Tuesday 11 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

असन्तुष्ट दलसँग आफैं वार्ता गर्छु : देउवा

(0 votes)
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा निर्वाचन सफल बनाउन असन्तुष्ट दलसँग आफैं वार्ता गर्ने बताएका छन्।
nepali-patro-june

'जनताको निर्णय सर्वोपरि मान्नेले जनताको भोट हाल्ने अधिकार रोक्न हुँदैन। चुनाव भनेको जनताको तागत बढाउने कुरा हो,' भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले भने, 'जनतालाई मालिक बनाउने निर्वाचन सफल बनाउन वैद्यजी, उपेन्द्र यादवलगायत साना दलसँग म आफैं कुरा गर्छु।'
भारतले नेपालमा प्रजातन्त्रको सुदृढीकरण, स्थिरता र निर्वाचन सम्पन्न भएर संविधान बनोस भन्ने चाहेको उनले बताए। सञ्चारकर्मीसँग भने, 'नेपालमा लोकतन्त्र होस्, चुनाव होस्, स्थिरता आओस् र संविधान बनोस् भन्ने भारत चाहन्छ।' भारतका उच्च नेताहरूसँग भेटेका देउवाले आफ्नो भ्रमण पूर्ण सफल भएको दाबी गरे।
संविधानसभा निर्वाचनका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको देउवाले जनाए। 'अहिलको चुनावमा भारतबाट लजिस्टिक कुरा जे जे चाहिन्छन्, सहयोग गर्ने वचन प्रधानमन्त्री सिंहले मलाई वचन दिनुभएको छ,' उनले भने, 'भारतीय सरकार नेपाललाई हरप्रकारको मद्दत गर्न चाहन्छ। प्रजातन्त्रको सुदृढीकरण र चुनावपछि नेपालमा स्थिरता होस् भन्ने चाहन्छ।'
संघीयताबारे भारतको कुनै चासो नरहेको देउवाको बुझाइ छ। 'यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भन्ने कुनै सल्लाह छैन। कस्तो संघीयता बनाउने भनेर भारतसँग भन्ने कुरा होइन यो हाम्रो कुरा हो,' उनले भने। देउवाले काठमाडौं–निजगढ फास्ट ट्रयाक, महाकाली नदीमा बनवासा–महेन्द्रनगर जोड्ने पुल, नेपालमा उत्पादित खाद्यान्नको परीक्षणका लागि प्रयोगशाला स्थापनासहित विषयमा भारतसँग सहयोग मागेको जनाए। 'व्यापार घाटा कम गर्न नेपाली उद्योगमा थप भारतीय लगानी भित्त्याउने विषयमा उद्योगमन्त्रीसँग छलफल गरेको छु,' उनले भने।
राजनीतिक निकासका लागि पार्टीको आन्तरिक एकता पनि महत्त्वपूर्ण रहेको भन्दै देउवाले पार्टीलाई मिलाएर जानुपर्ने बताए। पार्टी सभापतिसँग भारत असन्तुष्ट भई आफूलाई भारत भ्रमणमा नडाकिएको उनले स्पष्ट पारे। 'भारत भ्रमणमा सुशीलजी डेढ वर्षअघि नै गइसक्नुभएको हो। म त पछि पो गएको हो नि,' उनले भने।  
देउवा जेठ २६ गते भारत सरकारको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्केका थिए। भारतमा रहँदा देउवाले कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री सिंहका साथै उच्च नेताहरूसँग भेटेका थिए। भ्रमणमा टोलीमा कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि र पत्नी आरजु राणा पनि थिए।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।