Friday 24 Mangshir, 2073 |
Menu

राजनीति

istl

विकासका लागि चुनाव अपरिहार्य : पौडेल

(0 votes)
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकको राजनीतिक सङ्कट निकास र समग्र विकासका लागि निर्वाचननै उपयुक्त माध्यम भएकाले अब सबै मिलेर निर्वाचन सफल पार्नुपर्ने बताएका छन्। 

लावण्य सन्देश साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सवका अवसरमा आज काठमाडौंको साँखुमा आयोजित कार्यक्रममा उपसभापति पौडेलले सङ्घीय गणतन्त्रलाई संस्थागत गर्न र राष्ट्रियतालाई बलियो बनाउन पनि घोषित चुनाव सम्पन्न गर्नुको विकल्प नभएको बताए। 
“कहिले संविधान सभा चाहियो भनेर आन्दोलन गर्ने, कहिले संविधान सभाको चुनाव हुन नदिने कुराले मुलुकलाई निकास दिँदैन,” उपसभापति पौडेलले भने। कार्यक्रममा उपसभापति पौडेलले प्रकाशमान सक्वले लेख्नुभएको शङ्खपुरको ऐतिहासिक र सांस्कृतिक सङ्ग्रह कृतिको विमोचन गरे। 
लावण्य सन्देश साप्ताहिकका बजार व्यवस्थापक जयराम श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा पत्रिकाका सम्पादक प्रकाशक पवन श्रेष्ठ, नेपाल प्रेस यूनियनका पूर्व अध्यक्षद्वय कुलचन्द्र वाग्ले र मुरारी शर्मा, महासचिव शिव लम्साल, राप्रपाका केन्द्रीय सदस्य सुमनमेहर श्रेष्ठ र कांग्रेस नेता लोकेश ढकाललगायतका वक्ताले लोकतन्त्रलाई बलियो बनाउन घोषित चुनावलाई सफल बनाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।