Friday 10 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

एकल जातीय रुपमा सङ्घीयतामा जानु घातक हुन्छ : पोखरेल

(0 votes)
त्रिशूली- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनमा जानका लागि केही सर्त राखेका दललाई बेवास्ता गर्न नहुने बताएका छन्। सदरमुकाम विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक सरोकारका विषयमा अडिग र सशस्त्र युद्धमा पनि नगएका राजनीतिक दललाई पाखा लगाएर निर्वाचन गर्न खोज्नु मूर्खता हुने बताए। 

nepali-patro-june
“संसद्को निर्वाचनमा कुनै दलविशेषलाई पाखा लगाइए पनि संविधान सभाको निर्वाचनमा कुनै राजनीतिक दललाई पाखा लगाउन मिल्दैन” महासचिव पोखरेलले भने। 'तिमीहरु नआए नआओ, निर्वाचन हुन्छ भएरै छाड्छ भनेर फुर्ती लगाउनु भनेको संविधान सभा नचाहेको जस्तै हो।”
निर्वाचनमा भाग नलिने दलको मागलाई संबोधन गर्न पुनः अर्को सहमति वा सहमति हेरफेर गर्न सकिने बताउँदै नेता पोखरेलले अबको निर्वाचनमा राजनीतिक दलहरुले निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र जनताका मौलिक अधिकार र सामाजिक सद्भावको कार्यसूचीमा दलहरुको स्पष्ट धारणा हुनुपर्ने धारणा राखे। 
नेता पोखरेलले मुलुकका कुनै क्षेत्रमा कुनै एक जातिको बहुमत नभएकाले एकल जातीय रुपमा सङ्घीयतामा जानु घातक हुने बताउँदै जातीय सद्भावमा टिकेको राष्ट्रिय एकतालाई मजबुत बनाउन बहुपहिचानसहितको सङ्घीयतामा जानुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।