पोखरेल दाङ पुगे। खनालले दाङमा माओवादी र कांग्रेसलाई गाली गर्दै गर्दा कांग्रेस नेता शेरबहादुर देउवा धनगढीमा विपक्षी दललाई गाली गर्दैमा व्यस्त थिए। एमाले केन्द्रीय सदस्य देवराज भारका अनुसार देशमा चुनावी माहोल बनाउन यतिखेर नेताहरूको दौडधुप बढेको हो। 
गौरा कोइराला, दलबहादुर सुनारसहित तीन केन्द्रीय सदस्य बाँकेमा रहेको जानकारी दिँदै भारले जेठ १० गते सुर्खेत र नेपालगन्जमा हुने कार्यक्रमका लागि केपी ओली र जेठ १६ गते बाँकेको बैजापुरमा हुने कार्यक्रमका लागि माधव नेपाल आउन थालेको जानकारी दिए। दुई साताको अवधिमा एमालेका अन्य नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल पनि पश्चिमका विभिन्न कार्यक्रममा सरिक भए। लामो सयमसम्म कर्णाली नपुगेका नेताहरू समेत ती जिल्लामा पुग्ने गरेका छन्। यसै साता एमाले महासचिव पोखरेल र एकीकृत माओवादीका महासचिव वोगटी मुगु पुगे। 
नेकपा–माओवादीका थारूवान राज्य समिति इन्चार्ज पूर्ण घर्तीका अनुसार यतिखेर जिल्लामा आफ्ना दलका नेताहरूको दौडाहा हुनुको कारण ३३ दलले सुरु गरेको मेची–काली अभियानलाई सफल पार्नु हो। जिल्ला तहका एकीकृत माओवादीका एक नेताका अनुसार विगतमा जिल्ला तहबाट जति बोलाउँदा पनि विभिन्न बहानामा पन्छिने गरेका नेताहरू यतिखेर जिल्ला आउन पाउँदा खुसी छन्। कांग्रेसका एक कार्यकर्ता भन्छन्, 'केन्द्रमा बस्ने कतिपय नेताले जिल्ला तहमा कार्यक्रम आयोजना गर्न निर्देशन दिन थालेका छन्।' 
चुनावको मिति घोषणा नहुँदै पश्चिममा नेताको लर्को लाग्नुको मुख्य कारण अस्तित्व रक्षा नै हो। मध्यपश्चिमलाई 'बलियो गढ' मान्दै आएको एकीकृत माओवादी यसपालिको निर्वाचनमा पनि सफल हुन चाहन्छ,' स्थानीय विजय शर्माले भने, 'उता सोही पार्टीसँग हालै टुक्रेको नेकपा–माओवादीले पनि मध्यपश्चिमलाई 'आधार क्षेत्र' मान्ने गरेको छ। अघिल्लो संविधान सभाको निर्वाचनमा मध्यपश्चिमका १५ जिल्ला मध्ये दैलेखका दुई र सुर्खेतको एउटा निर्वाचन क्षेत्रबाहेक सबैमा एकीकृत माओवादी विजयी भएको थियो। विश्लेषकका अनुसार एकीकृत माओवादी मध्यपश्चिममा अहिले पनि पहिलेकै अवस्था कायम राख्न चाहन्छ भने नेकपा–माओवादी एकीकृतलाई कमजोर सावित गरी आफ्नो हैसियत देखाउन खोज्दैछ। त्यस्तै, अघिल्लो निर्वाचनमा एक सिटमा चित्त बुझाएको कांग्रेस र दुई सिटमा चित्त बुझाएको एमाले आफ्नो अवस्था सुधार्ने प्रयास गर्दैछन्।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।