Wednesday 8 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

निर्वाचन हुन नदिन ठूलै डिजाइन चलिराखेको छ : प्रचण्ड

(0 votes)
चितवन - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आउँदो संविधानसभा निर्वाचनमा दुइतिहाई बहुमतले आफ्नो पक्षलाई विजयी गराउन आव्हान गरेका छन्। दाहालसँगै दुई उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पनि आफ्नो पक्षमा चुनावका लागि बहुमत जुटाउन अपिल गरे।
nepali-patro-june
मंसिरमा संविधानसभाको निर्वाचन घोषणा भएलगत्तै गृहजिल्ला चितवन आएका प्रचण्डले आफूले निर्वाचनमा दुइतिहाई बहुमत ल्याए पाँच वर्षमा नयाँ नेपाल, दश वर्षमा समृद्ध नेपाल अनि बीस वर्षमा समृद्ध जनता बनाउने उद्घोष गरे। 'मंसिर ४ गते संविधानसभाको मिति घोषणा भएको छ हामी उत्साहित छौं,' उनले भने, 'संघीयता, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको पक्षमा दुइतिहाई बहुमत आउँछ भन्ने विश्वास लिएको छु।'
आज पूर्वी चितवनको खैरहनीमा आयोजित अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय सम्मेलन उद्घाटनमा सम्बोधन गर्दै उनले सरकारले घोषणा गरेको निर्वाचनको मितिलाई काँग्रेस,एमाले, मधेसी र आफ्नो दल सबैले स्वागत गरेको बताए। संघीय नेपाल निर्माणको मुद्धामा आधारित पक्षको विरुद्धमा बहुमत कसैले रोक्न नसक्ने दाबी उनले गरे। त्यही बहुमतबाटै जनताको संविधान बन्ने ठोकुवा पनि उनले गरे।
'पहिले बन्दुक देखाएर र तर्साएर जनता आफ्नो पक्षमा राखेको भन्ने आरोप उल्लेख गर्दै उनले भने, 'माओवादीको बन्दुक र सेना कन्टेनरमा राखेपछि तीनीहरुलाई देखाउन सकिन्छ भन्नेहरुले त्यतिबेला पनि ८, १० वा २० सिटमात्र ल्याउँछ भन्ने कल्पना गरेका थिए।' तर अझै पनि देशको माहोल आफूहरुकै पक्षमा रहेको उनले बताए। 
एमाओवादीको हेटौंडा महाधिवेशनपछि जनलहर आफूतिरै उर्लिएको उनले ठहर उनको छ। नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने, उत्साह ल्याउने, आर्थिक समृद्धि गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एजेण्डा निर्वाचनसँगै अघि बढ्ने जानकारी उनले दिए। 
आगामी मंसिरमा निर्वाचन हुन नदिन अझै पनि निकै ठूलो डिजाइन चलिराखेको जिकिर गर्दै उनले जनताको एजेण्डालाई कसैले रोक्न नसक्ने उल्लेख गरे। 'कहीँ न कहीँ प्रतिगामी तत्वहरु, पुनरुत्थानवादी शक्तिहरु संविधान नबनोस र सकेसम्म संविधानसभाको अर्को चुनाव नै नहोस भन्ने चाहन्छन्,' दाहालले भने, 'निर्वाचन नगरी एउटा अराजकस्थिति सृजना होस भन्ने चाहन्छन्।' परिवर्तनको पक्ष कमजोर होस भन्ने चाहना राख्ने र परिवर्तन विरोधी नीति आउने सपनाको तानाबाना बुन्दै रहेकाहरुको जिकिर उनले गरे। जनयुद्ध भनौ या जनआन्दोलन, मधेस आन्दोलन महिला, दलित, जनजाती सबै उत्पीडित वर्गको आन्दोलनको अपेक्षा नयाँ नेपाल भएपनि त्यो अझैपनि धरापमै रहेको उनले बताए। 
कार्यक्रममा बोल्दै उपाध्यक्ष बाबुराम भट्टराईले जनयुद्धपछि अब मनयुद्ध र मतयुद्धको पालो आएको बताए। जनयुद्धमा जुन भूमिका आम नागरिकले निर्वाह गरे त्यो भूमिका अबको संविधानसभाको लागि गर्न पनि उनले अपिल गरे। 'पहिलेको संविधानसभाबाट संविधान बन्न सकेन तर अब जनयुद्धको बलमा मनयुद्ध र मतयुद्धबाट बहुमत ल्याएर संविधान बनाउँछौ। ' अग्रगामी एजेण्डा बोकेको एमाओवादीको पक्षमा जनमत बनाउन उनले शिक्षकहरुसँग आग्रह पनि गरे।
आफूहरुको नौ महिने र १८ महिने शासनकालमा बजेट र नीतिहरुसमेत ल्याउन नदिएको उल्लेख गर्दै भट्टराईले अहिले स्थिति संक्रमणकालमा पाल टाँगेर बसेको बताए। अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अबको चुनाव नेपाली जनताको पक्षमा रहने भन्दै सहयोग गर्न आग्रह गरे। उनले गाउँ घरमा पहुँच भएको शिक्षकको बल र भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। 
कार्यक्रममा प्रवक्ता अग्नी सापकोटा, नेता हितराज पाण्डे, अमिक शेरचन, विद्यार्थी नेता हिमाल शर्मालगायतले पनि चुनावको माहोल बढेको भन्दै आफ्नो पक्षमा मत मागेका थिए।
त्यस्तै विश्वभक्त दुलाल आहुती, हरिवोल गजुरेल कार्यक्रमा सहभागी थिए।
देशभरबाट ११ सय २५ सहभागी शिक्षकहरुको सम्मेलनले नयाँ नेतृत्व सँगै शिक्षा नीति, शैक्षिक आन्दोलन र भावी कार्ययोजनाको बारे महत्वपूर्ण निर्णय गर्ने सम्मेलन संयोजक तुलसीप्रसाद घिमिरेले बताए।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।