Wednesday 15 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

ज्ञानेन्द्रलाई 'श्री ५ महाराजाधिराज' भनेकोमा गणतन्त्रवादीको आपत्ति

  • आइतबार २६ जेष्ठ, २०७०
  • जितेन्द्रकुमार झा
  • Be the first to comment!
(0 votes)

राजविराज- पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणको पूर्वसंध्यामा सदरमुकाम राजविराज सहित जिल्लाभरि टाँसिएका पर्चा पम्पलेटको भाषाप्रति स्थानीय बुद्धिजीवी, कानुन व्यवसायी, राजनीतिक दलका नेताले आपत्ति जनाएका छन्। पर्चा पम्पलेटहरुमा ज्ञानेन्द्र शाहलाई 'श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव' भनेर सम्बोधन गरिएको छ।  शनिवार रातिको समयमा सदरमुकाम राजविराज सहितका जिल्लाका विभिन्न ठाउँहरुमा राजावादीहरुले हजारौंको संख्यामा पम्पलेट टाँसेका हुन्।

nepali-patro-june
पचाँ पम्पलेट टाँस्दै गर्दा शनिवार राति सप्तरीको भारदहमा स्थानीयहरुले विरोध जनाएका थिए। लोकतन्त्रको मर्मविपरीत प्रतिगमनकारीहरु सक्रिय हुन खोजेको भन्दे भारदहबासीहरुले पर्चा पम्लेट टाँस्न राजाबादीहरुलाई अवरोध पुर्याएका थिए। पछि मध्यरातको समयमा त्यहाँ पर्चा पम्पलेट टाँसिएको स्थानीय राजकुमार गाईमले बताए। ज्ञानेन्द्रलाइ श्री ५ महाराजाधिराज भनेका प्रायः पम्पलेट आइतबार बिहानै च्यातेर फ्याँकिएका छन्। नगरका प्रमुख ठाउँहरुमा केही पोष्टर भने देख्न पाइन्छ।

दलका स्थानीय नेता तथा कानुन व्यवसायीले उक्त कदमलाई गैरकानुी र गैरसंवैधानिक भन्दै त्यसविरुद्ध कानुनी कारवाही थाल्न प्रशासनसँग माग गरेका छन्। 'मुलुकी एनेको किर्ते कागजको महलमा कसैले नपाएको पगरी, ओहदा इत्यादिवारे भ्रामक प्रचारप्रसार गर्दछन् भन्ने त्यस्तामाथि कानुनी कारवाही हुन्छ भनि लेखिएको छ', पुनरावेदन बार एशोसिएशन राजविराजका अध्यक्ष अधिवक्ता हेमनारायण चौधरीले भने, 'यस्तामाथि अविलम्ब कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने आवश्यकता छ ।'

'यस्ता गैर कानुनी गतिविधि भईरहँदा स्थानिय प्रशासन किन मौन छन त ?', प्रश्न गर्दै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवले भने, 'मुलुकमा कानुन पालना गराउने निकाय, संविधानको रक्षा गर्ने निकायहरु किन बोल्न सकिरहेका छैनन्, म आफै आश्यर्च चकित छु ।'


यता नेकपा एमाले सप्तरीले राजावादीहरुको यस्तो प्रचारलाई हठ र पागलपनको संज्ञा दिएका छन्। एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानले संविधानविपरितको यस्तो हर्कत एमालेलाई मान्य नहुने बताए।

त्यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रीक सप्तरीका अध्यक्ष शैलेश चौधरीले ज्ञानेन्द्र शाह र उनका समर्थकद्वारा बेला बखतमा भइरहने यसका प्रकारका असंवैधानिक गतिविधिलाई नियन्त्रण गर्न केन्द्रीय नेतृत्व तहलाई नै कडा रुपमा प्रस्तुत हुनु पर्ने खाँचो रहेको बताए। तराई दौडहामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह सोमवार सप्तरी आउँदै छन्।

सप्तरीको भारदहस्थित कंकालनी भगवती मन्दिर, हनुमाननगरस्थित हनुमान मन्दिर, राजविराजस्थित राजदेवी मन्दिर सहितका मठ मन्दिर पुगी पुजाआजा गर्नुका साथै पूर्वराजा शाह राजविराज नगरको पैदल यात्रा समेत गर्ने कार्यक्रम छ। उनी सोमवार राति राजविराजमै बिताउनेछन्।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।