Wednesday 12 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

धाराको विषयमा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप

(0 votes)
रौतहट- रौतहटको कोपवा पिपरिया गाविसमा सार्वजनिक चापाकल प्रयोगको विषयलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। छडपमा परी दुवै पक्षका १२ जना घाइते भएका छन्। घाइतेमध्ये कांग्रेस तर्फका दुई जनाको अवस्था गम्भीर छन्।

nepali-patro-june
कोपवा पिपरिया-६ का दलित एवं कांग्रेस सर्मथक अदय हजराको घर नजिक सडक छेउमा गाडिएको सार्वजनिक चापाकलको ह्याण्डल एमाले कार्यकर्ता अशोक जयसवालले झिकेर चापाकल बन्द गरेपछि विवाद चर्किएर झडपमा परिणत भएको थियो। स्थानीयले नुहाउन, लुगा धुन र पिउन प्रयोग गर्ने चापाकलबाट बग्ने फोहोर पानी आफ्नो खेतमा पठाइएको भन्दै जयसवालले ह्याण्डल झिकेर धारा बन्द गरेपछि विवाद भइ झडप भएको स्थानीय शैलेन्द्र यादवले बताए।
एमाले निकट युवा संघ नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवले जयसवालको समर्थन गर्दै पचास जनाभन्दा बढीको भीड जुटाउँदै गाउँमा विवाद गरेपछि दिउँसो कांग्रेस कार्यकर्तासँग झडप भएको स्थानीय बासिन्दाले बताएका छन्।
झडपमा परेर कांग्रेसका वीरेन्द्र यादव, मगनी यादव, रामप्रवेश जयसवाल, शैलेन्द्र यादव घाइते भएका छन्। त्यस्तै एमालेतर्फ मोह राय, वीरेन्द्र यादव(क), लगन यादव, रामविनय यादव, बिदयानन्द यादव, टिपु राय, रामप्रसाद मुखिया र मुडवला ५ का रामधार चौधरी घाइते भएका जिल्ला अस्पतालले जनाएको छ। घाइते सबैको जिल्ला अस्पताल गौरमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।