Friday 24 Mangshir, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

सहमति, सहकार्य र संविधानसभा निर्वाचनमा जोड

(0 votes)
काठमाडौं- नेपाली का|ग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि सहमति र सहकार्य अति आवश्यक रहेको बताएका छन्। 
आज राजधानीमा जीपी कोइराला अध्ययन केन्द्रले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी मङ्सिर ४ गते संविधानसभाको निर्वाचन हुन नसके राजनीतिको चाबी लिकबाट बाहिर धकेलिने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले संविधान सभाबारे सबै दलभित्र एउटै राय बन्नुपर्ने धारणा राखे।

nepali-patro-june
पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९०औं जन्मजयन्तीका अवसरमा आयोजित सो कार्यक्रममा श्री पौडेलले पार्टी हारे पनि देश हार्नुहुन्न भन्ने स्व कोइरालाको विचारलाई अनुशरण गर्नु आजको आवश्यकता रहेको औंल्याए। 
कार्यक्रममा एनेकपा (माओवादी)का महासचिव पोष्टबहादुर बोगटीले स्व कोइराला स्पष्ट दृष्टिकोण राख्‍ने जुझारु नेता भएको धारणा राख्दै आगामी मङ्सिर ४ गते हुन लागेको संविधानसभाको निर्वाचनलाई केन्द्रविन्दुमा राखी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। 
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले स्व कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर, अटल र दृढ विश्वासी नेता भएको बताउँदै दलहरुले निषेधको राजनीतिलाई त्याग गर्नुपर्ने बताए। 
नेकपा–माओवादीका सचिव देव गुरुङले स्व कोइराला एक राजनेता भएको धारणा व्यक्त गर्दै यथास्थितिमा संविधानसभाको चुनाव सम्भव नभएको तर दलीय सहमति सकारात्मक बन्दै गएमा आफ्नो पार्टी चुनावमा भाग लिन सक्ने राय व्यक्त गरे। 
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का महासचिव जितेन्द्र देवले स्व कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रहेको बताए। सो कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका सभापति भीमसेनदास प्रधान, अध्ययन केन्द्रका अध्यक्ष र कोषाध्यक्ष क्रमशः एन्जिला न्यौपाने र रामप्रसाद अधिकारीले स्व कोइरालाको जीवनीमाथि आ–आफ्नो धारणा राखेका थिए। 
समारोहमा राजधानीका सरकारी तथा निजी विद्यालयबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गरी प्रवेशिका परीक्षामा उत्तीर्ण छात्रछात्रालाई अभिनन्दनसमेत गरिएको थियो। 

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।