×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Wednesday 7 Bhadra, 2074 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

गगनलाई कालो झण्डा देखाउने कार्यको भत्सर्ना

  • शुक्रबार ११ श्रावण, २०७०
  • चिरन शर्मा
  • Be the first to comment!
(0 votes)
nepali-patro-june

लन्डन - गैरआवासीय नेपाली संघ बेलायतले गत आइतबार एनआरएनको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कालो झण्डा देखाएको घटनाको विभिन्न संघसस्थाले भत्सर्ना गरेका छन्। नेपाली जनसम्पर्क समिति युकेका सभापति लोक गुरुङले बिहीबार एक वक्तव्यमार्फत् कांग्रेस नेता थापालाई गरिएको विरोध नेपाली कांग्रेसलाई आउँदो महानिर्वाचनमा बहुमत ल्याउनबाट रोक्न गरिएको दुस्प्रचार मात्र भएको बताए।

 'गणतन्त्रको लागि क्रान्तिकारी कुरा उठाउने नेताहरुमध्ये एक गगन भएको उल्लेख गर्दै नेपाली कांग्रेस पार्टीले १२ औं महाधिवेशनमा समावेशी पार्टी विधान पारित गरेको, कार्यसमिति गठन गर्दा जनजाति, दलित, महिला, आदिवासीको पहिचान स्थापना गर्न आरक्षण प्रणाली समेत अवलम्बन गरेको' सभापति गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बेलायतमा भएको एनआरएन च्यारिटी कार्यक्रममा जनजातिको नाममा गरिएको विरोध कपोलकल्पित भएको ठहर गर्दै नेपाली कांग्रेस र यसका केन्द्रीय नेता गगन थापालाई संघीय, गणतन्त्रविरोधी र जनजातिको माग विरोधी भनी प्रचार र प्रदर्शन गरिनु गम्भीर षड्यन्त्र भएको आरोप लगाइएको छ।'प्रजातन्त्रमा सधैं फरक विचार, प्रदर्शन अनुशासित रुपमा राख्ने अधिकार सबैलाई छ', विज्ञप्तिमा भनिएको छ- 'कांग्रेसलाई आउदो दोस्रो संविधानसभाको निर्वाचनमा बहुमत ल्याउनबाट रोक्न गरिएको दुस्प्रचार मात्र हो।'

यसअघि गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा भएको च्यारिटी कार्यक्रममा संघीय समाजवादी पाटीको झण्डा बोकेको एउटा सानो समूहले नेता थापालाई कालो झण्डा देखाएको थियो । थापाले बोल्नुअघि विरोध सुरु गरिए पनि जनजाति नेताहरुले प्रदर्शनकारीलाई हल बाहिर निकालेपछि थापाले सम्बोधन गरेका थिए। थापा गैरआवासीय नेपाली संघले उठाउदै आएको नागरिकता बचाऊ आन्दोलनलाई सहयोग गर्दै आएका पूर्वसभासद समेत भएकाले बेलायतस्थित गैरआवासीय नेपालीहरुले सो घट्नाप्रति दुःख ब्यक्त गरेको छन्।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।